हर्षनाथ भट्टराई

- जयदेव भट्टराई

दिन गन्ती गर्ने हो भने आज एक महिना एक हप्ता भएछ उहाँ बितेको पनि । बितेको सवा महिनासम्म कसैले पत्तोसमेत पाएनन । राजधानी काठमाडौँको मध्यभागमा एउटा व्यक्तित्वको निधन भएको खबर समेत बेखबर बनेपछि यसलाई दुःखद मात्र भनेर टुङ्ग्याउनुमै वेश होला । राजनीतिको रमझम र दौडधूपले गम्लङ्ग छोपेको पत्रकारिताको यो रूप अचम्म लाग्दै हो । जीवनको ६ दशक भाषा साहित्यमा लगाएर ८६ वर्षको उमेरमा बित्दा समेत पत्ता नपाउने हामी यतिखेर अतीत हेरेर चित्त बुझाइरहेका छौँ । नेपाली आधुनिक कथाका प्रणेता गुरूप्रसाद मैनालीको निधनको खबर पनि धेरैपछि मात्र प्रकाशमा आयो र Û पछिल्लो कालमा कथामा राम्रो कलम चलाउने कुमार ज्ञवालीको निधनको त समाचारसम्म आएन । कसैले चासो नलिने सन्दर्भमा गुनासो गर्नुका अर्थ पनि रहँदैन । मुलुक यतिखेर राजनीति खबरमै मग्न छ, स्रष्टा साधकका कुरा ओझेल पर्नु सामान्य नै हो भनिदिएर बस्दा नै राम्रो ।

नेपाली भाषा साहित्यमा खासगरी निबन्ध लेखन, कोश निर्माण, व्याकरणका क्षेत्रमा एकचित्त भएर लागिपर्ने अनि यसैमा केन्दि्रत रहने हर्षनाथ भट्टराईको गत मङ्सिर १० गतेको मध्यरात निधन भयो । उहाँको निधन भएको पत्तो अझसम्म धेरैलाई नहुन सक्छ । उहाँ बितेको धेरै दिन बित्दासमेत उहाँको नाममा कतिपय साहित्यिक सङ्रू संस्थाले निम्तो पत्र पठाउन छाडेका छैनन् । जीवनका २० वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बिताउने उहाँको निधनमा शोकका दुई शब्द पनि कसैले खर्चेका छैनन् । न पार्टीको मान्छे, न समूह गुटको मान्छे न राजनीतिले उचालेको मान्छे । यस्ता मान्छेको बारे कमै चर्चा हुन्छन् हामीकहाँ । अरूको चाहिनेभन्दा बढी ।

मोटा मोटा, थरीथरीका कोश निर्माणमा लागेर हर्षनाथ भट्टराईले नेपाली भाषामा कोश निर्माण गर्ने काममा आफूलाई सक्रिय मात्र राख्नुभएन यसैमा आˆनो सशक्त प्रस्तुति पनि जनाउनुभयो । निधन हुनुभन्दा केही दिनअरू िमात्र प्रकाशमा आएको उहाँको राष्ट्रिय नेपाली शब्दकोश -२०६७) बाहेक बृहद् नेपाली शब्दकोश, प्रशासकीय तथा कानुनी शब्दकोश, संक्षिप्त नेपाली राष्ट्रिय शब्दकोश आदि कोश प्रकाशनमा आइसके भने विपरीतार्थक शब्दकोश प्रकाशोन्मुख अवस्थामा रहेको छ । कोश निर्माण बाहेक नेपालीमा उहाँका नेपाली शब्द शुद्धी, नेपाली भाषा र साहित्य -२०१९) नेपाली साहित्य परिचय -२०२३), साधारण ज्ञान -२०१५), नयाँ सामान्य ज्ञान -२०२०), अनिवार्य नेपाली रचना -२०२३), नेपाली व्याकरण बोध, उखान टुक्का आदि कृति प्रकाशित भइसकेका छन् ।

संस्कृतमा बाल संस्कृत प्रवोधिनी -२००८) सरल संस्कृत ज्ञान भाग १, २, नेपाली संस्कृत परिचय, संक्षिप्त संस्कृत व्याकरण प्रकाशित भइसके । तीनवटा निबन्ध सङ्ग्रह, कौटिल्यको अर्थशास्त्र -व्याख्यासहित) उहाँका प्रकाशनको तयारीमा रहेका कृति हुन्् ।

वि.सं. १९८२ सालको भदौ १ गते काठमाडौँको कुश्ले चौरमा जन्मिनुभएका हर्षनाथ भट्टराईले । वि.सं. २००८ सालमा 'बाल संस्कृत प्रबोधिनि' नामक कृति प्रकाशनबाटै आˆनो लेखन थाल्नुभयो । यसपछिका ६ दशक उहाँले लेखन सम्पादन, खोजी अनुसन्धानमै बिताउनुभयो । "साहित्य कला मानव जीवनको अविभाज्य स्पन्दन हो । जब यो बन्ध हुन्छ, अनि यो संसारै अन्ध हुन्छ ।" उहाँको यो कथनले नै प्रष्ट पार्छ हर्षनाथ भट्टराई साहित्य कलालाई कति महत्त्व दिनुहुन्छ भनेर । उहाँले आˆनो जागिर जीवनसमेत लेखन र सम्पादनमै बिताउनुभयो ।

आˆनो लेखनका बारेमा हर्षनाथ भट्टराई भन्नुहुन्छ -"हुन त मैले नेपाली र संस्कृतका गरी १५-२० वटा कृतिहरू लेखेको छु तर म विशेषगरी नेपाली शब्दकोशको अध्ययनमा लामो समय बिताएको भएर होला नेपाली भाषा र शब्दमा विशेष चासो लिने गर्छु । ... प्रज्ञा प्रतिष्ठानमा काम गर्दाको बीस वर्षको दौरानमा पनि मैले शब्दकोश विभागमै बसेर काम गरें । ... अहिले कविताको बाढी नै आएको छ, अरू विषयहरूमा त्यति ध्यान गएको छैन । मुख्य कुराहरूभन्दा तपसिलका कुराहरू बढी आउन थालेका छन् । गतिलो किताब पढ्न मुस्किल पर्न थालेको छ ।" -दायित्व, २०५६)

साहित्यिक क्षेत्रमा, भाषिक सन्दर्भमा आफूलाई चित्त नबुझेको कुरा अभिव्यक्त गरिहाल्ने स्वभाव थियो उहाँको । एउटै क्षेत्रमा लागिरहेको लामो र गहन अनुभव भएकोले पनि होला हर्षनाथ भट्टराई प्रचार प्रसारको रमझममा भन्दा सिर्जना साधनामै रम्नुहुन्थ्यो । उहाँको लेखनीका बारेमा, उहाँको योगदानको बारेमा, उहाँको समर्पणको बारेमा त कमै लेखिएको छ, सामान्य परिचय प्रस्तुत गरिएको समेत त्यति पाइँदैन । नेपाली भाषा, व्याकरण, कोश साहित्यमा यति ठूलो योगदान दिएर पनि उहाँले 'हेमराज विद्वत शिरोमणि पुरस्कार' बाहेक अरू पुरस्कार पाउन सक्नुभएन । स्रष्टा बाँचुञ्जेल उपेक्षा गर्ने हाम्रा समाजले मरेपछि मात्र तिनको सम्झना गर्छ भन्ने भनाइसमेत यतिखेर असत्य भएको छ । मरेर गएको ३७ दिनसम्म पनि उहाँको बारेमा कसैले चासोसमेत लिएको छैन । न समवेदना, न श्रद्धाञ्जलीका शब्द न शोक वक्तव्य न एकटुक्रा समाचार नै देखियो सुनियो । राजधानीका स्रष्टाले भएजति सुविधा भोग्छन्, तिनको मात्र चर्चा हुन्छ भन्नेहरू, लेख्नेहरू समेत यतिखेर बोल्न नसक्ने अवस्थामा पुगेका छन् । पुरस्कार सम्मान थरीथरी, पदको भागवण्डा र एकले अर्कोलाई 'आˆनो' को भावनाले उचाल्ने प्रवृत्ति यी कतै पनि अटाउनु भएन हर्षनाथ भट्टराई । लेखेरभन्दा नलेखेरै चर्चा हुन्छ, योगदानभन्दा बढी प्रशंसा योगदान नदिइकन पाइन्छ भने अब एक्लो स्रष्टा साधकले यस्तै नियति भोग्नुपर्ने स्थिति छ । लेखनको मूल्याङ्कन लेखनबाटै गर्ने प्रवृत्तिको विकास नभएसम्म हावा हुण्डरी र उचालेको भरमा उचालिनेहरू सधैँ पत्रपत्रिकामा छाइरहन्छन् । अनि हर्षनाथ भट्टराईहरू जस्ता साधकहरू साधना गर्दागर्दै मरेर गएको कुरा पनि ओझेल पर्छ ।

दुईवटी श्रीमतीबाट जन्मिएका चार छोरी दुई छोराका पिता हर्षनाथ भट्टराईले एक वर्षअरू िमात्र कान्छो छोरा गुमाउनु पर्दाको पीडा भोग्नुभयो । उहाँकी श्रीमती जाम्बू भट्टराई दुःखको बखत पनि दुखेसो पोख्नुहुन्छ - हर्षनाथको निधनको समाचारसम्म नआएकोमा । दुःख पीडा भोग्ने त आफू र आˆनाले मात्र हो । जीवनलाई समर्पण र साधनामै लगाउने हर्षनाथ भट्टराई जस्ता साधकका लागि दुःख, पीडा, मान सम्मानको अर्थ पनि छैन तर बाँचेकाहरूका लागि भने पक्कै पनि दुःख हुन्छ, पीडा हुन्छ, देशका लागि केही नगरेकाहरू चर्चाको शिखरमा पुग्ने ठाउँमा देशका लागि धेरै गरेकाहरूको चर्चासमेत नहुँदाको पीडा यतिखेर हर्षनाथ भट्टराईको परिवारले भोगेको हुनुपर्छ । राजनीतिलाई मूल नीति मानेर हिँड्न अभ्यस्त भइसकेका हामीले चित्त बुझाउँदै भन्नुपर्छ हर्षनाथ भट्टराई जस्ता व्यक्तित्वहरू कृतिले बाँच्नुहुन्छ, साधना र योगदानले सम्भिmरहने बन्नुहुन्छ । आफन्त छरछिमेकले मात्र थाहा पाएको उहाँको निधनको खबर पत्रकारिता जगत्ले पत्तोसमेत पाएन, पत्रपत्रिकामा हप्तैपिच्छे लेखिरहने लेखक स्तम्भकारले पनि सुइँको पाएनन् । राजनीतिमा लागेकाहरू सामान्य बिरामी भएको खबर दिने हामीले देशको गौरव मानिने स्रष्टाको निधन खबर बन्छ भन्ने नबुझेको हो कि दिन नचाहेको हो ? यस्तो प्रवृत्तिलाई हर्षनाथ भट्टराईका शब्दकोशहरूमा के भनिएको छ होला ? मरेर गएको मान्छेसँग यही प्रश्न तपाईंको शब्दकोशले यस्तो प्रवृत्तिलाई के भन्छ ?

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 पौष, 2067

लेखकका अन्य रचनाहरु