नेपाली भाषासाहित्यका ओजस्वी अन्वेषक : शरद्चन्द्र भट्टराई

- नरेन्द्रराज प्रसाई

नेपालीसाहित्यमा अत्यन्तै भद्र, सीधा र मिहिनेती व्यक्तित्वका रूपमा चिनिन्थे- शरद्चन्द्र शर्मा भट्टराई । सादा जीवन र उच्च विचारका कुवेरका रूपमा स्थापित उनी आफ्नो धारणामा सदैव अटल थिए । उनी सबैस“ग मिलीजुली कार्य गर्न रुचाउ“थे । उनी कसैलाई बिझाएर, होच्याएर र तल पारेर कुरा गर्दैनथे । सारै नरम रूपमा मान्छेस“ग व्यवहार गर्ने उनी जीवनमा पनि त्यत्तिकै व्यावहारिक देखिन्थे । उनी सादा भए तापनि उनको लेखन चाहि“ स्पष्ट रूपमा बगेको हुन्छ । खास गरेर अन्वेषणमा उनले आफ्नो सारा भावना अर्पित गरे। उनका पुस्तकहरू पनि प्रायः त्यसै विधामा टाँस्सिएका पाइन्छन् ।

१९८७ साल कात्तिक ८ गते कृष्णप्रसाद शर्मा तथा गुप्तकुमारीदेवीबाट काठमाडौंको गैरीधारामा जन्मेका शरद्चन्द्र शर्मा भट्टराई तीन दाजुभाइ र तीन दिदीबहिनीमा सबैभन्दा कान्छा थिए । उनले २०१९ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमए समुतीर्ण गरे ।

भट्टराईले र्सवप्रथम निबन्ध लेखेर साहित्ययात्रामा आफ्नो बाटो. सोझयाएका थिए । त्यसै विधामा समर्पित भएका हुँदा उन्नाइस वर्षो उमेरमा उनी उत्कृष्ट लेखनमा चर्चित भइसकेका थिए । २००६ साल र २००९ सालमा उपत्यका अन्तर हाइ स्कूल एवम् उपत्यका अन्तर कलेज निबन्धप्रतियोगितामा उनले सुवर्णपदक प्राप्त गरेका थिए । नेपालीसाहित्यको अविरल यात्रामा उत्कृष्टताको प्रदर्शन गरेर उनले २०४२ सालको झपट पुरस्कार, २०५० सालको मदन पुरस्कार र २०५७ सालको ईश्वर वराल पुरस्कार प्राप्त गरेका थिए । नेपालीसाहित्यमा निरन्तर संलग्न भट्टराईले शुरूशुरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र समालोचक प्रा.डा ईश्वर वरालबाट साहित्ययात्राको लागि मार्गदर्शन पाएका थिए ।

पुराना साहित्यिक सामग्रीले सम्पन्न पुस्तकालयको स्थापना गर्ने इच्छा भएका भट्टराई पुराना भाषा, साहित्य र कलाबारेका पुस्तकहरूको सङ्ग्रहमा तन, मन र धनले लागिपरे । उनले आफ्नो घरमा एउटा ऐतिहासिक पुस्तकालयको स्थापना पनि गरे । व्यक्तिगत सम्बन्धकै आधारमा जुनसुकै व्यक्तिलाई पनि उनले पुस्तकहरू उपलब्ध गराउँदै आए । नेपालीभाषाका परम भक्त उनी नेपालीभाषाका पुस्तक खोजीखोजी पढ्ने र अनुसन्धान गर्ने जुनसुकै मान्छेलाई पनि ज्यादै माया, आदर र सम्मान गर्ने गर्थे ।
भट्टराईको मन पर्ने विषयवस्तु चाहि“ यात्रा थियो । यात्रा गर्न भनेपछि उनी सारै उत्साहित हुन्थे । जीवनी पढ्न, साहित्यको शोधखोज गर्न र संस्मरण पढ्न उनी खूबै रुचाउ“थे ।

भट्टराईले जीवनका चालीसौ“ वर्षअध्यापनमा बिताए । उनले २०११ सालदेखि २०३० सालसम्म स्कूलमा अध्यापन गरे । त्यसैबीच उनले कलेजस्तरमा पनि पढाउन थाले र त्रिभुवन विश्वविद्यालयबाट २०५० सालमा सहप्राध्यापक पदबाट अवकाश पाए । यिनले सुरुमा २०११ सालदेखि ६ वर्षम्म विद्योदय हाइ स्कूल भोजपुरमा पढाए र त्यसपछि काठमाडौ“को दरबार हाइ स्कूलमा पढाए ।

नेपालीसाहित्यको समालोचनाक्षेत्रका सिद्धहस्त व्यक्तित्व शरद्चन्द्र. शर्मा भट्टराईले ऐतिहासिक कृतिहरूको विषयमा यथेष्ट समालोचना गरे । वास्तवमा यस प्रकारका कृतिहरूको समालोचनापछि परेको हु“दा उनी यसै विधामा आबद्ध भइरहे । यिनले माध्यमिककालीन साहित्यको कृतिगत समालोचनामा आफुलाई माथिल्लो श्रेणीमा स्थापित गराए ।

भट्टराईले र्सवप्रथम २०१९ सालमा समीक्षात्मक पुस्तक प्रकाशित गरेका थिए । बसाइ“ उपन्यासमा यिनले गरेको त्यो समीक्षा पारदर्शी र रोचक छ । समालोचनामा कुनै पूर्वाग्रहबाट प्रेरित नभई दूधको दूध पानीको पानी छुट्टयाउन सक्ने खूबी भएका उनी समीक्षात्मक अभिव्यक्तिबाटै यस विधामा उत्तरदायित्वको निर्वाह गर्दै आए ।

भट्टराईले स्कूल तथा क्याम्पसका विद्यार्थीहरूको लागि पाठयपुस्तक पनि तयार गरे । त्यस विषयमा यिनले खास गरी नेपाली, भूगोल, सामाजिक शिक्षा आदिका कृतिहरू लेखेर प्रकाशित गराए । यस विषयमा उनले झन्डै दर्ुइ दर्जन पुस्तकहरू लेखे । तर साहित्यमा क्रमिक रूपमा समर्पित हुन थालेपछि यिनले पाठय पुस्तकहरू लेख्न छाडिदिए । त्यसपछि यी अध्ययन, अनुसन्धान, विश्लेषण र समीक्षाका क्षेत्रमा एकोहोरिए ।

नेपाली भाषासाहित्यमा भट्टराईले लेखेका र सम्पादन गरेका २५ वटा पुस्तकहरू प्रकाशित भएका छन् । उनका करीब १५० फुटकर लेखरचना विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् । सहसम्पादनमा उनका नौओटा कृतिहरू प्रकाशित भएका छन् । लेखनस“गै यिनले लामो समय त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत क्याम्पसहरूमा बिताए । त्यसै कालमा यी त्रिभुवन विश्वविद्यालयको नेपाली पाठयक्रमका विशेषज्ञ, सामाजिक शिक्षाविशेषज्ञ र पाठयक्रम विकास पत्रिकाका सम्पादक पनि भए । उनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट माध्यमिककालीन नेपालीगद्याख्यान विषयमा विद्वद्वृत्ति पनि पाए ।
सैद्धान्तिक रूपमा आफुलाई कट्टर प्रगतिशील ठान्ने भट्टराईकी श्रीमती कमला -र्राई) भट्टराई चाहि“ नेपाली काङ्ग्रेसकी कट्टर र्समर्थक मानिन्छिन् । र्समर्थक मात्र होइन उनी काङ्ग्रेसी राजनीतिमा वेलाबखत क्रियाशील पनि हुने गर्छिन् । तर पनि यी दम्पती अत्यन्तै प्रेमपूर्वक जीवननिर्वाहमा बाँधिएका थिए । यिनीहरूका तीन छोरा र तीन छोरी सबै शिक्षित छन् र उनीहरूले एउटाएउटा मूलबाटो समातिसकेका छन् ।

शरद्चन्द्र शर्मा भट्टराई नेपालीभाषासाहित्यको भण्डारलाई झकिझकाउ बनाउन अविरल दौडिरहे । उनी निष्पक्ष रूपमा आफ्ना समालोचकीय धारणा व्यक्त्याउन खप्पिस देखिए । खास गरेर पुराना पुस्तकहरू खरीद गर्न भनेपछि उनी ऋण पनि काढ्ने गर्थे । नेपालीसाहित्यको पुरानो काललाई राम्ररी बुझने र लेखाजोखा गर्ने. काममा उनको स्तरीय योगदान थियो ।

नेपालीभाषासाहित्यका अमर साधक शरद्चन्द्र शर्मा भट्टराई साहित्यिक यात्रामा सक्रिय हुँदाहुँदै थला परे । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । तर नेपालको स्वास्थ्यसेवाको उछृङ्खलताका उनी पनि शिकार भए । एउटा रोग लागेका बिरामीलाई अर्को रोग लागेको औषधि गर्दा उनी झनै सिकिस्त भए । अन्ततः उनी २०५९ सालको असोज २३ गते स्वर्गीय भए ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 8 चैत्र, 2067

लेखकका अन्य रचनाहरु