हिङको हरक

- तुलसीहरि कोइराला

ऊ निरन्तर अगाडि हिँडिरहेको थियो । हिँड्नु उसको काम होइन तर हिँडेको चाहिँ कामको खोजीमा हो । यसरी भौँतारिएर हिँडेर मात्रै पार लाग्ने त केही होइन भन्ने पनि उसले बुझेको छ र यो सबै गरिबीको कारणले हो भन्ने पनि उसको मनमा उब्जेको छ । 'हिँङ नभए पनि हिँङ बाँधेको टालो' भन्ने उखान उसलाई याद छ र आˆना पुर्खा हिँङ भएका र आफू टालो भएकोमा झिनो घमण्ड उसमा छँदैछ । त्यसैले बाटोमा देखिएको एक रुपियाँको डबल उसले टिपेन । मनमनै सम्भिmयो म त धनवीरको सन्तान पो त, जाबो एक रुपियाँ पनि टिप्छु ।

हिँड्दै जाँदा अर्को एक रुपियाँको डबललाई पनि उसले खुट्टैले कुल्चियो । उसको यात्रा निरन्तर थियो । कामको खोजीमा सहर पसेको भए पनि उसले गर्न लायकको काम पाउन सकेको छैन र जस्तोसुकै काम ऊ गर्ने पक्षमा छैन । ऊ आफूभित्रबाट हिँङको हरक निस्किएको आफैँ अनुभव गर्छ ।

दस/बीस पाइलाको अन्तरमा डबल देख्छ ऊ । कुनै त खुट्टैले कुल्चिएपछि मात्रै थाहा पाउँछ । कुनै परेबाट टल्किएको देख्छ र पनि टिप्दैन र मनमनै भन्छ - जाबो एक रुपियाँको लागि के निहुरिनु । जात फाल्नु गुन्दु्रकको झोलमा ।

निक्कै पर पुगेपछि उसले दस रुपियाँको नोट नै अगाडि देख्यो । उसलाई धेरै भोक पनि लागिसकेको थियो र खल्तीमा एक प्लेट चना र एक कप चिया खानसम्म पनि पैसा ऊ जहाँ आइपुगेर रोकियो, त्यहाँभन्दा अगाडि जाने बाटै थिएन मान्छेले गरेको जीवनयात्रा बिसाउने ठाउँ थियो त्यो । अर्थात् मसानघाट आइपुगेर बाटो टुङ्गएिको थियो । ऊ थचक्क भूइँमा बस्यो । उसलाई भनन्न रिगँटा लाग्यो । रुख बिरुवा, नदी-घाट-चिता-मलामी सबै घुमेको अनुभव गर्‍यो उसले ।

दसको नोट चाहिँ उसको हातैमा थियो । त्यो नोटले उसलाई कुनै किसिमको खुसी दिएको थिएन । अहिलेको महङ्गीमा जाबो दस रुपियाँले के नै आउँछ र Û एक कप चिया ÛÛ तैपनि किनकिन त्यो नोटको झिनो मोह उसमा भएझै लाग्छ ।

अँजुलीमा छनछन डबल बजाउँदै चालीस चालीस चालीस गन्नेको पनि चालिसमै बोली रोकिएको थियो । ऊ पनि त्यहीँसम्मै आइपुगेको थियो । अघिसम्मको उत्तेजना उसमा पनि अब सकिएको थियो । डबलहरु अँजुलीमै थिए । डबल बजाउँदै उसले भन्यो -'थुइक्क आजको भातै पुगेन ।'

दुवैजना एकै ठाउँमा थिए । दुवैको अगाडि यात्रा बाटो विहिन अवस्थामा टुङ्गएिको थियो । दुवैको संवाद सुरू भयो । दसको नोटवालाले सोध्यो -'किन र, आजको भातै पुगेन भनेको ?'

हातका डबल बजाउँदै अर्कोले भयो -'पचास रुपियाँ भए मज्जाले एक पेट खान पाइन्थ्यो, चालीस मात्र भयो ।'

उसले आˆनो हातको दसको नोटलाई वल्टाइपल्टाइ हेर्‍यो । त्यो दसको नोटको आफूमा रहनुपर्ने कुनै कारण देखेन उसले र प्रयोजन पनि ठानेन ।

उसले दसको नोट चालिसवालालाई दियो । चालीसवाला कुनै जवाफ वा प्रतिक्रिया केही नजनाई त्यहाँबाट फर्कियो । फर्किंदा उसको बोली फेरिसकेको थियो - पचास - पचास - पचास ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 चैत्र, 2067

लेखकका अन्य रचनाहरु