फसादमा फुलेको फूल

- डा. मधु माधुर्य

यात्रा कसलाई मन पर्दैन होला र ? चाहे त्यो स्वदेशभित्र होस् चाहे त्यो विदेशमा होस् । यो चोटिको घरदेश–यात्रा यस्तै भयो, चितवनको सौराहास्थित राष्ट्रिय निंकुजभित्रको जंगल–सफारी र मनकामना यात्रा भ्याएर पूर्वनिर्धारित योजनाअनुसार नेपालबाट हतार—हतार दुबई उड्नु प¥यो । दुबईमा त्यहीँ चितवन सौराहाको घामबाजे मलाई बाटो कुरेर बसेझैँ लाग्यो । घामबाजे जतिखेर पनि मलाई अँगालो मार्दै सडकै सडक हिँड्थ्यो । सम्भवतः अरब र अफ्रिका बस्ने बहुसंख्यक मानिसहरू त्यस्तै रापिलो अनुभूति गर्दा हुन् । यी अनुभूतिहरू प्रकृतिले दिएको यावत् उपहार र आश्चर्यहरू हुन जुन अनुभूतिहरू हाँसी–हाँसी स्विकार्नु पर्छ भनेर आफुलाई मिनेट–मिनेटमा सम्झाईरहनु पथ्र्यो ।

दुबई – तातो बालुवाको सिरक ओढेर मरभूमिमा लम्पसार छ । तैपनि मानव सभ्यताको अन्तिम र चरम उपलब्धिहरूले सजिएर त्यो स्वर्गझैँ टल्किरहेकोे छ । संसारकै सबभन्दा अग्लो भवन (टावर) ब्रजखलिफा धर्तीबाट चुलिएर आकाशतर्फ हाम्फालिरहेछ । ढुंगा र बालुवाले समुद्र पुरेर बनेको त्यहाँको पाम–सिटिको तडकभडक आफ्नै पाराले जमिरहेछ । अन्तत भान भयो, दुबईको तितिमिरी–झ्याई— विश्व–आर्थिक मन्दीको पहिलो कारण थियो । जहाँको बालुवा छोप्न विश्वको खरबाँै डोका अमेरिकी डलर र खरबौँ डोका युरोपीय यूरोको अन्धाधुन्ध खपत भएको थियो । यसरी एकातिर आधुनिकताको खोल ओढेर बालुवामाथि मानव–सभ्यता झकिझकाउ, दुनियाँको आँखा लाग्ने गरी अति–आधुनिकताको खोल ओढेको बालुवाको देश — संयुक्त अरब इमिरेट्स समकालीन मानव सभ्यतालाई आफ्नो भौतिक रवाफ देखाउँदै सूर्यको तेजिलो किरणझैँ चम्किरहेको छ भने अर्कोतिर सहरको फराकिलो छातीको बीचैबीचमा भीमसेनथापावाला धरहरा माथि—माथि उठिरहेको छ । पछि पो थाहा भयो– त्यो मस्जिदको परम्परागत संरचना रहेछ भनेर । जता फर्केर हेरे पनि हरेक झारपात र रूख–विरुवालाई बचाउन पानीको स–साना पाइप जमिन मुनि–मुनि दौडाइएका रहेछन् । कत्रो मेहनत ! हजारौँ नेपाली र लाखाँै भारतीयहरूको श्रम र पसिना त्यो पाइपको पानीसगै बगाइएको रहेछ, त्यो दुबई झकिझकाउ बनाउने अभियानमा ।

‘लौ गरि खाऊ !’ भनी प्रकृति आफैले हिमाल, पहाड चुरे–भावर, भित्री मधेस र तराई बनाएर हामी नेपालीलाई सुम्पदा पनि हामी भने अन्धो भएर विश्वसामु टवाल्ल परेर हेरिरहेका छौं ढुंगे युगको पर्याय बनेर । द्वन्द्व, हड्ताल, नेपाल–बन्दको नाटक मन्चन गरेर हाम्रा नेताहरूले देशलाई आर्यघाट बनाइरहेको सबैभन्दा नीच दृश्य आँखामा नाच्दा उनीहरूलाई सम्झेर धीत मरुन्जेल थुक्न मन लाग्यो तर स्वर्गझैँ टल्केको सहरमा फोहोर गर्न कहाँ पाइन्छ र ?

“के गर्न खोजेको ?” चर्को आवाजमा झसङ्ग झस्काउँदै व्रिmस्चिनाले मतिर पुलुक्क हेरी ।

“देश डुबाउने नेता भनाउँदाहरूको नाममा थुक्ने ठाउँ यहाँ फेला परेन, के गर्ने ?” मैले आफूलाई लागेको कुरा प्वाक्क भनिहाले ।

“सहर फोहर पार्ने मन भए अलिकदिन अझै नेपाल बस्नु पथ्र्यो अथवा टिकट किनेर फर्के पनि भैगो नि !” व्यङ्ग्यात्मक अर्ध–हाँसो फर्माउँदै व्रिmश्चिना कड्किन थाली । चर्को घामको हपहपे गर्मीका बाबजुद तातो संवाद रोकिने स्थिति थिएन ।

“ए ! मोरी कुइरेनी तँ, तेरी आमा अमेरिकन भए पनि बाउ त नेपाली नै हो नि ! तलार्इँ तेरो बा को देश मन परेन ?”

“बाउको देश भएर, बुद्ध र सगरमाथाको देश भएर, तामाकोशी र फेवाताल भएर के गर्ने, बिगार्नु बिगारी हाले ... जहिले पनि जिन्दाबाद र मुर्दाबाद, नेपालबन्द.....पोहोर समयमा एयरपोर्ट पुग्न नसक्दा मेरो त उडान नै छ्ट्यो । देश बनाउने काम कुरा त कसैले पनि गर्दैनन्... त्यही भएर अब हाइयेर–एडुकेशनको लागि म युएस नै जाने... नेपाल पुग्यो ।”

“तेरो बाल्यकाल यहीँ बित्यो यहीँको हावा पानीमा हुर्किस्, बढिस्, अब बैँस चढेपछि चाहिँ तँलाई अमेरिका चाहियो ? जाऊ जाऊ म तँलाई भोलि बेलुका “सी–अफ ” (विदाई) पनि गर्दिन, ओ के, बाइ बाइ !” मेरो पनि तातो जवाफ थियो ।

“ हत्तेरीका ! तपार्इँ पनि कस्तो छ्या ! सुन्नुस न सुन्नुस प्लिज, म तपाईँसंग धेरै कुरा गर्न चाहन्छु, बरु नेपालको कुरै नगरौ अहिले है ? ” ऊ तातो बहसलाई चिसोसँग सम्झौता गराउने मुडमा थिई ।
“यहाँको कृत्रिम सभ्यता देखेर मैले नेपाल सम्झेको हँु, यहाँ बालुवाको मरुभूमिमा मान्छेहरू स्वर्ग बनाएर बसिरहेका छन्, । त्यहाँ नैसर्गिक स्वर्ग भत्काएर मान्छेहरू नर्क भोग्न आतुर छन्.. यहाँ चाहिँ यस्तो त्यहाँ चाहिँ त्यस्तो भनेर कल्पना गरेको हुँ । म यहाँ हिँडदैछु, मन नेपाल घुम्दै छ । शरीर यहाँ छ, मन त्यहाँ छ ...।” भनाभन भन्ने कि कुराकानी भन्ने खै ! हाम्रो संवाद यसरी नै चलि रहो, डेराबाट बरदुबई जाने डुंगा नचढेसम्म । हिमाल चढ्न आएकी एउटी अमेरिकन महिलासंग आन्गछिरी शेर्पाको मायाप्रितीको भूमिकामा व्रिmश्चिनाको जन्म भएको थियो । कालो आँखा, कालो केश, चामलको पिठोजस्तो सेतो शरीर, चुलबुले स्वभाव, फुच्ची... बस् यति नै हो मैले त्यो बेला सम्झेको व्रिmश्चिनाको हुलिया ! त्यसपछि म उच्च अध्ययनको सिलसिलामा सोभियत संघ गएँ । हिउँदे बिदामा स्वदेश आउँदा मैले सुनेको थिएँ – आन्गछिरीको श्रीमती नेपाल घुम्न आएको लण्डनको धनी तरुनो केटोसँग पोइलो हिंडेपछि व्रिmश्चिनाको लागि आन्गछिरी आफैँ बाउ आफँै आमा बन्नु परेको थियो । व्रिmश्चिनाको जीवन राम्रो होस् भनेर उसले तिनलाई राजधानीको राम्रै बोर्डिङ्ग स्कुलमा भर्ना गराई दिएका रहेछन् । व्रिmश्चिनाबारे अन्य जानकारी याद भएन ।
यो गृष्मकालीन दुबई भ्रमणको अघिल्लो दिन एउटा संयोग आइनलागेको भए व्रिmश्चिनासँग मेरो भेट हुने पनि थिएन ।

म एकजना साथीसँग दुबईको एउटा रेष्टुरेन्टमा खाना खादै थिएँ, टाउकामा सेतै पगरी गुथेर एक फन्को कालो डोरी घुमाउने एकजना रैथाने मान्छेको प्रवेश भएपछि लामो सोफा खाली गराउन रेष्टुरेन्ट मालिक काम चलाउ अङ्ग्रेजी भाषामा अनायास कराउन थाल्यो हामीले खान खाइरहेको बेला बेस्सरी सर्किने गरी । दायाँ–बायाँ पल्याकपुलुक हेरेर ग्राहकहरू खाना सहितको आ–आफ्नो रिकापी लिएर दायाँबाया ठाउँ परिवर्तन गर्न थाले । हामीले पनि त्यही सिको गर्न थाल्यौ । तर एउटी केटी भने यी सबै रीतिको प्रतिबाद गर्न थाली । मैले तिनको समर्थन गरेको उपलक्ष्यमा रेष्टुरेन्ट मालिकसँग झन्डै कुटाकुट भएको थियो । नियम, संस्कार वा कानुनी प्राबधान के हो कुन्नि त्यो देशको !! एकै क्षणमा हामी सबै किंकर्तव्यबिमुढ भएर बाहिरियौं ।

बाहिर पार्कनिर व्रिmश्चिनासँग हाम्रो परिचय भयो । तिनले भनिन् – “भात अर्डर गरेको हिसाबले तपाईँहरू पक्कै नेपाली हुनु पर्छ जस्तो लाग्यो, खाना खाने बेलामा नेपालीमा चर्को कुरा गरेको सुनेपछि त् झन् गेस ट्वाक्क मिली हाल्यो नि !”.. हामी सबै अतीत बिर्सेर खित्का छाडेर हाँस्न थाल्यौ । सँगसँगै व्रिmश्चिना बारे मेरो अतीत फर्केर आयो । यसरी व्रिmश्चिनासँग मेरो साक्षात्कार भनौँ वा भेटघाटको पुनरावृत्ति भएको थियो र हामी यहाँसम्म आइपुगेका थियौँ ।

हिमचिमको व्रmममा व्रिmश्चिनाले भन्न थाली – “मलाई हजुर, तपाईँ नभन्नुस न प्लिज तँ भन्नुस, अनि मलाई नजिकको नातेदार भएजस्तो अनुभूति हुन्छ ।”

मैले भने– “ल ठिक छ, कुइरेनी भन्दा रिसाउछ्यौ ?” केही प्रतिवाद नगरी मसक्क मस्किन थाली । त्यसपछि त हो नि मैले उसलाई “तँ” र “कुइरेनी ” भनेर सम्बोधन गर्न थालेको !

“आँ..ऽ कसैलाई डिस्टर्ब गर्दिन... !” भन्दै मेरो हितैषी मित्र मध्यराती कतै बाहिर गयो । हामी त्यहीँ टपल्याण्ड क्याफेमा गफ चुट्न थाल्यौँ ।

। बिहानको ४ बज्यो, कुइरेनी त सुत्न जाने कुरै गर्दिन बा, खाली कफी, खाली गफ !

मैले भनेँ – “चाँडै नै घाम सडकमा ओर्लदै छ, एकै क्षण भए पनि बरु आराम गरौँ ।” स्वीकारोक्तिमा बल्ल टाउको हल्लाई उसले । २–४ पाइला हिँडेपछि ऊ बसेको होटल आइपुग्ने भएकोले बिदाई गर्न मलाई कुनै पहाड उचाल्नु परेन र म चाहिँ ट्याक्सीमा चढेर आधा–घन्टे बाटोमा सलल्ल सुइँकिएँ !
कोठामा पुग्दा साथी थिएन । साथी खोज्ने क्रममा राती सबै रात्रि–रेष्टुरेन्टहरू छापा मार्ने कुरा पनि भएन । मलाइ पनि जबर्जस्ती सुत्न खोजेर कहाँ निद्रा लाग्थ्यो र ?
साथीको मोबाइल पनि बन्द गरिएको थियो ।

केही पनि नगरी चुपचाप बस्न नसक्ने आफ्नो नानी देखिको बानी देखेर कहिलेकाहीँ म आफै पनि चकित हुने गर्छु । समयको सदुपयोग गर्न मैले टाउकोमा घुमिरहेका भावना र अनुभूतिहरूलाई कविताको रूपमा पंक्तिबद्ध गर्ने जाँगर चलाउन थालेँ र केही क्षण मै म यसरी शब्दको खोचहरूमा ठोक्किदै बग्न थाले :—

सधँै सधैँ छोपेर मलाई एकान्तमा लगिरहन्छन्
अपरिचित समुद्रका छालहरू
दिन र रातको सीमा मेटेर दुनियाँलाई
मेरो अनुहार देखाई रहन्छन्
अपरिचित घाम / बत्तिका उज्यालाहरू
यिनै छाल र उज्यालोको जालोमा बेरिएको
दर्दनाक मेरो उपस्थिति
मैले नगरेको अपराधको अभियोगबाट उम्कन
तिमीहरू समक्ष एक चिम्टी क्षमाको भीख माग्न लजाउनु पर्दा
प्रकृतिमा प्रत्येक आँखाबाट तप–तप झरिरहेको
प्रत्येक थोपा आँसुको मुद्दा खेपेर
आज मेरो स्वप्नमा अनुपस्थित यो संसारको अदालतमा हाजिर छु
कठघरापारी–
मनुवाहरू फैसला गर्दैछन्
कठघरावारी–
म उभेको विशाल जमिनमाथि
मैले भोग्न खोजेको स्वाधिनताको दसगजा ठोक्दैछु ।
जुन इलाकामा
फेरि पनि
व्रmाइष्ट/धर्मभक्तलाई फाँसी दिनु पर्ने छैन
गान्धी /लिंकनलाई गोली हान्नु पर्ने छैन
राम/बुद्धलाई बनबास भोग्नु पर्ने छैन
म/म जस्ता लाखौलाई बिना कसुर
रामितेहरूको घातक तिर्खा मेटाउन
कल्पनामा नअटेका यातना भोग्नु पर्ने छैन
कथित समाजको परम्परा÷सत्ता टिकाउन...

कहाँबाट के के बटुल्छ दिमागले पनि सोहोरेर चाहिने नचाहिने कुराहरू । फेरि पनि निद्रादेवीको तथास्तु मिलिहाल्ला कि भन्दै यताउता कोल्टे फेर्न थाले । त्यही बेला व्रिmश्चिनाको स्वर बज्यो मोबाइलमा — “मलाई त पटक्कै निद्रा लागेन, तपार्इँलाइ नि ?”

“रङ्गी–चङ्गी स्वप्न–संसारमा म निद्रामग्न छु, डिस्टर्ब नगर त प्लिज”– चुपचाप मेरो आग्रह स्विकारी क्रिश्चिनाले । तर बाहिर उज्यालो भइसकेको थियो । एकै छिनमा राती–राती हराउने साथी पनि टुप्लुक्क झुल्किनु भो र छाडा तापक्रम तर्फ ध्यानाकर्षण गर्देै उहाँले भन्नु भयो– “आज पनि मौसम खत्तम छ यार !”
नसुन्नु सुनिहालेपछि श्रद्धेय मित्रको भनाइप्रति वेवास्ता गर्न नमिल्ने र मेरो एउटा प्रतिक्रिया तुरुन्त गइहाल्यो —“अनि तपाई आफू ?” ऊ मौन रहो !

दिउँसो व्रिmश्चिनाको निम्तोलाई स्वीकार्दै ‘ब्रन्च’ (बिहानको चमेना र दिउँसोको खानाको सट्टा खाइने यौटै खाना) ग्रहण गर्न हामी होलिडे इन ड्रिम–रेष्टुरेन्टभित्र छि¥याँै ।

हामी तीनै जनाको मुहारमा यौटै ‘ड्रिम’ (सपना) लुकेको भान हुन्थ्यो, कसरी एक निद्रा पु¥याउने ?

अनिदो भएकीले होला– आज क्रिश्चिना हँसिली रसिलीभन्दा पनि बढी गम्भीर देखिई । तर सफेद नीलो–कैलो आँखामा रातभरी नसुतेको लक्षण खासै देखिदैनथ्यो । उसको फराकिलो स्वभावले ओठमा फुलेको विस्वास लुकाउन सकेन । विश्वासमा सबै कुरा खुलमखुल्ला हुन्थ्यो, मानौ वर्षौ देखि हामी परिचित छौँ र नजिकका हौं ।

“तपाईँसँग आज मलाई जीवनबारे धेरै कुरा गर्न मन छ ।” मुसुमुसु हाँस्दै क्रिश्चिनाको फेरि पनि उसको आदिम प्रश्न दोह¥याउन थाली ।

विश्वासकी पात्रलाई जहिले पनि इन्कार गर्नुमा न्याय र इमान्दारिता झल्कदैन पनि, मैले गहिरिएर सोच्न थालेँ – “जीवनबारेको प्रश्न जस्तोसुकै अप्ठेरो पनि हुन सक्छ, फेरि जीवनको कुरो मान्छे मरिसकेर पनि टुङ्गिने कुरा होइन । मलाई मिठो एक निद्रा देऊ, म जबाफ दिन्छु” अनिद्रा र आलस्यले आव्रmान्त आङ्ग तन्काउन्दै मैले जबाफ दिएँ ।

चुरोट सल्काउने निहुँमा हेर्दाहेर्दै साथी फेरि कतै गायब भयो । सोचेँ, सायद ऊ फेरि आराम गर्न कोठामा गयो ।

“जीवन के हो ?” क्रिश्चिनाको पहिलो प्रश्न तेर्सियो ।

“आफँैमा केही पनि होइन जीवन, जे सोच्यो त्यही हो ।” मेरो जवाफ फ्याट्ट निस्क्यो तर उसले आँखा तरेको देख्दा मेरो सतही जवाफ चित्त नबुझेको स्पष्ट हुन्थ्यो ।

हाम्रो प्रश्नोत्तर हिलोमा गाडिएको गाडी झैँ सकी नसकी अगाडि बढी रहेको थियो ।
“तिम्रो कल्कलाउँदो उमेरमा जीवन–मृत्यु, स्वर्ग–नर्क, देवता–दानव, ध्यान–निध्र्यान, बुद्ध–बुद्धुको चिन्तनमा डुबेर भाबुक हुन कसले सिकायो ?”

“जड्याहा साथीहरूको संगतले हिजो–आज बुबाको बास भट्टीमा, आमाको स्वरै सुन्न नपाएको केही महिना भयो । अनि एक्लिएर बस्नु पर्दा मनमा के के आउँछ के के ....म को हुँ ? किन यहाँ छु ? यस्तै यस्तै जिज्ञासाहरू समुद्रको ज्वारभाटा झै उठी रहन्छन्, अनि टेनिस खेल्न पनि मन लाग्दैन, कहिलेकाहीँ निद्रा पनि लाग्दैन, निरास निरास हुन्छु म... भन्नुस न जीवन के हो ?”

“के मेरो जवाफ सुनेर म जस्तै जोगी–भोगी हुने मन छ ?”

“म त हिमालचलमा एक्लै गएर तपस्या गर्न पनि तयार छु ....।”. यति भनेर उसको आँखाबाट तपतप आँसु बर्सिन थाल्यो ।

“कति सस्तो भो आँसु मान्छेको, तिम्लाई कसले के भन्यो ? के भो ?” म उसको रोदनको अर्थ बुभ्mन चाहन्थेँ ।

ऊ खुट्टा हल्लाउँदै भुँइतिर टोलाउन थाली ।

“मैले जे भने पनि तिमी बुभ्mदैनौ आखिर....!” बुभ्mने भाषामा मैले जीवनबारे बोल्न असमर्थ भएको पूर्व जानकारी दिएँ ।

“म मोबाइलमा रेकर्ड गर्छु पख्रुस । कुनै दिन त अवस्य बुझिहाल्छु नि !” बिस्तारै आँसु पुछनु थाली उसले ।

“ल बाबा ! सुन मेरो भाषण अब... मानव जीवन त उन्मुक्तिको आधार–विन्दु हो । यो हाम्रो अस्तित्वको यथार्थ भाव मात्र हो । कुनै पनि परिभाषा भित्र कोचेर जीवनको अर्थ न पुरा नै हुनसक्छ न त्यसको रहस्य नै खुल्न सक्छ । अनुभूति हजार थरिका हुन्छन् मान्छेका ! यसैले जीवनको परिभाषा पनि हजारौँ देखिन्छन् यही भ्रमको पहिरोमा आज संसार बगिरहेको छ । रुँदा आँसु भयो जिन्दगी, हाँस्दा हाँसो, दुख पाउँदा सङ्घर्ष, रोमान्समा कोमल फूल, व्यापार बन्द हुँदा खत्तम भयो जिन्दगी ! यसरी परिभाषाको सेरोफेरोमा मान्छेहरू समयको मात्र होइन आफ्नै अनुभूतिको समेत दास भइ रहेका छन् ।”

“ए ! जे पायो त्यही हैन रहेछ नि जीवन, अनि प्रेम के हो नि ? अनि आइ लव यु भित्र प्रेम हुन्छ त ?” उसले मेरो विचारलाई पगारा लगाउँदै प्रश्नको किलो ठोक्न थाली ।

“प्रेम इश्वरप्रदत्त विशेष दैविक गुण हो, तिमी, म र हामी सबै र पुरै ब्रहाण्डको कारण नै प्रेम हो । द्वन्द्वात्मक भौतिकवादले भने अनुसार अँध्यारोबिना उज्यालोको, कालो बिना सेतोको अस्तित्व नभएझैँ घृणा बिना पनि प्रेम नहोला कि भनी कतिपय अध्यात्मिक गुरुहरू तर्क–वितर्क गर्छन् तर प्रेमको अनुभूतिको लागि घृणा आवश्यक छैन र घृणा दैविक गुण पनि होइन । प्रेम जीवनको परिवेश हो, वातावरण हो, आत्मा–आत्माबीचको सम्बन्ध र अन्तरसंवाद हो, जो कुनै शर्त बिना नै बाँच्न सक्छ र बाँच्दछ, नैसर्गिक अनुभूतिहरूको मूल हो प्रेम, जहाँबाट आत्मीयता र आस्था जन्मन्छ, विश्वास पलाउँछ, सिर्जनाको सम्भाव्यता निस्कन्छ । भर्खर जन्मेको आफ्नो बच्चालाई पशु र चराचुरुङ्गीले समेत प्रेम गर्छन्, तर प्रेमको सही परिभाषा जान्न उनीहरू युनिभर्सिटी भर्ना भएका हँुदैनन् । कुनै पनि स्वार्थपूर्तिका लागि गरिने यावत जमर्काहरू प्रेमको दायरभित्र पर्दैनन् किन की ती सबै आशक्ति हुन् । हिजो आज आशक्तिको नवीकरण अङ्ग्रेजीमा पनि भइरहेको छ “आइ लव यु ” को नाममा ।”

“तपाईँले यहाँ भगवानको पनि कुरा निकाल्नु भो, यथार्थमा के भगवान छ त ?” पुनः मलाई प्रश्नले डो¥याउन थाली ।

“भगवान छ भन्छु म, छ भन्नेबित्तिकै ल देखाई देऊ भनी लिंडे ढिपी गर्लाउ फेरि ! भगवान देखिने वस्तु होइन, यावत् कुरा देखे्र द्रष्टा र यावत् कुरा बनाउने श्रष्टा हुन्, तिमी छैनौ भने भगवान छन्, तिमी छौ भने भगवान छैनन् । आजसम्म मानिसहरूले भगवान देखेका छैनन् र यो सारा ब्रहाण्ड, मान्छे, जीवजन्तु, प्राणी, वनस्पति आफैले बनाएको हुँ भनी अभिमानी र रवाफ देखाउन ऊ आजसम्म मानिससामु प्रकट भएको कुनै प्रमाण पनि छैन, राम्रो काम गर्ने कर्ता जहिले पनि प्रायः पर्दा पछाडि नै हुन्छ....।”

“आइ लव यु को प्रसङ्ग बाहेक केही पनि बुझिएन, हेत्तेरीका ऽ ऽ”

“तिम्रो उमेर नै आइ लव यु जस्तो काँचो छ त, म के गरु ? त्यही भएर मैले यस्ता गम्भीर कुरा नगर्न खोजेको ! तर के गर्ने तिम्रा आँसुका थोपाहरू शक्तिशाली रहेछन् । झर्दाझर्दै बग्दाबग्दै मेरा अन्तर्मनका बुझाईलाई पनि तिम्रो कान सम्मै बगाएर लग्यो ।”

व्रिmश्चिना उल्टै दङ्ग परी । आकाशको बादलभित्र के के देखी कुन्नि त्यतै हराउन थाली ...।

अनायास नजिकै चुरोटको गन्ध आयो । चुरोटको बाक्लो धुँवाले साथीको अनुहार अलिअलि छोपिएको थियो । ऊ खोक्दै चुरोट तान्दै थियो । नेपालको टीबी अस्पतालको डाक्टर उनी, मैले उनलाई स्वास्थ्य–शिक्षा पढाउन पनि नमिल्ने किंकर्तव्यविमुढ भएँ म फेरि पनि ।

के के सोच्दै थियो कुन्नी ! रुन नमिलेर ऊ मुसुमुसु हाँस्न थाल्यो ।

“धुवाले फोक्सो रङ्गयाएपछि अनुहारमा हाँसोको तरंग छुट्न थाल्छ कि क्या हो ?” मैले भावावेग थाम्नै सकिनँ ।

“त्यति मात्र होइन कविजी धुवाले छिटै नै स्वर्गको बाटो पनि देखाउंछ–सबैले रुचाउने बाटो स्वर्ग कै त हो नि !” उसले व्यङ्ग्यात्मक रिस पोख्यो ।

एकै छिन वातावरणमा सन्नाटा छायो ।

घडीले अपरान्ह ४ देखाई रहेछ....। क्रिश्चिनालाई एरपोर्ट पु¥याउन जाने बेला पनि भै सक्यो ।

“लौ झिटी भ्mयाम्टा कहाँ छ ? जाने बेला भएन ?” सबैको ध्यानाकर्षण गर्न खोजेँ मैले ।

“कविजी, मैले बैनीलाई यहीबाट बिदाई गर्छु होला, एकजना पु¥याउन गए भइहाल्छ नि, कि कसो ?”

“अनि फर्किने बेला म एक्लै हुन्छु नि !”

“ल ठिक छ, त्यसो भए गइदिउंला नि !”

साथीको साथ रहने कुराले मलाई खुसी बनायो । कुरा गर्दै क्याफेबाट हामी बाहिर निस्केर पार्कनिर एकै क्षण बस्याँै ।
हाम्रो कुरा सकिन नपाउँदै ‘आइ लव यु फर इभर (सधै भरिकोलागि म माया गर्छु )’ भन्दै नाच्न थाली व्रिmश्चिना हाम्रो माझ र एकाएक च्यात्न थाली आजको उडानका इलेक्ट्रोनिक हवाई टिकट ।

“के गरेकी ?” अलि आवेगमा आएर साथीले हतारहतार टिकट थुत्न खोज्दाखोज्दै पनि टिकट धुलो–मसिनो भइसकेको थियो ।

“केही छैन एयरपोर्टमा यात्रुको पासपोर्टमा देखाए पनि पुगिहाल्छ केही बिग्रेको छैन ।” भन्दै मैले स्थितिलाई शान्त पार्न खोज्दाखोज्दै व्रिmश्चिनाले मलाई ग्वाम्लाङ्ग अँगालो हाल्दै कराउन थाली —

“नो नो, आइ हेभ अलरेडी क्यन्सिल्ड माई युएस टिकेट, आइ हेव न्यु टिकेट फर मस्को अफ योर फ्लाइट इन द सेम डेइट (हैन हैन, मैले अमेरिका जाने टिकट रद्ध गराई सकेँ, एउटै मितिमा मस्को जाने तपाईकै उडानको नया टिकट छ मसंग ।”

देख्दै छु – दुवै हात आफ्नो टाउकोमा बिसाएर घोप्टो मुन्टो लगाएर साथी स्तब्ध भइरहेको छ ।

व्रिmश्चिनाबाट मेरो भौतिक शरीरलाई अलग राख्र खोज्दै, ‘हैन यो कुइरेनी के भन्छे ?’ होस् मै म बेहोस् भएझैँ बरवराएँ ।
“डन्ट ओरि, नथिङ्ग, इट वाज अ नाइस जोक लाइक आओर लाइफ... (सुर्ता नलिनुस्, केही होइन, यो हाम्रो जीवन जस्तै राम्रो ठट्टा थियो....)” उल्टै मलाई पो सम्झाउन खोज्छे क्रिश्चिना !

“कुइरेनी, व्हाट आर यु डुइंग (के गरेकी कुइरेनी तैले )?” म फेरि पनि बेस्सरी कराएँ ।

“आइ एम गोइंग टु मस्को विद् यु, आइ एम लकी गर्ल.... ( म तिमिसंगै मस्को जाँदैछु, म भाग्यमानी केटी हुँ.).।” मोबाइल टेलिेफोनको धुन “आइ लव यु फर इभर ( सधै भरिकोलागि म माया गर्छु )” मा कुइरेनी अट्टहास फर्माउँदै बारुली कम्मर हल्लाउँदै फेरि नाच्न थाली ।

“तिम्रो राष्ट्रिय धुन धेरै सुनिसकँे, कानै टट्टायो बाबा, अरु राम्रो धुन छैन ?” जीवनको लागि एकै छिन उसलाई संगीतमै ध्यानाकर्षण गर्ने चेष्टा गरेँ, तर उसले नसुनेझैँ गरी ।

सङ्गीत रोकिएपछि मैले इमान्दारितापूर्वक सम्झाउन थालेँ —
“त्यहाँ ज्यादै हिउँ पर्छ, अति चिसो छ....अझ हिउँभन्दा पनि मान्छे चिसा... त्यहाँ विदेशीलाई सोभियत–कालमाझै खुला दिलले मन पराउँदैनन् । मान्छेहरू... हिजोआज त्यहाँ दस्तोएभ्स्कि र टाल्सटायका आदर्श ओढेर कोही पनि हिँड्दैनन्....

त्यहाँ के छ ? को छ तिम्रो ? के बिर्सेउ तिम्ले त्यहाँ ?”

मैले के मात्र भनिन् ? मेरो साथीले समेत रुमाल लिएर आफ्नो पसिना पुछिरहेको थियो ।

ठ्याक्क त्यही बेला मैले झ्वाट्ट सम्झन पुगें केही हप्ताअघि मात्र पशुपति मन्दिर–परिसरमा चलेको एउटा अचम्मको अपत्यारिलो घटना —
एकजना ज्योतिष बाजे भन्दै हुनुहुन्थ्यो —. “बाबुको कुण्डली हेर्दा यो साल उल्काले पिरोल्ने जोग देखिएको छ. । जीवनमा अपर्झट कुनै अप्रत्याशित घटना हुन सक्छ आफ्नो कुनै कसुरै नहुदा पनि, नचाहँदा नचाहँदै पनि... यो सबै ग्रह दशाको खेल हो बाबु । त्यसैले मैले दिएको यो विशेष मन्त्र हरेक बिहान् १०८ चोटि जप्नु... ग्रह–दोष निवारण हुन सक्छ । कम समस्या आइलाग्छ.... रोगब्याधिको दोष समेत निवारण हुन्छ । जन्मदिनको दिन स्वस्ति–शान्ति, होम र रुद्री गर्ने जिम्मा हाम्रो....!”

सास छउन्जेल आस त लाग्ने नै भयो, जे खानु परे पनि हरेश चाहिँ नखानु भन्थे । म सानो हुँदा आफुभन्दा ठूलाले भनेको अर्ति सुन्नु भन्ने संदेश पनि पाएकै थिए..। अहिलेलाई भने आत्मासन्तुष्टिको उपायबारे सोच्न थालँे, सहरको कोलाहलबाट थाकेर एकान्तका लमतन्न हरियो समथर चौरको मध्यभागमा सुक्नै लागेको ताडको रुखनिर पलेटी कसेर बस्न मिल्ने ठाउँमा आँखा बन्द गरी मन्त्र जप्दै ध्यानमग्न हुन थालेँ म ।

केही समयपछि मात्र म ब्युँझेछु । आँखा खोलेर हेर्छु त कुइरेनी मेरैे सामुन्ने ध्यान आसनमा बसेर त्यही मन्त्र जपिरहेकी छे ।
“ॐ उल्के ममरोग नाशय जुम्भय स्वाहा....ॐ उल्के ममरोग नाशय जुम्भय स्वाहा ...उ, उल्के ममरोग नाशय जुम्भय स्वाहा......”

एक टुक्रा कागजमा केही कोरेर उसको सामुन्ने राखी दिएँ र बिस्तार उठेर म आफू बस्ने होटेलतिर लागेँ ।

एकछिन पछि साथीको फोन आयो ।

“अमेरिका जाने टिकट भोलिको लागि छैन, निकोर्सीको लागि मात्र पो छ त के गर्ने ?”

“के गर्ने ? के नगर्ने ?” आखिर यो अवस्थामा के गर्न सकिन्छ र ? फेरि कुनै महत्वपूर्ण निर्णय लिनलाई म को नै हुँ र ? यस्तै—यस्तै अप्ठेरो प्रश्नको आँधीबेहरीले रणभुल्लमा परेको मेरो टाउको भारी भएर घुमिरहेको छ चारैतिर । मनमा भने उही मन्त्र—धुन बजिरहेछ —

“ॐ उल्के ममरोग नाशय जुम्भय स्वाहा... ॐ उल्के ममरोग नाशय जुम्भय स्वाहा ... ॐ उल्के ममरोग नाशय जुम्भय स्वाहा.....”

अभयपुर, दोलखा, हालः मस्को

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 पौष, 2067

लेखकका अन्य रचनाहरु