विजेता

- विजय सापकोटा

ढोकामा ताल्चा झुण्डिएको थियो ।
माघको चिसो रातमा पनि ऊ न्यानो उमङ्ग कल्पना गरेर फर्किरहेको थियो । जस्तो कि हिन्दी फिल्मतिर प्रशस्त देखिन्छ–लोग्ने लखतरान भएर कामबाट फर्किन्छ, स्वास्नी व्यग्रताका साथ उसको प्रतीक्षा गरिरहेकी हुन्छे... ... ...।
त्यसो त सधैँ घर फर्कदा उसको मनभरि यिनै कुराहरू खेल्दथे र यथार्थमा कहिल्यै यस्तो नहुँदा ढोकाको छेउसम्म आइपुग्दा नै ती फत्याकफुतुक गलेर झरिदिन्थे । स्वास्नीचाहिँ हिन्दी फिल्मकी नायिका जत्तिकै राम्री थिई–नायिकाको कल्पनामा राख्न पर्याप्त सुहाउँदथी । तर उसको व्यवहारचाहिँ नायिका होइन खलनायिकासँग पो तुलनायोग्य हुन्थ्यो । ऊ यस्तो विरोधाभासपूर्ण जीवनमा यी दुई विपरीत तथ्यहरूबीच साम्यता कायम गर्न आजका मितिसम्म कहिल्यै सफल भएको थिएन ।
तैपनि ऊ दैवी चमत्कारमा असाध्यै विश्वास राख्दथ्यो र हिन्दी फिल्महरूको त असल भावक नै थियो । त्यसैले होला आफ्नोे जीवनमा पनि चमत्कारपूर्ण घटना घट्ने आशाको चहकिलो दीयो उसको मनमा बेलाबेलामा बलिरहन्थ्यो । तर दुर्भाग्य उसको विश्वासभन्दा बलियो उसकी सुन्दरी स्वास्नीको दीव्य मुहार आकृतिको आडम्बर थियो जसको उज्वल प्रकाशको छायामा परेर उसको ढाँचा नमिलेको अनुहार अझै बेरूप हुनसक्ने खतरा क्रमशः बढिरहेको थियो ।
ऊ धैर्यवान् थियो । बूढापाकाहरूले भन्ने ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ उखानले उसलाई असाध्यै ठूलो प्रभाव पारेको थियो । किनकि उसको वैवाहिक जीवन अब केही दिनमै बाह्रौँ वर्षमा टेक्ने तयारीमा थियो र बिहेको बाह्रौँ वर्षगाँठले आफ्नोे वैवाहिक जीवनमा खुशी लिएर आउने कुरामा ऊ पूर्णतः विश्वस्त थियो । यो विश्वासलाई टुहुराको दिन फिर्छ’ भन्ने भनाइले थप बल प्रदान गरेको थियो । किनभने उसले सानैमा आमा गुमाएको थियो र यो उमेरसम्म कुनै दिन पनि सुख पाएको अनुभूति गर्न सकेको थिएन ।
र, आजकाल उसको भित्री अन्तरहृदयमा यो बाह्रौँ वर्षको यात्राको कुनै पनि मोडमा हिन्दी फिल्ममा झैँ चमत्कारिक घटना हुने आशाको दीप बलिरहेको थियो–धिपधिप गर्दै ।
विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म काममा जोतिन्थ्यो ऊ । यी चौधघण्टा प्रायः ऊ आफ्नी स्वास्नीसँग अलग रहन्थ्यो । स्वास्नी अघिल्तिर नहुने यो समयमा ऊ आफूलाई अत्यन्तै सुरक्षित महसुस गर्दथ्यो । तैपनि स्वास्नीको विषयमा अनेक किसिमका सोचाइहरू भने उसके अन्तरमा बन्दै र भत्किँदै जान्थे ।
सोचाइ सकारात्मक र नकारात्मक दुवै हुनसक्थे । कोठामा दिउँसभरि स्वास्नी एक्लै के गरेर बस्छे ? निश्चय नै एउटा लोग्नेका निम्ति यो सोचनीय विषय हो । ऊ दिउँसभरि बेकारमा बिताउने आफ्नी स्वास्नीको कर्मलाई लिएर चिन्तित थियो । काम नभएपछि वल्लो कोठा र पल्लो कोठा ग¥यो–अनेकजनासित अनेक किसिमका गफ ग¥यो । हाँस्यो... ...अनि... ... हाँस्नुवाहेक स्वास्नीचाहिँ अरू के काम गर्छे होली भनेर ऊ कल्पना पनि गर्न सक्दैनथ्यो । किनकि यसलाई तन्काउँदै लैजाँदा बोकाको जस्तो स्वभाव भएका डेरावरिपरिका दुईचारजना ठिटाहरूको सम्झना आउँथ्यो र तिनको सम्झनाले मात्र पनि उसको मुटु ढक्क फुल्थ्यो, हात थरर्र काँप्थ्यो अनि बिजुलीको तार मुठीमा कच्याककुचुक पारेर करेन्ट प्रवाहित गरूँ झैँ आवेग उठ्दथ्यो ।
यस्तोमा सम्हालिन उसलाई अत्यन्तै गाह्रो पर्दथ्यो । प्रायशः तीनचार घण्टा यही बोझिलो सन्दर्भले पिरोल्दथ्यो । जीवनप्रति नै वैराग्यता जनाउने यस्तो प्रस· अनायश आइदिँदा उसलाई जिन्दगी बाँच्नुको निरर्थकताबोधले च्याप्प समात्दथ्यो । ऊ सकेसम्म यस्तो भावनालाई दबाउन खोज्थ्यो । एफ.एम. रेडियोमा रोमान्टिक प्रेमगीतहरू सुनिसकेपछि उसको बोझिलता हट्दै जान्थ्यो र दैवी चमत्कारको काल्पनिक चित्र मस्तिष्कमा उतारेर आफूलाई हलुङ्गो बनाउने प्रयत्न गथ्र्यो ।
स्वास्नीसितको उसको सम्बन्ध अप्ठ्यारोमा गुज्रिनुका पछाडि सतहमा यी कारणहरू देखिएका थिए–
१.स्वास्नी भर्खर २३ औँ वर्षमा हिँड्दै थिई, उसले भने ३८ औँ वर्षलाई पनि बिदा गर्न भ्याइसकेको थियो ।
२.स्वास्नीले एउटा सन्तानलाई जन्म दिइसकेकी थिई, तैपनि उसको रूप,रङ्ग र सुन्दरतामा कुनै कमी आइसकेको थिएन । तर उसले भगवानसँग चित्त दुखाएका बुँदामध्येको एक महत्वपूर्ण आफ्नोे रूप पनि थियो ।
३.ऊ स्वास्नीचाहिँलाई अति माया गथ्र्यो, तर स्वास्नीचाहिँ भने उसको मायादेखि मात्र होइन छायादेखि पनि तर्किन्थी ।
स्वास्नीचाहिँलाई उसको अनुहार कस्तो लाग्थ्यो त्यो अव्यक्त थियो तर बाहिरबाट हेर्दा उसलाई आफ्नोे लोग्नेको थरप्रति अत्यन्तै घृणा थियो । त्यसैले ऊ कतैकतै आफ्नोे परिचय दिनुपर्दा बाउकै थर बताउँदथी । यो खुशीको कुरा थियो कि आजका मितिसम्म लोग्नेको थर प्रयोग गरेर कतै पनि लेखापढी गर्नुपरेको थिएन । तर एउटा कुरामा भने उसलाई अत्यन्तै दुःख लागेको थियो यसकारण कि छोरालाई स्कुलमा भर्ना गर्दा भने लोग्नेकै थर प्रयोग गर्नुपरेको थियो ।
सिङ्गो संस्कृतिमा लोग्नेमान्छेलाई ‘मर्द’ भनी पुकारिन्थ्यो र स्वास्नीमान्छेहरू उनीहरूको पैतालामुनि दबिएर बस्नुपर्छ भन्ने मान्यता राखिन्थ्यो । ऊ जुन टोलमा बस्थ्यो त्यो टोलका धेरै पुरुषहरूको स्वास्नी कुट्ने आदत थियो । उसलाई स्वास्नी कुट्नेहरू अचम्मको शक्ति भएका मान्छे हुन् भन्ने विश्वास लाग्दथ्यो र आफूमा ईश्वरले त्यो शक्ति नदिएकोमा उसलाई मनमनै दुःख पनि लाग्दथ्यो । उसलाई अचम्म त यो कुरामा लाग्थ्यो कि जसजसका लोग्नेले स्वास्नी कुट्थे तिनीहरूका लोग्नेस्वास्नीमा असाध्यै मिल्ती हुने गथ्र्यो । ऊ भने स्वास्नीलाई असाध्यै माया गथ्र्यो तापनि उसलाई तिल बराबर पनि गन्दिनथी ऊ ।
साँझ जतिसुकै रोमान्टिक मूडमा फर्किएपनि घर आइसकेपछि चरम निराशाले घम्ल·ै अँगालो हालिदिन्थ्यो। कुनै रमाइलो टेलिसिरियल आउने दिन छ भने स्वास्नी जागै रहन्थी नत्र आठै बजे खाइपिई छोराको साथ निदाइसकेकी हुन्थी । पाँच मिनेट जति बाहिर उभ्याएपछि मात्र ढोका खोलिदिन्थी र पुन ओछ्यानमै गएर घुस्रिन्थी । कहिलेकाहीँ‘ ‘मूड’अलिक ‘फ्रेस’ छ भनेचाहिँ मुश्किलले दुईचार वाक्य बोलिदिन्थी । नभए ऊमात्रै बोल्थ्यो र स्वास्नी भने सुनिरहन्थी ।
अनि ऊ आजीत भएर आफैँले चिसो भात पस्की खाएपछि छुट्टै खाटमा चिसो ओढेर एक्लै सुत्ने गथ्र्यो आफ्नोे कर्मलाई धिक्कार्दै । यही कुण्ठालाई मेट्न कहिलेकाहीँ गल्लीका अँध्यारा छिँडीभित्र हेरेका नीला चलचित्रहरूका दृश्यहरू सम्झेर राति अबेरसम्म छट्पटाउने गथ्र्यो । कहिलेकाहीँ चाहिँ ऊ आफूलाई काबुमा राख्न सक्दैनथ्यो । मध्यरातसम्म पनि निदाउन नसकेपछि ऊ उठ्थ्यो र स्वास्नीको खाटसम्म पुग्ने साहस गथ्र्यो । गर्मीको समय छ भने ऊ अत्यन्तै अस्तव्यस्त ढङ्गले सुतेकी हुन्थी जसले उसको साहसमा थप उर्जा थपिदिन्थ्यो । तर त्यो उत्साह र उर्जा निद्रालु स्वास्नीको घँचेटाइमा परेर पानी–पानी हुन्थ्यो । त्यसपछि ऊ हदसम्मको निराशा च्यापेर चिसिइसकेको ओछ्यानमा घुस्रिन्थ्यो । यस्तो घटनाको करिब एकसातासम्मै ऊ स्वास्नीको अनुहार हेर्न असमर्थ देखिन्थ्यो ।
स्वास्नीको अनुहार हेर्न ऊ त्यतिखेर सक्षम थियो जतिखेर उसकी स्वास्नी उमेरले सानै थिई । १६ वर्षको कलिलो उमेरमैँ उसँग विवाह भएको थियो । बान्की परेको अनुहार भएपनि दुब्लो शरीरकी ऊ ज्यानजस्तै अन्तरमनदेखि नै दुब्ली थिई । त्यसो त धनी बाबुकी एक्ली छोरी–यति चाँडेै बिहा गर्नुपर्ने आवश्यकता थिएन । तर बाउको पसलमा बस्दा चुरोटसँगै प्रेमपत्र बाँड्न थालेपछि बाउचाहिँले छोरी जवान भएको चाल पाएको थियो । अझ एकादशीे जात्राको एक रातभर छोरी हराएपछि उसले हतारहतार आफ्नोे पितृधर्म निभाएको थियो । त, त्यस समयमा ऊ लगभग १६ वर्षकी थिई, आत्मबल अहिलेको जस्तो थिएन । उमेर चढ्दै गएपछि जिउमा रङ् पनि चढ्दै गयो । जब छोरो जन्माई ऊ झन् राम्री र तरुनी पो बन्दै आई । उसको आवश्यकताभन्दा बेरूपी सोझोपन र आफ्नोे सुन्दर तनको चर्चा यत्रतत्र हुनथालेपछि उसमा प्रचुर आत्मबलको विकास हुन थालेको थियो । र,केही समयमै कोठामा अर्को एउटा खाट आएको थियो जुन उसको निम्ति थियो ।
हाँस्ने,बोल्ने,चल्ने यावत् क्रियाकलापहरू ऊ अरूसँगै गर्थी आँखाले हेर्न मिल्ने सम्मको । तर उसको अगाडि भने अँध्यारी र थकित देखिन्थी । पछिपछि भने एकाध पटक व्यङ्ग्य वाण पनि प्रहार गर्न थालेकी थिई । आफ्नो इच्छा त के परिवारका आवश्यकता समेत त्यति सजिलै भन्दैनथी । सुरुसुरुमा यस्तो बानीले असजिलो पैदा गराइदियो तर पछि हुँदै गएपछि लगभग सम्पूर्ण तलब नै स्वास्नीको हातमा राखिदिने गर्न थाल्यो । यसले गर्दा सम्बन्ध झन् बिच्छेद झैँ हुनथाल्यो । छोरो समेत उसको छायादेखि यसरी तर्किन्थ्यो मानौँ ऊ सौतेला बाबु हो । आमाचाहिँले बाउलाई सम्बोधन गर्ने नयाँ शब्द छोरालाई सिकाएकी थिई । सोही अनुसार छोरो बाउलाई उसकै थरले सम्बोधन गर्दै चाउरे बूढा भन्न थालिसकेको थियो ।
यी यावत क्रियाकलापले उसको मन थिल्थिलिएको थियो । आफ्नोे पारिवारिक अव्यवस्थाले थिचिरहेको बेला फिल्मको हिरोले झैँ रक्सी खाएर बेसरी मात्न मन लाग्थ्यो कहिलेकाहीँ, तर जिउको मोटो जनैप्रतिको निष्ठाले त्यहाँसम्म पुग्न कहिल्यै दिँदैनथ्यो । कहिले भने स्वास्नीको अगाडि रोएर स्पष्टीकरण माग्ने भावुकता पनि जाग्थ्यो, तर ‘लोग्ने’ नाउँको उसको पदले यसो गर्नबाट पनि रोक्थ्यो । यसरी आफ्नो पीडाहरूको उचित निकास त उसले पाएको थिएन थिएन, पोख्ने ठाउँसम्म पनि पाएको थिएन ।
यसरी लोग्नेस्वास्नी सँगै बस्न आवश्यक पर्ने हरेक स्थितिहरू स्वास्नीचाहिँका पक्षबाट अन्त्य गरिएको थियो ।
तर ऊ स्वास्नीसँग छुट्टिएर बस्न सक्दैनथ्यो । आमाबाबु सानैमा गुमाएर टुहुरो जिन्दगी बाँचेका कारण पारिवारिक माया उसले कहिल्यै पाएको थिएन । त्यसैले उसको जीवनको पहिलो र आखिरी सपना भनेकै एउटा सुखी परिवार थियो । तर स्वास्नीका कारण यो सम्भव थिएन । दिनहुँको पीडा र आफ्नो सपनाको अन्त्य हुने खतराबाट मुक्त हुनचाहन्थ्यो । त्यसैले ऊ एउटा यस्तो उपायको खोजीमा थियो जसले उसको सपनालाई साकार तुल्याओस् ।
एकदिन उसलाई दिव्य ज्ञान प्राप्त भयो । उसले के भन्ठान्यो भने स्वास्नीको सबै अहम्कारको कारक तŒव एउटै हो–कुँदेर बनाइएझैँ उसको सुन्दर अनुहार, त्यो नै रहेन भने त अहम् पनि रहँदैन नि ।
त, दिव्य ज्ञान प्राप्त भएकै दिन बेलुकी कामबाट फर्कँदा उसले अलिकति एसिड प्लाष्टिकको सानो भाँडोमा लिएर आयो । ऊ नजानिँदो पाराले काँपिरहेको थियो र आवेगले युक्त पनि । लोग्नेले दीव्य ज्ञान प्राप्त गरिसकेको थाहा नपाएकी स्वास्नीचाहिँ अनुहारभरि सदावहार उज्यालो पोतेर टी.भी.मा आफूलाई मनपर्ने सिरियल हेरिरहेकी थिई । स्वास्नीको सुकला नभइसकेको कारणले उसमा एउटा त्रास बल्झियो । त्यो के भने कतै स्वास्नीले उसलाई खाना पस्किएर दिई भने प्रेममय भावुकतामा परेर योजना तुहिन सक्थ्यो, त्यसैले खान मन नहुँदा नहुँदै प्लाष्टिकको भाँडो आफ्नोे खाट तल राखेर ऊ हतार हतार खाना पस्किन पुग्यो । एसिडको भाँडोको कुनै पीर नै थिएन किनकि स्वास्नी उसका कुनै पनि कुरामा मतलब राख्दिनथी ।
तर खाना खाने मानसिकता पटक्कै थिएन, दुई–तीन गासैले भो बनायो । ऊ आफ्नोे खाटमा बस्यो । स्वास्नीचाहिँ बेवास्तापूर्वक सिरियल हेर्ने आफ्नै धन्दामा थिई । आफूले भात नखाँदा पनि कुनै वास्ता नगर्ने स्वास्नीको स्वभावप्रति आज नचाहँदा नचाहँदै पनि मनै दुखेर आयो । उसले हतार–हतार आफ्नोे चित्त दुखाइलाई रिसमा बदल्ने प्रयत्न ग¥यो । ऊ सिरकले घम्ल· मुख छोपेर सुत्यो र सिरकको मोहडाबाट स्वास्नीलाई चियाउन थाल्यो ।
स्वास्नीचाहिँ किन हो आज अघिपछि भन्दा प्रफुल्ल मुद्रामा देखिन्थी । सामान्य दिनको भन्दा शृङ्गार पनि बेग्लै थियो र लाग्दथ्यो ऊ कतै विशेष ठाउँमा गएर आएकी हो । उसलाई यो कुराले अझ पीडित तुल्याउँदथ्यो कि उसकी स्वास्नी आफूमात्र खुसी हुन्थी । उसको चाहनामा एउटै कुरा थियो स्वास्नीले आफ्नो खुसीहरू अभागी लोग्नेलाई पनि बाँडोस् । यही दुःख अहिले पनि आएर बल्झियो । तर ऊ आज यो दुखाइलाई शक्तिमा बदल्ने यत्नमा थियो , त्यसैले ऊ आफूलाई ठूलो अन्यायमा परेको महसुस गर्न थाल्यो । र, अहिले सिरकको होडबाट चियाएर स्वास्नीलाई हेर्दा पनि ऊ आफूलाई यही रूपमा प्रस्तुत गर्न खोजिरहेको थियो ।
मोहोडाबाट स्वास्नीचाहिँ धेरै राम्री र कमनीय देखिएकी थिई । यस्ती स्वास्नीलाई रिसले मात्र हेर्नु गाह्रो काम थियो । ऊ क्रमशः विचलित हुने तयारीमा थियो । यसबाट बच्न ऊ स्वास्नीको अनुहार नियाल्न भन्दा पनि उसले आफूतिर कतिको याद गर्छे, त्यो हेर्नतिर लाग्यो । तर उसको यो रहरलाई स्वास्नीले फेरि दुःखमा नै बदलिदिई अर्थात् सुतेको लोग्नेलाई एक नजर पनि नहेरी सिरियल सकिनासाथ ऊ बत्ती निभाएर सुती ।
उसलाई बल्ल आज आफ्नोे अस्तित्वचेत भइरहेको थियो । त्यसैले स्वास्नीको सधैँको यो व्यवहार पनि उसलाई अपच भइरहेको थियो । कोठाको अन्धकारभित्र ऊ छट्पटाइरहेको थियो । यतिखेर ऊ स्वास्नीप्रति आक्रोशित भइरहेको थियो र आफ्नो निम्ति भावुक पनि । ऊ दुई वर्षको हुँदा उसका बाबु बिते र सात वर्षको हुँदा आमा पनि । काकाकाकीको छत्रछायामा बाँच्दा स्कुल गएर पढ्ने लेख्ने कष्ट गर्नुपरेन, जङ्गल गयो, स्याउला÷घाँस ल्यायो, मेला गयो... ... यस्तै । खानेकुराभन्दा कुटाइपिटाइ बढी खाएर हुर्किरहेको ऊ त्यसैकारण अहिलेसम्म पिलन्धरे थियो । काकीको वात्सल्यको उदाहरण नाकको डाँडी, निधार र च्युँडोमा प्रत्यक्ष देखिन्थ्यो, जसलाई कहिलेकाहीँ ऐनामा देख्दा ऊ आफ्नी काकीलाई बडो गहिरोसँग सम्झनपुग्थ्यो । यिनै खतहरूले उसलाई सानै उमेरदेखि आफूले थालेका आत्महत्याका असफल प्रयासहरूको याद दिलाउँथे र भावुक बनाउँथे । उसले आत्महत्या नगर्नुका पछाडि एउटा कारण थियो । उतिबेला उसको छिमेकमा उसकै उमेरको एकजनाले आत्महत्या गरेको थियो जसको मृत्युमा धेरै रोएका थिए । ऊ जहिल्यै पनि मर्ने कल्पना गर्दा आफ्नोे मृत्युपछि मर्नेहरूको ‘लिस्ट’ तयार गर्दथ्यो जुन प्रायः खाली नै रहन्थ्यो । त्यसकारण ऊ रुने मान्छे तयार नहुन्जेल आत्महत्या नगर्ने मनस्थितिमा पुगी चौध वर्षको उमेरमा घर छाडी हिँड्यो । त्यसपछिका चौबीस वर्षमा उसले धेरै हण्डर खायो । तर उसले आफ्नोे मृत्युमा रुने मान्छे कहिल्यैै तयार पार्न सकेन ।
त्यसकारण एक्लो महसुस हुँदाहुँदै पनि आत्महत्या गर्ने विचार यसपटक पनि आएन । ऊ त स्वास्नीको रूप र आफ्नोे रूपको वर्गीय धरातल एउटै बनाउने ‘क्रान्ति’ गर्न तत्पर थियो र बडो बेचैन मुद्रामा ओछ्यानमा छट्पटाउने क्रियाकलाप गरिरहेको थियो ।
यस्तैमा केही घण्टा बिते । जब स्वास्नीको फ्वाँ फ्वाँ छोराको साससँगै मिसिनथाल्यो ऊ जुरुक्क उठ्यो । उसले सर्वा· तातिरहेको महसुस ग¥यो । अनायासै उसको देब्रे हातले बत्तीको स्वीच प्याट्ट पा¥यो । बत्तीको उज्यालोमा ऊ स्वास्नीको छेउमा गएर उभियो । स्वास्नीचाहिँ मध्य निद्रामा थिई । ऊ अलिकति पनि चलमलाउने अवस्थामा थिइन । सुलुत्त परेको उसको नाकका पोराहरू मात्र चलिरहेका देखिन्थे । अबोध बालिकाजस्तै स्वास्नीको अनुहार देख्दा ऊ अत्यन्तै भावुक भयो । टम्म बाँधिएका उसका पातला ओठमा बेस्सरी म्वाइँ खाऊँ झैँ भएर आयो उसलाई, तर हच्कियो । एकैक्षण हेरिबस्यो । त्यसैबेला स्वास्नी चल्मलाई । तर्सेर ऊ ओछ्यानमा आएर घुस्रियो र बत्ती निभायो ।
एकछिन सास रोकेरै ओछ्यानमा पल्टिरह्यो ऊ । तर भित्रबाट एउटा उद्वेग उठिसकेको थियो । त्यसलाई उसले रोक्ने प्रयत्न गरिरहेको थिएन । त्यसैले केहीबेरमै ऊ पुनः उठ्यो , बत्ती बाल्यो र स्वास्नीको छेउतिर गयो ।
स्वास्नीचाहिँ असजिलो गरी सुतिरहेकी थिई । सुत्दा लगाएको उसको लुगा माथि–माथिसम्म सरेको थियो जसले उसलाई अकस्मात उत्तेजित गरायो । अघिको उसको आवेग अब आएर उत्तेजनामा परिणत भयो ।
‘यसको यो सुन्दर स्वरूप केही मिनेट पछि कुरूप हुनेछ ।’ –ऊ खिस्स हाँस्यो । तर हाँस्ने बेलामा आवाज ननिस्कोस् भन्ने चाहना पनि उसले राखेको थियो ।
‘त्यसो हो भने यो रूपलाई अन्तिम पटक किन नभोग्ने ?’– कताकताबाट उसमा यो विचार पैदा भयो । उसले आँखा ननचाइकन स्वास्नीलाई हेरिरह्यो । स्वास्नीचाहिँ ओढ्ने जम्मै फालेर सुतिरहेकी थिई जसका कारण उसको शारीरिक भूगोल अर्धगोचर भइरहेको थियो । उसले बेस्सरी माथिल्लो दाँतले तल्लो ओठलाई बेस्सरी टोक्यो । यसोगर्दा उसलाई आफूमा अनौठो किसिमको शक्ति उत्पन्न हुन पुगेको आभास भयो र अन्तिम युद्धमा होमिन ऊ भित्रैदेखि तयार भयो ।
अनि युद्धमा उत्रियो पनि तर त्यसैबेला स्वास्नीचाहिँको निद्रा खुल्यो र ऊ तर्सिएर चिच्याउन पुगी– “आबुइ... ... !”
स्वास्नीको चिच्याहट यद्यपि कमजोर थियो तर ऊ आफैँ तर्सिन पुग्यो र उत्तेजना सबै पग्लियो । अकस्मात ऊ शिथिल भयो । अर्धबेहोशीमै स्वास्नीचाहिँले उसलाई हुत्याइदिई जसले गर्दा असन्तुलित भएर ऊ खाटबाट झर्न पुग्यो र जोतियो बिर्को राम्रोसँग नलागेको एसीडको भाँडोमा ।
“आत्थाथा... ...था...”– उसको दाहिने हातमा एसिड प¥यो ।
उसको स्वरले स्वास्नीचाहिँ पूरै ब्यूँझिएर उठी अब । स्वास्नीचाहिँका आँखा विस्फारित भए ।
“किन नि चोर बिरालो झैँ ? अर्कालाई सुत्नुपर्छ भन्ने था’छैन ?”– ऊ ओछ्यानबाटै जङ्गिई ।
तर ऊ स्वास्नीलाई सुन्न सक्ने हालतमा थिएन । उसको हात भतभती पोलिरहेको थियो । उसले हत्त न पत्त पानीको बाल्टीमा आफ्नोे हात चोप्न पुग्यो र दाँत कटटट पारी आफूलाई संयमित पार्ने प्रयत्नमा लाग्यो ।
“के भो नि ?” –लोग्नेको चर्तिकला हेरिरहेको स्वास्नीचाहिँले सोधी ।
ऊ केही बोल्न सकेन ।
“के भो भन्या ?”– स्वास्नीचाहिँ अझै झर्किएर कराउँदै थिई ।
“आइसिडले पोल्यो .. ...।” –आँखाभरि आँसु पारेर पीडा भरिएको आवाजमा उसले उत्तर दियो ।
“के गर्न ओसा¥या नि आइसिड ?”
उसले केही उत्तर दिएन ।
“ठिक्क प¥यो । बानी अनुसारको .. ...”
स्वास्नीचाहिँ ओछ्यानमा गएर घुस्रिई ।
मन अमिलो भएछ क्यारे उसका आँखाबाट तातो आँसु तप्प झ¥यो ।
र, त्यसदिनदेखि नै ऊ उपायविहीन भएको थियो । नक्कली संसारदेखि वाक्क मानेर मर्न जाँदा पासो लगाएको डोरी समेत नक्कली परेर दुःख पाएको मानिसको चुट्किला ऊ यी दिनहरूमा गम्भिरतापूर्वक सम्झिरहेको थियो ।
तैपनि सहनशील बन्दै ऊ बाह्रौँ वर्षको प्रतिक्षामा थियो । अप्ठ्यारो जिन्दगीमा सकेसम्म स्वभाविकता प्रदर्शन गर्ने उसको प्रयत्न पनि जारी नै थियो । यही क्रममा माघ महिना कटाउँदै थियो ऊ । आगामी जेठमा ऊ बाह्रौँ वर्षगाँठ मनाउँदै थियो र त्यसपछि दैवी चमत्कार हुने आशा पनि अझै तातै थियो ।
आज मन अलि हलुको थियो तर स्वास्नीचाहिँ थिइन ।
उसँग कोठाको साँचो थिएन । आज किन हो स्वास्नीविनाको रित्तो कोठामा पस्न मन लागिरहेको थिएन । छोराको जाँच सिद्धियो, शायद माइत गईं होला , उसलाई लाग्यो । ऊ त्यत्तिकै अल्मलियो र ढोकामा गएर उभियो । त्यति नै बेला भ¥याङबाट घरबेटी झरिन् ।
“तपाईँ काँबाट आएको हँ ?”–घरबेटीको सोधाइले उसलाई झिँझ्याट उत्पन्न गरायो । सधैँ कामबाट त आउँछ नि ऊ । तैपनि स्वभाविक भएर उसले उत्तर दियो– “कामबाट ।”
“ए... तपाईँलाई केही था’छैन ? लौ छिटो जानुस् उसोभए ।”– घरबेटी हतारिइन् ।
तर उसलाई हतारिने जाँगरसम्म पनि थिएन । मन नलागी ऊ बोल्यो– “कहाँ....?”
“बैनीलाई छतबाट खसेर हस्पिटल लगेको छ । गै हाल्नुस् छिटो । के गर्ने दिन लागेपछि ...... ।” हतारिएकी घरबेटी अब आरामले प्रतिवेदन प्रस्तुत गर्न तयार देखिइन् । तर ऊ भने बल्ल हतारिन थाल्यो । ऊ हत्त न पत्त अस्पतालतिर कुद्यो ।
इमर्जेन्सीमा राखिएको रहेछ, भित्र पस्न दिइएन । बाहिर ढोकामा दुई ठिटाहरू उभिएका थिए । उसले तिनलाई चिन्थ्यो किनभने तिनीहरू स्वास्नीका दिउँसभरिका गफ चुट्ने ‘साथी’ थिए । तिनीहरूले ऊ आएको हेरे तर केही बोलेनन् । केहीबेरमा घरबेटी आइपुगे । तर उसले केही पनि सोधेन ।
घरबेटी आफैँले भने– “मुख सिधै जोतिएकोले अनुहारमा पूरै चोट छ तर डाक्टरले आत्तिनुपर्दैन भनेको छ । अब केही छिनमै वार्डतिर सार्छ होला ।”
उसको आङ सिरिङ्ग ग¥यो रक्तमुच्छेल भएकी स्वास्नीचाहिँको अनुहार सम्झ्यो । उसले आँखा चिम्म गरेर त्यो कल्पनाबाट भाग्ने प्रयत्न ग¥यो । तर उसको मस्तिष्कमा अनेक कुराहरू आए । सोच्दा सोच्दै आफूले स्वास्नीको अनुहारमा ‘एसिड’ खन्याउने प्रयास गरेको असफल रात सम्झ्यो ।
अब ऊ स्वास्नीको क्षतिबिक्षेत अनुहार सम्झेर रोमान्चित पो हुन पुग्यो । ऊ स्वास्नीको अनुहार हेर्न आतुर थियो । उसले सानो झ्यालको पर्दा पन्छाएर कोठाभित्र चियायो । नर्सहरू घाइतेको अनुहारमा पट्टी बाँधिरहेका थिए ।
लगभग १ घण्टाजतिको प्रयासपछि घाइतेलाई जनरल वार्डतिर सारियो । घाइते सामान्य होशमा आएकी थिई । ऊ सिरानमा बसेर स्वास्नीचाहिँको अनुहारतिर अपलक हेरिरहेको थियो । स्वास्नीचाहिँ घरि आँखा चिम्लन्थीे घरि भित्तातिर ताक्थी । स्वास्नीचाहिँको अनुहार आज पूर्ण मूर्झाएको थियो ,त्यसमा कुनै पनि किसिमको चमक थिएन ।
उसको एउटै ध्येय स्वास्नीचाहिँको अनुहार हेर्ने थियो तर त्यसको निम्ति भोलि विहानसम्म कुर्नुपर्ने थियो । मनमा धेरै जिज्ञासाहरू जन्मिरहेका थिए । तर ती सबै प्रश्नहरूको उत्तर स्वास्नीको अनुहारको पट्टि खोलेपछि मात्रै पाउन सकिन्थ्यो ।
ऊ एकोहोरो स्वास्नीचाहिँका मलिन आँखातिर दृष्टि दिइरहेको थियो । उसले ती सुन्दर आँखा प्रायः बन्द गरिरहन्थी । तर जब आँखा खोल्थी, ऊ देख्दथ्यो तिनमा वेदनाको नीलो पानी भरिइरहेको हुन्थ्यो । सलक्क परेको उसको सुन्दर अनुहार जसको घमण्डले ऊ सधैँ आफूलाई हेप्ने गर्दथी त्यो सबै छोपिएको थियो र दुष्टता भरिएका ओठ युगल पनि कलेटी परेर नीला न नीला भएका थिए । ती ओठ तिनै थिए जसले उसलाई सधैँ वक्रतापूर्ण एवं उपहासपूर्ण व्यवहारको छनक दिन्थे । ऊ विचार गरिरहेको थियो– ‘दैवले कति असल विचार गर्न सक्दोरहेछ , दिन आइपुग्नु मात्रै पर्ने रहेछ ।’
दिन आएको थियो बल्ल ।
धेरैबेर मौनतामा बिते । स्वास्नीचाहिँ घरिघरि पीडाको लामो अर्तना गरिरहेकी थिई ।
“पारू , धेरै दुख्यो ?”
अकस्मात् उसको मुखारविन्द खुल्यो । तर यो अभिव्यक्ति आइसकेपछि भने उसलाई बडो असजिलो महसुस भयो । किनभने जीवनमा पहिलो पटक उसले आफ्नी स्वास्नीलाई यसरी सम्बोधन गरेको थियो । असजिलो मान्दै भएपनि उसले स्वास्नीतिर हे¥यो । स्वास्नीले मलिन स्वरमा उत्तर दिई –“असाध्यै टन्केको छ ।”
कताकताबाट उसका हातका औँला स्नेहासिक्त भएर स्वास्नीको कपालतिर बढे । त्यसो गर्दा उसको सर्वा· काापिरहेको थियो । ऊ मुस्किलले सास फेरिरहेको थियो । तैपनि उसले यो साहसलाई गुमाउन चाहिरहेको थिएन
त्यसैबेला स्वास्नीचाहिँले भनी– “ जानु गएर खाना खानुस्, भोक लाग्यो होला ।”
हर्षले झण्डै लड्ने सम्भावना भयो । खुशीले निसासिएको स्वरमा उसले सोध्यो– “तिमी के खान्छ्यौ नि ?”
“मलाई त केही खानै मन छैन , तपाईँ खाएर आउनुस् न ।”
“होइन अलिकति त खानै पर्छ । शरीरमा बल नि त चाहिन्छ नि ।”
“उसोभए अलिकति जाउलो ल्याइदिनुस् न त ।”
सरक्क उठ्यो ऊ , हतारो थियो । जे जे भइरहेथ्यो त्यो आजभन्दा अघि कहिल्यै भएको थिएन । त्यसैले ऊ नितान्त नौलो तर रोमाञ्चक अनुभव गरिरहेको थियो ।
ऊ हतारिएर क्यान्टिनमा पुग्यो । आफ्नोे लागि भात मगायो , स्वास्नीका लागि जाउलो मगायो । तर खुसी किलकिलेसम्म आइसकेको थियो त्यसैले भातले रुच्ने नामसम्म पनि लिइरहेको थिएन । ऊ जुठो मुखमात्रै गरेर उठ्यो र लगभग कुदेझैँ गरी वार्डतिर गयो । स्वास्नीचाहिँ सिलिङ ताकेर पल्टिरहेकी थिई ।
“ल उठ त , अहिले फेरि सेलाउँछ ।”
स्वास्नीचाहिँले उठ्ने प्रयत्न त गरीे तर सकिन । उसले साहारा दिएर उसलाई उठायो र सिरानीको आडा लगाएर बसायो । स्वास्नीले जाउलोको कचौरातिर हात बढाई ।
“तिमी सक्दिनौ म खुवाइदिन्छु नि ।”
“होइन म आफैँ खाइहाल्छु नि ।”
“भो पर्दैन । ल आँ गर ।”
स्वास्नीचाहिँ पहिलोपटक लोग्नेले भनेको मान्ने छाँटमा आई । उसले जाउलो चम्चामा उठायो । तर समस्या यो भयो कि हात काँपेर जाउलो ओढ्नेमा पोखियो । ऊ लाजले रातो भयो । स्वास्नीचाहिँले हाँस्ने प्रयत्न गरेको देखियो । उसले आफूलाई बलियो पार्ने प्रयत्न ग¥यो । सारा शरीर गर्माइरहेको थियो ।
“छिः कस्तो नजान्ने मान्छे । चम्चै मुखभित्र कोचियो ।”
स्वास्नीचाहिँले जे भने तापनि उसले जाउलो खुवाउन पाएको अवसरको पूर्ण उपयोग ग¥यो । त्यसमा ऊ सफल पनि देखियो । अनि पानीले स्वास्नीचाहिँको मुख पुछिदिन लाग्यो ।
दृश्य हिन्दी सिनेमाको मिलनकै उत्कर्षमा पुग्न लागिसकेको थियो । ऊ यति भावुक बनेको थियो कि उसलाई स्वास्नीसँगै टाँसिएर सुतूँ र माया गरिरहूँ झैँ भइरहेको थियो । स्वास्नीचाहिँलाई सुताएर ओढ्ने मिलाइदिने बेलासम्म त ऊ यति बिचलित भइसकेको थियो कि अब केही सेकेन्डमै आँखा बग्न तयार भइसकेका थिए । त्यसैले ऊ छिटोछिटो बाथरुमतिर लाग्यो । रुन मन लागेतापनि आँसु भने आएन ।
छोटकरीमा ऊ पारिवारिक सुखको प्रथमपटक राम्ररी उपयोग गरिरहेको थियो । ऊ पटकपटक ईश्वरलाई धन्यवाद दिइरहेको थियो । अनि बाह्रको अङ्कलाई सम्झदै थियो । बिहेको बाह्रौँ वर्ष टेक्दा नटेक्दै खोलो फर्कने तयारीमा † मूल बेग्लै दिशातिर फुट्न लागिसकेको थियो त ऊ बेखुशी हुने किन ?
तर संशयहरू सबै सकिइसकेका भने थिएनन् । आफ्नोे पारिवारिक सुख स्वास्नीको अस्वस्थताले ल्याएको हो भन्नेमा ऊ पूर्णतः विश्वस्त थियो । तर भयानक संशय अब यस्तो पनि थियो कि स्वास्नी पूर्ववत् रूप आकृति बोकेर प्रकट भइदिई भने ?
यस कुराले ऊ विचलित थियो र ईश्वरलाई सम्झिरहन बाध्य थियो । तर ईश्वरसँग स्वास्नीको रूप बिगारिदेऊ भन्नु एउटा लोग्नेको कर्तव्यभित्र पर्दैनथ्यो । त्यसैले तात्पर्य उही हुने गरी ईश्वरसँग स्वास्नीको पूर्ववत् स्वभावको अन्त्यको कामना गर्ने काममात्र उसले ग¥यो । यसो गर्दा ईश्वर पनि झुक्किने र आफ्नोे अभीष्ट पनि पूरा हुने ! यसमा ईश्वरलाई अविश्वास गर्नुपर्ने उस्तो कारण थिएन किनकि जो परिवर्तन उसले भोग्दै थियो उसको विचारमा त्यो ईश्वरकै देन थियो । ईश्वर आफूसँग अत्यन्तै खुशी रहेको पाएर ऊ धन्य भएको थियो ।
तैपनि स्वास्नीको पट्टि खोलेर ऊ ईश्वरको इमान्दारिताको परीक्षण गर्न चाहन्थ्यो ।
त्यो समय आउनै थियो , आयो ।
डाक्टरसहित नर्सहरू आए । पट्टि खोल्नतिर लागियो । ऊ भित्तामा टाँसिएको थियो । उसका आँखा पटक्कै झिम्किएका थिएनन्् । स्वास्नीचाहिँ थोरै छट्पटाउँदै थिई । ऊ भने धेरै छट्पटाएको थियो त्यो पनि मनमनले । यतिखेर ऊ ईश्वरको परीक्षण भन्दा पनि आफ्नोे भाग्यको परीक्षण गर्ने अग्निपरीक्षामा उत्रिएको थियो ।
विस्तारै सबै खोलियो ।
उसका आँखा पटक्कै झिम्किएका थिएनन् ।
अब नर्सहरू ड्रेसिङ गर्ने तयारीमा थिए ।
अनायास उसका आँखा तिर्मिराए । टाढाबाट उसले नजिक जाने बल ग¥यो तर सकेन ।
अब नर्सहरू अर्को पट्टि बाँध्ने प्रयत्नमा थिए ।
अनायास ऊ लम्केर स्वास्नीचाहिँको नजिकमा पुग्यो , उसको अनुहार छोपिएको सेतो कपडा हटायो अनि एकनासले उसको अनुहार हेरिरह्यो । अन्त्यमा हत्केलाले आँखा छोपेर क्वाँ क्वाँ रुन थाल्यो, सानो केटाले झैँ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 पौष, 2067

लेखकका अन्य रचनाहरु