कृष्णचन्द्रसिंह प्रधान

- जयदेव भट्टराई

असारको अन्तिम साता झरी पानीले पहिरो जाने बेलैको कुरो हो । अविरल वषर्ाले राजमार्गहरूमा पहिरो गएको, जनधनको क्षति भएको समाचार आउन पनि पाएको थिएन, साहित्यिक क्ष्ेत्रमा ठूलो पहिरो गयो । निबन्ध जगत्का एउटा धरोहर, समालोचना क्षेत्रका एउटा स्तम्भ ढलेको सुन्दा धेरैको मनबाट अनायाशै आएको हुनुपर्छ -"लौ नेपाली निबन्ध साहित्यमा ठूलै पहिरो गयो ।" धेरैको मनमा गहिरो पीडा बोकाएर जानुभयो, पहिरो आउनेगरी नै जानुभयो उहाँ २०६७ सालको असार १७ गते ।

८५ वर्षे बुढो उमेरसम्म पनि तरुनो शरीर र जाँगर लिएर लुखुर लुखुर हिँड्न सक्ने एउटा सिर्जनशील व्यक्तित्व, फरासिलो र हँसिलो व्यक्तित्व, हिँड्दाहिँड्दैको मान्छे, आफैँ कपडा फेरेर अस्पताल जाँदाजाँदैको मान्छेको निधन भयो भनेर मान्ने कसरी, ठूलै पहिरो गएको पीडा बोक्दै मान्नै पर्छ अन्ततः उहाँ रहनुभएन भनेर । चोटिला निबन्ध जब्बर समालोचना, झण्डै सात दशकको साधना गर्ने व्यक्तित्व जसले जीवनमा धेरै बाढी पहिरो देख्नुभयो उतार चढाव भोग्नुभयो, टिका टिप्पणी पनि सुन्नुभयो, हुरी हुण्डरी पनि खेप्नुभयो र लाग्थ्यो यस्ता मान्छेले त जस्तासुकै पहिरो पनि रोक्न सक्नुहुन्छ । कठै आफैँले धान्दै आएको ८५ वर्षे शरीर पनि उहाँ स्वयंलाई समेत थाहा पत्तो नदिई सालिक ढले झैँ ढलिदिँदो रहेछ ।

अनाम सत्य बनिदिन्छ मृत्यु । नामै नभएको एउटा नमीठो सत्य, सबैले नरुचाउने, तर सबैले भोग्नुपर्ने । उहाँको परिवार, इष्टमित्र, आफन्त आदिले नरुचाएको 'मृत्यु' उहाँले भोग्नुभयो । नागपञ्चमीको दिन जन्मेर २०६७ को नागपञ्चमी पनि नआउँदै, आˆना नाममा घोषणा भइसकेका दुईदुईवटा पुरस्कार हात नपार्दै उहाँ जानुभयो यात्रामा । न जाम, न बन्द, न हडताल, न जुलुस विना अवरोध बागमतीको हरकसँगै चितामा जलेर ।

दाजुको नाम पत्रिकामा छापिएको देखेर लेख्न हौसिने, हजुरबालाई तमाखु भर्नुपर्दाको पीडा कवितामा व्यक्त गर्ने उहाँले जीवनमा धेरै कुरा छाड्नुभयो लेखन चाहिँ कहिल्यै छाड्नुभएन । दाजुको नाम छापिन्छ भने मेरो किन छापिन सक्तैन एकखाले इखले नै उहाँलाई साहित्यकार बनायो, त्यो इख उहाँले छाड्नुभयो लेख्न चाहिँ छाड्नु भएन, हजुर बालाई तमाखु भर्न छाडनुभयो लेख्न छाड्नु भएन । केही वर्ष राजनीतिमा पनि लाग्नुभयो र छाड्नुभयो तर लेख्न छाड्नुभएन । मास्टरी गरेर हिँड्नुभयो, पत्रपत्रिकाको एजेन्ट बनेर सन्देश गृह खोल्नुभयो र पछि यी पनि छाड्नुभयो तर लेख्न छाड्नुभएन । नर्फकने ती दिनहरु भए यी पाटो उहाँका लागि तर लेखन भने पाइला आगतमा टेकेर बन्न पुगे, उहाँ नभए पनि उहाँले छाडेर गएर, साहित्यमा चालेका पाइलाले आगतमा उहाँलाई सम्झने छ ।

"दुईचारवटा पुस्तक निस्कन पाएको छैन आफूलाई कति ठूलो मान्छे भनिठान्छ । पुरस्कारहरू पाउन थालेपछि झन के चाहियो ? भैँमा खुट्टै हुँदैन । महायुद्ध जितेर र्फकने लाहुरेलाई सम्झन थाल्छु । टेर्नै छाड्छ । हुटिट्याँउले आकाश थामेजस्तो नेपाली साहित्यको कर्ताधर्ता मानू उही हो । बजियालाई दिउँ कि भन्ने लागेको थियो ।

जिन्दगीमा कहिल्यै स्कूलको दैलो देखेको छैन । कलेजका अनुहार कस्तो हुन्छ उसलाई के थाहा ? बर्सौं बर्सौंको अध्ययन, मेहनतपछि बल्ल हात ज्ञान, मनग्ये खर्चेर आर्जन गरिने सीप, विद्वताको अपमान गरेर साला Û कालीदास हुन खोज्छ ।...."

-समय सुनामीबाट)

सरस्वती सम्मान, बसुन्धरा मान प्रज्ञा पुरस्कार पाउनु त भयो तर हात पार्न भ्याउनुभएन ।

आफैँले आˆनो पोटे्रट शब्दमा उतार्ने निबन्धका शिल्पी यी निबन्धकारले साँच्चै स्कूल कलेजको नाकमुखै देख्नुभएन । यिनै व्यक्तित्व विद्यालय महाविद्यालय विश्वविद्यालयमा पढिने नाम बन्यो, ठूला उपाधि लिएर हिँड्नेहरूका पनि 'अग्रज' बन्नुभयो, पढ्नुपर्ने व्यक्तित्व बन्नुभयो । समय सुनामी कसको जीवनमा नआएको छ र ? उहाँको जीवनमा पनि त आयो । दुःख कष्टका दिन पनि सम्झनुपर्छ उहाँको सुख सयलको जीवनको चर्चा गर्दा । ताहाचलको भव्य घर मात्र होइन ढोका टोलको गन्हाउने गल्ली पनि सम्झनुपर्छ ।

वि.सं. २०१५ सालमा 'कवि व्यथित र उनको काव्य साधना' नामक समालोचनाको कृतिबाट मदन पुरस्कार पाउने उहाँले 'नेपाली उपन्यास र उपन्यासकार' का लागि २०३७ को साझा पुरस्कार पनि पाउनुभयो । २०४७ मा 'पाइला आगतमा टेकेर' निबन्ध सङ्ग्रहका लागि साझा पुरस्कार र उत्तम पुरस्कार पाउनुभयो । २०६० को त्रिभुवन प्रज्ञा पुरस्कार २०४७ को धरणी पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदक २०२२, गो.द.वा. चौथो -२०२५) पाउनुभयो ।

'मेरो छापिएको पहिलो रचना हो अश्रुधार कविता । यो 'उदय' मा छापिएको थियो २००२ सालमा लेखेको पहिलो कविता चाहिँ 'हाय तमाखु' हो ०९५।९६ तिर । म १३ वर्षको थिएँ । गद्यमा निबन्ध हो 'झुत्रो लुगा' । यो साहित्य स्रोत -२००४) मा प्रकाशित भएको थियो । अनि पहिलोपल्ट पुरस्कार पाएको थिएँ 'बदलीको तारो' गद्य कवितामा नेपाली साहित्य परिषद्ले आयोजना गरेको २००४ सालको बृहत साहित्य सम्मेलनको प्रतियोगितामा -जिन्दगीका टिपोटहरूबाट)

२००८ सालमा 'भन्ज्याङनिर' कविता सङ्ग्रह छपाएर देखापर्ने उहाँले पछिल्ला दिन आफूलाई निबन्ध र समालोचनामा केन्दि्रत गर्नुभयो । लोभलाग्दो र आरिसै लाग्ने खाले निबन्ध लेख्न सक्ने उहाँका जिन्दगीका टिपोटहरु धेरै ठाउँमा उल्लेख गर्नुभएको छ । विविध व्यक्तित्व समेटेर पनि साहित्यमा मात्र केन्दि्रत भएर आखिर उहाँ बाँच्नुभयो । नाम चलेको, सम्मानित स्रष्टा मात्र होइन पढुँ पढुँ लाग्ने खाले लेख्ने स्रष्टाका रूपमा उहाँ बाँच्नुभयो । जन्मनुभयो वि.सं. १९८२ सालको नागपञ्चमीमा । २०६७ सालको असार १७ गते नपत्याउँदो गरी जानुभयो अनन्त यात्रामा । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ, लामो समय साझा प्रकाशनको महाप्रबन्धक, च्वसा पासा धेरै ठाउँमा छरिनुभयो उहाँ ।

लेख्छु भनेर निबन्ध लेख्दिन लेख्नै सक्तिन यसरी । कुनै कुराले जब आन्दोलित हुन्छु घटना परिस्थितिहरुबाट मन छोइन्छ, संवेदित भइ जब केही भन्न विवश हुन्छु अनि निबन्ध भएर पोखिन्छु । वास्तवमा लेख्नु अरुसँग साहचर्य गर्नु पनि हो । यसलाई स्रष्टा र पाठकमाझ गरिने एकप्रकारको संवाद भन्छु । आफूसँग भएको अनुभव, ज्ञान, संवुद्धि, संवेदना बाँडेर सहभागी हुन अनुरोध गर्न सक्छौँ ।

समय सुनामीमा निबन्धका बारे, लेखनबारे भनिदिनुहुन्छ उहाँ । समय सुनानी -२०६३) जिन्दगी टिपोटहरु -२०६३), नर्फकने ती दिनहरु -२०५९), बागमतीको हरक -२०५७), पाइला आगतमा टेकेर -२०४७), अनाम सत्य -२०४३), सालिक -२०२६) जस्ता निबन्धका, कवि व्यथित र उनको काव्य साधना सिर्जनाको सेरोफेरो', 'नेपाली उपन्यास र उपन्यासकार' 'साझा समालोचना' आदि समालोचनाका कृतिहरू हुन उहाँलाई चिनाउने, सम्झाउने । वि.सं. २०४४ देखि चिनेको, त्यसअघिदेखि पढेको मान्छे, उमेरको छेकछन्द नभए जस्तै भाइजस्तै व्यवहार गर्ने एउटा साहित्यकारको निधन यतिखेर एउटा असल अभिभावकको निधन जस्तै भएको छ । यतिखेर कृष्णचन्द्रसिंह प्रधानको मात्र मृत्यु नभएर आदरणीय कृष्णचन्द्रको निधन भएको छ, महान साधकको अवसान भएको छ । वर्षौं मिलेर बनेको निबन्धको पहाडमा पहिरो गएको छ, मनभित्र पनि पहिरो जाँदो रहेछ, एउटा आत्मीय अग्रजको निधनले अहिले यस्तै अनुभूति भइरहेको छ । सालिकबाट निबन्ध यात्रा थाल्ने तपाईंले निबन्धका पाठकका मनमनमा आˆनो सालिक राख्न सफल हुनुभयो आदरणीय कृष्णचन्द्रसिंह प्रधान।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 श्रावण, 2067

लेखकका अन्य रचनाहरु