ईश्वरवल्लभको जिन्दगानी

- नइ प्रसाई

ईश्वरवल्लभ नेपाली भाषासाहित्यका अमर्त्य साधक, ओजस्वी स्रष्टा र अमर प्राज्ञको नाउँ हो । नेपाली साहित्याकाशमा उनको आफ्नो बेग्लै इतिहासले शिखर छोएको पाइन्छ । उनी नेपाली भाषासाहित्यका विकासका लागि उत्सर्गी स्रष्टा थिए । साहित्यमा उनको सक्रियताले नेपाली भाषा थप उर्वर भएको आभास हुन्थ्यो ।

ईश्वरवल्लभ सानैदेखि भावुक थिए । उनी स्कुले जीवनमा नै कवितारचनामा रमाउने गर्थे । त्यतिखेर उनी कविता लेखेर कहिले च्यातिदिन्थे, कहिले आफ्ना भाइहरूलाई देखाउने गर्थे र कहिले आफ्ना साथीहरूलाई पनि सुनाउने गर्थे । त्यस बेला उनी खास गरेर गीतिकविता लेख्ने गर्थे । त्यही क्रम झाँगिएर पछि उनी आफ्ना कविताहरू छपाउन पनि सक्षम भए । उनको पहिलो कविता उनी अठारउन्नाइस वर्षहुँदा छापिएको थियो । सन् १९५५ मा उनले र्सवप्रथम आफ्नो कविता भारतको दार्जीलिङबाट पारसमणि प्रधानद्वारा सम्पादित 'भारती'मा छापिएको हेर्न पाए ।

ईश्वरवल्लभ संवत् १९९३ सालको असार २९ गते काठमाडौ“को जैसीदेवलमा जन्मेका थिए । पं.मुरलीधर भट्टर्राई र राममायाका तीन भाइ छोरामध्ये ईश्वरवल्लभ जेठा हुन् । माहिला स्वतन्त्रवल्लभ सानैमा स्वर्गीय भए । कान्छा विश्ववल्लभचाहिँ सधैँ आफ्नै जेठा दाजुका नेतृत्वमा हि“डिरहे । यिनका बाबु राणासरकारका विरुद्धमा कुर्लेका कारण यो परिवारले आर्थिक र सामाजिक कठिनाइहरू पनि भोग्नुपरेको थियो । बाबुले अर्की आमा ल्याउनु, आमाले सेरिएर आत्महत्या गर्नु र त्यसमाथि बुबाको निधन हुनुका कारण ईश्वरवल्लभको जीवन सधैँसधैँ कारुणिक रूपमा बामे र्सर्दै हिँडयो ।

ईश्वरवल्लभ सानैदेखि पढाइप्रति पनि उत्साहित नै थिए । तर आफ्ना बाबुको खटनका कारण उनले सधैँ एक्कै ठाउँ पढ्न भने पाएका थिएनन् । उनले कहिले काठमाडौँको दरबार हाइस्कुलमा पढे । परीक्षाका बेला फेरि उनी अन्यत्र नै पुगे । यसै क्रममा डुल्दैफिर्दै यिनले स्नातकचाहिँ समुत्तिर्ण गरे ।
स्नातक भएपछि ईश्वरवल्लभ र्सलाहीको मलङ्गवामा पुगे । त्यहाँ मलङ्गवा हाइस्कुलमा यिनले शिक्षकको काम पाए । त्यसपछि पन्ध्र महिनाजति उनी त्यही“ आबद्ध भए । त्यतिन्जेलसम्ममा उनले दार्जीलिङका विषयमा पनि धेरै सुनिसकेका थिए । त्यसैले दार्जीलिङ हेर्ने उद्देश्य लिएर उनी त्यतातिर हान्निए ।

ईश्वरवल्लभले दार्जीलिङ टेकेका दिनमा नै उनले त्यहाँ एउटा ठूलो जुलुस देखे । त्यो जुलुस के हो भनेर उनी झन् भित्रभित्रै पसे । उनले केही समयपछि थाहा पाए, त्यो जुलुस कुनै उत्सव नभएर एउटा शवयात्रा रहेछ । अनि ती अपार मान्छेको ताँती त रूपनारायण सिंहका मलामी रहेछन् । वास्तवमा त्यो घटनाले उनी छक्कै परे । त्योभन्दा पहिले उनले कहिले पनि त्यतिका मान्छे भेला भएर मलामी हिँडेको दृश्य देखेका थिएनन् । त्यस घटनाले दार्जीलिङवासीहरूसँग उनको भावनात्मक सम्बन्धको स्थापना भयो।
ईश्वरवल्लभ दार्जीलिङमा पुगेपछि उनलाई त्यही ठाउँ मन पर्यो । त्यहीँका मान्छे मन परे र त्यहीँकै वातावरणले उनलाई मोहित पार्यो । परिणामस्वरूप उनले त्यहीँ बसेर केही समय काम गर्ने निधो गरे । सोहीबमोजिम उनले स्थानीय र्टनबुल हाइस्कुलमा पढाउने मौका पाए । दुई वर्षपढाएपछि उनलाई त्यस स्कुलसँग गाँसिइरहन त्यति जाँगर चलेन । यसैबीच मन्तुलाल क्षत्रीको आग्रहमा उनकी छोरी कमला क्षत्रीलाई उनले प्राइभेट पढाउन लागेका थिए ।
जीवनमा प्रकृति र पुरुषको सम्बन्ध विचित्रकै हुन्छ भन्छन् । त्यही हिसाबको जोडघटाउमा ईश्वरवल्लभ पनि प्रविष्ट भए । अथवा भनौँ आफूले प्राइभेट पढाएकी कमलासँग उनको हृदयको पेच क्रमशःक्रमशः कस्सिन थाल्यो । आखिर कमला क्षत्रीको तनमनधनले पनि ईश्वरवल्लभलाई छाड्नै मानेन । अन्ततः उनीहरूको मुटुले एकअर्कामा नछुट्टने प्रतिज्ञा गर्यो । उनीहरूको बिहे पनि भयो । अर्थात् २०१६ सालमा उनीहरू औपचारिक रूपमा दाम्पत्य जीवनमा बाँधिए । यी स्त्रीपुरुषबाट तीन छोरी रेखा, रेणु, रच्चु र एक छोरा आनन्द जन्मे । यिनका छोराछोरीको प्रारम्भिक शिक्षा आफ्ना मामाघर दार्जीलिङमा नै भएको थियो ।

ईश्वरवल्लभले बिहे गरेपछि उनीभित्र अर्को एउटा दायित्व फेरि थपियो । त्यसैले उनले फेरि जागिर खाने निर्णय गरे । सोहीअनुरूप उनले रेडियो खर्सङ प्रवेश गरे । त्यहाँ उनी कार्यक्रम उत्पादन र उद्घोषणका कार्य गर्थे । त्यहाँ पनि उनी धेरै दिन बस्न सकेनन् । त्यस ठाउँमा उनले जम्मा अठार महिना काम गरे ।
ईश्वरवल्लभ फेरि बेरोजगार भए । त्यसपछि उनलाई उनका ससुराले दार्जीलिङमा दोकान थाप्न घर दिए, सामान दिए र वातावरण पनि दिए । त्यसपछि उनी त्यही दोकानमा बस्न थाले । क्रमशः उनी व्यापार र ठेक्कापट्टामा लागिरहे । जसअनुसार उनले कहिले होटल खोले, कहिले निर्माणको ठेक्का गरे । त्यही रीतबाट जीवन भोग्दै उनले आफ्ना सङघर्षका पाइला बढाइरहे । ती पाइला बढ्ने क्रममा उनी अफ्नै मातृभूमि आइपुगे । अथवा भनौ“ उनी २०२७ सालमा काठमाडौँ आइपुगे ।

नेपालमा आएपछि उनी फेरि कामको खोजीमा नै लागे । तदनुरूप उनले नेपाल परिवारनियोजन सङमा प्रवेश गरे । त्यहाँ उनले दुई वर्ष काम गरे । पछि फेरि उनी राष्ट्रिय जनसङ्ख्या आयोग पनि पुगे । त्यहाँ उनले पाँच वर्ष बिताए । २०४७ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमार् ईश्वर बरालको उपकुलपतित्वमार् उनी पनि सदस्यमा मनोनीत भए ।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य भएका बेला ईश्वरवल्लभको सम्पादनमा 'प्रज्ञा' त्रैमासिक प्रकाशित हुन्थ्यो । साथै यिनले दार्जीलिङ बस्तै तेस्रो आयामको 'फूलपातपत्कर' पनि सम्पादन गरेका थिए । साथै तेस्रो आयामका तर्फबाट इन्द्रबहादुर राई, वैरागी काइँला ईश्वरवल्लभहरूले 'तेस्रो आयाम' नाउँको पत्रिका पनि चलाए । साथै ईश्वरवल्लभले 'नेपाली चलचित्रनिर्माण' नामक कृतिको पनि सम्पादन गरे ।

एकताका नेपाली साहित्याकाशमा तेस्रो आयाम भन्नु निक्कै चर्चित विषय थियो । त्यतिखेर इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वरवल्लभको हातेमालोले तेस्रो आयामको स्थापना भएको थियो । नेपाली साहित्याकाशमा तेस्रो आयाम एउटा आन्दोलनका रूपमा विराजमान भइरह्यो

ईश्वरवल्लभले थुप्रै कविता लेखे । वास्तवमा उनले अन्य विधामा कलम चलाए तापनि उनलाई सबैले कवि नै भने । कविताका अतिरिक्त निबन्ध र प्रबन्धहरूमा पनि उनको लेखनशिल्पीले लोकप्रियता कमाउँदै गयो । कविता, कथा, निबन्ध र समालोचनाका विषयमा चाहिँ उनका कृतिहरू पनि प्रकाशित भइरहे । 'आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्' कवितासङ्ग्रह, 'समान्तर' कवितासङ्ग्रह, 'एउटा सहरको किनारामा' कवितासङ्ग्रह, 'कस्मैदेवाय' कवितासङ्ग्रह, 'केही भूमिकाहरू' निबन्धसङ्ग्रह, 'सोचको मायामठ' निबन्धसङ्ग्रह, 'नीलो माटो' कथासङ्ग्रह, 'प्रस्तुत' समालोचनासङ्ग्रहका साथै यिनले करिब पचासओटा गीत पनि लेखे ।
नेपाली भाषासाहित्यमार् ईश्वरवल्लभको योगदानले सुप्रबल गोरखादक्षिणबाहु, गद्दीआरोहणको रजतमहोत्सव पदक र वीरेन्द्रऐर्श्वर्य सेवापदकबाट उनी विभूषित र अलङ्कृत भए । नेपाली भाषासाहित्यमा समर्पित भएबापत उनी मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्णपदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार, प्रेस काउन्सिल पुरस्कार आदिबाट पुरस्कृत भए भने उनले कलासाहित्य डट कम प्रतिष्ठानबाट विद्वतवृत्ति पनि पाए । वाङ्मयको उत्कृष्ट सेवामा आबद्ध भएबापत विभिन्न सङ्घसंस्थाहरूबाट उनलाई अभिनन्दनपत्रहरू पनि समर्पित गरिए । उनको निधनपछि प्रा.डा. रामप्रसाद उप्रेती र उषा शेरचनको आर्थिक सौजन्यमा नइ प्रकाशनले नइ ईश्वरवल्लभ पुरकारको स्थापना गरेको छ ।

ईश्वरवल्लभले नेपालका विभिन्न भूभाग घुमे । घुम्ने क्रममा उनले देशका साहित्यकार र कलाकारहरूसँग पनि सौहार्दता गाँसे । साथै उनले भारत, चीन, थाइल्यान्ड र हङकङको पनि भ्रमण गरी अनुभवहरू सङ्ग्रह गरे ।

नेपाली साहित्याकाशमा अत्यन्तै श्रद्धेय, आदरणीय र माननीयर् इश्वरवल्लभको योगदानले नेपाली भाषा तथा साहित्यउद्यानको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्यो । उनले आफूले मात्र लेखेनन् नेपाली भाषा लेख्ने थुप्रै स्रष्टाहरूलाई मलजल पनि गरे । उनी नेपाली भाषासाहित्यका एउटा हर्कुलस नै थिए । उनी यस बाटामा हिँडेर कहिल्यै थाकेनन् ।

बिहान नभई बतासले शीत किन सुकाइदिन्छ
जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ ।

ईश्वरवल्लभ नेपाली समाजमा खूबै चर्चित नाउँ हो । वास्तवमा उनका गीतहरू रेडियो नेपालबाट बजेपछि उनी जनचर्चामा आइरहे । उनको साहित्यिक व्यक्तित्वको एउटा पाटो उनी गीतकार पनि भएकाले श्रोताहरूले उनको थप प्रशंसा गरे । त्यति मात्र होइन, उनका शब्दरचनाहरू रेडियो नेपालबाट जति बजे प्रायः सबै जनप्रिय पनि भए ।

चाहे गीत भनौँ, चाहे कविता भनौँ ती एउटै रूखका हाँगाहरू हुन् । तर गीतचाहिँ विद्युतीय श्रव्यमाध्यमबाट जनश्रुतिमा पुग्ने हुँदा गीतकार चाँडै जनपरिचित पनि हुन्छ । त्यसैले ईश्वरवल्लभ भन्ने नाउँ नेपाली समाजमा चाँडोभन्दा चाँडो एउटा सुप्रसिद्ध व्यक्तित्वमा रूपान्तरित नाउँ हुन गयो । हुन त उनका कविता महासागर हुन् । उनका कविता अति उच्च स्थानमा छन् । त्यसो त उनीद्वारा सृजना भएका कथा, निबन्ध, प्रबन्धहरूको महिमा उपल्लो दर्जाका छन् । त्यसैले बौद्धिक जगत्ले चाहिँ उनलाई कवि अथवा साहित्यकार भन्नमा बढी गौरव मान्ने गर्छ

फुलाई फूल फुल न धर्ती आकाश ओर्ली आउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला ।

ईश्वरवल्लभलाई २०६४ साल चैत १० गते एकाबिहानै नर्भिक अस्पताल लगियो । एकैछिनमा उनी त्यहीं स्वर्गीय भए । त्योभन्दा केही बर्षघि पनि उनलाई त्यही अस्पतालमा वसन्त चौधरीले झन्नै एक महिना राखेर उनको उपचार गरिदिएका थिए । चौधरीले नै ईश्वरवल्लभका लागि अस्पतालदेखि आर्यघाटसम्म लागेको सबै खर्च जुटाई दिए ।


प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 श्रावण, 2067

लेखकका अन्य रचनाहरु