खरा र खस्रा हास्यव्यङ्ग्यकार श्याम गोतामे

- नरनाथ लुइँटेल

पुख्र्यौली स्थिति
हास्यव्यङ्ग्यकार श्याम गोतामेका पुर्खाहरू हालको धादिङ जिल्लाअन्तर्गत जीवनपुरमा बसोबास गर्दर्थे । जीवनपुरलाई बोलचालमा अहिले पनि जिउनपुर भनिन्छ । गोतामेका बाजे कुञ्जविलास गौतम त्यस क्षेत्रमा प्रख्यात ज्योतिषी थिए । खेतपाती र ज्योतिषी कर्मकाण्डले गृहस्थी चलाई बसेका कुञ्जविलासका जेठा कविप्रसाद गौतम, माहिला कोमलप्रसाद गौतम, साहि“ला ज्वालाप्रसाद गौतम, कान्छा ज्योतिप्रसाद गौतम गरी जम्मा चार भाइ छोराहरू थिए । ती चार भाइमध्ये साहिंला छोरा ज्वालाप्रसाद र बुहारी राधादेवी गौतमका जेष्ठ सुपुत्रका रूपमा श्याम गोतामे जन्मिएका हुन् ।

गोतामेका पुर्खाहरूमध्ये जिजुबासमेत जीवनपुरबाट ‘जिम्बू र जेठीमधुको व्यापार गर्न कान्तिपुर आएर केही समय बसोबास गरेका थिए । बाजे रानीपोखरीको डिलमा बसेर आशावादी लाहुरेको हात हेर्दाहेर्दै अमर भए ।’ श्याम गोतामेकै यो कथनले उनका जिजुबाजे र बाजेहरू कान्तिपुरसँग निकट थिए भन्ने कुराको पुष्टि गर्दछ । डाढो हाम्रो पैत्रिक सम्पत्ति हो । यो प्रवृत्ति त्यस जमानामा पनि प्रशस्त थियो जुन जमानामा हाम्रा पिता पुर्खाहरू जिउनपुरबाट अम्बा बोकेर ल्याई असनमा बेच्दथे । एउटै बगैंचाको रुखबाट टिपेर ल्याएको अम्बा चार भाइ जिबाहरूको परस्पर डाहिल्लो प्रवृत्तिले गर्दा एउटाले अर्काको अम्बालाई कुहिएको भनी ग्राहकलाई सुटुक्क भन्थ्यो ।’ यो कथन गोतामेले व्यङ्ग्योक्तिको प्रसङ्गमा भनेको भए पनि यथार्थै थियो । पुख्र्यौली आर्थिक स्थिति बलियो भएको भए यसरी गोतामेका बाजेहरू अम्वा बेच्न आफैं काठमाडौं आइरहनु पर्दैनथ्यो । मौसम अनुसारका फलफूल आफ्नो बारी–बगैंचाबाट टिपेर काठमाडौं ल्याई दैनिक उपभोगका सामानहरू नून तेल र लत्ता कपडा लिएर जीवनपुर फर्कने गर्दथे । यसरी निरन्तरको काठमाडौं आउजाउले बिस्तारै काठमाडौंमै बसोबासको आधार निर्माण भएको कुरा अनुमान गर्न गाह्रो पर्दैन । त्यो आधार हालको न्यूरोडस्थित पाको पोखलड्याङमा बन्यो । पोखलड्याङमा बाजेले सानोतिनो घर खडा गरे, त्यही घरमा “हरेराम पार्टी” को नामले धार्मिक भजन कीर्तनको अखडा जम्ने गर्दथ्यो ।’ उक्त घर एक समय “हरेराम बाजेको घर” ले धार्मिक मानिसहरूबीच चर्चित थियो । ‘नर्कको कुम्भिपाक भन्ने शहरलाईसमेत लाजमर्नु पार्न सक्ने गोडा तीन–एक गल्छेडो पार गर्दै “हरेराम बाजेको घर” भन्ने शुभनाम र “पुराणस्थान” भन्ने उपनाम भएको घरको मूल–ढोकाभित्र पसी अँध्यारो छिंडीमा उभ्भेर (टाउको ठाडो गरेर उभ्भियो भने दलिनलाई म्वाइ“ खाई टुटिल्को आर्जन गर्नुपर्नेछ ¹ ...’ हरेराम बाजेको यही घर नै श्याम गोतामेको पोखलड्याङको पुख्र्यौली घर थियो ।

जन्म, जन्मस्थान र बाल्यकाल
कुञ्जविलास गौतमका साहिंला छोरा ज्वालाप्रसाद गौतम र बुहारी राधादेवी गौतमका जेठा छोराका रूपमा श्याम गोतामेको जन्म काठमाडौंस्थित पाको पोखल्ड्याङमा वि.सं. १९९६ साल भदौ २६ गतेका दिन भएको थियो । यिनको न्वारनको नाम भने रेवती गौतम राखिएको बताइन्छ भने नागरिकता प्रमाणपत्रमा उल्लेखित नाम चाहिँ श्यामप्रसाद गौतम रहेको देखिन्छ । उनका २ भाइ र ६ बहिनीहरूमा क्रमशः यज्ञेस गौतम, उद्धव गौतम, सरला प्याकुरेल, इन्दिरा भट्टराई, मीरा पौडेल, ललिता नेपाल, सरीता प्याकुरेल र दीपा सत्याल हुन् ।

श्याम गोतामे बाल्यकालदेखि नै एकसुरे, अलि कम बोल्ने प्रकृतिका थिए । ठूलो परिवारभित्र रहेको र आफूभन्दा कम उमेरका भाइ र बहिनीहरूका बीच आफू जेठो भएका कारण पिता–माताको पर्याप्त लाडप्यार यिनले नपाएको देखिन्छ । घरको धार्मिक वातावरणमा उनको बाल्यकाल बिते पनि उनमा धार्मिक रुढीप्रति अरुचि कसरी पैदा भयो, यो खोजीको विषय हो । गोतामेको बाल्यकालको पछिल्लो चरण बसाइको हिसावले एकैठाउ“ स्थिर रहेको देखिन्न । पिता ज्वालाप्रसादको सरकारी जागिरले श्यामलाई पनि पिताजीस“गै कहिले पूर्व कहिले पश्चिम दौडाइरह्यो । कलिलै उमेरमा काठमाडौं बाहिरका विभिन्न स्थान र त्यहा“को जनजीवन, दुःख–सुख र जीवन–दशाबाट परिचित हुने अवसर पाएका थिए गोतामेले । श्याम स्वयम्ले भनेका छन्– ‘पिताजी जागिरको सिलसिलामा धेरै ठाउ“मा हिंड्नु हुन्थ्यो, त्यसैले मैले स्थायी भएर पढ्ने मौका पाइ“न ।’ यस्तै अस्थीर बसाइ र अव्यवस्थित यात्राका बीच लेखाइपढाइ पनि अस्तव्यस्त हु“दै उनको बाल्यकाल बितेको देखिन्छ ।

शिक्षादीक्षा
अस्थीरता र अव्यवस्थाकै बीच गोतामे २००९ सालमा गौरस्थित श्री ३ जुद्ध हाईस्कूलमा एकैचोटी ९ कक्षामा भर्ना भएको देखिन्छ । त्यो बेला उनका पिताजी न्यायसेवा अन्तर्गत गौरमा कार्यरत थिए । भर्ना भएको दुई वर्षपछि २०११ सालको प्रवेशिका परीक्षामा सामेल भई उक्त परीक्षामा तृतीय श्रेणीमा उत्तीर्ण गरेका थिए । ‘पिताजी जागिरको सिलसिलामा धेरै ठाउ“मा हिंड्नु हुन्थ्यो, त्यसैले मैले स्थायी भएर पढ्ने मौका पाइ“न, उहा“ गौरमा भएको बेलामा म त्यहा“को स्कूलमा ९ कक्षामा एकैचोटी भर्ना भए“ र २ वर्षपछि सजिलै एस.एल.सी. गरें ।’ एकैचोटी ९ कक्षामा भर्ना भएर २ वर्ष अध्ययन गरी एस.एल.सी. उत्तीर्ण गरेको तथ्यले उनी पढाइमा लगनशील एवम् मेहनती थिए भन्ने देखाउ“छ ।

एस.एल.सी. उत्तीर्ण गरेपछि गोतामे बीरगञ्जस्थित ठाकुरराम क्याम्पसको रात्रिकक्षामा भर्ना भइ मारवाडी परिषद्को आवासमा बसेर अध्ययनलाई अगाडि बढाउन थाले । त्यो बेलाको स्मरण गर्दै उनले भनेका छन्– ‘म वीरगञ्जमा नाइट क्याम्पस पढ्थें, पिताजी (जो गौरमै थिए) ले मलाई मासिक खर्च भनेर जम्मा ६८÷– रुपिया“ दिनुहुन्थ्यो । त्यसमध्ये २८ रुपिया“ मारवाडी परिषदमा तिर्नुपथ्र्यो, रु. १५ ले ट्यूसन पढ््थें, बा“की पकेट खर्च हुन्थ्यो । मैले अन्य खर्चका लागि थप एक सय रुपिया“को माग गरें तर मलाई दिन इन्कार गर्नुभयो । यसले गर्दा उहा“प्रति एकदम घृणा र विद्रोह जागेर आयो ।’ यही घटनादेखि पिताजीस“ग श्याम गोतामेको सम्बन्ध कहिल्यै राम्रो र सुमधूर बनेको पाइ“दैन । यनकेन उनले २०१३ सालमा पटना विश्वविद्यालय वोर्ड अन्तर्गत प्रमाण पत्रतहको परीक्षामा सामेल भई, उत्तीर्ण गरेको देखिन्छ । त्यतिखेर प्रमाणपत्र तहको पढाई वीरगञ्जस्थित ठाकुरराम कलेजमा हुने गरेको भए पनि परीक्षा दिंदा चाहि“ पटना विश्वविद्यालयको वोर्ड अन्तरगत सामेल हुनुपर्दथ्यो । गोतामेको औपचारिक शिक्षा यहीं टुङ्गिए पनि ग्रामीण शिक्षासम्बन्धी एउटा ६ महिने तालिम उनले लिएका थिए । भारतको रामकृष्ण मिसन, सोसियल एजुकेशन अर्गानाइजेशन ट्रेनिङ सेन्टरबाट जुलाई १०, १९६१ देखि जनवरी ९, १९६२ सम्म सञ्चालित उक्त तालिमको अन्तिम परीक्षामा “बी” ग्रेडमा उत्तीर्ण गरेको कुरा उनले प्राप्त गरेको प्रमाणपत्रद्वारा ज्ञात हुन्छ ।

विवाह/परिवार
श्याम गोतामेले प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेकै साल अर्थात् वि.सं. २०१३ साल असार १७ गते वीरगञ्जका कृष्णप्रसाद शर्मा एवम् कमलप्रभा शर्माकी छोरी पद्मा शर्मास“ग विवाह भएको थियो । पद्मा काठमाडौंका दीक्षित परिवारकी भाञ्जी भएकी हु“दा उनी मामा अनन्तमणि दीक्षितको घरमा बसेर पढ्दै थिइन् । “हरेराम पार्टी” को भजन कीर्तनका सिलसिलामा देखादेख भए पनि आपसमा विवाह हुन्छ भनेर कल्पना नगरेका यी जोडीको विवाह पिता माताहरूको इच्छा अनुसार परम्परागत ढङ्गले सम्पन्न भएको थियो ।
गोतामेका २०१४ सालमा जन्मिएका प्रकाश गौतम र २०२२ सालमा जन्मिएका सुनिल गौतम दुई छोराहरू छन् । त्यसैगरी २०१७ सालमा जन्मिएकी नीरा र २०२० सालमा जन्मिएकी रीता दुई छोरीहरू छन् । छोरा र छोरी सबैको विवाह भइसकेको छ । जेठो छोरा प्रकाशतिरका दुई नाति वैभव र रिसभ, कान्छा छोरातिरका एक नाति शुभव बाल्यावस्था मै छन् भने छोरीतर्फ जेठी छोरी नीरातिरका एक नाति रूपक र एक नातिनी रुजा एवम् कान्छी छोरीतिरका दुई नातिनीहरू रुना र हिना छन् । श्याम गोतामेकी पत्नी पद्माले रा.वा.वैंकमा स्थायी जागिरमा संलग्न रहेर हालै मात्र अवकाश लिएकी छिन् ।

आर्थिक अवस्था
श्याम गोतामेको पुख्र्यौली आर्थिक स्थिति त्यति राम्रो देखिन्न । उनका बाजे कृषि पेशामा आश्रित भएर र ज्योतिषी कर्मकाण्डबाट परिवार चलाउ“दै आएको देखिन्छ । पिता ज्वालाप्रसाद जागिरमा संलग्न भएपछि अवस्थामा राम्रै सुधार आए पनि २०१३÷०१४ सालदेखि नै उनले पिताजीको साथ छोडी आफ्नै किसिमले आफैं आर्जन गरी परिवारको गाडा चलाउन थाले । आय आम्दानीको अरु कुनै स्रोत नहुनु र केवल आफ्नो जागिरमै परिवारको भरणपोषण कार्य निर्भर गर्नुपर्ने स्थिति उनको थियो । आर्थिक उपार्जनको निम्ति गोतामेले २०१५ सालदेखि नै ग्रामीण विकास, रसियन सूचना केन्द्र, शिक्षा निरीक्षक र वैंकमा जागिरे जीवन बिताउ“दै आएको देखिन्छ । तर उनको आर्थिक आधार बलियो कहिल्यै बनेन । त्यो आधार बलियो बनाउन उनले निकै प्रयत्न गरेका थिए । पछिल्लो एउटा प्रयत्नस्वरूप धादिङ जिल्लाको राजमार्ग छेउ मलेखु नजिक पतौरीमा ‘ब्लु ह्याभेन’ नामको होटल सञ्चालन गरेका थिए । पर्यटकीय किसिमको उक्त होटलले राम्रो आन्दानी दिन थालेकै बेला ०५० सालमा त्रिशुली नदीको भीषण बाढीको प्रकोप आइलाग्यो । उक्त बाढीले होटलको भौतिक सरसामग्री मात्रै बगाएन, उनका जीवनभरिका साहित्यिक रचना, सङकलित पुस्तक, साहित्यकारहरूस“ग गरिएका कुराकानीको टेपरेकर्डलगायत धेरै कुरा बगायो । उक्त बाढीको प्रकोपबारे श्याम गोतामे आफैंले भनेका थिए– ’जीवनभरिको कमाइ लग्यो । लालपूर्जा थियो, त्यो पनि गयो । मेरा रचनाहरू सबै गए । नेपालका प्राय सबै कवि लेखकका हस्ताक्षरीय पाण्डुलिपिहरू सङ्कलन गरेको थिए“, त्यो पनि बगायो । सय जना जति कविहरूको आवाज टेप गरेको क्यासेट थियो त्यो पनि प¥यो ।’
यसरी के देखिन्छ भने श्याम गोतामेको आर्थिक अवस्था सुदृढ तथा राम्रो थिएन । अभावग्रस्त परिस्थितिस“ग पौ“ठेजोरी खेल्दै छोराछोरीहरूको लालनपालन गर्दै परिवार चलाएका थिए । अभावग्रस्त आम नेपाली लेखकभन्दा उनको जीवन फरक देखिन्न ।

आजीविका/कार्यक्षेत्र र सेवा
पिताजीस“गको खटपटपछि नै श्याम गोतामेले आत्मनिर्भर भएर बा“च्नका निम्ति आजीविकाका रूपमा जागिर समाउन पुगे । सर्वप्रथम २०१५ सालमा “ग्राम विकास” अन्तर्गत सरकारी सेवामा उनी संलग्न भएको देखिन्छ । उक्त सेवामा दुई वर्ष बिताएपछि २०१७ सालमा तत्कालीन जि.पं.का. शिक्षा शाखा भक्तपुरको शिक्षा निरीक्षक पदमा नियुक्त भई कार्य गर्न थाले । २०२५ सालसम्म उक्त पद र जिम्मेवारी उनले वहन गरेको देखिन्छ । शिक्षा निरीक्षक पदबाट उनले दिएको स्वेच्छिक राजीनामा २०२५/७/१३ मा शिक्षा विभागबाट स्वीकृत भएको थियो । त्यसको लगत्तै गोतामे रसियन सूचना केन्द्रमा टाइपिष्ट पदमा बहाल रहेको देखिन्छ । २०२५ सालदेखि २०३३ सालसम्म लगभग ८ वर्ष उनी यो केन्द्रमा कार्यरत रहे र त्यहा“बाट पनि उनले अवकाश लिए । उक्त केन्द्रको सेवा गोतामेले स्वेच्छाले छोडेका थिए ।

वि.सं. २०३४ साल वैशाख ५ गतेदेखि श्याम गोतामे राष्ट्रिय वाणिज्य वैंकको कर्मचारी नियुक्त भए । गोतामेपत्नी पद्मा गौतमका अनुसार प्रशिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालका बालशखा नवराज चालिसे रा.वा.वैंकको महाप्रबन्धक भएको बेला अर्यालकै प्रयत्नबाट गोतामे वैंक सेवामा प्रवेश गरेका थिए । उक्त वैंकको भरतपुर शाखा खुल्दाखुल्दैको अस्थायी कोषाध्यक्ष पदमा नियुक्त गोतामेको मासिक तलव रु. ४५० ।– तोकिएको थियो । २०३५ साल भाद्रमा खजाञ्ची पद तोकिई स्थायी भएका गोतामेलाई भरतपुरबाट फर्पिङ शाखामा सरुवा गरिएको देखिन्छ । तर फर्पिङ शाखामा पनि उनी लामो समय कार्यरत भएनन् । २०३६/७/२७ को सरुवा तथा रवानापत्र लिई उनी सिराहा शाखा खटिए । परिवारसहित गोतामेले सिराहामा लगभग ८ वर्ष व्यतित गरेको देखिन्छ । त्यसपछि केही समय क्षे.का. र पोखरास्थित महेन्द्रपुल शाखामा कार्यरत भई २०५० सालमा टेकु क्षेत्रीय कार्यालयमा सरुवा भएका गोतामेलाई २०५४ जेठ १९ गतेका दिनदेखि वैंक सेवाबाट अनिवार्य अवकाश दिइयो । रा.वा.वैंक कर्मचारी नियमावली २०५० परिच्छेद ६ नियम ५६ अनुसार मिति २०५४/२/१९ गतेका दिन गोतामेको उमेर ५८ वर्ष पुगेकाले मिति २०५४/४/२३ को निर्णय अनुसार अनिवार्य अवकाश दिइएका गोतामेले जम्मा २० वर्ष ३ महिना १८ दिन वैंक सेवामा समर्पित गरेको देखिन्छ । यसरी अनिवार्य अवकाश लिंदा उनी सुपरिवेक्षण कार्यालय, टेकुमा कार्यरत थिए भने उनको मासिक तलव स्केल रु. ३४४० ।– र १७ ग्रेड रहेको थियो । वैंक सेवा छोड्दा उनले पाउनुपर्ने रकममा कल्याणकारी सञ्चयकोष रु. ७,७०१/१९, खजाञ्ची जमानत दस्तुर १,६६,६१८/९९, खजाञ्ची जमानत २५०० ।– देखिन्छ । गोतामेले वैंकमा सेवा सुरु गर्दा जुन पदमा नियुक्ति लिएका थिए, २० वर्षपछि अवकाश लिंदा पनि विलकुल त्यही पदबाट अवकाश लिएका थिए । आजीविकाको क्रममा गोतामेले सबभन्दा लामो समय समर्पण गरेको सेवा यही वैंक सेवा नै हो ।

रा.वा.वैं.बाट अवकाश पाएपछि गोतामेले ०५५ वैशाख १८ गते अघिसम्म हिमालय टाइम्स दैनिक, कान्तिपुर दैनिक र केही साप्ताहिक पत्रपत्रिकामा स्तम्भकारका रूपमा नियमित हास्यव्यङ्ग्य लेखहरू लेख्ने गरेका थिए । त्यो बेला उनको आर्जनको मुख्य मेलो त्यही मात्र देखिन्छ । पछिल्लो चरणमा केही समय राजधानी नजिकैको मलेखुमा राजमार्ग छेउमै पर्यटकीय रेष्टुरेन्ट सञ्चालन गरे पनि बाढीमा परी उक्त व्यवसाय समाप्त भएको देखिन्छ ।

व्यक्तिगत रुचि र स्वभाव
श्याम गोतामेलाई कोरा औपचारिकता पटक्कै मन पर्दैनथ्यो । बाटोमा हिंडिरहेको बेला कसैले भेट्यो र ‘दाइ आराम हुनुहुन्छ ?’ या ‘श्यामजी सञ्चै ?’ भनेर सोध्यो भने श्याम खस्रो शब्दमा जवाफ दिनेगर्थे– “मलाई सञ्चै नभएको भए अथवा म बिरामी भएको भए कि ओछ्यानमा कनिरहेको हुन्थें कि हस्पिटलको बेडमा लडिरहेको हुन्थें । सञ्चो नभए यसरी ठम्ठम्ती हिंड्न सक्थें त ?” श्यामको यस्तो जवाफ सुनेर सोध्ने व्यक्ति अवाक हुन्थ्यो । समकालीन मानिसहरू हुन् या पछिल्लो पुस्ताका लेखक कविहरू हुन्, धेरैले त्यसखाले औपचारिकता बापत गोतामेको खप्की खाएका छन् । उनको यो स्वभाव देखेर कतिपय मानिसहरू उनलाई कस्तो सनकी र झडङ्गे रहेछ समेत भन्थे ।
नबिराउनु नडराउनु भन्ने उखान गोतामेमा ठ्याम्मै चरितार्थ भएको थियो । उनी कसैस“ग डराउ“दैनथे, आफूलाई चित्त नबुझेको कुरा प्वाक्क भनिहाल्ने उनको बानी थियो । यसो भन्दा त्यसको परिणाम के निस्कन्छ भन्नेतर्फ उनले कहिल्यै ध्यान दिएनन् । परिणाम जेसुकै निस्कियोस् तर आफूलाई बेठीक लागेको कुरा यो बेठीक हो भन्न रत्तिभर नहिचकिचाउने स्वभावले उनलाई अलोकप्रिय पनि बनाएको थियो । आफ्नो अलोकप्रियताबारे उनी आफैं भन्ने गर्थे– ’मेरो मुख अति नै छुच्चो र लेखन चोटपरक हुने गरेकोले म बाहिर मात्र होइन स्वयम् आफ्नै घरमासमेत अलोकप्रिय छु । तर अलोकप्रिय भएकोमा मलाई कुनै सुर्ता छैन ।’ उनको यो अभिव्यक्तिले उनीभित्रको खरो प्रवृत्तिलाई अभिव्यक्त गरेको छ ।

कोही कसैप्रति लोलोपोतो र मोलाहिजा गर्ने बानी उनको थिएन । लोकाचार र शिष्टाचारबाट धेरै पर रहेका गोतामे छेउ लुकाएर कुरा गर्दैनथे । लोलोपोतोले जतिसुकै छोपे पनि खोट खोट नै हो, भन्ने सोचले उनलाई हर्दम् डो¥याइ रहन्थ्यो । त्यसैले त उनी भन्ने गर्थे– ‘मलाई कसैले खान बोलायो भने बेस्सरी खाने कुरो गुतार्छु अनि आफ्नो प्रतिक्रिया स्पष्ट शब्दमा भन्छु– “अरु थोक त ठीक छ तर दालमा भने नून भसक्कै चर्को छ । यस्तो झुर दाल पनि कोही खाओस् ।” एक त अरुकहा“ सिंत्तै खानु र त्यसमाथि अनेक थरिको खोट लगाउनु एउटा अशिष्ट प्रवृत्ति हो भन्ने मलाई पनि थाह छ तर म खोट देखाउन बिर्सन्न“, उद्देश्य के भने अर्को पटकको निम्ति ऊ सतर्क होस् जसले गर्दा भविष्यमा कुनै पाहुनाले उसकहा“ खा“दा मजस्तै नून चर्को दाल खानु नपरोस् ।’ मनमा एउटा कुरा लिएर मुखले अर्कै कुरो भन्दै हिंड्ने प्रवृत्तिका मान्छेहरू बीच गोतामेको यो स्वभाव नितान्त फरक छ ।
हास्यव्यङ्ग्यात्मक कविगोष्ठी तथा कार्यक्रमहरूमा गोतामे प्रायजसो उपस्थित हुनेगर्थे । प्राय दर्शकदीर्घामा उनलाई देखिन्थ्यो । कार्यक्रमका उद्घोषकले कुनै कविलाई कविता भन्न बोलाएपछि मञ्चमा पुगेको कवि कविता वाचन गर्नुपूर्व भूमिका बा“ध्दै भन्थ्यो– ‘म कुनै हास्यव्यङ्ग्य कवि त होइन, तर पनि एउटा कविता लिएर आएको छु’ आदि । दर्शक तथा स्रोतादीर्घाबाटै गोतामे कविलाई फट्कार्थे– ‘महाशय, तपाईं हास्यव्यङ्ग्य कवि होइन भने यो हास्यव्यङ्ग्य कविगोष्ठीमा कुन् रुन्चे कविता लिएर मञ्चमा जाने आ“ट गर्नुभयो ?’ स्रोताहरू गलल्ल हा“स्थे, कविको अनुहार भने रातो हुन्थ्यो ।
श्याम गोतामे निर्भीक थिए त्यसै भएर कसैको अगाडि झुकेनन् । उनी विलकुल निर्लोभी थिए त्यसैले आफ्नै पसीनामा बा“च्न चाहन्थे, कसैको ढोकामा ढ्ुकेनन् । उनी कसैको भनाइ बहकाइमा बग्ने गर्दैनथे, आफ्नै अडान, आफ्नै विचारमा दृढ थिए, त्यसै भएर उनी कसैस“ग कहिल्यै लुकेनन् । यसरी झुक्ने, ढुक्ने र लुक्ने स्वभाव नभएका गोतामे सा“च्चै नै खरो, प्रष्टवक्ता र पारदर्शी व्यक्ति थिए । उनी यतिसम्म कठोर थिए कि भन्नुपर्ने स्थिति आयो भने जो कसैलाई पनि भित्तो पु¥याएर भनिहाल्थे । जे जस्तो लेख्थे त्यस्तै बोल्थे अनि जे जस्तो बोल्थे, त्यस्तै लेख्थे । यही नै उनको स्वभावगत विशेषता हो, शैली हो । आर्थिक, भौतिक, मानसिक वा शारीरिक स्थितिमा परिवर्तन आउनासाथ कतिपय मानिसका चिन्तन र स्वभावमा परिवर्तन आउने गर्दछ । तर गोतामेमा यस्तो परिवर्तन देखिएन । ‘पच्चीस वर्षसम्म निरन्तर गोतामेस“ग सम्पर्क र सम्बन्ध कायम रह्यो । समयको यति लामो अन्तरालमा पनि उनको स्वभाव र व्यवहारमा कुनै परिवर्तन देखिएन । उनलाई प्रशंसा कहिल्यै मन पर्दैनथ्यो । खरो र दह्रो स्वभाव गोतामेको पर्याय हो, विशेषता हो ।’ गोतामेका समकालीन व्यक्तिहरू मध्येका हास्यव्यङ्ग्यकार रामकुमार पा“डेको यो कथनले पनि गोतामेका स्वभावमा रहेको दृढता र स्थिरतालाई प्रकट गरेको पाइन्छ ।

स्वाभिमानी र आत्मविश्वासीपन गोतामेका विद्यमान स्वभावको अर्को पाटो हो । स्वाभिमानी प्रवृत्ति भएकोले नै गोतामे चाकडी चाप्लुसीजस्ता वृत्तिहरूलाई घृणा गर्दथे । बीस वर्ष लामो जागिरे जीवनभरि एउटै पदमा कार्यरत रहेर सोही पदबाट अवकाश प्राप्त गर्ने गोतामेजस्ता जागिरदार विरलै पाइन्छन् । चाकडी र चाप्लुसी व्याप्त हाम्रो देशको कर्मचारी सेवामा गोतामेको उपस्थिति सर्वथा भिन्न रहेको देखिन्छ । न उनी आफू चाकडी गर्दै आफूभन्दा माथिकालाई खुशी पार्न खोज्थे, न अरु कसैले चाकडी गरेको मन पराउ“थे । घूस लिने दिने क्रियालाई उनी औधी घृणा गर्थे । उनको यो प्रचण्ड घृणा व्यङ्ग्यका रूपमा कलमद्वारा मात्रै विस्फोट हु“दैनथ्यो, व्यवहारमा पनि घूसको विरोधमा विद्रोह प्रकट गर्दथे । अरु त परै जावस् स्वयम् आफ्ना पिताको घुस्याहा प्रवृत्तिको विरुद्धसमेत उनले विद्रोह छेडेका थिए । यो विद्रोहका बारेमा एकपटक गोतामेले भनेका थिए– ‘उहा“ (पिता ज्वालाप्रसाद गौतम) अधिक घूस खाएर पैसा कमाउनुहुन्थ्यो तर मलाई पढ्नका निम्ति पर्याप्त खर्च दिन इन्कार गर्नुहुन्थ्यो । ममा उहा“प्रति एकदम घृणा र विद्रोह जागेर आयो । त्यसै बखत् देशव्यापी दौडाहामा गएका तत्कालीन प्रशासन सुधार आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री टंकप्रसाद आचार्यसमक्ष यो कुरा भनिदिए“, यसैकारणले पिताजीलाई गौरबाट हुम्ला सरुवा गरियो ।’ यसरी आफ्नै पिताजीको घुस्याहा कार्यकलापको विरुद्धसमेत उजुर गरी कारवाही गराउन उद्यत हुने गोतामेको मनोवृत्ति विकृति विरुद्ध लक्षित थियो । यो पनि उनको स्वभावजन्य विशेषता अन्तर्गत नै पर्दछ ।

खस्रो मिजासका गोतामे जहिलेसुकै पनि गम्भीर मुद्रामा देखिन्थे । हास्यव्यङ्ग्य रचना लेखी आफ्ना पाठकहरूलाई ह“साउने गोतामे आफू भने बिरलै हा“स्थे । सकेसम्म कम बोल्ने स्वभावका गोतामेले स्वयम् भनेका छन्– ‘म बिरलै हा“स्छु, जति बेला मलाई कुनै विकृतिले खोतल्छ ।’ समकालीन हास्यव्यङ्ग्यकार मित्रहरूस“ग बसेर गफगाफ गर्दा पनि उनी सबैलाई हसाउ“थे, उनको कुरा सुनेर सबै पेट मिचीमिची हा“स्थे तर आफू हा“स्दैनथे । उनमा गम्भीरता आवश्यकताभन्दा बढी नै थियो । घरमा बसेका बेला पनि गम्भीर मुद्रा धारण गरी कि त केही लेखिरहेका हुन्थे कि केही पढिरहेका हुन्थे । सिनेमा हेर्ने, पिक्निक जाने वा त्यस्तै कुनै किसिमका रामरमितातिर उनको मन रमाउ“दैनथ्यो । उनको शोख र मनोरञ्जन भनेकै हास्यव्यङ्ग्य रचना लेख्नु, अरुले लेखेका हास्यव्यङ्ग्य कृति एवम् रचनाहरू अध्ययन गर्नु रहेको थियो । गोतामेका मनपर्ने हास्यव्यङ्ग्य लेखक भारतका प्रसिद्ध हास्यव्यङ्ग्यकार हरिशंकर परसाईं हुन् । परसाईंको “सदाचारका तावीज” कृति उनको मनपर्ने कृतिमध्येको एक हो ।

गोतामेको स्वभाव नैतिक जिम्मेवारीप्रति पनि उत्तिकै दृढ थियो । गोतामे भक्तपुरमा जिल्ला शिक्षा निरीक्षक भएको बेला एस.एल.सी. परीक्षाको एउटा केन्द्रबाट परीक्षामा अनियमित कार्य गरिरहेको (चिट चोरेर लेखिरहेको) फेला पारेपछि गोतामेले एकजना परीक्षार्थीलाई हलबाट बाहिर मात्रै निकालेनन्, तीन वर्षका निम्ति रेष्टिकेट नै गरेका थिए । ती परीक्षार्थी अरु कोही नभएर नाताले उनका आफ्नै भाइ थिए । यस किसिमको नैतिक जिम्मेवारीबोध र व्यवहार आजको स्वार्थी वातावरणमा बिरलै पाइने गुण एवम् स्वभाव हो, जो श्याम गोतामेमा विद्यमान थियो ।

साहित्यिक लेखनमा प्रवेश
गोतामेको स्वभाव खरो, गम्भीर, लागेको कुरा प्याच्च भनिहाल्ने बानी मनोविनोदपूर्ण शैलीको साहित्यिक लेखनतर्फ कसरी मोडियो, यो अलि अनौठोलाग्दो प्रसङ्ग हो । उनलाई लेख्नका लागि प्रत्यक्षतः कसैले हौस्याएको या उत्प्रेरित गरेको देखिन्न । यद्यपि उनले लेखेको पहिलो हास्यव्यङ्ग्य रचना ‘मैले पनि पिउन सिकें’ २०२५ साल माघ २६ गतेको “गोरखापत्र”मा प्रकाशित भएको पाइन्छ । नेपाली हास्यव्यङ्ग्यको आधुनिक कालको दोस्रो चरण २०१७ सालपछि निकै गम्केको थियो । भैरव अर्याल, रामकुमार पा“डे, वासुदेव शर्मा, श्रीधर खनालहरूजस्ता हास्यव्यङ्ग्य लेखनमा सक्रिय युवाहरूको सङ्गत श्याम गोतामेले पाएका थिए । सङ्गत गुनाको फल पनि होला सायद । उनीहरूस“गको सङ्गतले पनि सोझो नलेखेर व्यङ्ग्य अर्थात् बाङ्गो लेखनतिर गोतामेलाई डोहो¥याएको हुन सक्छ ।

आफ्नो लेखनको सुरुवातबारे एक पटक गोतामे स्वयम्ले भनेका थिए– ‘आठ कक्षा मात्र पढेका मेरा मामा दामोदर उपाध्याय सप्तरीबाट आई हाम्रै घरमा बसेको बेला लेख लेखी गोरखापत्रमा छपाउ“दा ममा एक किसिमको ईष्र्या अटेसमटेस भएर आयो । जाबो आठ कक्षा पढेको मान्छेले लेखेर पैसा पाउ“छन् भने मैले त झन् आई.ए. पास गरेको छु, म किन नलेखू“ भनेर २०२५ साल माघमा ‘मैले पनि पिउन सिकें’ शीर्षकको व्यङ्ग्य लेख लेखें र गोरखापत्रमा छपाए“ ।’ यसरी आरम्भमै हास्यव्यङ्ग्य शैलीलाई आत्मसात गरेका गोतामेले जीवनभरी नै हास्यव्यङ्ग्य मात्र लेखेको पाइन्छ । उनको पहिलो मानिएको रचना ‘मैले पनि पिउन सिकें’मा अम्मलीहरूको अम्मल–प्रेमबारे मनोरञ्जनात्मक ढङ्गले चर्चा गर्दै जा“ड–रक्सीका अम्मलीहरूप्रति सशक्त व्यङ्ग्य गरिएको छ । आत्मपरक शैलीमा लेखिएको उक्त रचना उनको प्रारम्भिक रचना जस्तो लाग्दैन । वाक्यगठन, शब्दचयन, विषयवस्तुमाथि उनको पकड र प्रस्तुतीकरणको ढा“चा सिकारु र प्रथमोप्रथम् लेख्न थालेको लेखकले लेखेको जस्तो अनुभूति पाठकलाई हु“दैन । यसको अर्थ के लाग्दछ भने उनको प्रकाशित पहिलो रचना यही भए पनि लेखिएका रचना भने अरु पनि थिए होलान् । तर के कस्ता थिए, यो भने खोजीको विषय बनाउनुपर्ने देखिन्छ ।

२०२४/२०२५ सालबाट लेख्न थालेका श्याम गोतामेका २०२५ र २०२६ सालमा लेखिएका र “गोरखापत्र”, “समीक्षा”, “प्रतिध्वनि”, “रूपरेखा”, “मातृभूमि” जस्ता पत्रपत्रिका र हास्यव्यङ्ग्यपरक सामयिक सङ्कलनमा प्रकाशित भएका हास्यव्यङ्ग्य रचनाहरूको पहिलो कृतिको रूपमा मपाईं निस्किएको थियो । कौवा प्रकाशनको १० औं प्रकाशनका रूपमा निस्किएको यस कृतिमा जम्मा १६ वटा हास्यव्यङ्ग्य रचना सङ्कलित गरिएको देखिन्छ । यस सङ्कलनमा परेका हास्यव्यङ्ग्य निबन्धहरू गोतामेका प्रारम्भिक चरणका निबन्ध भइकन पनि विसङ्गति र विद्रूपतामाथि कलात्मक तर जब्बर प्रहार गरिएको पाइन्छ । प्रारम्भकालको पनि पहिलो रचनामै व्यङ्ग्यको निशाना यस्तो मनोहर र सुन्दर देखिन्छ– ‘अम्मलीहरूमा आफ्नो अम्मलबाहेक अरु अम्मलको कटु आलोचना गर्ने बानी ठीक त्यसै प्रकार पाइन्छ, जसप्रकार पद गुमेका नेताले पदमा वहाल रहेकाहरूको विरोधमा तर्क दिने बानी लगाएको हुन्छ ।’ गोतामेको पहिलो कृति मपाईंमा यस्ता उदाहरणहरू प्रशस्त भेटिन्छन् ।

हास्यव्यङ्ग्य मै सर्वप्रथम कलम चोपी आजीवन हास्यव्यङ्ग्य मात्रै लेखेर गएका गोतामेको व्यङ्ग्य चेतना प्रारम्भमै पनि निकै सशक्त छ भने त्यो क्रमशः पछिल्लो चरणमा अझ उन्नत भएर गएको देखिन्छ । आफ्नै मामाको ईष्र्या गरेर होस् या समकालीन हास्यव्यङ्ग्य स्रष्टाहरूस“गको सङ्गतले होस् यतातिर प्रवेश गरेका गोतामे हास्यव्यङ्ग्यको आधुनिक कालका एक बलिया स्रष्टाका रूपमा स्थापित देखिन्छन् ।

प्रकाशित पुस्तकाकार कृति तथा फुटकर रचना
श्याम गोतामेको साहित्यिक लेखनमा प्रवेशसम्बन्धी अघिल्लो उपशीर्षकमा मपाईं कृतिको बारेमा थोरै चर्चा गरिसकिएको छ । उक्त कृतिसमेत उनका प्रकाशित कृति जम्मा चारवटा देखिन्छन् । वि.सं. २०२६ सालमा कौवा प्रकाशनद्वारा प्रकाशित मपाईंपछि वि.सं.. २०२७ सालमा रत्नपुस्तक भण्डारद्वारा उनको दोस्रो कृति जदौ² निस्किएको हो । जदौ²मा पनि मपाईंमा जस्तै विभिन्न पत्रपत्रिकामा छापिएका हास्यव्यङ्ग्य रचनाहरूको सङ्कलन गरिएको पाइन्छ । हास्यव्यङ्ग्य शैलीमा सिर्जित यो कृतिमा गोतामेका एघार वटा निबन्धहरू समावेश छन् । यी निबन्धहरू यस कृतिमा सङ्कलित हुनुअघि ‘अन्तर्वार्ता’, ‘रिसेप्सन’, ‘नया“ वर्षको भविष्यफल’, ‘चिप्लेटी खाएका मन्त्रीस“ग एउटा भेटवार्ता’, ‘मेरो कदर गर्नुहोस्, अन्यथा नेपाल छाड्न्या छु ¹’, ‘कान्तिपुरीबाट स्वर्गपुरीतिर’ र ‘उहा“ले भन्नुभयो’ शीर्षकका ७ वटा निबन्ध “आरती” पत्रिकामा छापिएका थिए । बा“की ४ वटामध्ये ‘सङ्गीत सा“झ’ शीर्षकको एउटा निबन्ध “समीक्षा” मा, ‘व्यङ्ग्य लेखको बजारभाउ’ शीर्षकको एउटा निबन्ध “प्रतिध्वनि” मा, ‘भविष्य द्रष्टा’ शीर्षकको एउटा निबन्ध “गोरखापत्र” मा र ‘म अमर हुन चाहन्न’ शीर्षकको एउटा निबन्ध “मधुपर्क” मा प्रकाशित भएको देखिन्छ । समय अवधिको हिसावले २०२५ सालमा लेखिएका र छापिएका निबन्धहरू मपार्इंमा सङ्कलित छन् भने २०२६ सालमा लेखिएका र छापिएका उनका निबन्धहरू जदौ ² मा सङ्कलित गरिएको पाइन्छ ।

गोतामेको तेस्रो हास्यव्यङ्ग्य कृति कायेनवाचा २०३३ सालमा साझा प्रकाशनबाट प्रकाशित भएको थियो । यस सङ्ग्रहमा जम्मा १७ वटा हास्यव्यङ्ग्य निबन्धहरू सङ्कलित गरिएको छ । निम्नलिखित निबन्धहरू यस सङ्ग्रहमा समाविष्ट भएको पाइन्छ– ‘मेरा पाहुनाहरू’, ‘सफलताको ओखती’, ‘वीरबहादुरको दशैं’, ‘अल्सर, क्यान्सर र डाक्टर’, ‘नेता’, ‘मह“गी र काम्पोज’, ‘केही सम्झिएका अनुहारहरू’, ‘प्रूफ–रिडर’, ‘म अमर हुन चाहन्न’, ‘डाक्टर द्रव्यपिशाच’, ‘तिहारको उपलक्ष्यमा दाजुलाई बहिनीको निम्ता’, ‘लेखक र बुट–पालिस’, ‘म– अरुको आ“खामा’, ‘महान् व्यङ्ग्यकारस“ग अन्तर्वार्ता’, ‘लेखन उद्योग र धनोपार्जन’, ‘गोतामे–परिवारको आदर्श ः डाढो’ र ‘लेख कसरी तयार गर्ने ?’, मपाईं सङ्ग्रहमा पूर्वसङ्कलित ‘महान्् व्यङ्ग्यकारस“ग अन्तरवार्ता’ र ‘गोतामे परिवारको आदर्शः डाढो’ शीर्षकका दुईवटा निबन्ध र जदौ¹ सङ्ग्रहमा पूर्वसङ्कलित एउटा निबन्ध ‘म अमर हुन चाहन्न’ पनि पुनः यस कृतिमा पनि सङ्कलित हुन पुगेका देखिन्छन् ।

यस कृतिमा भने अघिल्ला दुईवटा कृतिमा जस्तै रचनाहरूको पूर्वप्रकाशित स्रोत उल्लेख गरिएको छैन । त्यसो हु“दा यसमा सङ्कलित निबन्धहरू के कहिले लेखिएका हुन् वा कुन कुन पत्रिपत्रिकामा छापिएका हुन् अथवा पहिलोपटक नै यसै सङ्ग्रहमार्फत् प्रकाशित भएका हुन् किटेर भन्न सकिन्न । कायेनवाचापछि १३ वर्षको अन्तरालमा २०४६ सालमा आएर गोतामेको चौथो कृति श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य प्रकाशित भएको देखिन्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित यो कृतिको शीर्षकले नै बताउ“छ, गोतामेका पूर्वप्रकाशित वा अन्य कृतिहरूमा सङ्कलित भएका नया“ र पुराना २२ वटा महŒवपूर्ण हास्यव्यङ्ग्य रचनाहरू यसमा समाविष्ट छन् । गोतामेका हालसम्म प्रकाशित कृतिहरूमा यो पछिल्लो कृति हो । यसमा सङ्कलित निबन्ध–रचनाहरूमा क्रमशः ‘चर्चो पानीको÷चियो घूसको’, ‘मेरो नाउ“ खोइ ?’, ‘प्रूफ–रिडर’, ‘खजाञ्ची बाजेको सम्झना’, ‘डा. द्रव्यपिशाच’, ‘छोलेभटुरेको विमोचन’, ‘मपाईं’, ‘विज्ञापनको विज्ञापन’, ‘तिहारको उपलक्ष्यमा दाजुलाई बहिनीको निम्ता’, ‘मेरा पाहुनाहरू’, ‘घा“स’, ‘साहित्यमा वणिकवृत्ति’, ‘भू“डी सेवा नियमावली’, ‘महान् व्यङ्ग्यकारस“ग अन्तर्वार्ता’, ‘लेखन उद्योग र धनोपार्जन’, ‘सेलाएको साहित्य’, ‘बहिदारको छनौट’, ‘लेख कसरी तयार गर्ने ?’, ‘माड्साप’, ‘शुद्ध किन लेख्ने ?’, ‘लेखक र बुटपालिस’ र ‘बन्दको बन्दोबस्त’ रहेका छन् । यी २२ वटा निबन्धहरूमध्ये ‘मेरो नाउ“ खोई ?’, ‘प्रूफ–रिडर’, ‘डा. द्रव्यपिशाच’, ‘तिहारको उपलक्ष्यमा दाजुलाई बहिनीको निम्ता’, ‘महान् व्यङ्ग्यकारस“ग अन्तर्वार्ता’, ‘लेखन उद्योग र धनोपार्जन’, ‘लेख कसरी तयार गर्ने ?’ र ‘बुट–पालिस’ शीर्षकका ९ वटा निबन्धहरू गोतामेको कायेनवाचा कृतिमा परेका निबन्धहरू हुन् भने ‘मपाईं’ र ‘भु“डी सेवा नियमावली’ दुईवटा निबन्धहरू मपाईं सङ्ग्रहमा परेका निबन्धहरू हुन् । यस कृतिमा समाविष्ट ‘महान् व्यङ्ग्यकारस“ग अन्तवार्ता’ शीर्षकको निबन्ध भने यस अघिका मपाईं, जदौ² र कायेनवाचा तीनवटै सङ्ग्रहमा नछुटेको निबन्ध हो । बा“की ११ वटा निबन्धहरू भने पहिलोपटक यस कृतिमा सङ्ग्रहित भएको देखिन्छ । ती ११ वटा निबन्धहरू यसमा सङ्ग्रहित हुनुपूर्व कुनै पत्रिकामा प्रकाशित भइसकेका हुन् कि, हुन भने कुन कुन निबन्ध कुन कुन पत्रिकामा छापिएका थिए, या नछापिएका भए कहिले कहिले लेखिएका थिए भनेर किटान गर्न नसके पनि २०३३ सालपछिको समयअवधिमा लेखिएका हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यो पछिल्लो कृति श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्यमा गोतामेका सर्वाधिक राम्रा हास्यव्यङ्ग्य निबन्धहरूको छनौट गरी समावेश गरिएकोले पनि सङ्ख्यात्मक रूपमा मात्रै होइन गुणवत्ताको हिसावले पनि महŒवपूर्ण कृति मान्न सकिन्छ ।

श्याम गोतामे हास्यव्यङ्ग्य लेखनमा करीब ३ दशक क्रियाशील रहेका देखिन्छन् यति लामो कालखण्डमा उनका कृतिहरू चारवटा मात्रै देखिनु अलि अनौठोलाग्दो कुरा हो । ०३४ सालपछि राष्ट्रिय वाणिज्य वैंकको जागिरे जीवनको सुरुवातस“गै उनी राजधानी बाहिर रहन थाले । यो क्रम झण्डै २०५० सम्म नै तन्किएको छ । २०३४ देखि ०४७/०४८ सम्मको अवधिमा गोतामे आफ्नो लेखनमा निस्क्रिय रहे भन्नै नसकिए पनि यस अवधिमा उनले तुलनात्मक रूपमा कम नै लेखेका छन् । अस्थिर खालको बसाइ, साहित्यिक वातावरणको अभाव र अन्य कतिपय कारणहरू होलान् जसले उनलाई हास्यव्यङ्ग्य रचना सिर्जनामा ०३३ साल अगाडि वा ०४८ साल पछाडि जस्तै सक्रिय रहन दिएनन् । यस अवधिका थोरै रचना उनको पछिल्लो कृति श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्यमा सङ्ग्रहित देखिन्छन् ।

०४८ सालपछि भने गोतामेको लेखनले पुनः गति लिएको पाइन्छ । यस अवधिमा उनका रचनाहरू ‘जनमञ्च’ साप्ताहिक र ‘हिमालय टाइम्स’ दैनिकमा नियमित रूपमा प्रकाशित भएका छन् । ‘कान्तिपुर’, ‘गोरखापत्र’, ‘मुस्कान’, ‘सगरमाथा’, ‘नेपालीपत्र’, ‘रचना’, ‘विश्वमित्र’ आदि पत्रपत्रिकामा समेत उनका हास्यव्यङ्ग्य रचनाहरू छापिएको देखिन्छ । २०४८ सालपछि ०५५ सालमा उनको देहान्त नहु“दासम्म पत्रपत्रिकामा छापिएका उनका फुटकर रचनाहरूको सङ्ख्या करीब २०० रहेको छ ।

प्रजातन्त्रको पुनस्र्थापनापछि देखापरेका नया“–नया“ राजनीतिक सामाजिक विसङ्गतिमाथि हास्यव्यङ्ग्यात्मक प्रहार गर्दै लेखिएका केही फुटकर रचनाहरू यस प्रकार छन्– ‘नैतिक वारेन्ट’ (कलियुग, २०२८ साउन), ‘होटल हुन्छ हजुर’ (मुस्कान, २०४६ वैशाख जेठ), ‘गाईजात्रे लेखक सम्पादक’ (मुस्कान, २०४७ असार साउन), ‘साइ“दुवा’ (गोरखापत्र, ०४७ चैत्र), ‘प्रस’ परजीवी हाकिमकोः कुरो कुलोको’ (जनमञ्च, ०५० कार्तिक– ९), ‘राष्ट्रिय पखालाभन्दा वैचारिक कब्जियत वेस’(जनमञ्च, ०५० मङ्सिर १६), ‘भोजन भट्टहरूको भट्टराई भजन’ (जनमञ्च, ०५० पुस १५), ‘हास्यव्यङ्ग्यमा लखपति पुरस्कार ः एक गिद्यावलोकन’ (जनमञ्च, ०५१ वैशाख २९), ‘मांशाहारी परिवेशमा शाहाकारी चुनाव’ (विश्वमित्र, ०५१ साउन १), ‘कुजातको छोरा भए, अब भोट खसाले’ (विश्वमित्र, ०५१ साउन १६), ‘उम्मेदवार मतदाता संलाप’ (जनमञ्च, ०५१ कार्तिक १७), ‘मतदाताको मनस्थिति’ (कान्तिपुर, ०५१ असोज ८), ‘नेपाली साहित्यमा आत्मपुराणको प्रविधि’ (जनमञ्च, ०५१ असोज ६), ‘सूचनामन्त्रीको स्तुत्य सूचना’ (जनमञ्च, ०५१ चैत्र २३), ‘के चरित्रको हत्या सम्भव छ ?’ (जनमञ्च, ०५२ वैशाख २८) ‘ठूला वडालाई लाग्नुपर्ने रोग’ (गो.प. २०५२ वैशाख १६), ‘घूस र जागिर ः एक संस्मरण’ (जनमञ्च, ०५२ जेठ ४), ‘राजस्व भक्षणको राजनीति’ (जनमञ्च, ०५२ जेठ २५), ‘हाम्रो पुर्पुरो र प्रजातन्त्र’ (जनमञ्च, ०५२ असार १५), ‘सपूत थरिथरिका’ (जनमञ्च, ०५२ साउन ११), ‘राजनीतिका बहुआयामिक नेता’ (जनमञ्च, ०५२ साउन २५), ‘के तपाईं स्थापित लेखक हुनुहुन्छ ?’ (फुमन्तर, ०५२ भदौ), ‘मेरा व्यङ्ग्य अग्रजहरू’ (मधुपर्क, ०५२ भदौ), ‘भोट दिने र भोट माग्ने ः बटारिएका केही कुरा’ (नेपालीपत्र, ०५२ मङ्सिर ५), ‘मन्त्रीहरूको मौनधारण र राष्ट्रिय खा“चो’ (जनमञ्च, ०५२ मङ्सिर २१), ‘देशलाई सञ्चो छैन’ (हि.टा., ०५२ पुस १४), ‘सजिलो नेपाली राजनीतिक व्याकरण’ (हि.टा., ०५२ माघ), ‘चाहिएन यस्तो प्रजातन्त्र’ (हि. टा., ०५२ माघ ११), ‘पखालाले पीडित हाम्रो प्रजातन्त्र’ (जनमञ्च ०५२ माघ २०), ‘विभिन्न वादहरूमा टाक्सिएको धन्यवाद’ (हि.टा., ०५२ फागुन ३), ‘ने.टि.भी. मार्फत् ज“ड्याहा अभिव्यक्ति’ (सगरमाथा, ०५२ चैत्र ८), ‘कुरा औकातको ः प्रसङ्ग गणितीय पराजयको’ (हि.टा., ०५२ चैत्र १५), ‘कसैको सपना हाम्रो विपना किन हुने ?’ (जनमञ्च, ०५३ वैशाख २७), ‘राजा गुहार्ने फटाहा हु“दैनन्’ (जनमञ्च, ०५३ जेठ २८), ‘अनशन बस्ने र तोडाउने प्रविधि’ (जनमञ्च, ०५३ असार २७), ‘पूर्वपञ्चहरूको प्रखर पेलाई’ (जनमञ्च, ०५३ असार २), ‘अज्ञात आस्थाको कुजात समीकरण’ (जनमञ्च, ०५३ असार ६), ‘प्रजातन्त्रका संरक्षकहरू ¹ चेतावनी ग्रहण गर्ने कि ?’ (हि.टा., ०५३ असार ३०), ‘नैतिकता बारे केही अनैतिक अभिव्यक्ति’ (हि.टा., ०५३ साउन २७), ‘गाडी सुविधा ः संसदीय दलाली’ (हि.टा., ०५३ साउन २०), ‘वेहुदा राजनीति र बेइमान राजनेताहरू’ (जनमञ्च, ०५३ भाद्र ६), ‘प्रजातन्त्रले आत्महत्या गर्ला कि ¹’ (जनमञ्च, ०५३ भाद्र १३), ‘वर्तमान सरकारको औचित्य के ?’ (हि.टा., ०५३ भाद्र ३०), ‘प्रजातन्त्रका अङ्गरक्षकहरू’ (सगरमाथा, ०५३ असोज २६), ‘विश्वासको मत किन ?’ (जनमञ्च, ०५३ पुस १८), ‘पराजयको श्रेय हनुमानहरूलाई’ (जनमञ्च, ०५३ माघ १७), ‘राष्ट्रिय सरोकार एवम् सरोकारवालाहरू ?’ (जनमञ्च, ०५३ फागुन १६) ‘रुग्ण प्रजातन्त्र ः रुद्री लगाउने हो कि ?’ (जनमञ्च, ०५३ चैत्र २१), ‘बूढाहरू प्रायः पात्तिएका हुन्छन्’ (कामना, ०५४ भदौ), ‘वासुदेव पुरस्कार ः सर्पको खुट्टा’ (रचना, ०५४ कात्तिक÷मङ्सिर), ‘छा“ट गतिलो छैन’ (कान्तिपुर, ०५४ कार्तिक ८), ‘पत्रकारिताको खलासीकरण’ (गो.प., ०५४ मङ्सिर २१), ‘निफुल्किएका कुराहरू’ (कान्तिपुर, वैशाख १७) आदि । करीब २ सय रचनाहरूमध्येबाट टिपिएका यी केही शीर्षकहरू हुन् ।

हप्तामा दुई तीनवटासम्म लेखिएका गोतामेका यी रचनाहरूमा समसामयिक राजनीतिमा विद्यमान विसङ्गतिमाथि प्रहार गर्दै प्रजातन्त्रको नाममा गरिएको भाडभैलोतन्त्रको खिल्ली उडाइएको पाइन्छ । पत्रिपत्रिकाबाट सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशित गर्ने हो भने गोतामेका हास्यव्यङ्ग्य रचनाहरूका अरु थप ४/५ वटा राम्रा कृति पाठकहरूका हात लाग्ने थिए । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।

पुरस्कार तथा सम्मान
तीन दशक अटुट रूपले साहित्य सिर्जनामा जुटेका श्याम गोतामे उनकै समकालीन विशिष्ट हास्यस्रष्टा भैरव अर्यालको नाममा स्थापित भैरव हास्यव्यङ्ग्य पुरस्कार २०४९ द्वारा पुरस्कृत भएको देखिन्छ । यो पुरस्कार नै उनको जीवनको पहिलो र अन्तिम दुवै थियो । त्यही पुरस्कारबारे पनि उनको तीखो टिप्पणी थियो– ‘२०४९ सालमा भैरव पुरस्कार पाउ“दा मैले ठाडै भनिदिए“– तपाईंले मेरो मुख हेरेर दिनुभएको भए म लिन्छु तर रचना हेरेर दिनुभएको भए मलाई पुष्टि गर्नुप¥यो कि तपाईं यसकारणले पाउन लायक हुनुहुन्छ ।’ उनले अझ अगाडि भनेका थिए– ‘२०५३ सालमा पिंडालीलाई दिइएको वासुदेव लुइ“टेल पुरस्कार शक्तिबल्लभ अर्याललाई या मलाई दिइनु पथ्र्यो, किन भने ०५३ सालभरि मैले नै बढी हास्यव्यङ्ग्य प्रकाशित गराएको थिए“, कि हैन भने पुरस्कार यस कारणले दिइयो र यस कारणले दिइएन भनेर खुलाउनु प¥यो । मूल्याङ्कन समितिमा बसेका ३–४ जनामध्ये एउटाले फलानालाई दिने भनेर तोक्छ र समितिलाई बोलाउ“छ । त्यसकारणले यहा“ तजबिज र हैकमको कुरा मात्रै छ ।’ पुरस्कार र सम्मानबारेमै पनि यस्तो खरो र खस्रो कुरा गर्ने श्याम गोतामेलाई हास्यव्यङ्ग्य समाज नेपालले सम्मान गर्दै मृत्युपरान्त एक आदरपत्र अर्पण गरेको पाइन्छ । गोतामेको तेह्रौं पुण्य तिथिका दिन हासनेद्वारा आयोजित श्रद्धाञ्जलि समारोहमा हासनेका अध्यक्ष रामकुमार पा“डेद्वारा गोतामेका सुपुत्र प्रकाश गौतमलाई हस्तान्तरण गरिएको उक्त आदरपत्रमा उल्लेख गरिएको छ– ‘नेपाली हास्यव्यङ्ग्यका विशिष्ट स्रष्टा श्याम गोतामेलाई खरो दह्रो शैलीमा वाङ्मयका विकासका लागि जतिसुकै दुःख आइपरे पनि डटेर २५ वर्ष निरन्तर सिर्जनाको सेवा पु¥याई हास्यव्यङ्ग्य निबन्धलाई उच्चतामा पु¥याउन र हासने कार्यकलापमा सघाई योगदान गरेबापत यो आदरपत्र मृत्युपरान्त प्रदान गरिएको छ ।’

‘साहित्यिक जीवनका २९ वर्षको आरोह अवरोहमा मेरो लागि कसैले लेखेको छैन र म मेरो बारेमा कसैले लेखिदेओस् भन्ने पनि चाहन्न ।’ यसो भन्ने गोतामेको साहित्यिक योगदानको जति कदर हुनुपथ्र्यो त्यो भएको भने देखिन्न ।

संस्थागत संलग्नता
श्याम गोतामे केही साहित्यिक संस्थाहरूमा संलग्न रहेको देखिन्छ । रा.वा.वैं.को जागिरको सिलसिलामा उनी केही वर्ष सिराहामा रहेका थिए । २०४५ सालतिर गोतामेकै पहलमा सिराहा साहित्य परिषद गठन भएको थियो । गोतामेकै सक्रियता र नेतृŒवमा १७६ औं जन्मजयन्ती मनाउने क्रममै भानुभक्तको शालिक प्रतिस्थापन गरिएको थियो । उक्त शालिकको अनावरण प्रज्ञाका तत्कालीन उपकुलपति माधव घिमिरेले गरेका थिए । पछि काठमाडौंमा हास्यव्यङ्ग्य साहित्यिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले हास्यव्यङ्ग्य समाज नेपालको स्थापना भएको छ । यस संस्थाको स्थापना कालदेखि नै श्याम गोतामे सक्रिय रूपमा संलग्न रहेका थिए ।

गोतामे एकजना राम्रो प्रूफरिडर पनि हुन् । प्रकाशन गर्नुपर्ने सामग्रीको उचित पारिश्रमिक लिएर शुद्ध ढङ्गले पाण्डुलिपि सार्ने, टाइप गर्ने, छपाइको निम्ति प्रूफरिडिङ गरिदिने एउटा संस्था स्थापना भएको थियो । यो संस्था संगठित गर्ने कार्यमा प्रमुख भूमिका गोतामेकै रहेको पाइन्छ । यस्ता केही संस्थाबाहेक गोतामेको अरु कुनै राजनीतिक पार्टी वा संगठनस“ग संलग्नता रहेको देखिन्न । पछिल्लो चरणमा ०५० सालमा नेपाल राष्ट्रिय एकता परिषद् नामको संस्था स्थापित भएको छ । गोतामेले उक्त संस्थाको सदस्यता लिएको र उक्त संस्थाको केन्द्रीय निकायमा रहेर साहित्य कला र संस्कृति क्षेत्रको जिम्मेवारी लिएको पाइन्छ ।

गोतामेको व्यक्तित्व
श्याम गोतामेको सिङ्गो जीवन एकातर्फ जागिरे जीवनका रूपमा बितेको छ भने अर्कोतिर ३० वर्षसम्म अनवरत साहित्य सिर्जनामा बितेको छ । आफूलाई लागेको कुरा प्वाक्क भनिहाल्ने गोतामेको बानी नानीदेखिकै थियो । खरो र खस्रो स्वभाव गोतामेको व्यक्तित्वकै पर्याय हो भन्दा फरक पर्दैन । वैयक्तिक शारीरिक संरचनाका दृष्टिले गोतामेको बाह्य व्यक्तित्वमा मझौला कद, अलि रातो रक्तवर्णको कल्सौंदो भन्न सुहाउने सामान्य अनुहार, केही खुइलिएको तालु, कपाल आधा सेतो र आधा कालो भइसकेको, दारी र जु“गा दुवै सफास“ग काट्ने गरिएको, सर्ट पाइन्टको साधारण लवाईमा गोतामे यस्तै देखिन्थे । शिष्टाचार र औपचारिकताबाट असम्पृक्त गोतामेको व्यक्तित्वलाई मूलतः पा“चवटा खण्डमा विभाजन गरी अध्ययन गर्न सजिलो हुने छ ः (क) हास्यव्यङ्ग्यकार व्यक्तित्व (ख) अनुवादक तथा सम्पादक व्यक्तित्व (ग) जागिरे व्यक्तित्व (घ) छपाई शुद्धिमा पोख्त व्यक्तित्व (ङ) खरो, खस्रो र निर्भीक व्यक्तित्व ।

हास्यव्यङ्ग्यकार व्यक्तित्व :
सार्वजनिक जीवनमा प्रकट भएको गोतामेको सर्वाधिक चर्चित व्यक्तित्व नै उनको हास्यव्यङ्ग्यकार व्यक्तित्व हो । २०२४:०२५ सालदेखि हास्यव्यङ्ग्य लेखन प्रारम्भ गरेर २०५५ साल वैशाख १९ गते उनको मृत्यु भएको अघिल्लो दिनसम्म उनका रचना प्रकाशित भएका देखिन्छन् । उनको प्रकाशित पहिलो रचना ‘मैले पिउन सिकें’ गोरखापत्रमा २०२५ साल माघ २६ गते प्रकाशित भएको थियो भने उनी बा“चुञ्जेलको प्रकाशित पछिलो रचना ‘निफुल्किएका कुराहरू’ शीर्षकको रचना देखिन्छ । यो रचना ‘कान्तिपुर’ दैनिकको ०५५ वैशाख १७ गतेको अङ्कमा प्रकाशित भएको थियो । एकै खालको जीवन ढा“चा र जीवनभरि एउटा विधामा मात्र कलम चलाउने नेपाली हास्यव्यङ्ग्यका स्रष्टा श्याम गोतामेका चारवटा हास्यव्यङ्ग्य कृति र करीब २ सयवटा फुटकर रचना प्रकाशित भएको देखिन्छ । उनका प्रकाशित कृतिहरूबारे यसै परिच्छेदको अघिल्लो “पुस्तकाकार कृति तथा फुटकर रचना” शीर्षक अन्तर्गत उल्लेख गरिसकिएको छ भने ती कृतिहरूको अध्ययन विश्लेषण पछाडिको परिच्छेदमा गरिनेछ । कृति सङ्ख्याको हिसावले थोरै देखिए पनि गोतामेका यी कृतिहरूले एउटा सशक्त हास्यव्यङ्ग्य स्रष्टाको रूपमा उनलाई स्थापित गरेका छन् । निबन्ध विधालाई आत्मसात गरेर सामाजिक, आर्थिक, राजनीतिक एवम् साहित्यिक विसङ्गतिलाई रचना सिर्जनाको मूल विषयवस्तु बनाई गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्व नै सबभन्दा चहकिलो, सबभन्दा प्रखर र सबभन्दा प्रभावशाली व्यक्तित्वका रूपमा सार्वजनिक भएको छ ।

‘मलाई लाग्छ, दुःख र पीडा जति व्यङ्ग्यमा व्यक्तिन्छ त्यति कवितामा व्यक्तिदैन । परिवारमा म आफू सबैभन्दा विपन्न र स्वाभिमानी । सबैभन्दा बढी ठक्कर पनि मैले नै खानुप¥यो । शायद व्यङ्ग्य त्यसैको उपज हो । म त भन्छु, दुःख नपाईकन व्यङ्ग्य लेख्नै सकिंदैन ।’ यसो भन्ने गोतामेका धेरैजसो रचना आत्मपरक शैलीमा लेखिएका छन् । समाजका कुप्रचलन, कुप्रथा, राजनीतिका ऐंजेरु र झ्याउ, मानवजन्य अस्वाभाविक भूल, त्रुटी र दुर्गुणलाई आफैंमाथि उनेर आफैंलाई समेत क्रुर व्यङ्ग्य गरेका छन् गोतामेले । यस्ता रचनाहरूलाई आत्मव्यङ्ग्य भन्ने प्रचलन छ । आफ्ना भोगाई, हेराई र देखाईलाई अनुभूतिको तराजुमा राखेर व्यङ्ग्यमा सर्लक्क ओराल्न गोतामे सिपालु मात्र होइन सफल र सशक्त स्रष्टा हुन् ।

मपाईं (२०२६) हास्यव्यङ्ग्य सङ्ग्रहबाट उठेको उनको हास्यव्यङ्ग्यकार व्यक्तित्व जदौ¹ (२०२७), कायेनवाचा (२०३३) र श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य (२०४६) सम्म आइपुग्दा क्रमशः परिपुष्ट र परिस्कृत हु“दै आएको देखिन्छ । ०३३ सालदेखि ०४६–०४७ सालसम्म तुलनात्मक रूपले अलि कम लेखे पनि त्यसपछिको अवधिमा अत्यन्त क्रियाशील देखिने श्याम गोतामे हास्यव्यङ्ग्य रचना सिर्जनाका एक सशक्त साधक तथा स्रष्टा व्यक्तित्वका रूपमा स्थापित एवम् परिचित रहेका छन् । तीन दशकसम्म अनवरत हास्यव्यङ्ग्यको सिर्जना र साधनामा जुटेर यसको श्रीवृद्धिमा गोतामेले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । हास्यव्यङ्ग्यको आधुनिक काललाई समृद्ध पार्न उनको रचनात्मक योगदान सर्वथा महŒवको रहेको छ । यसैको जगमा गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्व खडा भएको छ । ‘म अमर हुन चाहन्न’ जस्ता हास्यव्यङ्ग्य सिर्जनाले नै उनलाई अमर बनाएका छन् ।

अनुवादक एवम् सम्पादक व्यक्तित्व :
नेपाली राष्ट्रभाषा बाहेक अङ्ग्रेजी, हिन्दी तथा मैथिली भाषामा गोतामेको राम्रो दखल थियो । भाषिक ज्ञान र शिपको यो पाटोलाई पनि उनले व्यवहारमा उतारेको देखिन्छ । यसैले उनलाई एउटा कुशल अनुवादक व्यक्तित्वका रूपमासमेत उभ्याएको छ । हिन्दी र अङ्ग्रेजी भाषामा लेखिएका हास्यव्यङ्ग्य कृतिहरू उनले थुप्रै पढेका थिए । हिन्दी भाषाका चर्चित हास्यव्यङ्ग्यकार हरिशंकर परसाईं श्याम गोतामेका मनपर्ने लेखक नै मानिन्छन् । अङ्ग्रेजी र हिन्दीका केही कृतिहरू उनले अनुवाद गरेको बताइन्छ ता पनि ती कृतिहरू प्रकाशित भएको भने पाइ“दैन । अनुवादको रूपमा सुधाकर चौधरीको मैथिली भाषाकोे कथा सङ्ग्रह गाजल भने नेपालीमा अनुवाद गरी २०२९/२०३० सालतिर प्रकाशितसमेत भएको देखिन्छ । नेपालीबाहेक अरु भाषामासमेत राम्रो दखल भएका गोतामेको अनुवादक व्यक्तित्व छिटफुट अनुवादमै सीमित रहेको हु“दा प्रखररूपमा उठ्न सकेको भने देखिन्न ।

छिटफुट अनुवादका अतिरिक्त गोतामे सम्पादन कार्यमा पनि बेलाबेला जुटेको देखिन्छ । अनुवादक व्यक्तित्वभन्दा यो सम्पादक व्यक्तित्व अलि बढ्ता टड्कारो भएर हाम्रा सामु उपस्थित भएको छ । नेपाल र एशियाली अध्ययन संस्थान त्रि.वि.वि.द्वारा प्रकाशित अनुसन्धानमूलक कृति, नेपालका प्राचीन अभिलेखहरू भाग १ र भाग २ दुवै ग्रन्थको सम्पादन गोतामेले कुशलतापूर्वक गरेका थिए । यसअर्थ सामान्य रूपमै भए पनि श्याम गोतामेको अनुवादक एवम् सम्पादक व्यक्तित्व प्रकट भएको छ ।

जागिरे व्यक्तित्व :
श्याम गोतामेको जीवन आजिविकाको निम्ति लामो समय जागिरदारका रूपमा बितेको देखिन्छ । जागिरे जीवनको आरम्भ २०१५ सालदेखि नै भएको थियो । ग्राम विकास नामक तत्कालीन सरकारी कार्यालयमा उनी करीब दुई वर्षमात्र कार्यरत भए । त्यसपछिको ७ वर्ष अर्थात् २०१७ सालदेखि २०२५ सालसम्म तत्कालीन जि.पं.का. शिक्षा शाखा भक्तपुरमा शिक्षा निरीक्षक पदमा कार्यरत रहेका थिए भने २०२५ सालदेखि २०३३ सालसम्मका अरु ८ वर्ष रसियन सूचना केन्द्रमा टाइपिष्ट पदमा काम गरेको देखिन्छ । त्यसपछिको २० वर्ष अर्थात् २०३४ सालदेखि ०५४ सालसम्म राष्ट्रिय वाणिज्य वैंकको कर्मचारी जीवन व्यतित गरेको पाइन्छ । वैंकको जागिरे जीवनमा पनि बसाइका हिसावले लामो समय एकै ठाउ“ सुस्थीर देखिन्न । उनी केही वर्ष भरतपुर बसेका छन् त केही समय सिराहा । त्यसैगरी कहिले पोखरा पुगेका छन् त कहिले फर्पिङ । यो खालको अस्थिर बसाइले उनको लेखनमा केही नकारात्मक प्रभाव भने पारेको बुझिन्छ ।

यति लामो जागिरे जीवनमा गोतामेका केही विशेषताहरू प्रकट भएका छन्, जो आम कर्मचारीभन्दा अलि भिन्न र अनौठोलाग्दा पनि छन् । उनी रा.वा. वैंकमा सुरु नियुक्ति हु“दा कोषाध्यक्ष पद (त्यही पदलाई खजाञ्ची पनि भनिन्छ) मा थिए । २० वर्षपछि उमेरको हद पूरा भई २०५४ सालमा अनिवार्य अवकाश प्राप्त गर्दा पनि विलकुल त्यही खजाञ्जी पदमै कार्यरत थिए । यो यथार्थले उनीभित्र रहेका केही प्रवृत्तिगत र स्वभावगत पक्षलाई उद्घाटित गरेको पाइन्छ । उनको जागिरे व्यक्तित्वको प्रमुख विशेषता नै ती पक्षहरू हुन् जसले उनको क्रमिक पदोन्नति र आर्थिक उन्नतिमा अवरोध खडा गरेका थिए भन्न सकिन्छ । ती विशेषताहरूमध्येको एउटा हो– उनी आफू घूस खा“दैनथे मात्र होइन घुस खाने या यस्तै अनियमित र भ्रष्टाचार गर्ने व्यक्ति त्यो हाकिम होस् या कारिन्दा कसैलाई देखी सह“दैनथे । त्यस्ता मतिभ्रष्टहरूस“ग उनले लोलोपोतो वा माया मोलाहिजा कहिल्यै गरेनन् । अर्को विशेषता भनेको आम नेपाली कर्मचारी मानसिकताभन्दा उनको मानसिकता अलि फरक थियो । चाकरी–चुक्ली र चाप्लुसीबाट एकदमै टाढा रहेर त्यस प्रवृत्तिका हाकिम हुन् या कारिन्दा कसैलाई उनले मन पराएनन् । आफ्नो तोकिएको जिम्मा र जवाफदेहीको काम खुरुखुरु ग¥यो र लुरुलुरु घर वा कोठा फर्कियो । यस किसिमको प्रवृत्तिमा दृढ रहेर जागिरे जीवन व्यतित गरेको अकण्टक व्यक्तित्व देखिन्छ श्याम गोतामेको ।

छपाई शुद्धिमा पोख्त व्यक्तित्व :
गोतामेमा लेख्य भाषाको भाषिक संरचनाको राम्रो ज्ञान थियो । भाषिक संरचनासम्बन्धी ज्ञानशून्य व्यक्तिहरूद्वारा लेखिएका र छपाई शुद्धि नगरेका कारण अशुद्ध रूपमा छापिएका पत्र–पत्रिका र पुस्तकहरू देख्दा गोतामे दिक्क मान्दथे । यसैलाई मूल विषय बनाएर उनले ‘प्रूफरिडर’, ‘शुद्ध किन लेख्ने’ जस्ता हास्यव्यङ्ग्य रचनासमेत लेखेका छन् । धेरै लेखक, साहित्यकार र प्रकाशकहरू आफ्नो कृतिको पाण्डुलिपि छपाईका निम्ति छापाखाना लैजानुभन्दा अगाडि पाण्डुलिपि शुद्ध पार्न वा प्रूफ सच्याउन गोतामेको जिम्मा लगाउ“थे । गोतामेले भाषिक शुद्धताका साथ सारिदिएका वा छपाई शुद्धि गरिदिएका अनगिन्ती पुस्तक, ग्रन्थ तथा साहित्यिक पत्रिका र सामयिक सङ्कलनहरू प्रकाशित भएका छन् । अशुद्धिका कारण भाषामा आएको अराजक स्थितिप्रति गोतामे तीव्र रोष प्रकट गर्दथे । छपाई शुद्धि, शुद्ध पाण्डुलिपि, प्रतिवेदन तथा सामग्री तयार गर्ने उद्देश्यलाई संगठित रूपमा पूरा गर्ने धेयले गोतामेले एउटा संस्था समेत गठन गरेको पाइन्छ । यस सवालमा गोतामे अत्यन्त गम्भीर थिए । आफू पोख्त थिए र नेपाली भाषामा छापिने सबै पुस्तक वा सामग्रीहरू भाषिक रूपले शुद्ध छापिउन् भन्ने सोच राख्ने गोतामेको व्यक्तित्वको एउटा महŒवपूर्ण पाटो यो पनि रहेको देखिन्छ ।

खरो, खस्रो र निर्भीक व्यक्तित्व :
श्याम गोतामेको व्यक्तित्वको अर्को एउटा महŒवपूर्ण पाटो उनले जो कसैस“ग पनि गर्ने खरो र खस्रो व्यवहारस“ग जोडिएको छ । खरो र खस्रो मिजास गोतामेको पर्याय नै थियो । लोकाचार, शिष्टाचार र औपचारिकतालाई पटक्कै निर्बाह गर्न नचाहने मानिसहरूको यस्तो स्वभाव हुनु अस्वाभाविक होइन । उनका रचना कृतिहरू आम–पाठकका निम्ति जति लोकप्रिय छन्, व्यक्तिगत रूपमा श्याम गोतामे उत्तिकै अलोकप्रिय देखिन्छन् । यो उनको त्यही खरो र खस्रोपनको परिणाम हो । उनीस“ग कुनै पनि सन्दर्भमा भेट गर्न आउने मान्छे यदि उनको स्वभावबाट पूर्वपरिचित छैन भने त्यो भेटघाट नै ऊस“ग अन्तिम हुने सम्भावना बढी हुन्थ्यो । लप्पनछप्पन केही नगरी आफ्नो कुरा सफासफी भनिदिने गोतामे त्यसको परिणामतर्फ वास्तै गर्दैनथे । त्यसैले कतिपय मानिसहरू उनलाई टिमुर्किएको, शिष्टाचार र सोमत नभएको, घमण्डीसमेत भन्ने गर्दथे । आमरूपले भन्दा गोतामेको स्वभाव टिमुर्किएको जस्तो देखिए पनि सा“च्ची नै अशिष्ट भने थिएन । उनी घमण्डी पनि थिएनन् ।

आत्मविश्वासले दृढ व्यक्ति गोतामे जो कोहीस“ग पनि नडराउने र नदब्ने प्रकृतिका थिए । यसलाई उनको निर्भीक व्यक्तित्व भन्न सकिन्छ । यस किसिमको व्यक्तित्वको छनक आफ्नै पिताजीको घुस्याहा प्रवृत्तिका विरुद्ध दौडाहामा उजुर गरी पिताजीलाई कार्वाही गराउनेसम्मका युवाअवस्थाकै क्रियाकलापबाट देखिंदै आएको हो । त्यसपछिका दिनहरूमा पनि गोतामे यस किसिमका विसङ्गति र विकृतिजन्य काम कार्वाहीका विरुद्ध दृढ भएर उभिएको देखिन्छ । यो नराम्रो कुरा हो भनेर उनको ब्रम्हले देखेपछि एकदम नडराइकन त्यसलाई व्यङ्ग्यको लेपन लगाएर आफ्नो निबन्ध रचनामा उतार्थे । एक पटक “आफू जागिरे भएर पनि व्यवस्था र प्रशासनयन्त्रलाई व्यङ्ग्य गर्दै धेरै व्यङ्ग्य लेख्नु भो डर लागेन ?” भनी सोधिएको प्रश्नको जवाफमा गोतामेले भनेका थिए–“देखेको कुरा लेखें के डराउने ?” उनीभित्र रहेको निर्भीकपनालाई प्रकट गर्ने अर्को पनि एउटा प्रसङ्ग छ । ०५० सालको भैरव हास्यव्यङ्ग्य पुरस्कार ग्रहण गरेपछि मन्तव्य दिने क्रममा गोतामेले भनेका थिए– ‘म कहा“ कुनै कृति थन्किएर बस्दैन किन भने निबन्ध तयार हुनासाथ पत्रिकामा प्रकाशनका निम्ति पठाइहाल्ने मेरो बानी छ । त्यसपछि त्यस निबन्धले कहा“ के लछारपाटो लगायो, कसैलाई मन प¥यो कि परेन र त्यसको प्रतिक्रिया के हुन्छ त्यतातिर मेरो चासो रह“दैन । हास्यव्यङ्ग्य लेख्ने लेखकले फलानो रिसाउला, मेरो जागिर जाला, म अलोकप्रिय हु“ला कि भन्ने पानीआन्द्रे पाराले लेख्ने हो भने त्यो मोही मागेर ढुङ्ग्रो लुकाउनु जस्तो हुन्छ र त्यति प्रभावकारी हुनै सक्दैन । देखेका र भोगेका कुराहरू सिंगारपटार नगरी जस्ताको जस्तै राख्न सक्ने ह्याउ नहुनेले यस क्षेत्रमा हाम्फाल्नु बेकार छ ।’
जागिरको सिलसिलामा गोतामे केही समय पोखरामा थिए । पोखराको एउटा पुस्तकालयलाई भट्टी बन्न कर लागेछ । गोतामेलाई त्यो सैह्य भएन र जनकवि धर्मराज थापा वक्ता भएको एउटा सभामा उनले “पोखरामा धर्मराज थापा जस्ता उच्च कोटीका कवि लेखक र सज्जन हु“दाहु“दै पनि पोखरामा मैले कर्मराज पाइ“न” भनेका थिए । धर्मराज थापाले मञ्चबाटै कुर्लेर झण्डै उनको सातो खाइदिएछन् । पछि पुस्तकालयको भट्टीमा परिणत भएको प्रसङ्गको सविस्तार गोतामेले व्याख्या गरिदिएपछि भने थापाले पनि हो भनी मुन्टो हल्लाउनु परेको थियो ।

यिनै केही प्रसङ्ग र प्रकरणले उनीभित्र रहेको खरो खस्रो र निर्भीक व्यक्तित्वलाई पर्याप्त मात्रामा उजागर गरिरहेका छन् । गोतामे जे लेख्थे त्यही बोल्दथे र जे बोल्दथे त्यही लेख्दथे । अथवा उनको लेखन कार्य र निजी व्यवहारबीच गज्जबको समन्वय रहेको पाइन्छ । यो नै गोतामेको मूलभूत विशेषता पनि हो । गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्वपछि बढ्ता चिनिएको व्यक्तित्व पनि यही खरो, खस्रो र निर्भीक व्यक्तित्व नै थियो भन्नुपर्ने हुन्छ ।

अवशान
अनायासै हास्यव्यङ्ग्य लेखनमा प्रवेश गरेका श्याम गोतामेको नेपाली हास्यव्यङ्ग्यमा दीर्घजीवन बा“चेर आकस्मिक ढङ्गले २०५५ साल वैशाख १९ गते बिहान पौने ५ बजेतिर देहान्त भयो । उनको मृत्यु हु“दा उनको उमेर ५९ वर्ष पुगेको थियो । आर्थिकरूपले निकै जर्जर अवस्था भए पनि गोतामे शारीरिक रूपमा निकै स्वस्थ देखिन्थे । २०५२ सालमा पहिलोपटक मुटुसम्बन्धी केही समस्या देखापरेको थियो । मुटुसम्बन्धी अस्वस्थताको पहिलो आक्रमणपछि उपचार र औषधिको सेवन गरियो, त्यसपछि यो समस्या फेरि देखिएको थिएन । २०५१ सालदेखि उनको पिशावबाट सुगर जाने र बेलाबेला पिशाव रोकिने समस्याको सामना गरिरहेका थिए । त्यसको पनि उपचार र औषधि प्रयोग भइरहेको थियो । ललितपुरस्थित जाउलाखेलको बि.एन.बि. प्राइभेट अस्पत्तालमा अप्रेशन गरी नियमित औषधि सेवन गरिरहेका गोतामेलाई वैशाख १८ गते राति पिशाव रोकिने समस्याले पुनः सतायो । राति १२ बजेदेखि गोतामे छटपटाए तर अन्तरमुखी स्वभाव र सकेसम्म अरुलाई दुःख नदिने बानीले गर्दा आफ्नै पत्नी र छोरालाईसमेत उनले उठाएनन् । एकैचोटि बिहान ४ बजेतिर एकदमै असैह्य भएपछि पत्नीलाई उठाएर ‘मलाई अलिक असजिलो भयो, जाउलाखेल जाउ“’ भने । पत्नीले छोरा प्रकाशलाई उठाउन खोज्दा उनले रोकेर ‘उसलाई किन दुःख दिने, आधा घण्टाको काम हो, हामी फर्किहाल्छौं, भो पर्दैन’ भने । त्यसपछि गोतामे पत्नीको साथ लागेर तल झरे र पाकोदेखि सुनधारासम्म हिंडेरै गए । सुनधाराबाट ट्याक्सी चढी जाउलाखेल पुगेका गोतामेको तुरुन्तै उपचार भयो र रोकिएको पिशाव खुल्यो । तर त्यसको केही बेरपछि नै उनलाई स्वा“स्वा“ बढेर आयो । औषधिको साइड इफेक्ट हो या अरु नै केही भयो, उनी एकदमै नर्भस भएर पत्नी पद्मास“ग ‘अब म शायद रहन्न होला, घरको राम्रो हेरविचार गर्नु, म बितिहा“ले भने पनि कान्छा छोरालाई जापानबाट नबोलाउनु’ आदि कुरा गर्न थाले ।
डाक्टरले गोतामेको हर्टएट्याक भएको हुन सक्ने आशङ्का गरी त्यहा“ आई.सि.यु.को व्यवस्था नभएको र उक्त व्यवस्था भएको वीर अस्पत्तालमा लैजान आग्रह गरेको बताइन्छ । त्यहा“बाट उनलाई एम्बुलेन्समा राखी तुरुन्तै वीर अस्पत्तालतिर हिंडाइयो । त्यो बेलासम्म उनी बेहोस भइसकेका थिए । पाटन अस्पत्ताल नाघेर एम्बुलेन्स अगाडि बढेपछि गोतामे एकाएक होसबाट ब्यु“झिए र एकपटक “हे राम ¹” भनी आ“खा चिम्लिए । साथमा रहेका छोरा प्रकाशको भनाइ छ– ‘जिन्दगी भरी भगवानको नाम नलिने पिता गोतामेले किन हे राम भन्नुभयो बडो अनौठो लागेको छ ।’ वीर अस्पत्ताल ल्याइ पु¥याइएको उनको शरीरलाई डाक्टरहरूले निर्जीव घोषणा गरिदिए । त्यसपछि उनको शव त्यतैबाट आर्यघाट लगियो ।
गोतामेको आकस्मिक स्वर्गारोहणको दुःखद समाचार पाएर थुप्रै लेखक साहित्यकारहरू आर्यघाट पुगेका थिए । फूलमाला र अवीर अर्पण गर्दै सवै लेखक तथा साहित्यकारहरूले गोतामेको शवको अन्तिम दर्शन गरी चितामा राखियो । छोरा प्रकाशले दागबत्ती दिए । उनको शव खरानी हुञ्जेलसम्म पनि उनको मृत्युको खबर पाएर साहित्यकारहरू आर्यघाट पुग्ने क्रम जारी रहेको थियो । यसरी गोतामे भौतिक रूपमा निस्प्राण भए पनि उनका रचना सिर्जनामा उनी अद्यापि ज्यु“दो छन् र धेरै पछिसम्म ज्यु“दो रहने छन् ।
गोतामेको देहान्तको १३औं दिन पारेर हास्यव्यङ्ग्य समाज नेपालले काठमाडौंस्थित कृषि विकास वैंकको सभाकक्षमा एक श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो । उक्त श्रद्धाञ्जलि सभा प्रमुखअतिथि तथा सभापति बेगर नै अनौपचारिकरूपमा प्रारम्भ भएको थियो । कवि, लेखक तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त सभामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा पे्रषित शोक वक्तव्य वाचन गरिएको थियो । उक्त शोक वक्तव्यमा भनिएको थियो– ‘नेपाली हास्यव्यङ्ग्य फा“टका सशक्त हस्ताक्षर वरिष्ठ लेखक श्याम गोतामेको निधन भएको सुन्दा मलाई ज्यादै दुःख लागेको छ । उहा“को निधनले हास्यव्यङ्ग्य साहित्यको फा“टमा अपूरणीय क्षति पुगेको महसूस गरेको छु । हास्यव्यङ्ग्य जस्तो जटिल विधामा सरल ढङ्गले निबन्धहरू रचना गरी नेपाली साहित्यमा पु¥याउनु भएको उहा“को योगदान चिरस्मरणीय रहने छ । दुःखको यस घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार एवम् उहा“का पाठकहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

सभामा हासनेका तर्फबाट गोतामेलाई मृत्युपरान्त आदर–पत्र अर्पण गरिएको थियो । सुपुत्र प्रकाश गौतमले उक्त आदर–पत्र ग्रहण गरेका थिए । उनले आफ्ना पिताको देहान्तमा शोक प्रकट गर्ने सवैप्रति धन्यवाद ज्ञापन गर्दै गोतामेका केही व्यवहारिक पक्षका पाटाहरूको स्मरण गरेका थिए । शब्दश्रद्धा व्यक्त गर्दै साहित्यकार रमेश विकल, सूबसेन ओली र रामकुमार पाँडेले गोतामेको हास्यव्यङ्ग्यकार व्यक्तित्व एवम् योगदानका बारेमा मन्तव्य प्रकट गरेका थिए भने हास्यव्यङ्ग्य स्रष्टा श्रीधर खनाल र नरनाथ लुइटेलले गोतामेका स्मृतिमा रचित कविताहरू वाचन गरेका थिए ।

यसरी नेपाली हास्यव्यङ्ग्यको आधुनिककालका एक अत्यन्तै दह्रो र खरो स्रष्टा श्याम गोतामेको भौतिक रूपमा अवसान भएको देखिन्छ ।

सन्दर्भ–सामग्री
१. केशबहादुर राई– हास्यव्यङ्ग्यकार वासुदेव लुइ“टेल, रचना प्रकाशन, ०५३, काठमाडौं ।
२. गङ्गाप्रसाद उप्रेती– दृष्टिकोणका विविध विसाउनी, २०४६, काठमाडौं ।
३. ज्योति­ पाण्डे– भैरव अर्यालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन,
स्नातकोत्तर शोध–पत्र २०५३, नेपाली केन्द्रीय विभाग, त्रि.वि.वि. कीर्तिपुर ।
४. भरतकुमार भटृराई– हास्यव्यङ्ग्यको सैद्धान्तिक स्वरुप, स्नातकोत्तर शोध–पत्र २०४४,
नेपाली शिक्षण समिति, त्रि.वि.वि. कीर्तिपुर ।
५. भैरव अर्याल (सं.)–साझा निबन्ध, साझा प्रकाशन, सा. सं. २०४९, पुलचोक ललितपुर ।
६. भैरव अर्याल/वासुदेव शर्मा (सं.)–छ्याकन (हास्यव्यङ्ग्य सङ्ग्रह), कौवा प्रकाशन, २०३८,
७. माणिकरत्न शाक्य (सं.)–हास्यव्यङ्ग्यकार नालीबेली, सिस्नुपानी नेपाल, २०५६, काठमाडौं ।
८. राजेन्द्र सवेदी– स्रष्टा–सृष्टिः द्रष्टा–दृष्टि, साझा प्रकाशन, दो.सं.२०४३, पुल्चोक, ललितपुर ।
९. राजेन्द्र सुवेदी/हीरामणि शर्मा– नेपाली हास्यव्यङ्ग्य निबन्ध, साझा प्रकाशन, दो.सं.२०५१, पुल्चोक ।
१०. श्याम गोतामे –मपाईं (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), कौवा प्रकाशन २०२६, काठमाडौं ।
११. ,, ,, –जदौ ¹ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), रत्न पुस्तक भण्डार,२०२७, काठमाडौं ।
१२. ,, ,, –कायेनवाचा (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), साझा प्रकाशन, २०३३, पुल्चोक ।
१३. ,, ,, –श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य, ने.रा.प्र.प्र., २०४६, काठमाडौं ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 18 बैशाख, 2067

लेखकका अन्य रचनाहरु