मृत्युसित पनि नरिसाउने कवि: हिरा आकाश

- जयदेव भट्टराई

मलाई अँध्यारोसित डर छैन
मलाई मृत्युसित रिस छैन

अँध्यारोसित नडराउने, मृत्युसित रिस नगर्ने मान्छे उहाँ । झापाको भद्रपुर बसेर तीन दशकको साहित्यिक यात्रा गरेर उहाँ अन्ततः अँध्यारोमा विलिन हुनुभयो । मृत्युसित उहाँलाई रिस नभए पनि हामीलाई छ । ५७ वर्षको उमेरमै मृत्युले उहाँलाई लगेपछि यतिखेर भन्नैपर्ने भएको छ ।

....हामीलाई मृत्युसित रिस छ ।

समय त सबै समान हो र पनि साउन महिना अलि उराठ-उराठ लाग्दोरहेछ । निष्ठुरी महिना हो यो साहित्यको सन्दर्भमा । धेरै स्रष्टालाई गुमाएका छौँ, हामीले साउन महिनामा । अझ साउन ६ गतेकै दिन नेपाली राजनीति र साहित्यका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला, नाट्यसम्राट बालकृष्ण सम, चर्चित कथाकार एवं उपन्यासकार शिवकुमार राई, कुमुद देवकोटा, बलराम श्रमजीवी पछि हिरा आकाशको नाम जोडियो । विजय मल्ल, शङ्कर कोइराला, उत्तम कुँवर, ओकिउयामा ग्वाइन, कृष्णबम मल्ल, रामराज पौड्याल, भारती खरेल, ललितजङ्ग सिजापति, लोकेन्द्र शाह आदिको नाम पनि जोडिएको छ साउन महिनामा दिवङ्गत हुने स्रष्टाहरूमा ।

हिरा आकाश नेपाली साहित्य आकाशमा मात्र आकाश भएर चिनिनु भएको हो नत्र त उहाँको चिनिने नाम हिरा पराजुली हो । कृषि विकास बैंकमा जागिर खाएर जीवन बाँच्ने हिरा पराजुली साहित्य, पत्रकारिता र साहित्यिक पत्रकारितामा योगदान दिएर हिरा आकाश भएर चिनिनुभयो । झापा, शिवगञ्ज ८ मा २०१० फागुन १० गते जन्मिनु भएका उहाँले झापालाई कर्मभूमि बनाउनुभयो र आˆनो कर्मका माध्यमबाट राष्ट्रिय व्यक्तित्व बनाउनुभयो । 'वरुण' साप्ताहिकको सम्पादक, हिजोआज, साप्ताहिक विचार, विवेचना पत्रिकामा स्तम्भकारको रूपमा रहेर पत्रकारितामा आˆनो संलग्नता देखाउनु भयो हिरा आकाशले । मुलुक यतिखेर राजनीतिमै बढी केन्दि्रत भइरहेको छ । एकपछि अर्को असफल प्रयासमा ध्यान केन्दि्रत गरेर धेरैको ध्यान आफूतिर केन्दि्रत गर्न चाहिँ सफल भएको छ राजनीति । यही राजनीतिको चपेटामा पर्छन् अरु पक्ष । हिरा आकाशको निधन पनि यस्तै बन्यो ।

वि.सं. २०४५ सालको फागुन ८ गते भेटिनुभएको हो पहिलो पटक उहाँ । विराटनगरमा हामी चियापसलमा चिया खाइरहेका थियौँ । फटाफट लम्केर कतै जाँदै हुनुहुन्थ्यो उहाँ, साहित्यकार विवश पोखरेलले बोलाएपछि उहाँ आउनुभयो र हाम्रो परिचय भयो । साहित्यिक चिनारी लिनेक्रममा त्यतिखेरै उहाँले लेखिदिनुभयो- "जनैपूर्णे र सूर्यग्रहणमा बिदा दिने सरकारले असार २९ गते अर्थात भानुजयन्तीलाई राष्ट्रिय चाडको रूपमा मनाउने क्यालेन्डरमा रातो अङ्क अङ्कति गर्नुपर्छ ।"

"............ एउटा उदाहरण बताउँ तपाईंलाई, यसपाला झापामा प्रशासनले मोतीजयन्ती मनाउन दिएन ।" -२०४५।११।८, विराटनगर)

"हिरा आकाशको स्वभाव अलि बेग्लै छ", "हिरा आकाश कम लेख्छ बढी पिउँछ ।" बे्रनहृयामरेज भएर सिलगुडीमा शल्यक्रिया गराएर घर फर्केपछि साउन ६ गते बितेको कुरा धेरैले पत्तोसमेत पाएनन् । कथाकार गुरुप्रसाद मैनाली, कुमार ज्ञवालीको पनि निधन भएको धेरै समयपछि मात्र समाचार, लेख, संस्मरण आए पत्रपत्रिकामा । 'आगोका स्वरहरू' -२०५५) कविता सङ्ग्रह प्रकाशित गराउने हिरा आकाशले भानु मासिक, दुबो द्वैमासिकको सम्पादन गरेर साहित्यिक पत्रकारिता पनि योगदान गर्नुभयो । मन्थन झापाका संस्थापक अध्यक्ष, प्रगतिशील लेखक सङ्घ झापाको पहिलो तदर्थ समितिको सचिव, नेपाली साहित्य विकास समिति र महानन्द पुरस्कार समिति झापाको सदस्य, २०४० देखि २०४३ सम्म भोक कविता आन्दोलनमा सक्रिय उहाँ २०४५ देखि दर्जीवाद -प्रयोग कविता) मा लाग्नुभयो । उहाँका थप परिचय हुन् यी । वि.सं. २०२७-२८ सालतिरै लेखन सुरु गर्ने उहाँको पहिलो कविता 'युगज्ञान' मा २०२९ ताका छापियो । लेखन, साहित्यिक सङ्घसंस्थामा संलग्न रहने अनि काव्यिक आन्दोलन चलाएर सक्रिय रहने उहाँ कविताबारे भन्नुहुन्छ- कविता कहिलेकाहीँ कविताको भर्‍याङबाट ओर्लेर तल सडकमा जिन्दावाद र मुर्दावादको जुलुस पनि भएको छ । यसैले कविता निरङ्कुशताविरुद्ध समयको आवाज हो ।"

सन् १९८७ मा पराग समूह, कटुञ्जेद्वारा आयोजित राष्ट्रव्यापी कवि गोष्ठीमा तृतीय, सन् १९८५ मा स्रष्टा पुरस्कार, १९८६ मा इन्दे्रणी परिवार, भद्रपुरद्वारा आयोजित कविगोष्ठीमा प्रथम, २०४४ मा महानन्द पुरस्कार २०४५ मा राष्ट्रिय कविता पुरस्कार -भक्तपुर), २०५०मा ललिता काव्य पुरस्कार, २०५७ मा मोहन रेग्मी स्मृति सम्मान पुरस्कार आदि पाउनुभएको छ उहाँले ।

बेलाबखत कथा लेख्न रुचाउने हिरा आकाशले पत्रकारिता पनि गर्नुभयो, साहित्यिक पत्रकारितामा पनि लाग्नुभयो तर उहाँलाई चिनाउने र सम्झाउने काम भने कविताले नै गर्‍यो । उहाँको कविता लेखनबारे युवा साहित्यकार अच्युत घिमिरेले झापाली स्रष्टा र साहित्य -१) मा लेख्नुभएको छ । "...कवि आकाश गद्य कविताका राम्रो शिल्पकार मानिनुहुन्छ । एउटा चित्रकारले ढुङ्गा खोपेर आकर्षक मूर्ति बनाएजस्तै उहाँका कविता सुन्दर छन् । आकर्षक लेखनशैलीका हिरा आकाशका कविताले पाठकका मन हुन्छन् ।"

साहित्यमा आˆनै किसिमले योगदान दिने आˆनै किसिमको स्वभाव र चिनारी प्रस्तुत गर्ने हिरा आकाशले ५७ वर्षको उमेरमा हामीलाई छाडेर जानुभएको छ । उहाँले छाडेर गएका कृति र कीर्तिका माध्यमबाट उहाँ हामीबीच सम्भिmरहने नाम बनिरहनु हुनेछ भन्ने विश्वासका साथ यतिखेरै भन्नैपर्ने भएको छ हिरा आकाश अब सशरीर हामीमाझ रहनुभएन ।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 श्रावण, 2067

लेखकका अन्य रचनाहरु