अन्तर्मनका चिन्तक: जगदीश घिमिरे

- व्याकुल पाठक

कसैको जीवनको टुंगो छैन, तर उनको जीवनको टुंगो छ । थाइल्यान्डका प्रसिद्ध डाक्टर सुरापोलले उनको जीवनको समयसमीमा तोकिदिएका छन्– माइलोमा भएपछि मानिस तीन–चार वर्षसम्म बा“च्न सक्छ, आधाजसो डेढ–दुई वर्षमै बिदा हुन्छन् ।

आºनो अन्तिम दिनको आभास भएपछि कतिपय मानिस दानदातव्य, भजनकीर्तनमा लाग्छन् अथवा मृत्यु चिन्ताले डाक्टर वा ज्योतिषीले दिएको समयसीमाअघि नै बिदावारी हुन्छन् । तर जगदीशले त्यसो गरेनन्, उनी मृत्युचिन्तनमा लागे । योजनाबद्ध जीवन बिताइरहेका उनलाई देब्रे लहराझैं माइलोमाले अंगालेपछि जीवनमा गर्नुपर्ने सहस्र कामले थिच्न थाल्यो ।

गहकिला पुस्तक लेख्ने र केही वर्षपछि जागिरबाट अवकाश लिई पूर्ण रूपमा साहित्यमा समर्पित हुने उनको जीवनको लक्ष्य र उद्देश्य थियो । पकृतिको लीला अपरम्पार छ । जीवनको रेखा गणितजस्तो सीधा राखेमा कहिल्यै अघि बढ्दैन । जगदीशले पनि सोचेको जस्तो गर्न पाएनन् ।

रामेछापको मन्थलीमा तामाकोसी सेवा समिति स्थापना गरी दिगो र स्वनिर्भर सामुदायिक विकासमा समर्पित भएको कदरस्वरूप प्राप्त एउटा अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्न २०६३ वैशाखमा अमेरिका जा“दा माइलोमा वयस्क भइसकेको, ढाड ºयाक्चर भएर ढलेपछि मात्र उनलाई ज्ञात भयो । अघिल्लो दिनसम्म उनलाई त्यसको भेउसम्म थिएन । उनी त जीवनमा पहिलो पटक ‘बुढ्यौली हनमिुन’ मा रमाइरहेका थिए ।

‘म जीवनको प्रचण्ड उज्यालोबाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको थिए“ । मेरा आ“खा जोडले तिरमिराएका थिए । दिव्य ज्ञानतुल्य त्यो तिरिमिरीले मलाई नया“ दृष्टि दियो’ –अन्तर्मनको यात्रामा उनले लेखेका छन् ।

त्यही माइलोमा हो, जसले जगदीशलाई एक वर्षदेखि चर्चाको शिखरमा रहेको ‘अन्तर्मनको यात्रा’ लेख्न लगायो । अरू भएको भए घातक रोग लागेको थाहा पाउ“दा चिन्ताले ग्रस्त हुन्थ्यो होला, तर जगदीश चिन्तनमा डुबे अनि आºनो धोको पूरा गर्न बा“की समयको उच्चतम सदुपयोग गर्ने निर्णय गरे । अशक्त भएर अस्पतालको बेडमै पल्टिरहेको बेला उनका शिथिल औंलाहरू ल्यापटपमा युनिकोड थिच्नमा व्यस्त हुन्थे ।
म उनको घर कीर्तिपुर उकालोमा पुग्दा पनि देखें उनी कि–बोर्डमै व्यस्त छन् । सामलको बाध्यताले लामो समय साहित्यबाट अलग हुनुपरे पनि जगदीशभित्र त्यो भावना सधैं सल्बलाइरहन्थ्यो । जागिरबाट अवकाश लिएपछि फेरि पहिलेकै जस्तो सक्रिय साहित्यकर्म गर्ने धोको माइलोमाले अगाडि नै पूरा गराइदियो ।

‘अन्तर्मनको यात्रा’ पूरा गरेपछि उनले आºना पुराना दुई उपन्यास ‘लिलाम’ र ‘साविती’ को नया“ संस्करण निकाल्न भ्याए । अहिले उनी आºना रोज्जा कथाहरूको संग्रह ‘बर्दी’, रोज्जा कविताहरूको संग्रह ‘अग्निसूत्र’ तथा रोज्जा लेख र अन्तर्वँर्ताहरूको संग्रह ‘छ्यासमिस’ लाई अन्तिम रूप दिनमा व्यस्त छन् । यी त भए झिनामसिना कुरा । ठोस काम उनी जीवनकै स्मरणीय अर्को उपन्यास लेख्दै छन् ।

‘मलाई यस्तो सा“घुरो मनको बह लेख्न मन थिएन । म फराकिलो आख्यान साहित्य लेख्न चाहन्थें । म नेपाली समाजका अनेकौं बिर्सिनसक्नु ऐतिहासिक, सामाजिक र काल्पनिकसमेत पात्रहरू र अनेकौं जटिल र महŒवपूर्ण परिस्थितिहरूको आख्यानमा पुनर्निर्माण गर्न चाहन्थें’ –यही कुरालाई मूर्त रूप दिन उनी अहिले व्यस्त छन् ।
आºनो नया“ उपन्यास अहिलेसम्म लेखिएका भन्दा फरक होस् भन्ने कुरामा उनी विशेष सचेत छन् । त्यसैले उनले पुराना उपन्यासहरू कुनै दोहो¥याएर र नपढेकाहरूलाई एकसरो पढ्ने कामलाई पनि ण्स“गस“गै अघि बढाएका छन् । आºनो टेबलमा रहेको एक जमानाको एउटा चर्चित उपन्यास उठाउ“दै भने– ‘हेर्नुस् न यसको भाषाशैली कति लेन्दी छ, अनावश्यक रूपमा तन्काएर पाठकलाई बोझ थोपरिएको छ । संवादहरू कति जटिल र अस्वाभाविक लाग्छन् ।’

उपन्यास टेबलमै राखे । खुट्टामा मात्र ओढाइएको दोलाइ“ अलि माथि सारे अनि मतिर फर्किए– ‘म यस्तो उपन्यास लेख्ने पक्षमा छैन ।’

‘दाइको नया“ उपन्यास मुख्य कुन विषयमा केन्द्रित छ त ?’
उनले उपन्यासको पूरै थिम त बताएनन्, मलाई पनि पूरै विषय खोलेर पाठकको जिज्ञासा मार्नु थिएन । उनले यति मात्र भने– ‘अहिलेको समसामयिक विषय नै हो ।’
लामो समय देश–विदेश घुमेर आर्जन गरेको ज्ञान र अनुभव पनि जगदीशको नया“ उपन्यासमा देख्न पाइनेछ । विदेशी विकसित राष्ट्रका जनताको व्यस्तता, जटिलता र यान्त्रिकता हेरी हाम्रो समाज तुलनै गर्न नसकिने गरी उत्कृष्ट भएको उनको बुझाइ छ । अहिले विदेशीहरूका लागि बच्चा जन्माउनु ठूलो विलासिता भएको तर हामी नेपालीले त्यो विलासिता सजिलै प्राप्त गरिरहेको विश्लेषण उनको छ । उनीहरू नातिनातिना हुर्काउने, खेलाउने जिम्मेवारीलाई बोझ सम्झिन्छन् तर हामीकहा“ त्यसलाई ठूलो अवसर र सोख । यो कुरालाई पनि उनी आºनो नया“ उपन्यासमा वर्णन गर्न चाहन्छन् । तर यसलाई कस्ता पात्रमार्फत कसरी वर्णन गर्ने, उनी सोचमग्न छन् ।

प्रारम्भिक लेखनले ‘अन्तर्मनको यात्रा’ ले जति सफलता पाएको भए जगदीश सायदै जागिरे जीवनमा प्रवेश गर्ने थिए । लेखेरै बा“च्न सकिन्छ कि भनेर उनले प्रयास पनि नगरेका होइन, तर यो तार लाग्ने क्षेत्र होइन भनेर जीविकोपार्जनका क्षेत्र खोजी गर्नतर्फ लागे । यस क्रममा उनले परिवार नियोजन संघ, सीआरएस कम्पनी, जा“चबुझ केन्द्र हु“दै अन्तर्राष्ट्रिय क्षेत्रको इन्टरनेसनल प्लान्ट प्यारेनहुड फेडरेसन तथा वल्र्ड नेवर्ससम्म छरिन भ्याए ।

एक वर्षअघिसम्म पनि उनी वल्र्ड नेवर्समै सक्रियता देखाइरहेका थिए । गत वर्ष मन्थलीमा तामाकोसी सेवा समिति र जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा म पनि निम्त्याइएको थिए“ । उनी बारम्बार भन्ने गर्थे– ‘यो मेरो जीवनको अन्तिम कार्यक्रम होला जस्तो छ । यहा“बाट फर्किनासाथ वल्र्ड नेवर्सबाट पनि राजीनामा दिन्छु अनि जति बा“च्छु, साहित्य सेवामै लाग्छु ।’

त्यतिबेला उनी ‘अन्तर्मनको यात्रा’ लाई अन्तिम रूप दि“दै थिए । केही व्यक्ति तथा पत्रपत्रिकाबाट उनलाई लागेको रोगबारे थाहा पाएको थिए“ तर स्थिति यति गम्भीर होला र उनले यति भुक्तमान भोग्नुप¥यो होला भन्ने सोचेको थिइन“ । काठमाडौं फर्किएको केही समयमै उनले गुरुकुलमा पुस्तक विमोचन कार्यक्रम राखे । कारणवश म त्यस कार्यक्रममा उपस्थित हुन सकिन“ । पछि थाहा पाए“ त्यहा“ उनी, भाउजू दुर्गा र अरू पनि रोएछन् । सोचें– जान नपाउनु पनि ठीकै भएछ । किताब पढ्दा रसाएका मेरा आ“खा कार्यक्रममा गएका भए बर्सिन्थे होला ।

‘रामेछापको कार्यक्रम सकेर काठमाडौं फर्की किताब विमोचन गर्न भ्याउ“छु कि जस्तो लागेको थियो’ –जगदीश आजसम्म पनि आºनो भौतिक अस्तित्वको अनुमान गरेका रहेनछन् । प्रसिद्ध चिन्तक जयराज आचार्यले उनको पुस्तक चर्चाका क्रममा लेखेको सम्झन्छु– ‘जगदीशजस्तो आत्मबल बलियो भएको मानिसलाई माइलोमाले केही लछार्न सक्दैन, त्यो माइलोमामा बन्दछ ।’

मृत्युको काउन्टडाउन स्केल छोटि“दै छ तर उनको उत्साह भने चुलि“दै छ । अनुत्पादक भन्ने गरिएको साहित्यसेवा होस् अथवा रामेछापका जनताको जीवनस्तर र चेतनास्तर उकास्ने काममा होस् उनी पहिलेभन्दा बढी सक्रिय बनेका छन् । आºनो र आºनै परिवारका लागि डलर आर्जन हुने आईएनजीओको जागिरबाट भने उनले अवकाश लिएका छन् । उनी अब सबैका लागि भएका छन् । ‘हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बा“च्न सक्नु नै बुद्धिमानी हो’ –उनले आºनो पुस्तकमा लेखेका छन्– ‘महात्मा गान्धीले भनेका छन्– ‘प्रत्येक रात निदाउ“दा म मर्छु र प्रत्येक बिहान ब्यू“झ“दा म जन्मन्छु । उनी महात्मा थिए, सिद्धि प्राप्त गरेका थिए होलान्, सक्थे होलान् । म पनि चाहन्छु प्रत्येक रात म निदाउ“दा मरु“ र प्रत्येक बिहान ब्यू“झदा स्वस्थ जन्मियू“ । तर सक्तिन“ ।’

जगदीश रामेछापमा जन्मिए, छोटो बाल्यकाल बिताए अनि बाबा–आमास“ग जनकपुर बसाइ“ सरे । उनको अध्ययन जनकपुर र काठमाडौंमा भयो । अध्ययन पूरा भएपछि जागिरको सिलसिलामा धेरैजसो विदेश र काठमाडौंमै समय बित्यो । यी सब बाध्यता थिए । वास्तवमा रामेछापप्रतिको मोह उनको मनमा यति प्रगाढ छ कि त्यसलाई तुलना गर्ने अर्को उपमा छैन ।

‘म रामेछापको उपज हु“ । मैले जे सकें त्यो रामेछापकै माटोलाई दिए“ । त्यही मेरो जीवनको सार्थकता हो । म नेपालको उपज हु“, मैले जे सकें त्यो नेपाली भाषालाई दिए“ । त्यही मेरो जीवनको सार्थकता हो ।’ यो जगीशको भावुकता मात्र होइन । उनी कवि भएकाले वर्णनमा मिठास र कल्पनाशीलता छ तर रामेछाप पुग्नेले कल्पना यथार्थ र भावुकता सार्थक भएको पाउनेछ ।

रामेछापका पिछडिएका वर्गलाई सेवा पु¥याउने उद्देश्यले उनले २०३९ सालमा स्थापना गरेको तामाकोसी सेवा समिति अहिले वयस्क भएको छ । गत वर्ष रामेछाप भ्रमणका बेला मैले तासेसले ह“साएका थुप्रै अनुहारहरूलाई नजिकैबाट नियाल्ने अवसर पाए“ ।
झन्डै एक दशकअघि जगदीश नेपाल समाचारपत्रको कार्यालयमा विषयगत विज्ञका रूपमा निम्त्याइएका थिए । विभिन्न क्षेत्रका विज्ञका अनुभव सुन्ने र पत्रकारको ज्ञानभण्डार विस्तार गर्ने सिलसिला त्यसबेला शुरू भएको थियो । गैरसरकारी संस्थाहरूका बारेमा बोलिसकेपछि उनले आºनो संस्था तासेसका सम्बन्धमा पनि केही कुरा राख्न भ्याए । त्यतिबेलै उनको काम प्रत्यक्ष नियाल्ने इच्छा भएको हो तर अवसर अहिले मिल्यो ।
मन्थली र चरिकोट वरिपरिका गाउ“हरूमा म काठमाडौंबाट गएका टोलीस“ग घुमें र कवि मित्र विमल भौकाजीस“ग छुट्टै पनि । तासेस खासगरी अति विपन्न र पिछडिएका माझी परिवारको उन्नतिमा सक्रिय रहेछ । माछा मार्ने र घाट तार्ने काम गरेर पेटपूजासम्म गर्न सक्ने माझी गाउ“ तासेसको स्थापनापछि कायापलट भएको अनुभव भयो ।

पिछडिएका मध्येको एक कुनाउरी गाउ“का कुलमान माझी हामीस“ग भन्दै थिए– ‘पहिले हामीलाई ६ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । १०–१२ रोपनी जग्गा भए पनि त्यसको उपयोग गर्न सकिएको थिएन । तामाकोसी सेवा समिति आएपछि तटबन्ध बा“धेर सिंचाइ, खानेपानी पाएका छौं । तरकारी खेतीको तालिम पायौं । बत्ती बाल्न पायौं । प्रत्येक घरमा चर्पी छ । अहिले मान्छेजस्तो भएर दुई छाक खान नपुग्दो छैन ।’
रामेछापका पिछडिएका वर्ग जगदीशलाई आºनो भाग्यविधाता नै मान्दा रहेछन् । जगदीश रामेछापमा नजन्मेको भए अझ कयौं वर्षसम्म आफूहरू ढुंगाले छाएको घरमा हैन ढुंगेयुगकै जस्तो जीवनयापन गर्न बाध्य हुनुपथ्र्यो भन्ने भाव अधिकांशको अभिव्यक्तिमा पाइन्थ्यो । तासेस पनि एक एनजीओ नै हो, अरूजस्तै । तर फरक छ कार्यशैली कुलमान भन्छन्– ‘तासेसको बुद्धि र हाम्रो बलले गाउ“ बदलिएको हो ।’ गरिबलाई माछा मारेर दिने होइन माछा मार्ने तरिका सिकाउनुपर्छ भन्ने कुरालाई जगदीशले आºनो गाउ“मा प्रयोग गरेरै देखाएका रहेछन् ।

जगदीशले रामेछापमा गरेको चकचकी देखेर एक मित्रले टिप्पणी गरेका थिए– जगदीश दाइले त यहा“ समानान्तर सरकार नै चलाउनुभएको रहेछ । विकास, शिक्षा, आयआर्जन तथा तामाकोसी सहकारी संस्था, अस्पताल पनि उनको संस्थाले रामेछापमा स्थापना गरेको देखेपछि ती मित्रको टिप्पणी जायज नै ठहरियो । सरकारले गर्नुपर्ने तीन मुख्य काम शिक्षा, स्वास्थ्य, सुरक्षालाई मानिन्छ । तासेसले सैन्य दस्ता त गठन गरेको रहेनछ, त्यसबाहेक सबै कुरा दिने प्रयास गरेको देखियो ।

निःस्वार्थ भावले जनसेवा गर्दा पनि आºनो विरोधमा केही व्यक्तिहरू हात धोएर लागेको प्रसंग उनले आºनो पुस्तकमा पनि उल्लेख गरेका छन् । खास गरी रामेछापका जनताले उनलाई मन पराउ“दै गएपछि आºनो दानापानी खोसिने हो कि भनेर स्थानीय राजनीतिक नेताहरू थर्कमान भएछन । सकारात्मकतामा नकारात्मक खोज्ने काम जुनसुकै युगमा पनि हु“दो रहेछ । कुनै ऋषिको तपस्याले आºनो सत्ता खोसिने हो कि भनेर पौराणिक युगमा इन्द्र पनि आत्तिएका थिए र तपस्या भंग गर्न अप्सराहरू पठाएका थिए । तर जगदीश त्यो ऋषि हो जसको साहित्य र समाजसेवारूपी तपस्या कसैले भंग गर्न सक्दैन, जसले त्यो प्रयास गर्छ, उनी अझै आºनो शक्ति र सामथ्र्य बढाउ“छन् ।
गहु“गोरो अनुहारमा गिरिजाप्रसाद कोइरालाको समकक्षी बाहुन नाक, ज्ञान भरिएझैं लाग्ने तीक्ष्ण आ“खा, पत्रकार महासंघका पूर्वअध्यक्ष्ँ सुरेश आचार्यले झैं घा“टीबाट आवाज निकाल्ने उनको विशेषता मलाई ठेट लाग्छ । जे सोध्यो, उनी स्पष्ट जवाफ दिन्छन् । कुरा चपाएर बोल्न सायद उनले जानेका छैनन् । लेखनमा होस् अथवा कुराकानीमा उनी बढीजसो ठेट शब्द नै उच्चारण गरिरहेका हुन्छन् ।

म जन्मिनुभन्दा दुई वर्षअघि निस्किएको उनको पहिलो उपन्यास ‘लिलाम’ भर्खरै पढिसिध्याए“ । यो उपन्यास रामेछापका पिछडिएका माझी परिवारकै विषयमा लेखिएको रहेछ । त्यसको रचनागर्भबारे जिज्ञासा राख्दा उनले सबै रहस्य भने । कुनै एउटा माझी परिवारको मात्र नभई लिलाममा समग्रता समेट्न खोजेको जानकारी पनि उनले गराए । उपन्यासको प्रमुख पात्र ‘बहादुरे’ यथार्थ पात्र भए पनि घरखेत लिलामीमा पर्नेचाहि“ ऊ नभएर अरू नै भएको उनले बताए । उपनयासमा शोषक र सामन्ती चरित्रको पात्रको रूपमा दिले घर्तीलाई उभ्याएका छन् । त्यतिबेला उनकै नजिकका नातेदारहरू जिम्मावालका रूपमा कार्यरत थिए । गरिब, निमुखाका शोषणमा उनीहरू नै सक्रिय थिए । परिवार दोषबाट बच्न उनले घर्ती पात्र खडा गरे र तामाकोसीलाई पनि कोसी मात्र भनेका छन् ।

‘जेथाको लिलाम भएपछि मान्छेको पनि लिलाम हुनु बेस हो । मान्छे पशु पाल्छन् सवारीको निम्ति, तरकारीको निम्ति, मलको निम्ति, सोखको निम्ति के मान्छेले मान्छेबाटै पनि यी कुरा प्राप्त गरे हु“दैन ? के एउटा हदसम्म यसो गरिएको छैन र ?’
‘... बहादुरे सपरिवार सर्वस्व लिलाम गरिएछ । यौटाले उसको सर्वस्व हत्याउ“छ, अर्कोले उसलाई डो¥याउ“छ, अरू पछि लाग्छन् । बथान यौटा नया“ कटेरो (आधुनिक उद्योग) तिर धपाइन्छ । छेउको ठूलो किलोमा पशु बहादुरे बा“धिन्छ । अनि माउ पोथी (सेती) अनि कमाउने बेला भएकी थोरे (माइली) अनि पाडी (साइ“ली) अनि लैनु दूधे बच्ची पाडी । ठूला मान्छेमा पो लोग्ने–स्वास्नी, छोराछोरी, नाताकुटुम्ब, दाजुभाइ आदि नाताजस्ता कुराहरू, भावनात्मकता हराइसकेका देखावटहरू, सम्पत्ति सूत्रले गा“सिएकै छन् । सम्पत्तिहीन, पु“जीहीन यस बथानलाई के ?’

त्यो समयमा यति यथार्थवादी र प्रगतिशील स्वर उराल्न सक्नु सानु कुरा थिएन । तर यस उपन्यासको जति चर्चा हुनुपर्ने हो, नेपाली साहित्यमा जुन स्थान पाउनुपर्ने हो पाएन । ‘म कुनै समूह र गुटमा थिइन, त्यसैले यसले त्यति चर्चा पाएन । प्रगतिशील खेमामा लागेको भए त्यस पक्षले उचाल्थ्यो होला तर म त्यता पनि थिइन“’ –जगदीश भन्छन् ।

२०२०–३० सालतिर जगदीश घिमिरे साहित्यमा सक्रिय भएको बेला थियो । पत्रपत्रिकामा उनको रचनाको माग हुन्थ्यो । साहित्यकारहरूको पीपलबोट जमघटमा उनको उपस्थिति अनिवार्य जस्तै मानिन्थ्यो तर पनि उनी आफै सिद्धान्त र जीवनदृष्टिमा अडिग रहे । एक पटक प्रयोगका रूपमा ५–७ जना साहित्यकार मिलेर संयुक्त उपन्यास लेख्ने योजना बन्यो । त्यसमा जगदीशलाई पनि सहभागी गराउन खोजियो तर त्यसलाई उनले इन्कार गरे । ‘कसले कुन कुरालाई उठाएको हुन्छ अर्कोले कहा“बाट शुरू गरेर कहा“ पु¥याउने ? त्यसरी नया“ चिज आउ“दैन भनेर मैले इन्कार गरें’ –उनले अलिकति इतिहास कोट्याए ।

बियर खाने गिलासमा भरिएको ग्रिनटीको चुस्की लिएपछि मैले उनको दोस्रो उपन्यास ‘साविती’ को सन्दर्भ उठाए“ ।

‘दाइले सावितीमा कवितैकविता पो लेख्नुभएको रहेछ’ –मलाई कुरा थुत्नु थियो । देवतालाई त प्रशंसा चाहिन्छ भने त्यो नचाहने मानिस को होला । उनी मुस्कुराए । छेउमा रहेको सानो टेबलमा आज्ञा पालन गरिरहेको कलात्मक हात्तीले पनि समर्थनमा सु“ढ हल्लायो ।

‘साविती’ पनि यथार्थ घटनामै आधारित भएको उल्लेख गर्दै उनी मेलो पसे । तत्कालीन पञ्चायती व्यवस्थाको कोपभाजनबाट बच्न ‘साविती’ लाई पहिले ‘रचना’ साहित्यिक पत्रिकामा प्रकाशित गरिएछ र त्यसपछि मात्र पुस्तकाकार रूपमा आएको रहेछ । तत्कालीन व्यवस्था र यथास्थितिवादप्रति चर्को व्यंग्य गरिएको पुस्तक प्रकाशित भएपछि जगदीशले शासक वर्गबाट बारम्बार सास्ती र धम्की सहनु परेछ ।
‘साविती’ को नया“ संस्करणको भूमिकामा जगदीशले लेखेका छन्– ‘लिलाम मेरो साम्यवादको यात्रा हो भने ‘साविती’ अराज्यवादको । एक समय मनु ब्राजाकीस“ग मिलेर माओवादी शैलीको छापामार युद्धको अभ्यास गरेका जगदीश त्यस धारणाबाट छिट्टै मुक्त भए । ‘मैले बन्दुक ºया“केर कलम बोकेको हु“ र साम्यवादी ढोकाबाट बाहिरिएको रनाहामा साविती लेखेको हु“ । म थोरो, टल्सटाय र गान्धीको शान्तिवादी अराज्यवादबाट प्रेरित थिए“ र छु ।’

आºनो भूमिकामा उनले यो पनि लेखेका छन्– ‘अराज्यवादको राज्य हु“दैन, विचार नै यसको राज्य हो । अराज्यवादको सा“ध सिमाना हु“दैन, प्रेम नै यसको सा“ध सिमाना हो ।’

एकजना साहित्यकारको एकालाप शैलीमा ‘साविती’ बुनिएको छ । उपन्यासको म पात्रमार्फत प्रशस्त व्यंग्य विद्रोह र अराजकताका स्वर उरालिएको छ । म पात्रको केही चीत्कार र हु“कार यस्तो छ– ‘समाज रोग हो, आम्दानीको स्रोत हो, तिमी समाजको ठेकेदार हुने नाटक गरेर पनि समाजको डाक्टर हुन सक्छौ– उनान्सय प्रतिशत राजनीतिज्ञजस्तो ।’

‘रक्सी खान सिकेकाले मैले अर्काको रगत खान सकिन“ ।’

‘भाषणको तोड कोर्राको भन्दा पीडादायक हुन्छ । म भाग्न छटपटाउ“छु । शब्दले मलाई बन्दुकका छर्राले जस्तै हिर्काउ“छन् ।’

‘रा“गाको टाउको पच्चीस रुपिया“मा पाइन्छ, तर मान्छेको टाउकोलाई त्यति पर्दैन । बाख्रीको जीउ पचास रुपिया“मा पाइन्छ र आइमाईको जीउलाई त्यति पर्दैन, तिमीहरूको यस राज्यव्यवस्थामा– थुक्क ।’

पञ्चायतको चरम अवस्थामा सीधै यो हदसम्मको कठोर शब्दमा व्यवस्थाविरुद्ध लेख्न सक्नु ठूलै साहस हो । यति चर्को शब्दमा त कुनै लेखकले अहिलेको प्रचण्ड सरकारको पनि आलोचना गर्न सकेको देखि“दैन ।

‘मागेर खानु, मागेर लाउनु, मागेर टिकट काट्नु त मेरो इलमै हो, थुक्क ती कुराहरू मागिहि“डें, जुन मैले खोसेर लिनुपर्ने हो ।’

‘सम्झौता गर्नुभन्दा चोर्नु, डा“का हान्नु असल हो । फरक सोझै र घुमाइफिराई मात्रको मात्रै हो । सोझै चोर्ने, डा“का हान्ने, जालसाझी गर्ने गरिब हुन्छन्, झ्यालखाना पर्छन्, गोली खान्छन्, कानुन यिनको लागि सक्रिय हुन्छ । घुमाइफिराइ डकैती गर्ने, चोरी गर्ने, भ्रष्टाचार गर्नेहरू ठूलठूला कुर्चीमा बस्छन्, जसलाई लुट्नु म न्याय ठान्छु ।’
‘वनको काफल, ऐंसेलु कुनै एकजनाको होइन । त्यो भोकाहरूको हो । लुगा कारखानाको होइन, त्यो नांगाहरूको हो । घर बासिन्दाहरूको हो, खेत रोप्ने गोड्ने खेती (खेताला) हरूको हो ।’

पञ्चायती व्यवस्था र राजसंस्थाविरुद्ध सिन्को मात्र भा“चे पनि जेल जाने त्यो जमानामा यति लेख्दा पनि संयोगले उनी जेल भने परेनछन् । बेलाबेलामा प्रशासनबाट धम्की आइरहे पनि प्रशंसा गर्नेहरू धेरै भएकोले आफूले त्यति कठिनाइ महसुस गर्नुनपरेको अनुभव जगदीश सुनाउ“छन् ।

उनले प्रारम्भिक कालमा साढे तीन दशकअगाडि लेखेका उपन्यास त वैचारिक र शैलीगत हिसाबले यति उचाइका छन् भने साढे ६ दशकको अध्ययन, अनुभव र हन्डर ठक्करबाट खारिएका अबका जगदीशबाट लेखि“दै गरेको उपन्यासले उत्कृष्टताको कुन बिन्दु छुने हो, अनुमान मात्र गर्न सकिन्छ ।

माइलोमाले ºयाक्चर बनाएको ढाडले उनलाई अहिले पनि दुःख दिइरहन्छ । त्यसैले ठूलो र आरामदायी अडेसा नभई उनी बस्न सक्दैनन् । यस्तो हालतमा पनि वर्षको एक पटक मन्थली पुगेर आफूले चलाएको अभियानलाई नियाल्ने र आफू जन्मेको माटोको सुगन्ध अनुभव गर्ने कामबाट वञ्चित नहुने प्रण उनले गरेका छन् । गत वर्ष स्थापना गरिएको अर्को संस्था जगदीश घिमिरे प्रतिष्ठान पनि त्यसैको उपज हो ।

गत वर्षझैं यस वर्ष पनि जगदीश घिमिरे प्रतिष्ठानले मन्थलीमा एक साहित्यिक कार्यक्रमको आयोजना ग¥यो । यसपालिको विशेषता कला कार्यशालाको आयोजना पनि थियो । जगदीशले रामेछापका जनताका लागि गरेका कामको चर्चा र प्रशंसा सुनेर ‘गुफावासी कलाकार’ मनुजबाबु मिश्रको मन पनि चौचौ भएछ अनि उनी लोकल बसको यात्रा तय गरेर पुगेछन् रामेछाप । मस“गको टेलिफोन संवादमा उनले भने– ‘जगदीशले रामेछापमा जे गरेका छन्, उनको पुस्तक अन्तर्मनको यात्रामा त्यसको एक छेउ वर्णन पनि छैन । हरेक जिल्लामा एकएक जना मात्रै जगदीश घिमिरे जन्मिने हो भने यो देश अर्कै हुने थियो ।’

‘अन्तर्मनको यात्रा’ पढ्नेमध्ये कतिपयले जगदीशले पुस्तकभरि आºनो मपाइ“त्व प्रदर्शन गरेको र बढाइचढाइ लेखेको प्रतिक्रिया पनि दिएका छन् । पुस्तकबारे अझै हरेक दिन दुई–तीन वटा फोन, इमेल आउने गरेको जानकारी उनले गराए । प्रौढ व्यक्तिले सन्तान प्रसंग र बिरामीले अन्तिम इच्छासम्बन्धी परिच्छेद मन पराएको बताएर उनले ख्वाक्क खोके अनि तत्कालै डाबर हनिटस सिसीबाटै एक मुख निले । म कलम रोकेर झ्यालबाटै देखिएको काठमाडौं सहरको गन्जागोल रमाइलो नियाल्न थालें ।

‘अन्तर्मनको यात्रा’ को धेरैजसो प्रशंसक भर्खरका केटीहरू भएका छन्’ यो भन्दा उनको अनुहारमा कुनै विशेष भाव ठम्याउन सकिन ।

‘युवतीहरूले कुन प्रसंग बढी मन पराए त ?’ ममा यतिन्जेलसम्म ईष्र्या भाव पलाइसकेको थियो तर सायद उनले त्यो ठम्याउन सकेनन् । पुस्तकमा पे्रम र यौन प्रसंग पनि प्रशस्तै छन् । सायद त्यतातिर पो युवतीहरूको झुकाव छ कि भन्ने भाव मेरो मनमा थियो ।

‘उनीहरू यो प्रसंग भन्दैनन्, सायद समग्र पुस्तक नै मन परेको होला’ –उनी स्पष्टीकरण दिन्छन् ।

मैले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव ड्याग ह्यामरसोल्डको एउटा ठट्टा सम्झिए“– ‘पैसा भएको बेला तरुनीहरू भेटि“दैनन्, तरुनीहरू भेटिएको बेला खल्तीमा पैसा हु“दैन ।’
युवती प्रशंसक बढिरहेका बेला उनको उमेर र स्वास्थ्यले साथ नदिएको कुरालाई उनले कसरी लिइरहेका छन्, ठट्टा गर्न त मन थियो तर उनकी बुहारी र पत्नी अगाडि भएकाले प्रकट गरिन“ ।

जगदीशले अन्तर्मनको यात्रामा आºनो अन्तिम इच्छालाई यस्तो कारुणिक रूपमा प्रस्तुत गरेका छन्–‘मेरा स्वजनहरू, मेरो जीवनको का“क्रो पाकिसकेको छ । मलाई पाकेको का“क्रोजस्तै सबै बन्धनहरू चु“डाएर फुत्रुक्क झर्न र बिलाउन सघाऊ । मेरो अमृत त्यही हो, तेरो मुक्ति त्यही हो । मेरो जीवनरूपी पाकेको का“क्रोलाई सिक लगाएर खल्पी हाल्न नसा“च । मलाई पराल, सिन्की, गुन्द्रुक भएर बा“च्न बाध्य नपार ।... मेरो खरानी मेरो पुर्खाको थलो, मेरा स्वजन माझीमाझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोरको सफा दोभानमा बगाइदेऊ । यो मेरो भावनाले भनेको हो । तर्क भन्छ– खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याऊ । मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए पनि हुन्छ ।’

रामेछापप्रति यति लिप्त जगदीश बैंककमा स्वास्थ्य परीक्षणपछि फेरि जा“दै छन् मन्थली । ‘आगामी हिउ“दमा अलि लामै समय बस्ने गरी जाने योजना छ’ –उनले सुनाए ।
उनको रोग, उनले लेखेको अन्तिम इच्छा सुनेर रुने धेरै छन् । तर उनी सधैं हा“सिरहेका देखिन्छन् । जीवनप्रति कुनै असन्तोष र वितृष्णाभाव छैन । उनीस“ग बिदा भएर उनकै घरछेउको ओरालो झर्दै गर्दा देखें– उनको दुःखमा सल्लाघारी सुसाइरहेको छ ।

(‘चर्चित व्यक्तित्व’ पुस्तकबाट साभार)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 16 चैत्र, 2066

लेखकका अन्य रचनाहरु