उत्तरवर्ती/समकालीन नेपाली कविताका प्रवृत्ति

- डा.लक्ष्मणप्रसाद गौतम

१. समकालीनताको सैद्धान्तिक स्वरूप
समकालीन शब्द समयविशेषको उत्तरवर्ती अवधि हो । यस अर्थमा समकालीनता र उत्तरवर्ती शब्दले लगभग एउटै अर्थ बुझाउँछन् । समकालीनता क्रमशः सर्दै गएझैँ उत्तरवर्ती समय पनि क्रमशः सर्दै जान्छ । समकालीन शब्दले उही समयको भन्ने अर्थ बुझाउँछ भने उत्तरवर्ती शब्दले पछिल्लो समयको भन्ने अर्थ बुझाउँछ । यस आधारमा यी दुई शब्द प्राविधिक रूपमा भिन्न भए पनि अर्थतात्विक रूपमा एउटै छन् ।

उत्तरवर्ती÷समकालीन शब्दले उही वा एकै समयको, तत्कालको वर्तमान समयको आदि विभिन्न अर्थ बुझाउँछ र वर्तमानमा पनि आजको वा अहिलेको भन्ने अर्थसँग यसले विशेष र नजिकको सम्बन्ध राख्दछ । कोशीय अर्थका आधारमा पनि उत्तरवर्ती/समकालीन शब्दले एकै वा उही समयको भन्ने अर्थ बुझाए पनि अस्थिर एवम् प्रवाहशील समयका रूपमा यस शब्दको अर्थ बढी विशिष्ट देखिन्छ । उत्तरवर्ती÷समकालीन शब्दलाई सधैँ उही रूपमा र एउटै अर्थमा प्रयोग गर्न मिल्दैन ।

उत्तरवर्ती/समकालीन शब्दका विभिन्न अर्थहरूका आधारमा यस शब्दले विषय, प्रसङ्ग, परिस्थिति, समय आदिका रूपमा विविध अर्थ बुझाउँछ तापनि खास रूपमा चालू वर्तमानको वा अहिलेको अस्थिर समय सूचकका रूपमा यो अर्थिन्छ । समकालीनतालाई विभिन्न विद्वान्हरूले विभिन्न रूपमा परिभाषित गरेका छन् । सारभूत रूपमा सबै परिभाषाकारहरूको निष्कर्ष वर्तमानसँगको सम्बद्धता नै हो । तत्कालीनता, एतत्कालीनता, परिवर्तनशीलता, समयक्रमसँगको सापेक्षता, अस्थिरता, वर्तमानसँगको आबद्धता, एककालिकता आदि समकालीनताका मुख्य बुँदा हुन् । समग्रमा समकालीनतालाई यसप्रकार परिभाषित गरिन्छ ः
(१) परिवर्तित समयअनुसार आज वा अहिलेको वर्तमान वा सम्प्रतिस“ग सम्बद्ध अभिलक्षण र विशेषता भएको (रचना) समयकालीन हो ।
(२) परिवर्तित समयअनुसार आज वा अहिलेको वर्तमान वा सम्प्रतिस“ग सम्बद्ध अभिलक्षण र विशेषताहरू (रचनामा) विद्यमान हुनु समकालीनता हो ।

यी परिभाषाबाट उत्तरवर्ती/समकालीन समकालीनता आज वा अहिलेको सम्प्रति वर्तमानसँग सम्बद्ध हुन्छ भन्ने स्पष्ट हुन्छ । वर्तमानका धेरै समयखण्डमध्ये सबभन्दा पछिल्लो समय खण्ड नै अहिलेको वर्तमान हो र समकालीनता यसैसँग सम्बद्ध हुन्छ । त्यस्तै यस परिभाषाबाट समकालीनता परिवर्तित समयस“ग सम्बद्ध हुन्छ भन्ने पनि स्पष्ट हुन्छ । समाजका विभिन्न क्षेत्रमा र समयमा आएका परिवर्तनहरूले एउटा नया“ मोड ल्याउ“छन् र तिनले परिवर्तित समयअनुसारका नयाँ स्थापनाहरू पनि भित्र्याउ“छन् । अर्कातिर समकालीनतामा परिवर्तित समय र वर्तमानका अभिलक्षण र विशेषताहरू हुन्छन् । ठूलो राजनीतिक परिवर्तन, आन्दोलन, सम्बद्ध विषयक्षेत्रका नयाँनयाँ सिद्धान्तको प्रतिपादन वा अन्य कुनै अभियानहरूले यथास्थितिमा हलचल उत्पन्न गराउ“छन् र समयक्रममा परिवर्तन आउ“छ । यसरी परिवर्तित समयले लिएर आउने विशेषता र अभिलक्षण नै समकालीनताका परिचायक तत्व हुन् ।

२. नेपाली कवितामा समकालीनता
प्रयोगवादी धाराको जटिलता र दुरूहताका विरोधमा प्रयोगवादी धाराका प्रवृत्तिलाई विस्थापित गर्दै कवितामा सरलताको वरणका साथ नेपाली कवितामा समकालीनता देखिन थालेको हो । यसक्रममा उत्तरवर्ती÷समकालीन नेपाली कविताका सामाजिक, राजनीतिक, आर्थिक, साहित्यिक आदि पृष्ठभूमिहरूले पनि समकालीनताको निर्धारणका लागि आधार प्रदान गरेका छन् । २०३५–२०३६ को जनआन्दोलन र २०३७ को जनमत सङ्ग्रह, २०४६ को जनआन्दोलन, २०५२–०५३ यताको सशस्त्र द्वन्द्व आदि उत्तरवर्ती/समकालीन नेपाली कविताका राजनीतिक पृष्ठभूमि हुन् । २०६२÷०६३ को आन्दोलन पनि यसको एउटा चरणको राजनीतिक आधार हो । पञ्चायती शासनकाल र प्रजातन्त्र पुनस्र्थापनापछिका विभिन्न सामाजिक अव्यवस्था, आर्थिक अनुशासनहीनता, देशको दुरवस्था, विसङ्गति आदि सामाजिक पृष्ठभूमि र आर्थिक पृष्ठभूमि हुन् । त्यस्तै सडक कविता क्रान्ति (२०३६) र जनआन्दोलन कविता (२०४६) उत्तरवर्ती÷समकालीन नेपाली कविताका साहित्यिक पृष्ठभूमि हुन् र यी सबै पृष्ठभूमिले यसलाई आधार प्रदान गरेका छन् । उत्तरवर्ती÷समकालीन नेपाली कविताका यी साहित्येतर र साहित्यिक पृष्ठभूमिसँग सम्बद्ध उत्तरवर्ती/समकालीन घटनाका आधारभूमिमा उत्तरवर्ती÷समकालीन नेपाली कविता गतिशील देखिन्छ ।

परिवर्तित समयले ल्याएका युगीन प्रवृत्तिहरूलाई उत्तरवर्ती÷समकालीन कविताले अभिव्यञ्जित गर्ने भएकाले एउटा प्रवृत्तिविशेषलाई मात्र आधार मानेर नामकरण गर्नु वैज्ञानिक देखि“दैन । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा कुनै एउटा मात्र वादको नेतृत्व नरहेको र एउटा निश्चित वादको मात्र प्रभाव नदेखिएकाले उत्तरवर्ती/समकालीन प्रवृत्तिका आधारमा नामकरण गर्नु उपयुक्त हुन्छ । यस आधारमा उत्तरवर्ती÷समकालीन नेपाली कविताको मूल प्रवृत्ति परिवर्तित समयले ल्याएका युगीन यथार्थको प्रकटीकरण रहेकाले यस मूलप्रवृत्तिबाट पृथक् गरेर नामकरण गर्नु वैज्ञानिक हु“दैन । उत्तरवर्ती÷समकालीन नेपाली कविता चालू वर्तमानको कविता हो र चालू रूपमा रहेका कवितालाई निश्चित एउटा नाम दिनु वैज्ञानिक हु“दैन । तसर्थ पूर्वस्थापित र बहुप्रचलित मान्यताका आधारमा ‘उत्तरवर्ती÷समकालीन नेपाली कविता’ नाम नै सान्दर्भिक देखिन्छ । चालू वर्तमानका कविताले स्थिरता प्राप्त गरी अर्को प्रवृत्तिगत मोड वा परिवर्तन नआएसम्म र चालू प्रवृत्ति क्षीण हु“दै गएर अन्य प्रवृत्तिहरू नदेखिएसम्म सैद्धान्तिक र व्यावहारिक दृष्टिले यही ‘उत्तरवर्ती÷समकालीन नेपाली कविता’ नाम उपयुक्त हुन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कविताको समयसीमाङ्कनका सम्बन्धमा पनि धेरै विवादहरू देखिन्छन् तापनि यसको निर्धारण समयावधिभन्दा पनि प्रवृत्तिगत परिवर्तनका आधारमा हुने भएकाले एक दशकदेखि दुईसाढेदुई दशकसम्मको अवधिलाई मान्नु उपयुक्त हुन्छ । नेपाली कवितामा समकालीनताको निर्धारण र समयाङ्कनका अभिलक्षण र मान्यताका आधारमा २०३०÷३१ तिर समकालीनताका कुनै निर्धारक आधार र अभिलक्षण घटित नहुने भएकाले २०३६ लाई नेपाली कवितामा समकालीनताको निर्धारक समय मान्ने केही विशिष्ट आधार र अभिलक्षणहरू देखिन्छन् । २०३६ को परिवर्तित समयस“ग कविताको सम्बद्धता र परिवर्तित समयका अभिलक्षण र विशेषताको प्रतिबिम्बन २०३६ देखिका उत्तरवर्ती÷समकालीन नेपाली कविताका सैद्धान्तिक आधार हुन् । यस आधारलाई जनआन्दोलन र सडक कविता क्रान्ति, जनमतसङ्ग्रह र व्यक्तिसत्ताको महŒव एवम् सम्प्रेष्य कविता सिर्जनतिरको अग्रसरताजस्ता आधारहरूले पनि पुष्टि गर्छन् । समकालीनताका अभिलक्षण र यी आधारहरूले २०३६ लाई नै उत्तरवर्ती÷समकालीन नेपाली कविताको सीमारम्भ भएको पुष्टि गर्छन् । उत्तरवर्ती÷समकालीन नेपाली कवितालाई पूर्ववर्ती प्रयोगवादी कविताका प्रवृत्तिबाट अलग्याउने प्रमुख घटना ‘सडक कविता क्रान्ति’ (२०३६) नै भएकाले पनि यस कुरालाई थप पुष्टि गर्दछ ।

उत्तरवर्ती/समकालीन नेपाली कवितालाई पूर्ववर्ती प्रयोगवादी कवितास“ग पृथक् गराउने आधार सरलताको वरण र कवितामा समाज एवम् जीवनको परिवर्तित स्वरूपको प्रतिबिम्बन हो । यी दुई आधारले नै यी दुई धारलाई छुट्याउ“छन् । युगजीवनका भोगाइको प्रस्तुति हुनु, मूल्यहीन मानवजीवनको चित्रण, मानवमूल्यको खोजी, सरल संरचना, उत्तरआधुनिक प्रवृत्तिको प्रभाव आदि उत्तरवर्ती÷समकालीन नेपाली कविताका अभिलक्षण हुन् । यसका आधारभूत र प्रमुख अभिलक्षण भने निम्नलिखित अनुसार छन् ः
(१) कवितामा सरलताको प्रवेश,
(२) कवितामा परिवर्तित समाज र जीवनको प्रतिबिम्बन ।

प्रयोगवादी कविता जटिल, दुरूह, अतिबौद्धिक र असम्प्रेष्य भएकोमा यसका विपरीत उत्तरवर्ती÷समकालीन नेपाली कवितामा सरलता आएको छ । २०३६ को जनआन्दोलनले केही हदसम्म अभिव्यक्तिस्वतन्त्रता प्रदान गरेकाले सडक कविता क्रान्तिका माध्यमबाट कविता सरलतातिर जानु स्वाभाविक थियो । २०३६ यताका कवितामा उत्तरवर्ती÷समकालीन प्रवृत्तिहरूको स्पष्ट प्रभाव पाइन्छ र कवितामा देखिने यो प्रवृत्ति पूर्वस्थापित प्रयोगवादी कवितामा पाइने प्रवृत्तिभन्दा भिन्न देखिन्छ । यही नै प्रयोगवादी कविता र उत्तरवर्ती/समकालीन नेपाली कविताका बीचको मुख्य विभेदक अभिलक्षण हो । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा युगीन राजनीतिक सामाजिक परिवर्तनले ल्याएका मूल्य, मान्यता र प्रवृत्तिहरू विद्यमान रहेकाले परिवर्तित नेपाली समाज र जीवनको प्रतिबिम्बन देखिन्छ र यो उत्तरवर्ती÷समकालीन नेपाली कविताको मुख्य पहिचान र अभिलक्षण हो । यही पहिचान र अभिलक्षणका कारण उत्तरवर्ती/समकालीन नेपाली कविता पूर्ववर्ती कविताबाट पृथक् देखिन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कवितामा परिवर्तित राजनीतिक घटनावलीहरूले विभिन्न मोडहरू ल्याएका छन् । यस्ता मोडहरू उत्तरवर्ती/समकालीन घटनाक्रमका विविध परिवेशद्वारा निर्धारित देखिन्छन् र यस्ता परिवर्तित मोडहरू उत्तरवर्ती÷समकालीन नेपाली कविताको विशिष्ट निर्णायक मोडका रूपमा रहेका छन् । यी निर्णायक मोडहरूले कविताको गति, धार, दिशा र प्रवृत्तिमा समेत परिवर्तन ल्याउ“छन् । उत्तरवर्ती/समकालीन नेपाली कविताका राजनीतिक, सामाजिक, आर्थिक, साहित्यिक आदि पृष्ठभूमिका सन्दर्भमा २०३६ को समय उत्तरवर्ती/समकालीन नेपाली कविताको प्रस्थानबिन्दु भए पनि यो पहिलो वा प्रारम्भिक मोड हो । उत्तरवर्ती/समकालीन नेपाली कविताको सीमारम्भ २०३६ मा उर्लेर सेलाएको परिवेशमा लेखिएका कवितामा विशेषतः पञ्चायती शासनव्यवस्थाका नकारात्मक पक्षलाई विषयवस्तु बनाइएको छ र व्यवस्थाप्रतिका असन्तुष्टिका स्वरहरू नै बढी रूपमा मुखरित भएको पाइन्छ ।

२०४६ को राजनीतिक आन्दोलनको उर्ल“दो परिवेशस“गै नेपाली कवितामा पनि त्यसको प्रभाव परेको देखिन्छ । जसको फलस्वरूप तत्कालीन कवितामा प्रजातन्त्र प्राप्तिका लागि आव्हान र युगीन व्यवस्थाप्रतिका असन्तुष्टिका स्वर एवम् विद्रोह र क्रान्तिचेतना नै मुख्य रूपमा अभिव्यक्त भएको पाइन्छ । २०४६ मा उर्लिएको राजनीतिक परिवेश प्रजातन्त्रको पुनस्र्थापनापछि क्रमशः सेलाउ“दै गयो । तत्कालीन राजनीतिक सामाजिक परिवेशमा देखिएको उर्लने र सेलाउने प्रवृत्ति तत्कालीन कवितामा पनि देखिन्छ । त्यसकारण २०४६ को जनआन्दोलन र आन्दोलन कविताको सन्दर्भ उत्तरवर्ती÷समकालीन नेपाली कविताको उर्लेर सेलाएको परिवेश हो र दोस्रो परिवर्तित मोड हो । यस परिवर्तित मोडले उत्तरवर्ती÷समकालीन नेपाली कवितामा केही नया“ प्रवृत्ति थपेको छ ।

२०५२ देखि नेपालमा सुरु भएको सशस्त्रद्वन्द्वमा विद्रोही पक्ष र सरकारी पक्षका बीचको सङ्घर्षबाट नेपाली जीवन र समाजले प्रतिकूल परिस्थितिको सामना गर्नुप¥यो । यसबाट नेपाली कवितामा पनि परिवर्तन आयो । यस आधारमा २०५२/०५३ को परिवेश भनेको उत्तरवर्ती/समकालीन नेपाली कविताको तेस्रो परिवर्तित मोड हो । यस अवधिमा युगीन राजनीतिक विकृति र विसङ्गतिलाई देखाई तिनप्रति आलोचनात्मक दृष्टि राखी लेखिएका कविता र आन्तरिक द्वन्द्वजन्य परिवेश एवम् परिणतिबाट प्रभावित भएर लेखिएका कविता गरी दुई किसिमका कविता लेखिएका छन् । यस सेरोफेरोका कवितामा सशस्त्र द्वन्द्वको विरोध, समर्थन, र दोहोरो द्वन्द्वको पीडा भोग्न बाध्य नेपालीको पीडाबोध, हत्या, हिंसा, आतङ्क, सन्त्रास, रक्तमय परिवेश आदि अन्तर्वस्तुकै प्राधान्य पाइन्छ । २०६२÷०६३ पनि एउटा नया“ सङ्केतक मोडका रूपमा देखिन थालेको छ ।

उत्तरवर्ती/समकालीन नेपाली कविताका २०३६, २०४६ र २०५२/०५३ का यी विविध मोडहरू नेपालको राजनीतिक सामाजिक परिवर्तित समय र घटनावलीहरूका पृष्ठभूमिमा आएका मोडहरू हुन् । यी मोडहरूले उत्तरवर्ती÷समकालीन नेपाली कवितामा परिवर्तित राजनीतिक सामाजिक सन्दर्भको प्रभावलाई अभिव्यक्त गर्छन् ।

यसै सन्दर्भमा सडक कविता क्रान्ति (२०३६) यताका डेढदर्जनभन्दा बढी काव्यिक आन्दोलन र अभियानहरूले पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितालाई कुनै न कुनै रूपमा प्रभावित पारेको देखिन्छ । राजनीतिक उद्देश्य, कवितामा विषय र शैलीको नया“ प्रयोग एवम् छन्दोबद्ध कविताको संरक्षणको अभिप्रायबाट सञ्चालित आन्दोलन र अभियानहरू पनि छन् । समग्रमा कतिपय आन्दोलनको प्रभाव भने हेर्न बा“की छ ।

३. उत्तरवर्ती वा समकालीन नेपाली कवितामा देखिएका प्रमुख प्रवृत्ति
समकालीन वा उत्तरवर्ती नेपाली कविता बहुलवादी नेपाली कविता हो । एउटा मात्र प्रवृत्तिविशेषमा उत्तरवर्ती नेपाली कविता देखि“दैन । उत्तरवर्ती नेपाली कविता विशेषतः पछिल्लो समयको कविता भएको हुनाले यस अवधिका कवितामा विविध राजनीतिक, सामाजिक आदि घटनासन्दर्भले प्रभाव परेको हुनाले त्यसैअनुरूपका प्रवृत्ति देखिएका छन् भने विश्वपरिवेशको प्रभाव पनि देखिन्छ । साथै उत्तरवर्ती वा समकालीन नेपाली कवितामा उत्तरआधुनिकतावादी, बहुलवादी चिन्तनको प्रभाव पनि छ । यस आधारमा यस अवधिका कविता बहुलस्वरूपका देखिनु स्वाभाविकै हो । यस आधारमा उत्तरवर्ती नेपाली कविताका प्रमुख प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
मानवमूल्यको उपेक्षा, मानवताको खोजी र जीवनका विसङ्गतिको चित्रण
सशस्त्र द्वन्द्वजन्य परिस्थितिको यथार्थ चित्रण
युगीन राजनीतिक अव्यवस्थाको चित्रण
पश्चगमनको विरोध र अग्रगमनको अपेक्षाको अभिव्यक्ति
आर्थिक विसङ्गतिको चित्रण
सामाजिक असमानता र विसङ्गतिको प्रस्तुति
अन्तर्राष्ट्रियतावादी सञ्चेतना
उत्तरआधुनिक प्रवृत्तिको प्रभाव
कथ्यगत समानता वा पुनरावृत्तीय प्रस्तुति
युगीन विविध विसङ्गत परिस्थितिप्रति व्यङ्ग्य
संस्कृतिचेतनाको प्रस्तुति
सामूहिकताको अभिव्यक्ति
मानवअधिकारवादी चेतनाको अभिव्यक्ति
चित्रकवितात्मक अभिव्यक्ति
मिथकीय प्रयोग
नारीवादी चेतना
प्रविधिसंस्कृतिको प्रभाव
भाषिक सरलताको वरण र जटिलताको परित्याग आदि ।

उपर्युक्त प्रवृत्तिहरूभित्र पर्ने अन्य केही सहायक प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः

३.१ मानवमूल्यको उपेक्षा, मानवताको खोजी र जीवनका विसङ्गतिको चित्रण
आजका मान्छेले मूल्यहीन जीवन बा“च्नुपरेको, मानवता हराउन थालेको र मानवताको खोजी हुन थालेको कुरा उत्तरवर्ती/समकालीन नेपाली कवितामा प्रभावपूर्ण रूपमा चित्रित भएको पाइन्छ । त्यस्तै कुण्ठा, हताशा र निराशा एवम् जीवनको दिशाहीनताका कारण आजको मान्छेको जीवन विसङ्गतिपूर्ण रहेको युगीन यथार्थलाई पनि उत्तरवर्ती/समकालीन नेपाली कवितामा अभिव्यक्त गरिएको छ । मूल्यहीन मानवजीवनको खोजी, मानवमूल्यको उपेक्षा र त्यसको खोजी उत्तरवर्ती÷समकालीन नेपाली कविताको मूल स्वर हो ।

मानवीय मूल्यको विघटनबाट आजको मान्छेले मूल्यहीन जीवन बा“च्नु परेको र यसबाट मानवता र मानवीय अस्तित्व नै सङ्कटमा परेको युगीन यथार्थ पनि उत्तरवर्ती÷समकालीन नेपाली कविताको मूल स्वर हो । समग्रमा आजको मान्छेले सङ्गतिपूर्ण जीवन बा“च्न नपाएको यथार्थ प्रस्तुत गरिएको छ ।

उत्तरवर्ती÷समकालीन नेपाली कवितामा आजको मान्छेका जीवनको विसङ्गतिबोध प्रस्तुत गरी मानवीय अस्तित्वको खोजी गरिएको छ र कुण्ठित, हताश, निराश, उदासीन र वितृष्णाले ग्रस्त आजका मान्छेको जीवनको अन्यौल, खोक्रोपना, दिशाहीनता, मूल्यहीनता, चरित्रको ह्रासोन्मुखता, अविश्वास, संवेदनहीनता र यान्त्रिकतालाई यथार्थ रूपमा चित्रण गरिएको छ । आजको भौतिकवादी र स्वचेतना वा आत्मकेन्द्रित चेतनाका कारण मान्छे अत्यन्त वैयक्तिक भएकाले पनि मान्छेमा मानवता हराउ“दै गएको र जीवन मूल्यहीन एवम् उपेक्षित बन्दै गएको कुरा प्रस्तुत गरिएको छ ।

वर्तमान द्वन्द्व, अशान्ति, सन्त्रास, हत्या, आतङ्क, युद्धको विभीषिका, यान्त्रिकतापूर्ण भौतिक जीवनशैली, सहरिया परिवेश आदिका कारण मानवता हराउ“दै गएको र मान्छे संवेदनाशून्य भई यान्त्रिक वा जडवत् भएको यथार्थलाई पनि उत्तरवर्ती/समकालीन नेपाली कविताले यथार्थ चित्रण गरेको पाइन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा मानवमूल्यको उपेक्षा, मानवताको खोजी र जीवनका विसङ्गतिको चित्रणस“ग सम्बद्ध यी सन्दर्भहरू नै समष्टिगत रूपमा मूल वा प्रमुख प्रवृत्तिका रूपमा आएको देखिन्छ ।
उत्तरवर्ती÷समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति ‘मानवमूल्यको उपेक्षा, मानवताको खोजी र जीवनका विसङ्गतिको चित्रण’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) जीवनको विसङ्गतिबोध र मानवीय अस्तित्वको खोजी,
(२) कुण्ठा, हताशा, निराशा, उदासीनता र वितृष्णा,
(३) अन्योलग्रस्त जीवन, खोक्रोपना र दिशाहीनता,
(४) मानवीय जीवनको मूल्यहीनता,
(५) ह्रासोन्मुख मानवीय चरित्र र विश्वासको सङ्कट,
(६) मानवीय संवेदनहीनता,
(७) यान्त्रिक बन्दै गएका मानवको चित्रण ।

३.२ सशस्त्र द्वन्द्वजन्य परिस्थितिको यथार्थ चित्रण
उत्तरवर्ती/समकालीन नेपाली कविताको एतत्कालीन परिवेश भनेको २०५२/०५३ यता सुरुभएको सशस्त्र द्वन्द्वको परिवेश पनि हो । सशस्त्र द्वन्द्वबाट हत्या, हिंसा प्रवृत्ति बढ्दै जान थालेपछि र द्वन्द्वरत विद्रोही पक्ष एवम् त्यसलाई दबाउन खोज्ने दमनकारी शक्ति सरकारी पक्षका बीचको दोहोरो मारमा परेर जनताले पीडाबोध गर्नुपरेको युगीन यथार्थको भोगाइका साथै सशस्त्र द्वन्द्वको परिणतिबाट उत्पन्न प्रतिक्रियास्वरूप लेखिएका कविता नै उत्तरवर्ती/समकालीन नेपाली कविताको एतत्कालीन परिवेशमा लेखिएका कविता हुन् । यसै द्वन्द्वको अवधि अर्थात् दुई शक्तिका बीचको परस्पर सङ्घर्ष द्वन्द्व हो । नेपाली जीवन र समाजले भोग्नुपरेको सशस्त्र द्वन्द्वको परिणतिलाई पछिल्लो समयका कवितामा बढी सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

यस द्वन्द्वको आयोजक सशस्त्र विद्रोही पक्ष, द्वन्द्वलाई दबाउन खोज्ने सरकारी पक्ष र द्वन्द्वको बर्बर पीडा भोग्न बाध्य तेस्रो पक्षसमेत गरी यी तीन पक्षमध्ये तेस्रो पक्षप्रति केन्द्रित कविता सबैभन्दा बढी लेखिएका छन् । सशस्त्र द्वन्द्वको परिवेशका यी तीन पक्षमध्ये पहिलो पक्ष भनेको सशस्त्र विद्रोह वा जनयुद्धको आयोजक विद्रोही पक्ष हो भने दोस्रो पक्ष भनेको पहिलो पक्षलाई दमन गर्ने सरकारी पक्ष हो र तेस्रो पक्ष भनेको पहिलो र दोस्रो पक्षका बीचको द्वन्द्वले पारेको नकारात्मक प्रभाव वा पीडा, हत्या, आतङ्क र सन्त्रासको द्रष्टा, भोक्ता र अनुभवकर्ता हो । उत्तरवर्ती/समकालीन नेपाली कवितामा पहिलो वा दोस्रो पक्षको समर्थन वा विरोधमा पनि केही कविताहरू लेखिएका छन् भने तेस्रो पक्षको पीडालाई अभिव्यञ्जित गर्ने र द्वन्द्वका यावत् परिणतिहरूलाई प्रस्तुत गर्ने कविता सबैभन्दा बढी लेखिएका देखिन्छन् तर दोस्रो पक्षको समर्थनमा भने खासै कविता लेखिएको पाइ“दैन । दुई पक्षका बीचको द्वन्द्वबाट प्रभावित पक्ष भनेकै तेस्रो पक्ष अर्थात् सर्वसाधारण नेपाली जनता हुन् । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा सशस्त्र द्वन्द्वजन्य परिवेशका यिनै यथार्थको चित्रण अत्यन्त प्रभावकारी रूपमा भएको पाइन्छ । हत्या, आतङ्क आदि रक्तमय परिवेशमा लेखिएका उत्तरवर्ती÷समकालीन नेपाली कवितामा वर्तमानबोधको स्पष्ट र यथार्थ अभिव्यक्ति पाइन्छ र यी कविताहरू अनुभवकर्ता, द्रष्टा र भोक्ता यथार्थमा आधारित देखिन्छन् । यस्ता कविताले एकातिर द्वन्द्वग्रस्त वातावरणको यथार्थ चित्रण गरेका छन् भने अर्कातिर भोगाइ र पीडाको अनुभूतिलाई पनि अभिव्यक्त गरेका छन् ।

यस आधारमा सशस्त्र द्वन्द्वजन्य परिवेशको यथार्थ चित्रण पनि उत्तरवर्ती/समकालीन नेपाली कविताको मूल वा प्रमुख प्रवृत्तिका रूपमा रहेको देखिन्छ । यसक्रममा उत्तरवर्ती/समकालीन नेपाली कवितामा सशस्त्र द्वन्द्वबाट सन्त्रास एवम् आतङ्कमय परिस्थिति सिर्जना भएको र यसबाट नेपालीहरू आक्रान्त भई असुरक्षित जीवन बा“च्नुपरेको एवम् द्वन्द्वजन्य आक्रान्त मानसिकताले पीडा भोग्नुपरेको यथार्थलाई पनि उत्तरवर्ती÷समकालीन नेपाली कविताले अभिव्यक्त गरेको पाइन्छ । सशस्त्र द्वन्द्वबाट नेपाली जीवन र समाजको भविष्य अन्योलग्रस्त भएको र मानवीय सङ्कटापन्न परिस्थितिको सिर्जना भएको कुरा देखाई सशस्त्र द्वन्द्वको विरोध गरिएको भाव पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितामा पाइन्छ । त्यस्तै कतिपय कवितामा अग्रगामी परिवर्तनका लागि सशस्त्र द्वन्द्वको आवश्यकता भएको भाव व्यक्त गरी सशस्त्र द्वन्द्वप्रति समर्थनको भाव प्रस्तुत गरिएको पनि देखिन्छ । द्वन्द्वका नकारात्मक परिणाम वा संहारका कारण सशस्त्र द्वन्द्वको अन्त्य हुनुपर्ने भाव व्यक्त गरी युद्धविरामका लागि आहृवान गरिएका र शान्तिकामी चेतनाको भाव अभिव्यञ्जित गरिएका कविताहरूले पनि युगीन यथार्थलाई स्पष्टरूपमा मुखरित गरेको देखिन्छ ।

सशस्त्र द्वन्द्वको परिवेशमा लेखिएका र सशस्त्र द्वन्द्वजन्य परिस्थितिको यथार्थ चित्रण गरिएका उत्तरवर्ती/समकालीन नेपाली कवितामा कविको भोक्ता अनुभूति र द्रष्टा अनुभूति नै देखिन्छ तापनि कविको भोक्ता र अनुभवकर्ता दुवै किसिमको अनुभूति कवितामा बढी सशक्त र प्रभावकारी रूपमा चित्रित भएको पाइन्छ । समग्रमा सशस्त्र द्वन्द्वले नेपाली जीवन र समाजमा पारेको प्रतिकूल प्रभावलाई देखाउनु यस्ता कविताको केन्द्रीय कथ्य हो ।

उत्तरवर्ती/समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति ‘सशस्त्र द्वन्द्वजन्य परिस्थितिको यथार्थ चित्रण’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) सन्त्रास एवम् आतङ्कमय परिस्थिति,
(२) द्वन्द्वबाट आक्रान्त मानसिकता, पीडाबोध र असुरक्षा,
(३) युद्धविरामका लागि आहृवान र शान्तिकामी चेतना,
(४) द्वन्द्वको परिणामबाट उत्पन्न अन्योलग्रस्त भविष्य,
(५) द्वन्द्वबाट सिर्जित मानवीय सङ्कटापन्न परिस्थिति,
(६) सशस्त्र द्वन्द्वको विरोध,
(७) सशस्त्र द्वन्द्वको समर्थन ।

३.३ युगीन राजनीतिक अव्यवस्थाको चित्रण
युगीन राजनीतिक क्षेत्रमा देखिएको व्यवस्थाहीनता र अराजकता नै राजनीतिक अव्यवस्था हो । राजनीतिक अव्यवस्थाले सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक आदि सबै क्षेत्रमा प्रतिकूल प्रभाव पारेको देखिन्छ । स्थिर राजनीतिक व्यवस्थामा सबै क्षेत्रमा अनुकूल प्रभाव पर्न गई व्यवस्थित वातावरणको सिर्जना हुन्छ भने अस्थिर राजनीतिक व्यवस्थाले अराजकताको सिर्जना गर्दछ । नेपालको अस्थिर, अराजक र अव्यवस्थित राजनीतिको प्रभाव उत्तरवर्ती÷समकालीन नेपाली कवितामा पनि परेको देखिन्छ । पञ्चायतकालीन राजनीतिक अव्यवस्था र अराजकताका कारण कविहरूले सो व्यवस्थाका विरुद्धमा र बहुदलीय व्यवस्थाका पक्षमा जनजागरण पैदा गर्नका लागि कवितालाई सडकमा उतारेर सडक कविता क्रान्तिको आन्दोलन गरे । यो युगीन राजनीतिक अव्यवस्थाकै परिणाम थियो । राजनीतिक स्वतन्त्रताका पक्षमा जनचेतना जागृत भई त्यसै प्रयोजनका लागि तदनुरूपका कविता लेखिनु र ती कवितामा युगीन राजनीतिक अव्यवस्थाको चित्रण हुनु त्यस समयका कविताको महŒवपूर्ण विशेषता हो ।

युगीन राजनीतिक अव्यवस्थालाई २०४६ को सेरोफेरोका आन्दोलन कविताले पनि स्पष्टस“ग मुखरित गरेका छन् । यसैका पृष्ठभूमिमा पञ्चायती राजनीतिक अव्यवस्थाको चित्रण गरिएको पाइन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कविताको पहिलो मोडमा लेखिएका कवितामा युगीन राजनीतिक व्यवस्थाका विकृति र विसङ्गतिलाई बढी देखाइएको पाइन्छ भने दोस्रो मोडमा लेखिएका कवितामा युगीन शासनव्यवस्थाका कारण उत्पन्न अराजकता र अव्यवस्थालाई देखाइएको छ ।

प्रजातन्त्रको पुनस्र्थापनापछिको एकडेढ वर्षका कवितामा आन्दोलन कविताकै प्रभाव रहे पनि त्यसपछिका कवितामा भने नेताहरूमा प्रजातन्त्रको मूल्यबोध हुन नसकेको, राजनीतिक विकृति, विसङ्गति, अव्यवस्था र अराजकता बढ्दै गएको, सत्ताको दुरुपयोग र राजनीतीकरण बढ्दै जान थालेकोजस्ता राजनीतिक अव्यवस्थालाई देखाइएको छ । युगीन राजनीतिक अव्यवस्थाका पछाडि धेरै कारणहरू देखिन्छन् । युगीन शासनव्यवस्थाप्रति असन्तुष्टि देखिनु, पञ्चायती व्यवस्थामा विकृति र विसङ्गतिमात्र देखा पर्नु, प्रजातन्त्रको पुनस्र्थापनापछि पनि राजनीतिक अव्यवस्था कायमै रहनु, नेताहरूमा प्रजातन्त्रको मूल्यबोध हुन नसकेकाले मूल्यहीन राजनीति फस्टाउ“दै जानु, नेताहरूको अदूरदर्शी र अव्यवस्थित एवम् अक्षम नेतृत्व शैली तथा दुश्चरित्रका कारण जतासुकै सत्ताको दुरुपयोग र राजनीतीकरण हु“दैजानु आदि विविध घटनावली र सन्दर्भहरूले युगीन राजनीतिक अव्यवस्थालाई नै सङ्केत गर्छन् र यी घटनावली र सन्दर्भहरूको पूर्ण प्रभाव उत्तरवर्ती÷समकालीन नेपाली कवितामा पाइन्छ । यिनै सन्दर्भहरूलाई उत्तरवर्ती÷समकालीन नेपाली कविहरूले आÇना कवितामार्फत अभिव्यक्त गरेको देखिन्छ । यस समयका कवितामा युगीन राजनीतिक अव्यवस्थाको चित्रणका सन्दर्भमा राजतन्त्रका कारण देश अव्यवस्थित भएको देखाएर राजतन्त्रको विरोधको भाव पनि व्यक्त भएको पाइन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा यिनै राजनीतिक अव्यवस्थाको चित्रण मूलप्रवृत्तिका रूपमा आएको देखिन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति ‘युगीन राजनीतिक अव्यवस्थाको चित्रण’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) युगीन शासनव्यवस्थाप्रतिको असन्तुष्टि,
(२) प्रजातन्त्र पुनस्र्थापनापछिको राजनीतिक अव्यवस्था,
(३) नेताहरूमा प्रजातन्त्रको मूल्यबोधको अभाव,
(४) नेताहरूको अदूरदर्शी र अव्यवस्थित नेतृत्व शैली,
(५) नेताहरूका दुश्चरित्रता,
(६) पञ्चायती व्यवस्थाका विकृति र विसङ्गति,
(७) सत्तादुरुपयोग र राजनीतीकरण,
(८) राजनीतिक मूल्यहीनता,
(९) राजतन्त्रको विरोध ।

३.४ पश्चगमनको विरोध र अग्रगमनको अपेक्षाको अभिव्यक्ति
कुनै युग वा समाजको यथास्थितिप्रति नै सन्तुष्ट भई कुनै परिवर्तनतिर नलाग्नु पश्चगमन हो भने कुनै युग वा समाजको यथास्थितिस“ग असन्तुष्ट भई त्यसमा आमूल परिवर्तनका निम्ति लाग्नु वा अग्रसर हुनु अग्रगमन हो । उत्तरवर्ती/समकालीन नेपाली कवितामा पश्चगमनको विरोध गरिएको पाइन्छ भने अग्रगमनको अपेक्षा गरिएको भाव पनि सशक्त रूपमा पाइन्छ र यस्तो भाव अधिकांशतः आन्दोलन कवितामा बढी पाइन्छ । २०३६ को सडक कविता क्रान्ति, २०४६ को आन्दोलन कविता र २०६१÷२०६२ का आन्दोलन कविता वा कवितामा लोकतन्त्रजस्ता अभियान वा आन्दोलनस“ग सम्बद्ध कविताहरूको मूलकथ्य नै पश्चगमनको विरोध र अग्रगमनको अपेक्षा रहेको देखिन्छ । यी आन्दोलन वा अभियानस“ग सम्बद्ध नभई अन्य समयमा लेखिएका कतिपय कवितामा पनि यो भाव अत्यन्त प्रभावपूर्ण रूपमा अभिव्यक्त भएको कुरा उध्दृत कविताहरूले पनि पुष्टि गर्छन् ।

उत्तरवर्ती÷समकालीन नेपाली कवितामा मात्र नभई पूर्ववर्ती कविताहरूमा पनि युगानुकूल वा समयसापेक्ष रूपमा पश्चगमनको विरोध र अग्रगमनको अपेक्षा गरिएको पाइन्छ । विशेषतः यस्ता कविताको उद्देश्य आमूल राजनीतिक परिवर्तनका लागि विद्रोह र क्रान्तिको भाव अभिव्यक्त गर्नु नै रहेको देखिन्छ । यसको अभिप्राय पनि पश्चगमनको विरोध र अग्रगमनको अपेक्षा नै हो । देशमा राजनीतिक स्थिरता नभएसम्म, यथास्थितिवादी प्रवृत्ति कायम रहिरहेसम्म र नया“ अग्रगामी राजनीतिक व्यवस्था नआएसम्म यस किसिमका कविताहरू लेखिने क्रम यथावत् रहने भएकाले वर्तमानका कविताको अभिप्राय पनि पश्चगमनको विरोध र अग्रगमनको अपेक्षा हो ।

युगीन शासनव्यवस्थाबाट उत्पन्न असन्तुष्टिहरूले विद्रोह एवम् क्रान्तिको भाव अभिव्यञ्जित गर्छन् र त्यो विद्रोह एवम् क्रान्तिको उद्देश्य पनि पश्चगमनको विरोध र अग्रगमनको अपेक्षा नै हुन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा यही अग्रगमनको अपेक्षाका लागि विद्रोह र क्रान्तिको भाव पनि अभिव्यक्त गरिएको पाइन्छ । यसले स्वतन्त्रता र मुक्तिको चाहना एवम् राजनीतिक परिवर्तनको चाहनालाई पनि मुखरित गरेको देखिन्छ । स्वतन्त्रता, मुक्ति र राजनीतिक परिवर्तनको चाहना राख्नु पनि पश्चगमनप्रति विमति प्रकट गर्नु र अग्रगमनप्रति सहमति प्रकट गर्नु हो । २०३६ को जनआन्दोलनस“ग सम्बद्ध कविता र २०४६ को आन्दोलनस“ग सम्बद्ध राजनीतिक उद्देश्यबाट अभिप्रेरित उत्तरवर्ती÷समकालीन नेपाली कवितामा प्रजातन्त्र प्राप्तिको चाहनालाई नै केन्द्रीय कथ्य बनाइएको पाइन्छ । प्रजातन्त्रको पुनस्र्थापना भएलगत्तैका कविताहरूमा प्रजातन्त्रको स्वागत र समर्थन गरिएको भाव तथा सहिदभाव वा सहिदप्रति आस्था र श्रद्धा अभिव्यक्त गरिएको भावसमेत पाइन्छ भने दुवै आन्दोलनकालीन वा सडक कविता क्रान्ति (२०३६) र आन्दोलन कविता (२०४६) को सन्दर्भमा लेखिएका कवितामा पञ्चायती व्यवस्थाप्रतिको आक्रोश र विरोधको भाव अभिव्यक्त भएको देखिन्छ । प्रजातन्त्रको पुनस्र्थापनापछि प्रगतिवादी कित्ताका कतिपय कविहरूले प्रजातन्त्रको पुनस्र्थापनालाई अपूर्ण उपलब्धि मान्दै साम्यवादी शासनव्यवस्थाको स्थापनाको आग्रह राखेर कविता लेखेको पनि पाइन्छ । यी आधारमा समग्रमा पश्चगमनको विरोध र अग्रगमनको अपेक्षाको अभिव्यक्ति उत्तरवर्ती÷समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति हो ।

उत्तरवर्ती÷समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति ‘पश्चगमनको विरोध र अग्रगमनको अपेक्षाको अभिव्यक्ति’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिलाई यसप्रकार देखाइन्छ ः
(१) विद्रोह र क्रान्तिचेतना,
(२) स्वतन्त्रता र मुक्तिको चाहना,
(३) राजनीतिक परिवर्तनको चाहना,
(४) प्रजातन्त्रको स्वागत र समर्थन,
(५) सहिदभाव वा सहिदप्रतिको आस्था र श्रद्धा,
(६) पञ्चायती व्यवस्थाप्रतिको आक्रोश र विरोध,
(७) प्रजातन्त्र प्राप्तिको चाहना,
(८) साम्यवादी शासनव्यवस्था स्थापनाको आग्रह,
(९) लोकतान्त्रिक गणतान्त्रिक चेतना ।

३.५ आर्थिक विसङ्गतिको चित्रण
देशको आर्थिक क्षेत्रमा देखिएको अनुशासनहीनता र आर्थिक अराजकता नै आर्थिक विसङ्गति हो । देशको राजनीतिक अव्यवस्था, अस्तव्यस्तता र अस्थिरताका कारण आर्थिक क्षेत्रमा पनि प्रशस्त विसङ्गतिहरू देखिएका छन् । आर्थिक विसङ्गतिको सोझो प्रभाव सहरिया सम्पन्नहरूलाई नपरी ग्रामीण र विपन्न वर्गका जनतामा मात्र पर्ने र तिनले दयनीय अवस्था भोग्नु पर्ने परिस्थितिको सिर्जना हुन्छ । यसबाट एकातिर सिङ्गो देशको आर्थिक दुरवस्था देखिएको र अर्कातिर नेपाली जनताले त्यस्तै आर्थिक दुरवस्था भोग्नुपरेको युगीन यथार्थ नै आर्थिक विसङ्गति हो । विशेषतः नेताहरूद्वारा चरम भ्रष्टाचार हुनु, मह“गी, अभाव र शोषणका कारण सर्वसाधारण जनता गरिबी र पछौटेपनले ग्रस्त हुनु, नेताहरूको सुविधाभोगी प्रवृत्तिका कारण देश चरम आर्थिक दुरवस्थामा पुग्नु र धनीहरू झनै धनी हु“दै जाने तथा गरिबहरू झनै गरिब हु“दै जाने परिस्थितिका कारण आर्थिक असमानता बढ्दै जानुजस्ता घटनाप्रसङ्गहरूबाट आर्थिक विसङ्गतिको सिर्जना भएको देखिन्छ र उत्तरवर्ती÷समकालीन नेपाली कवितामा यी सबै किसिमका आर्थिक विसङ्गतिको यथार्थ चित्रण पाइन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कवितामा चित्रित आर्थिक विसङ्गतिलाई पनि परिवर्तित राजनीतिक सामाजिक पृष्ठभूमिका सन्दर्भमा हेर्नुपर्छ । यस दृष्टिले पञ्चायतकालीन शासनव्यवस्थामा सो शासनव्यवस्थाका कारण आर्थिक विसङ्गति बढेको र प्रजातन्त्रको पुनस्र्थापनापछि पनि आर्थिक विसङ्गति यथावत् रहेको कुरालाई उत्तरवर्ती÷समकालीन नेपाली कविताले अभिव्यञ्जित गरेका छन् । यसक्रममा गरिबी, पछौटेपन र आर्थिक असमानताका कारण विशृङ्खलता पैदा भई धनी र गरिबका बीचको दूरी झनै बढेको र वर्गीय विभेद अझ सशक्त रूपमा देखिएको कुरा प्रस्तुत गरेर यसबाट देश चरम आर्थिक दुरवस्थाको स्थितिमा पुगेकाले विदेशी अनुदानको भर पर्नुपर्ने स्थिति भएको कुरालाई पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितामा अभिव्यक्त गरिएको पाइन्छ । नेताहरूको सुविधाभोगी प्रवृत्तिका कारण भ्रष्टाचार चरम रूपमा बढेको र आर्थिक अनुशासन कायम हुन नसक्दा मह“गी र अभाव व्याप्त भएको कुरालाई पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितामा अभिव्यक्त गरिएको देखिन्छ भने देशमा उत्पन्न बेरोजगारी समस्याका कारण नेपाली युवा जनशक्ति विदेशतिर पलायन हुने प्रवृत्ति बढ्दै गएको युगीन यथार्थलाई पनि अभिव्यञ्जित गरिएको छ । यसप्रकार आर्थिक विसङ्गतिका विविध पक्षलाई यथार्थ रूपमा चित्रण गरेर देखाउनु उत्तरवर्ती÷समकालीन नेपाली कविताको प्रमुख विशेषता र मूल वा प्रमुख प्रवृत्ति पनि हो ।

उत्तरवर्ती/समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति ‘आर्थिक विसङ्गतिको चित्रण’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) गरिबी, पछौटेपन र आर्थिक असमानता,
(२) देशको आर्थिक दुरवस्था,
(३) भ्रष्टाचार र आर्थिक अनुशासनहीनता,
(४) मह“गी, अभाव र शोषण,
(५) नेताहरूका सुविधाभोगी प्रवृत्ति,
(६) युवाहरू विदेश पलायन हुने प्रवृत्ति ।

३.६ सामाजिक असमानता र विसङ्गतिको प्रस्तुति
उत्तरवर्ती/समकालीन नेपाली कवितामा सामाजिक असमानता र विसङ्गतिको भावलाई पनि प्रस्तुत गरिएको हु“दा सामाजिक असमानता र विसङ्गतिको प्रस्तुति पनि उत्तरवर्ती/समकालीन नेपाली कविताको मूलप्रवृत्तिका रूपमा देखिन्छ । यसक्रममा नेपालको भौगोलिक बनोटअनुसार पहाडिया ग्रामीण समाजको नेपाली जीवनले भोग्नुपरेको विषम परिस्थिति र युगीन राजनीतिक अव्यवस्थाद्वारा सिर्जित सामाजिक असमानता तथा विसङ्गतिलाई सबैभन्दा बढी मुखरित गरिएको पाइन्छ । पञ्चायती शासनकालमा स्वतन्त्र सामाजिक गतिविधिहरू अवरुद्ध हुनु, समाजमा तीव्र रूपमा वर्गीय असमानता देखिनु र प्रजातन्त्रको पुनस्र्थापनापछि पनि त्यो असमानता कायम रहनु, समाजमा जातीय असमानता र विसङ्गति यथावत् रहनु, जातीय विभेद र रङ्गभेदका कारण समाजमा समानता र सङ्गति कायम हुन नसक्नुजस्ता विविध सामाजिक असमानता र विसङ्गतिले नेपाली जीवन र समाज प्रभावित देखिन्छ । त्यस्तै नेपाली जीवन र समाजको अर्को विषमताका रूपमा दलित, जनजाति र छुवाछूत प्रथा पनि कायम रहेको छ भने विभिन्न जनजातिहरूका जनजातीय जागरण र जातीय अस्तित्वको खोजी पनि गरिएको पाइन्छ । नेपाली जीवन र समाजका यिनै सामाजिक विषमता र विसङ्गतिका कुराहरूलाई उत्तरवर्ती÷समकालीन नेपाली कविहरूले आÇना कवितामा अभिव्यक्त गरेको देखिन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कवितामा अभिव्यञ्जित सामाजिक असमानता र विसङ्गतिलाई युगीन परिवर्तित राजनीतिक सन्दर्भका सापेक्षतामा पनि हेर्नुपर्ने हुन्छ । यस दृष्टिले पञ्चायतकालीन सामाजिक परिवेश र प्रजातन्त्र पुनस्र्थापनापछिको समयको सामाजिक परिवेश गरी दुई रूपका सामाजिक परिवेश देखिन्छन् । समयका दृष्टिले अघिल्लो सामाजिक परिवेशमा राजनीतिक कारणबाट पनि सामाजिक असमानता र विसङ्गति व्याप्त रहेको देखिन्छ भने पछिल्लो सामाजिक परिवेशमा राजनीतिक स्वतन्त्रता भए पनि समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक आदि विभेदका कारण उत्पन्न असमानता र विसङ्गति यथावत् रहेको पाइन्छ । अझ पछिल्लो समयमा दलित, जनजाति र छुवाछुतका सामाजिक विभेदका विरुद्धमा भएका अभियानहरूबाट पनि उत्तरवर्ती÷समकालीन नेपाली कविता प्रभावित भएको पाइन्छ । दलित र जनजातीय चेतनाका साथै सामाजिक असमानता र विसङ्गतिप्रति विरोधको भाव प्रकट गर्नु र तिनलाई यथार्थ रूपमा प्रस्तुत गर्नु उत्तरवर्ती/समकालीन नेपाली कविताको विशेषता हो र यो मूलप्रवृत्ति पनि हो ।

उत्तरवर्ती÷समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति ‘सामाजिक असमानता र विसङ्गतिको प्रस्तुति’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) सामाजिक असमानता र विषमता,
(२) सामाजिक विसङ्गतिको अभिव्यक्ति,
(३) जातीय विभेद र रङ्गभेदको अभिव्यक्ति,
(४) दलित र छुवाछूत प्रथाको विरोध,
(५) जनजातीय जागरण र जातीय अस्तित्वको खोजी ।

३.७ अन्तर्राष्ट्रियतावादी सञ्चेतना
उत्तरवर्ती/समकालीन नेपाली कविहरूमा विश्वबोध वा अन्तर्राष्ट्रिय सञ्चेतना पनि सशक्त रूपमा रहेको देखिन्छ । युगीन विश्वसमस्या, हराउ“दै गइरहेको विश्वबन्धुत्व र विश्वमानवतावाद, बढ्दो आणविक शस्त्रास्त्रको प्रयोग, युद्धको भयावह परिस्थिति, विश्वमा बढ्दै गइरहेको अशान्ति आदि परिदृश्यहरूबाट उत्तरवर्ती÷समकालीन नेपाली कविता प्रभावित देखिन्छ । यी विविध परिदृश्यहरूको यथार्थ चित्रण गर्नु आजका कविताको मुख्य उद्देश्य हो । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा देखिएको यो विश्वबोध वा अन्तर्राष्ट्रिय सञ्चेतना नै यसको प्रमुख वा मूल प्रवृत्ति पनि हो ।

उत्तरवर्ती/समकालीन नेपाली कविहरूले पनि विश्वघटनावलीहरूका परिप्रेक्ष्यमा रहेर त्यसलाई बोध गर्दै अभिव्यक्ति दिएका छन् र विश्वसमस्याका यी स्वरहरू उत्तरवर्ती÷समकालीन नेपाली कवितामा पनि राम्ररी मुखरित भएको पाइन्छ । यसैसन्दर्भमा यस अवधिका कविताले विश्वभ्रातृत्व एवम् विश्वमानवतावादका पक्षमा चिन्तन र दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ । यसक्रममा विश्वमा देखिएका सामरिक समस्या, भोक, रोग, गरिबी, महामारी, शरणार्थी समस्या, विश्वभ्रातृत्व वा विश्वबन्धुत्वको अभाव, विश्वमानवतावादमा आएको सङ्कट, युद्धका कारण उत्पन्न विनाश र विश्वशान्तिको अभाव, आणविक वा वैज्ञानिक शस्त्रास्त्रको प्रतिस्पर्धा र तज्जन्य सामरिक विभीषिका, सन्त्रास, विश्वआतङ्क, प्रविधिसंस्कृतिका नकारात्मकता आदि समस्याहरूलाई उत्तरवर्ती÷समकालीन नेपाली कवितामा अभिव्यञ्जित गरिएको छ । यसबाट आजका नेपाली कविता अन्तर्राष्ट्रिय सञ्चेतनाबाट प्रभावित देखिन्छन् र उत्तरवर्ती÷समकालीन नेपाली कविहरूमा विश्वबोध टड्कारो रूपमा रहेको देखिन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा प्रविधिसंस्कृति, नारीवाद, समलिङ्गवाद, उपनिवेशवाद आदि विविध विश्वचेतनाको अभिव्यक्ति भए पनि मुख्य रूपमा युगीन विश्वसमस्या, विश्वबन्धुत्व, विश्वमानवतावाद, शस्त्रास्त्रको प्रयोग र सामरिक सन्त्रास, विश्वशान्तिको सन्दर्भ आदि नै अन्तर्राष्ट्रिय सञ्चेतनाका प्रमुख सन्दर्भका रूपमा देखापर्छन् ।

उत्तरवर्ती/समकालीन नेपाली कविताको प्रमुख वा मूलप्रवृत्ति ‘अन्तर्राष्ट्रियवादी सञ्चेतना’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) युगीन विश्वसमस्याको अभिव्यक्ति,
(२) विश्वबन्धुत्व र विश्वमानवतावादी दृष्टिकोण,
(३) युद्धको विरोध र विश्वशान्तिको कामना,
(४) शस्त्रास्त्रको होडबाजी र युद्धविभीषिकाको चित्रण ।

३.८ उत्तरआधुनिक प्रवृत्तिको प्रभाव
उत्तरवर्ती/समकालीन नेपाली कवितामा उत्तरआधुनिक प्रवृत्तिको प्रभाव पनि देखिन्छ र यसलाई उत्तरवर्ती/समकालीन अवधिभित्र आएको एउटा प्रवृत्ति मानिन्छ । विभिन्न विद्वान्हरूले २०३० को दशकयताका कवितामा उत्तरआधुनिक प्रवृत्तिका अभिलक्षण पाइने कुरा उल्लेख गरेको देखिन्छ तापनि २०४६ यताका कवितामा यस्तो प्रवृत्ति सबैभन्दा बढी देखिएको छ । खास गरेर पछिल्लो समयका कवितालाई प्रविधि संस्कृति, समावेशिता, मार्जिनलता, दलित चेतना, सांस्कृतिक चेतना, नारीवादी चेतना आदि विविध चेतनाका साथै विनिर्माणवादी चेतना, विपठन आदि प्रवृत्तिले पनि प्रभाव पारेका छन् । यी सबै प्रवृत्तिभित्र पर्ने उत्तरवर्ती नेपाली कविता उत्तरआधुनिक नेपाली कविता हुन् ।

उत्तरवर्ती/समकालीन नेपाली जीवन र समाज बहुलवादी चेतनाबाट प्रभावित छ । यथास्थितिवाद, प्रगतिवाद, माओवाद, पुरुषकेन्द्रवाद, नारीकेन्द्रवाद, जातीयचेतना, लैङ्गिक चेतना आदि विविध दृष्टिकोणहरूको समष्टि प्रभाव बहुलवादी चेतना हो र उत्तरवर्ती/समकालीन नेपाली कवितामा त्यसको प्रभाव देखिन्छ । साथै उत्तरवर्ती÷समकालीन नेपाली कवितामा एउटा मात्र वादको नेतृत्व र प्रभुत्व नदेखिनु पनि बहुलवादी धारणा हो । विविध वादका बहुल दृष्टिकोणले उत्तरवर्ती/समकालीन नेपाली कवितालाई प्रभावित पारेकाले वर्तमान सन्दर्भमा बन्दुकको औचित्य–अनौचित्य, विकास–विनाश, निर्माण–भत्काइ, जाति–जनजाति, नारी–पुरुष, छूत–अछूत, दलित–गैरदलित आदिका सन्दर्भहरू पनि आएका छन् । आजको परिवेशले मान्छेलाई विविध विकल्पहरू दिएको छ र यसबाट उत्तरवर्ती÷समकालीन नेपाली कवितामा बहुल स्वर आएको देखिन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कवितामा उत्तरआधुनिक प्रवृत्तिको प्रभावस्वरूप विविध प्रवृत्तिगत विशेषताहरू देखिएका छन् । यस मूलप्रवृत्तिअन्तर्गतका अन्य प्रवृत्तिहरूमा प्रविधिसंस्कृतिको प्रभाव र भूमण्डलीकरणको अभिव्यक्ति पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितामा पाइन्छ । भौतिक विकासले प्रविधिसंस्कृतिको व्यापक प्रभाव देखिएको र यसैको परिणतिस्वरूप भूमण्डलीकरणको अवधारणा आएर संसार एउटै विश्वग्रामका रूपमा परिणत भएको कुरालाई उत्तरवर्ती÷समकालीन नेपाली कविताले अभिव्यक्त गरेको देखिन्छ । बढ्दो भौतिकवादी जीवनशैलीले बिरानोपन र सङ्कटापन्न अवस्थाको सिर्जना भएको र यसबाट अपरिचयीकृत मानवीय अस्तित्वका कारण आजको मान्छेले बिरानोपन लिएर बा“च्नुपरेको यथार्थलाई पनि उत्तरवर्ती/समकालीन नेपाली कविताले अभिव्यञ्जित गरेको देखिन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा परम्परित केन्द्रहरूलाई भत्काएर नया“ केन्द्रको स्थापनाको आग्रह देखिएको छ । दलित, जनजाति र नारीवादी स्वरहरू यसै रूपमा देखिन थालेको पाइन्छ भने कविताको अर्थलाई खुला गरिएको पाइन्छ र यसबाट आजका कवितामा अर्थको अनिर्धारण भई बहुअर्थका सम्भावनाहरूलाई देखाइएको पाइन्छ । यस्तै परम्परित विधागत अस्तित्वलाई भत्काएर वा विधाभञ्जन गरी विनिर्माण पनि गरिएको पाइन्छ ।

उत्तरवर्ती÷समकालीन नेपाली कविताको उत्तरआधुनिक प्रवृत्तिभित्र पर्ने अर्को प्रवृत्तिका रूपमा नारीवादी चेतना पनि महŒवपूर्ण देखिन्छ । यस सन्दर्भमा नारीवादी दृष्टिकोण र लैङ्गिक समानतालाई पनि उत्तरवर्ती/समकालीन नेपाली कवितामा अभिव्यक्त गरिएको छ भने नारीअस्मिताको खोजीका साथै नारीका विविध भूमिकाको महिमा पनि प्रस्तुत गरिएको पाइन्छ । बलात्कृत नारीअस्मिताको प्रस्तुति र नारी पीडाबोधको अभिव्यक्ति पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितामा देखिन्छ । पुरुषप्रधान समाजमा नारीको मूल्य र अस्तित्व गौण भएको कुरा प्रस्तुत गरी एकातिर पुरुषप्रधान समाजको विरोध गरिएको भाव र अर्कातिर नारीअधिकारको खोजीलाई पनि उत्तरवर्ती/समकालीन नेपाली कविताले मुखरित गरेको देखिन्छ । यसै सन्दर्भमा पुरुषकेन्द्रवादको विरोध गर्दै नारीकेन्द्रवादको स्थापनाको आग्रह राखिएका र पुरुषप्रधान समाजको अस्तित्वलाई स्वीकार गरेर पनि सहयात्रीका रूपमा अगाडि बढ्नु पर्ने भावसमेत उत्तरवर्ती÷समकालीन नेपाली कवितामा पाइन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कविताको मूलप्रवृत्ति ‘उत्तरआधुनिक प्रवृत्तिको प्रभाव’ अन्तर्गतका मुख्यमुख्य प्रवृत्तिहरूलाई यसप्रकार देखाइन्छ ः
(१) भूमण्डलीकरण र प्रविधिसंस्कृतिको प्रभाव,
(२) बिरानोपन र सङ्कटापन्न अवस्थाको प्रस्तुति,
(३) अपरिचयीकृत मानवीय अस्मिताको चित्रण,
(४) निस्सासि“दो र विकृत सहरिया परिवेशको चित्रण,
(५) पुराना केन्द्रहरूको भञ्जन र नया“ केन्द्रहरूको स्थापना,
(६) अर्थको अनिर्धारण
(७) विधाभञ्जन
(८) डायस्पोरिक चेतना
(९) समावेशी र सङ्घात्मकताको अभिव्यक्ति
(१०) नारीवादी चेतना,
(क) नारीवादी दृष्टिकोण र लैङ्गिक समानता,
(ख) नारीअस्मिताको खोजी र नारीका भूमिकाको महिमा,
(ग) बलात्कृत नारीअस्मिताको प्रस्तुति,
(घ) नारीपीडाबोधको अभिव्यक्ति,
(ङ) पुरुषप्रधान समाजको विरोध र नारीअधिकारको खोजी ।

३.९ कथ्यगत समानता वा पुनरावृत्तीय प्रस्तुति
एउटै भाव, कथ्य वा विचार र अभिव्यक्ति एवम् प्रस्तुतिमा एउटा कुराको आवृत्ति भइरहनु कथ्यगत समानता वा पुनरावृत्तीय प्रयोग हो । सुरुमा एकजना कविले एउटा शैलीमा प्रस्तुत गरेको एउटा कथ्यलाई अर्का कविले पनि त्यसरी नै प्रस्तुत गरेको देखिनु कवितामा कथ्यगत समानता वा पुनरावृत्तीय प्रयोग हुनाको अभिलक्षण हो । सामान्य रूपमा हेर्दा यस्ता कविताहरू उस्तैउस्तै लाग्छन् र अघिल्लो कविताको अनुकरण गरिएकाजस्ता देखिन्छन् । कतिपय उत्तरवर्ती÷समकालीन कविहरूका कतिपय कविताहरूमा कविको आÇनो निजत्व वा पहिचान नदेखिई समान कथ्य र शैलीका पनि देखिन्छन् । कविको नाम छोपिदिने हो भने कसको कविता हो भनेर छुट्याउन नसकिने स्थिति पनि यस्ता कवितामा पाइन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कवितामा देखिएको यस किसिमको कथ्यगत समानता वा पुनरावृत्तीय प्रयोग समानअनुभूतिका रूपमा वा सहअनुभूतिका रूपमा पनि आएको देखिन्छ । विशेष गरेर कविताको कथ्य, भाव वा विचारमा सहअनुभूति र समानता देखिए पनि अभिव्यक्ति र प्रस्तुतिमा भिन्नता देखिने स्थितिलाई समान वा सहअनुभूतिका रूपमा मानिन्छ तर कथ्य, भाव र विचारका साथै अभिव्यक्तिको शैली वा प्रस्तुतिमा समेत उही प्रवृत्ति देखिनु सचेत वा असचेत अनुकरणकै पुनरावृत्तीय प्रयोग हो । समग्रमा उत्तरवर्ती÷समकालीन नेपाली कवितालाई हेर्दा भाव वा कथ्यमा समानता र शैली वा प्रस्तुतिमा भिन्नता, शैली वा प्रस्तुतिमा समानता र कथ्य वा भावमा भिन्नता एवम् कथ्य वा भाव र शैली वा प्रस्तुति दुवैमा भिन्नता तथा कथ्य वा भाव र शैली वा प्रस्तुति दुवैमा समानताजस्ता चारवटा अभिलक्षण भएका कविताहरू देखिन्छन् । यीमध्ये पहिलो, दोस्रो र चौथो अभिलक्षण भएका कविताहरूलाई पुनरावृत्तीय प्रयोग भएका कविताका रूपमा मानिन्छ । अझ त्यसमा पनि चौथो अभिलक्षण भएका कविताहरू पहिलो कविताकै कथ्यगत दृष्टिले समान वा पुनरावृत्तीय प्रयोगका रूपमा देखिन्छन् ।

३.१० युगीन विविध विसङ्गत परिस्थितिप्रति व्यङ्ग्य
‘कुनै पनि उक्तिले अभिव्यक्त गर्ने सोझो र सामान्य अर्थभन्दा नितान्त भिन्न किसिमको अर्थ ध्वनित हुनु नै व्यङ्ग्य हो । यसले सामान्य कथनका माध्यमबाट विशिष्ट अभिव्यक्ति वा अर्थ प्रस्तुत गर्दछ । यो एक किसिमको घुमाउरो अभिव्यक्ति हो र यसले कवितालाई रोचक र आस्वाद्य बनाउ“छ । व्यङ्ग्यले कथ्यलाई प्रभावपूर्ण बनाउ“छ र अभिव्यक्तिलाई चोटिलो तुल्याउ“छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा व्यङ्ग्य सबैभन्दा सशक्त र प्रभावकारी देखिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक आदि विविध क्षेत्रमा देखिएका विविध किसिमका विकृति र विसङ्गतिहरूलाई उत्तरवर्ती÷समकालीन नेपाली कविहरूले आफ्ना कवितामा अभिव्यक्त गरेका छन् । यस आधारमा सूक्ष्मरूपमा हेर्दा आजका यावत् नकारात्मकता र विसङ्गतिका विरुद्ध लेखिएका सबै किसिमका कवितामा कुनै न कुनै रूपमा व्यङ्ग्य पाइन्छ । सङ्गति, सुशासन, भाव, सदाचार, नैतिकता, इमान, विश्वास, समानता, शान्ति, स्वतन्त्रता आदि हुनुपर्नेमा त्यसका ठाउ“मा विसङ्गति, कुशासन, अभाव, दुराचार र भ्रष्टाचार, अनैतिकता, बेइमानी, अविश्वास, असमानता, अशान्ति, परतन्त्रता आदि मात्र भएकाले यी नकारात्मक प्रवृत्तिका विरुद्धमा र सकारात्मक प्रवृत्तिका समर्थनमा उत्तरवर्ती÷समकालीन नेपाली कविहरूले कविता लेखेका छन् र यस्ता कवितामा विविध सङ्गतिहीनताप्रति सशक्त व्यङ्ग्य गरिएको हुन्छ ।

उत्तरवर्ती/समकालीन नेपाली कवितामा विविध किसिमका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरिएको पाइन्छ तापनि सबैभन्दा बढी राजनीतिक क्षेत्रमा देखिएका विविध पक्षहरूप्रति नै व्यङ्ग्य गरिएको पाइन्छ । अनैतिकता, भ्रष्टाचार, दुराचार आदि यावत् नकारात्मक कुराहरू राजनीतिकै आडमा मौलाउने र राजनीतिले त्यस्ता कुराहरूलाई संरक्षण प्रदान गर्ने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिप्रति उत्तरवर्ती/समकालीन नेपाली कविहरू बढी आक्रामक भएर देखापरेका छन् । यस्ता व्यङ्ग्यहरूमा राजनीतिक विसङ्गतिप्रतिको व्यङ्ग्य, नेताहरूमा राजनीतिक सिद्धान्तहीनताप्रतिको व्यङ्ग्य र शासनसत्ताको स्तुति गर्ने प्रवृत्तिप्रतिको व्यङ्ग्य नै उत्तरवर्ती÷समकालीन नेपाली कवितामा सशक्त देखिन्छ । यस्तो व्यङ्ग्य कही“ सोझो वर्णनात्मक किसिमले आएको देखिन्छ भने कही“ हास्यमिश्रित भएर र कही“ गम्भीर किसिमले पनि आएको देखिन्छ । कुनैकुनै कवितामा भने यस्तो व्यङ्ग्य आत्मव्यङ्ग्यका रूपमा पनि प्रस्तुत भएको पाइन्छ । युगीन नकारात्मक प्रवृत्तिलाई अभिव्यञ्जित गर्ने सबै किसिमका कवितामा व्यङ्ग्य देखिए पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितामा निम्न लिखित सङ्गतिहीनताप्रतिको व्यङ्ग्य बढी पाइन्छ ः
(१) सत्तालोलुपता र सत्तास्तुति
(२) राजनीतिक विसङ्गति
(३) नेताहरूको सिद्धान्तहीनता

३.११ संस्कृतिचेतनाको प्रस्तुति
संस्कृति शब्दका धेरै कोशीय अर्थहरू छन् । तीमध्ये धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हु“दै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन–मनन भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन भन्ने अर्थ बढी सान्दर्भिक देखिन्छ । संस्कृति शब्दको अर्थ व्यापक छ र यसलाई धेरै विद्वान्हरूले विभिन्न किसिमले परिभाषित पनि गरेका छन् । समग्रमा कवितामा अभिव्यञ्जित यही संस्कृतिबोध नै संस्कृति चेतना हो । सांस्कृतिक चेतनाका प्रमुख आधारहरूलाई यसप्रकार देखाइएको पाइन्छ ः
(१) प्राचीन मान्यता, रीतिस्थिति, आचारविचार, विश्वास–अविश्वाससम्बन्धी सुधारको हेतु राख्ने सांस्कृतिक चेतना,
(२) जातीय तथा राष्ट्रिय गौरवबोध गराउने सांस्कृतिक चेतना,
(३) मानवीय न्याय, सामाजिक मान्यता, सैद्धान्तिक तथा मूल्यसम्बन्धी अवधारणाहरूको सांस्कृतिक चेतना ।

यी आधार र बहुलवादी संस्कृति र अन्य आधारहरूसमेतका सापेक्षतामा उत्तरवर्ती÷समकालीन नेपाली कविताको संस्कृतिचेतनालाई हेर्नुपर्ने हुन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा संस्कृतिचेतना पनि सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । यसक्रममा मौलिक नेपाली संस्कृति, विभिन्न जातिहरूका जातीय संस्कृति, सांस्कृतिक विलयन, सांस्कृतिक अन्तर्मिश्रण, नेपाली संस्कृतिमाथिको अतिक्रमण, स्थानीय संस्कृतिको चित्रण, आयातीत पश्चिमा संस्कृतिको प्रभाव, सांस्कृतिक विचलन, संस्कृति संरक्षण आदिका विविध सन्दर्भहरूलाई उत्तरवर्ती÷समकालीन नेपाली कवितामा अभिव्यञ्जित गरिएको पाइन्छ । यस सन्दर्भमा प्रविधिसंस्कृतिको प्रभावले नेपाली जीवन र समाजलाई प्रभावित पारेको कुरा पनि प्रस्तुत गरिएको छ । यसबाट उत्तरवर्ती÷समकालीन नेपाली कविहरूमा संस्कृतिचेतना पनि सशक्त रूपमा रहेको देखिन्छ । संस्कृतिको सम्बन्ध मानवशास्त्र र समाजशास्त्रस“ग हुन्छ । उत्तरवर्ती÷समकालीन नेपाली कवितामा प्रस्तुत भएको संस्कृतिचेतना सभ्यताभन्दा केही भिन्न रूपमा अभिव्यञ्जित हुन्छ र संस्कृतिसंरक्षण एवम् संस्कृतिलोपको सङ्क्रमण नै बढी मुखरित भएको देखिन्छ ।

३.१२ सामूहिकताको अभिव्यक्ति
उत्तरवर्ती/समकालीन नेपाली कवितामा समूहकरण वा सामूहिकताको अभिव्यक्ति पाइन्छ । कवितामा प्रयुक्त वक्ता ‘म’ पात्र व्यक्तिसत्ताबाट माथि उठेर उसले समूहको प्रतिनिधित्व गर्नु वा ‘म’ को अनुभूति र भोगाइ सबैको अनुभूति र भोगाइ हुनु समूहकरण वा सामूहिकताको अभिव्यक्ति हो र यसलाई समष्टिको प्रामाणिक अभिव्यक्ति पनि भनिएको पाइन्छ । यसबाट वक्ता कविले आÇना माध्यमबाट अरूको कुरा भनेको देखिन्छ ।

यसरी ‘म’ व्यक्तिसत्ता वा व्यष्टि रूपमा नरही सामूहिकता वा समष्टिसत्ताका रूपमा रहन्छ । यसरी कविले आÇना माध्यमबाट अरूको कुरा भन्नु वा आÇना माध्यमबाट जीवन र समाजका कुरा प्रस्तुत गर्नु वा अभिव्यक्त गर्नु सामूहिकता वा समष्टिको अभिव्यक्ति हो । यस अभिव्यक्तिलाई व्यष्टिको अभिव्यक्ति नभनेर समष्टिको अभिव्यक्ति भनिन्छ । यो एककिसिमबाट कविले आÇनो कुरा भन्ने कथनभूमि हो यस्तो कथनभूमि प्रथम वा तृतीयपुरुषमध्ये कुनै एउटा हुनुपर्छ तापनि कविताले दिने अर्थ व्यष्टिबाट समष्टि हुनसक्ने तर समष्टिबाट व्यष्टि हुन नसक्ने भएकाले प्रथमपुरुष नै तृतीयपुरुषको अनुभवकर्ता, पीडाबोधी वा भोक्ता भएर प्रस्तुत भएको पाइन्छ । यसरी ‘म’ ‘ऊ’ मा साधारणीकरण भएकाले ‘म’ को अभिव्यक्ति ‘ऊ’ मा रूपान्तरित हुन्छ । यसप्रकार उत्तरवर्ती÷समकालीन नेपाली कवितामा ‘म’ ले ‘ऊ’ को भोगाइ र अनुभूति भनेको हुन्छ ।

३.१३ मानवअधिकारवादी चेतनाको अभिव्यक्ति
मान्छेले स्वतन्त्रतापूर्वक बा“च्न पाउने र नागरिकले प्राप्त गर्नुपर्ने मौलिक अधिकार वा नागरिक अधिकारको उपभोग गर्न पाउने तथा आधारभूत सामाजिक, आर्थिक एवम् नागरिक हक प्राप्त गर्ने स्वतन्त्र अधिकार नै मानवअधिकार हो । ‘पृथ्वीको जुनसुकै राज्य, भूभाग अथवा क्षेत्र होस्, मानव समाजका प्रत्येक परिवार र सदस्यको मानव भएका नाताले निश्चित अधिकार र कर्तव्य छन् । ती समान अधिकार र कर्तव्यलाई समाजमा विद्यमान विभिन्न जाति, धर्म, लिङ्ग, वर्ण, सामाजिक उत्पत्ति, राजनीतिक आस्था आदिका कारणले पृथक् गर्न सकि“दैन । मानवका नैसर्गिक अधिकारहरू सर्वव्यापक र अविभाज्य छन्’ यी नैसर्गिक वा मौलिक अधिकार प्राप्त गर्नु मानवअधिकार हो ।

३.१४ चित्रकवितात्मक अभिव्यक्ति
उत्तरवर्ती/समकालीन नेपाली कवितामा चित्रात्मकताको प्रयोग पनि पाइन्छ । यस्ता कविताहरू पाठ्य–श्रव्यका साथै दृश्य पनि हुन्छन् । कथ्यलाई दृश्यात्मकता प्रदान गरी अभिव्यक्त गर्नु यस्ता कविताको विशेषता हो ।

उत्तरवर्ती/समकालीन नेपाली कवितामा प्रयुक्त यस्ता चित्रकविताहरू पूर्वीय साहित्यको चित्रकाव्यभन्दा पाश्चात्य साहित्यको ठोस कविताबाट प्रभावित देखिन्छन् । अङ्ग्रेजीमा ऋयलअचभतभ एयभतचथ का नामले चिनिने ठोस कवितामा जस्तै उत्तरवर्ती÷समकालीन नेपाली कविहरूले पनि शब्दलाई विभिन्न किसिमले जोडजाड पारेर निश्चित आकृति प्रदान गरेको देखिन्छ । यस्ता कवितालाई चित्रकविता भनिन्छ । शब्दबाट अभिव्यञ्जित हुने कुरा शब्दले व्यक्त गर्न नसक्दा कविले चित्रका माध्यमबाट भावलाई अभिव्यञ्जित गरेको हुन्छ । यस्तो अवस्थामा चित्रकविताको सिर्जना हुन्छ । यही चित्रात्मकताको अभिव्यक्ति आजका अर्थात् उत्तरवर्ती नेपाली कवितामा पनि प्रशस्त पाइन्छ । शब्दलाई चित्रात्मकता प्रदान गरिने भएकाले यस्ता कविलाई चित्रकविता भन्नु उपयुक्त देखिन्छ ।

३.१५ मिथकीय प्रयोग
पुनरावृत्त/पुराकथा वा आद्यबिम्बहरूलाई साहित्यमा वर्तमानस“ग सन्दर्भित गरी प्रयोग गर्नु र त्यसरी प्रयोग हुन आएका पुरावृत्त/पुराकथा वा आद्यबिम्बका पात्र, घटना, परिवेश आदिलाई मिथक भनिन्छ । यिनै र यस्तै मिथकहरूलाई कवितामा प्रयोग गर्नु मिथकीय प्रयोग हो । उत्तरवर्ती/समकालीन नेपाली कवितामा पनि मिथकहरूको प्रशस्त प्रयोग भएको पाइन्छ । मिथकीय प्रयोग प्रयोगवादी कविताको मूलप्रवृत्ति भए पनि उत्तरवर्ती/समकालीन नेपाली कवितामा समेत पूर्वीय र पाश्चात्य मिथकहरूको प्रयोग भएको पाइन्छ । पूर्वीय र पाश्चात्य पौराणिक एवम् ऐतिहासिक मिथकहरूको प्रयोग गर्नु उत्तरवर्ती÷समकालीन नेपाली कविहरूको विशेषता हो । यस्ता मिथकहरू वैदिक, औपनिषदिक, पौराणिक, ऐतिहासिक आदिका साथै तन्त्रशास्त्र आदिबाट पनि लिइएका छन् ।

४. निष्कर्ष
परिवर्तित समयअनुसार आज वा अहिलेको वर्तमानस“ग सम्बद्ध अभिलक्षण र विशेषताहरू कवितामा विद्यमान हुनु समकालीनता हो र परिवर्तनशीलता, समयको सीमितता एवम् एतत्कालीनता यसका मान्यता हुन् । यसको आधुनिकता र उत्तरआधुनिकतास“ग पनि सम्बन्ध हुन्छ । पाश्चात्य जगत्मा सन् १९५० देखि सुरु भएको मानिएको समकालीनता नेपाली कवितामा २०३६ देखि प्रारम्भ भएको हो । पूर्ववर्ती प्रयोगवादी प्रवृत्तिहरू क्रमशः गौण र क्षीण हु“दै जान थालेपछि २०३६ को राजनीतिक परिवर्तनस“ग सम्बद्ध सडक कविता क्रान्तिलाई यसको प्रारम्भिक मोड मानिन्छ भने २०४६ को राजनीतिक परिवर्तनलाई दोस्रो मोड र २०५२÷५३ यताको सशस्त्र द्वन्द्वलाई तेस्रो मोड मानिन्छ । २०३६ को सडक कविता क्रान्तियताको अवधिमा देखापरेका विविध काव्यिक आन्दोलन र अभियानहरूबाट समेत प्रभावित उत्तरवर्ती/समकालीन नेपाली कवितामा युगीन परिवर्तनको प्रभाव टड्कारो रूपमा देखिएको छ ।

प्रवृत्तिगत दृष्टिले २०३६–२०४६ बीचका कवितामा युगीन राजनीतिक अव्यवस्था र विकृति एवम् विसङ्गतिको महŒवपूर्ण अभिव्यक्तिका साथै शोषण, आर्थिक दुरवस्था र भाषिक सरलता बढी देखिन्छ भने २०४७–२०५२ का बीचका कवितामा प्रजातन्त्रको स्वागत र समर्थनका साथै छिट्टै विध्वस्त प्रजातान्त्रिक मूल्य र मान्यताको चित्रण तथा नेताहरूका राजनीतिक स्वार्थ, अदूरदर्शिता, दुश्चरित्रता, सत्तामोह, एवम् देशको आर्थिक अनुशासनहीनता बढी पाइन्छ । त्यस्तै २०५२÷०५३ यताका कवितामा सशस्त्र युद्धजन्य परिस्थितिको यथार्थ वर्णनचित्रण बढी देखिन्छ र उत्तरआधुनिकतावादी प्रवृत्तिको प्रभाव पनि पाइन्छ । शोषण, गरिबी, अभाव, पछौटेपन, मानवीय मूल्य र अस्तित्वको खोजी, युद्धको विरोध, शान्तिको कामना, पीडा, चिन्ता, असन्तुष्टि, अशान्ति, हत्याहिंसा, भय, आतङ्क, अविश्वास, नारीवादी चेतना आदि विविध प्रवृत्तिहरू पनि उत्तरवर्ती÷समकालीन नेपाली कवितामा पाइन्छ । एउटै वाद, विचार र धारको नेतृत्वमा नभई विभिन्न वाद, विचार र धारको समष्टि नेतृत्वमा उत्तरवर्ती÷समकालीन नेपाली कविता गतिशील देखिएकाले नै यसमा बहुलवादको स्पष्ट प्रभाव पाइन्छ र यी बहुलवादी दृष्टिकोणहरू यथार्थपरक किसिमले अभिव्यक्त भएको पाइन्छ । समग्रमा भन्नुपर्दा सकारात्मक भन्दा नकारात्मक प्रवृत्तिलाई उत्तरवर्ती÷समकालीन नेपाली कविताले बढी मुखरित गरेका छन् । भाषिक सरलता भए पनि सरलताका नाममा सपाट वर्णन मात्र देखिनु, विचारको आधिक्यले कलापक्ष शिथिल हुमस्“दै जानु, विद्युतीय र छापा माध्यमबाटसमेत स्तरहीन रचनाको अधिमूल्यनका साथै प्रचारप्रसार हुनु, प्रयोगको आग्रहस्वरूप मानकलाई भत्काउने प्रयास गर्नु, राजनीतिक आग्रह बढी देखिनु आदि उत्तरवर्ती÷समकालीन नेपाली कविताका सीमा हुन् । कतिपय काव्यिक आन्दोलन र अभियानका नाममा नया“ चिन्तन र दृष्टिकोणको अभिव्यक्ति दिन खोजे पनि थोरै आन्दोलन र अभियान मात्र यस दिशामा सफल देखिन्छन् र कतिपय आन्दोलनले मूल प्रवृत्ति भिœयाउन सकेको देखि“दैन । कतिपय कविहरूका कवितामा उच्च बौद्धिक चेतना, सार्थक विचलन कलात्मक मूल्यप्रतिको सचेतना, उत्तरवर्ती÷समकालीन चेतना, विश्वबोध आदि विशेषता पनि पाइन्छन् र यी विशेषता उत्तरवर्ती÷समकालीन नेपाली युगजीवनका विविध भोगाइ र अनुभूतिका यथार्थको कवितात्मक अभिव्यक्ति र परिवर्तित समयअनुसार वर्तमानस“गको सम्बद्धता नै उत्तरवर्ती÷समकालीन नेपाली कविताको मुख्य अभिलक्षण हो । समकालीनता चालु वर्तमान भएकाले र यो निरन्तर गतिशील एवम् परिवर्तनशील भएकाले नवीन किसिमका अन्य प्रवृत्तिहरू पनि आउन सक्छन् ।

सहप्राध्यापक
नेपाली केन्द्रीय विभाग

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 पौष, 2067

लेखकका अन्य रचनाहरु