यो मेरो मातृभूमि

- प्रेमचन्द


–एक–

आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्यााएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार भइरहेको थियो। हृदय उमंग र उल्लासले भरिएको थियो। मलाई आफ्नो प्यारो भारत वर्षबाट कुनै अत्याचारीको अत्याचारले वा अन्यायको बलसाली हातले विछोड गराएको थिएन। अत्याचारीको अत्याचार र कानूनको कठोरताले मसँग जे चाह्यो त्यो गराउन सक्दा तर मेरो मातृभूमिबाट अलग गराउन सक्ने छैन। ती मेरो उच्च अभिलाषाहरू र ठूला ठूला विचारहरू नै थिए। जसका कारण म देश निकाला गराइएको थिएँ। म अमेरिका गएर निकै व्यापार गरें। र, व्यापारबाट धन पनि निकै आर्जन गरें। आनन्द पनि त्यतिकै उठाएँ। सौभाग्यले पत्नी पनि यस्तो पाएँ जो सौन्दर्यमा बत्तिसलछिनकी थिइन्। उनको लावण्य र सुन्दरताको ख्याती अमेरिकाको चारैदिशामा फैलियो। उनको हृदयमा यस्ता विचारहरूको कुनै स्थान थिएन कि जसको सम्बन्ध मसँग नहोस्। म तन, मन, बचनले उनीप्रति आशक्त थिएँ। उनी मेरो सर्वस्व थिइन। मेरो पाँचवटा पुत्रहरू थिए। जो सुन्दर, हृष्टपुष्ट र इमान्दार थिए। उनीहरूले व्यापार झन, उन्नति पथमा लिएर गए। मेरो स–साना नाबालक ना–नातिनाहरू सदैव खेलिरहन्थे। यता म चाहिं मेरो मातृभूमिको अन्तिम दर्शनको लागि आतुर बन्दै गएको थिएँ। मैले अनन्त धन, प्रियतम पत्नी, भाग्यशाली पुत्रको र अतिव सुन्दर मुटुका टुक्रा स–साना बालबालिकाहरू आदि अमूल्य पदार्थको यसकारणले परित्याग गरें किनकि, प्यारो भारत जननीको अन्तिम दर्शन गर्न सकूँ।

म धेरै बृद्ध भैसकें। दश वर्षपछि पूरा सय वर्षको पुग्ने छु। अब मेरो हृदयमा केबल एउटा मात्र अभिलाषा बाँकी छ। कि म आफ्नो प्यारो मातृभूमिको रजकण बनुँ। यो अभिलाषा कारणबस आजनै मेरो मनमा उत्पन्न भएको होइन। बरू त्यस समयमा पनि थियो। जुनबेला मेरो पत्नीले मधुर बचनले कोमल हृदयमा कटाक्ष गरेर प्रफूल्लित गरेको बखत पनि र जतिबेला मेरा युवा पुत्रहरूले प्रातःकाल आएर आफ्नो बृद्धपितालाई सभक्ति प्रणाम गर्दथे। त्यतिबेला पनि मेरो हृदयमा एउटा घिड्किसो रहिरह्यो। म आफ्नो मातृभूमिबाट अलगछु। यो मेरो देश होइन। र म यस देशको होइन। मसँग धन थियो, पत्नी थिइन, केटाकेटी थिए जायजेथा थियो। तर किन हो कुन्नी, मलाई घरी घरी मातृभूमिको भत्किएको फुसको घर। चार, छ विधा आकासे खेतबारी र बालापनका साथीभाइहरूको यादले प्रायः सताईरह्यो। प्रायः अपार प्रसन्नता र रमाइलोको बेलामा पनि यस्ता विचारहरूले चिमोट्ने गर्दथे। “यदि म यति बेला आफ्नो देशमा भएको भए ....।

–दुई–

जुन बेला म बम्बईमा जहाजबाट ओर्लिएँ। मैले सर्वप्रथम कालोकोट, पतलुन पहिरिएका अधकल्चो अंग्रेजी बोल्ने माझीहरूलाई देखें। फेरि अंग्रेजीपसल, ट्राम, मोटर गाडीहरू देखें। त्यसपछि रबर टायरका गाडीतिर मुखमा चुरोट च्यापेर हिंडिरहेका मानिसहरूसँग जम्काभेट भयो। त्यसपश्चात् रेलको बिक्टोरिया टर्मिनल, स्टेसन देखा पर्योड। तत्पश्चात् म रेलमा सवार भई हरियालीले भरिपूर्ण भएका पहाडहरूको मध्यभागमा अवस्थित आफ्नो गाउँतर्फ तानिएँ। त्यतिबेला अनायसै मेरो आँखाहरू रसाए। म खुब रोएँ किनकि यो मेरो देश थिएन। जसको दर्शन गर्नका लागि मेरो हृदयमा सदैव तरंगहरू उठिरहन्थे। यो त अरू कुनै देश थियो। यो त अमेरिका या ईंग्लैण्ड थियो। तर प्यारो भारत थिएन। रेल गाडी, जंगल, पहाड, नदी, समथर मैदानलाई पार गर्दै मेरो गाउँको समिप पुग्यो। जो कुनै समयमा फूल,पात र फलहरूको प्रचूरता तथा नदी खोलानालाहरूको अधिकताले स्वर्गसँग प्रतिस्पर्धा गरिरहेको थियो। म त्यस रेलगाडीबाट ओर्लिएँ। मेरो हृदय उल्लासले भरिएर नदीको भेल जस्तै उर्लिएको थियो। अब मैले आफ्नो प्यारो घर देख्नेछु। आफ्ना बालापनका साथीहरूलाई भेट्ने छु। मैले यतिबेला यो कुरा मात्रै बिर्सिएछु कि म ९० वर्षको बूढो हुँ। जति जति म गाउँको नजिक पुग्थें। मेरो पाउ पनि छिटो छिटो उठ्ने नियालेर गर्दथ्यो र हृदयमा अकथनीय आनन्दको ज्वारभाटा उठ्दथ्यो। प्रत्येक वस्तुलाई मैले हेर्दथें। अहा घ् यो त्यही कुलो हो जसमा हामीहरूले दैनिक जसो घोंडालाई नुहाउँथ्यौं र आफै पनि पौडी खेल्दथ्यौं। तर अब त त्यस कुलेसोको दुवै किनारामा काँढेतार पो लागेको छ। अगाडि एउटा भवन थियो। जसमा दुई जना अंग्रेजी सिपाहीहरूले बन्दूक लिएर यताउता आँखा तरितरी हेर्दै थिएँ। कुलोमा नुहाउने कडा प्रतिबन्ध थियो।

गाउँमा गएर मेरो नजरले बलापनका संगी साथीभाइहरूलाई खोज्न थाल्यो। तर सबै निरर्थक अफसोच मात्र। सबै मृत्युका शिकार भैसकेका रहेछन्। मेरो घर, मेरो भत्किएको झुप्रो, जसको काखमा म वर्षौसम्म खेलेको थिएँ। जहाँ बाल्यकालमा निस्पि्कर्की साथ खुब आनन्द लुटेको थिएँ र जसको चित्र मेरो मानसपटलमा अहिले पनि नाचिरहेको छ। त्यही मेरो प्यारो घर माटोको थुप्रोमा परिणत भइसकेको रहेछ। यो ठाउँ बंजर थिएन। सयकडौं मानिसहरू घुमफिर गरिरहेको देखिन्थे। जो अदालत, जिल्ला प्रशासन र इ.प्र.काको कुरा गरिरहेका थिए। उनीहरूको मुखबाट, चिन्ता, निर्जिवता र उदेकलाग्दा व्यवहारहरू प्रदर्शित भइरहेका थिए। उनीहरू सबै सांसारिक चिन्ताद्वारा पीडित भएझैं भान पर्दथ्यो। मेरो साथीहरूको समान हृष्टपुष्ट, बलवान, राता राता अनुहार भएका नवयुवकहरू कही पनि देखा परेनन्। त्यो कुस्ती मैदानको ठाउँमा जसको जग मैले बसालेको थिएँ। त्यहाँ अब केबल एउटा भत्किएको स्कुल मात्र थियो। उक्त स्कूलमा दुर्वल तथा कान्तिहीन रोगी जस्ता देखिने बालबालिकाहरू फाटेका पुराना कपडा लगाएर बसेर उँघीरहेका थिए। उनीहरूलाई देखेर अकस्मात मेरो मुखबाट बाक्य फुट्यो। नाई झ्नाई झ् होइन झ् यो मेरो प्यारो देश होइन। म यो सब हेर्न यति टाढाबाट आएको पक्कै होइन। यो मेरो प्यारो भारतवर्ष होइन।

बरपिपलको रूखतिर हानिएँ। जसको सितलतामा मैले आफ्नो बाल्यअवस्थाको रमाइलो क्षणलाई बिताएको थिएँ। जो हाम्रो बालककालको क्रिडास्थल र युवा अवस्थाको सुखदप्रद बासस्थान थियो। ओहो घ् यो प्यारो बरपिपललाई देखेर मेरो हृदयमा एउटा निकै ठूलो आघात पुग्यो। मनमा निकै ठूलो चोट पर्यो ।

त्यो देखेर यति धेरै पिडादायी तथा हृदय विदारक स्मृतिहरू ताजा भए कि म घण्टौंसम्म धरतीमा बसीबसि आँसु बगाई रहें। हो म यही बरपिपलमा सुरेली खेल्दै हाँगा हाँगामा चढेर टुप्पा टुप्पा पुगेर उसका तनाहरूमा पिङ खेल्दथ्यौं र बरपिपलका फलहरू हाम्रो लागि संसारभरका सम्पूर्ण मिठाई भन्दा पनि स्वादिष्ट लाग्दथे। मसँग अंकमाल गरेर खेल्ने दौतरीहरू जो खुशी हुन्थे, ति कहाँ गए? आहो? कति पीडा घ् बिना घरबारका हामी यात्रीहरू, अब के म एक्लै नै छु त, के मेरो कुनै साथीहरू छैनन् त? उक्त बरपिपल मुनि अब ई.प्र.का. थियो र त्यो रूखमुनी रातो सफा बाँधेको कुनै एउटा व्यक्ति बसेको थियो । उसको वरिपरी दश बिस जना रातो पगरी गुँथेका व्यक्तिहरू पंक्तिबद्ध भएर बसेका थिए। त्यहाँ झुत्रे झाम्रे फाटेका कपडा लगाएर दुर्मिक्षग्रस्त पुरूषहरू जसलाई भर्रखरै कोर्रा लगाइएको थियो। बसेर उ हिक्क हिक्क गरी रोइरहेको थियो। मलाई सम्झना भयो कि यो मेरो प्यारो देश होइन। यो कुनै अरू देश हो। यो युरोप हो न अमेरिका हो। तर मेरो मातृभूमि कदापि होइन।

–तीन–

यताबाट निरास भएर म पल्लो चौपारीतिर गएँ। जहाँ साँझपख पिताजी गाउँका अन्य बृद्ध भलाद्मीहरूसँग चिलिम तान्ने र गपसप गर्ने गर्नु हुन्थ्यो। हामीहरू पनि टाटले ओछ्याइएको भुँइमा लडिबुडी गर्दथ्यौं। कहिलेकाहीं त्यहाँ पंचायतको सभा पनि बस्दथ्यो। जसको प्रधान हाम्रो पिताजीनै हुनुहुन्थ्यो। यही चौपारीको एक ठाउँमा गाईभैंसीको गोठ थियो। गाउँभरीका गाईभैसी राख्ने गर्दथ्यौं। गाईका बच्चाहरूसँग हामीहरू सधै छिल्लिने गर्दथ्यौं। दुःखको कुरा अब त्यो चौपारीको कुनै चिन्ह पनि थिएन। त्यहाँ त अब गाउँमा खोप लगाउने खोप केन्द्र र हुलाक थियो।

त्यही समयमा चौपारीसँग जोडिएको एउटा उँखु पेल्ने मेसिन सहितको कोल थियो। जहाँ जाडोको दिनमा उँखु पेलेर भेली बनाउन थालेको बासनाले मस्तिष्कलाई निकै आनन्द पुग्दथ्यो। म र हाम्रा साथीहरूले त्यहाँ यादवहरूलाई पर्खिएर बसिरहने गर्दथ्यौं। ती यादव जातिहरूका श्रमिकहरूको हातको सिप देखेर हामी आश्चर्यमा पर्दथ्यौं। त्यहाँ हजारौं पटक मैले काँचो रस र पाकेको दुध मिसाएर खाएको थिएँ र त्यहाँआसपासका घरका महिला र बालकहरूले आ–आफ्ना भाँडाकुँडा लिएर आउँथे र त्यसमा रस भरेर लिएर जाने गर्दथे। दुःखको कुरा के छ भने ती उँखु पेल्ने मील जसका तस उभिएका छन्। र ती मेसिनका स्थानमा सनपाट बेर्ने मेसिन गाडिएको छ। त्यसको अगाडि पछाडि एउटा चुरोटको, अर्को पान पसलको दोकान थियो।

यी हृदय विदारक दृश्य देखेर मैले गह्रौं मन गराएर, एउटा मानिस जो हेर्दा सभ्य जस्तो लाग्दथ्यो। उसलाई सोधें “महासय म एउटा बटुवा हुँ म थाकेर लखतरान परेको छु। रातभर विश्रामको लागि घरको एउटा कुनै कुनो दिनु हुन्छ कि? त्यो मानिसले मलाई शिरदेखि पाउसम्म हेर्यो र भन्यो “अलि अगाडि जानुस् यहाँ बस्नका लागि ठाउँ छैन भन्यो। म अगाडि बढें तर त्यहाँबाट पनि उत्तर आयो “अलि अगाडि जानुस्”। पाँचौं पटक एकजना सज्जनसँग बास माग्दा उनले एकमुठी चना मेरो अंजुलीमा राखिदिए चना मेरो हातबाट धर्तीमा पोखियो र मेरा आँखाबाट अनयासै बलिन्द्रधारा आँशु बग्न थाले। मुखबाट अचानक निस्कियो उफ घ्घ्घ् यो मेरो देश होइन। यो अरू कसैको देश हो। यो हाम्रो अतिथि सत्कार भारवर्षको होइन कदापी हुन सक्दैन।

मैले एउटा चुरोटको बट्टा किने र सुनसान ठाउँमा गएर चुरोट पिउँदा पिउँदै बितेका कुराहरूको स्मरण भयो। एक्कासी मलाई धर्मशालाको कुराको सम्झना भयो। जो म विदेश जाने बेलामा निर्माण हुँदै थियो। म हतार हतार त्यतैतिर हान्निएँ। त्यहाँ जसरी तसरी रात बिताउन सकिएला भन्ने भावना मनमा उठ्यो। तर अफसोच, त्यहाँ झन् धेरै दुःख.... निकै कष्टहरू थिए। धर्मशाला त जस्ताको त्यस्तै थियो। तर त्यहाँ गरिब निमुखाको लागि बस्ने स्थान थिएन। जाँड, रक्सी, दुराचारले जवरजस्ती आफ्नो घर बनाएको थियो। यो दशा देखेर विवश बनेर मेरो हृदयबाट एउटा पीडादायी चित्कार निस्कियो र निकै जोडले चिच्याएँ। होइन घ् होइन घ् हजारौं पटक पनि होइन यो मेरो प्यारो देश भारत होइन। यो अरू कुनै देश हो। यो यूरोप हो। यो अमेरिका हो। तर भारत कदापी होइन।

–चार–

अंधेरीरात थियो। स्याल र कुकुरहरू कर्कस स्वरले चिच्याई रहेका थिए। म दुःखीत हृदय लिएर कुलोको किनारमा गएर बसेर सोच्न थालें। अब म के गरूँ? पुनः आफ्ना पुत्रहरू कहाँ फर्किनु कि? आफ्नो यो शरीरलाई अमेरिकी माटोमा मिलाउँ? अबसम्म त यो मेरो मातृभूमी थियो। म विदेशमा भए पनि मलाई आफ्नो प्यारो देशको यादले सताईरहन्थ्यो। तर अब त म देश विहिन भएको छु। मेरो कुनै देश छैन। यस्तैयस्तै कुराहरू मनमा खेलाउँदै घोप्टो मुन्टो लगाएर म मौन रहें। राति अनिदो बसें। काममा बसेको पालेले राति तीन बजेको घण्टी हान्यो। कुनै मानिस गुनगुनाएको पनि सुनियो। मेरो हृदय गद्गद् भयो। यो त देशभक्तिको राग हो। यो त मातृभूमिकै स्वर हो। म स्फूर्तिका साथ उठें के देख्छु–पन्ध्र, बीस जना बृद्धबृद्धाहरू सेतो धोती पहिरिएका हातमा लोटा समाएर स्नान गर्न जाँदै थिएँ। साथमा सबैले देशभक्तिको गीत पनि गाईरहेकै थिए। –“ हे ईश्वर नराम्रो नसोच मनमा, म यो गीत सुनेर मन्त्र मुग्ध भएको थिएँ। त्यत्तिकैमा केही मानिसहरूको कोलाहल पनि विस्तारै नजिक आयो र ती मानिसहरूमा कसैले हातमा कमण्डल लिएर, शिवशिव–हरहर गंगे, नारायण नारायण आदि शब्द उच्चारण गर्दै जाँदै थिए। आनन्ददायक र प्राभावोत्पादक रागद्वारा मेरो हृदयमा जुन प्रभाव पर्योन। त्यसको वर्णन गर्न कठिन छ।

मैले अमेरिकाकी अतिव चंचल र प्रशन्न चित्त भएका लावण्य व्यक्ति स्त्रिहरूको आलाप सुनेको थिएँ। शहस्त्र पटक उनीहरूको बोलीबाट माया र पे्रमका शब्दहरू सुनेको थिएँ। मैले मधुर बोली बोल्ने कोइलीको कुइकुई पनि सुनेको थिएँ। तर जुन आनन्द, जुन मजा र सुख मलाई यस रागबाट प्राप्त भयो। त्यो मलाई जीवनमा कहिल्यै पनि प्राप्त भएको थिएन। मैले आफै उक्त गीत गुनगुनाएँ। हे ईश्वर “मनमा नराम्रो रत्तिभर पनि नसोंच।” मेरो हृदयमा फेरि नयाँ आशाका किरणहरू देखा परे यो त मेरो प्यारो देशको कुरा पो हो त झ् रोमाञ्चित मेरो हृदय हर्षले गद्गद् भयो। म पनि ती मानिसहरूको साथमा मिसिएँ र ६ महिनासम्मको पहाडै पहाडको यात्रा गरेर, त्यही नदी किनारमा पुग्यौं। जसको नव पतित पावनी थियो। जुन नदीमा पौडी खेल्न र त्यसमा हित हुने कामलाई प्रत्येक हिन्दुले त्यसलाई आफ्नो अहोभाग्य ठान्दथे। पतित पावनी भगीरथी गंगा मेरो प्यारो गाउँदेखि छ, सात माइलको दुरीमा बग्दथ्यो। कुनै समयमा घोडामाथि सवार भएर गंगामाताको दर्शन गर्ने लालसा मेरो हृदयमा सदैव रहन्थ्यो। यहाँ मैले हजारौं हजार मानिसहरूलाई पनि चिसोपानीमा डुबुल्कि लगाएको देखें। कतिपय बालुवामा चाकलमाडेर बसेर गायत्री मन्त्र जप गरिहेका थिए। र, कसैले स–स्वर बेदमन्त्र पढिरहेका थिए। मेरो हृदय फेरि एक पटक उत्साहित भयो। र मैले जोडजोडसँग भने – हो घ् हो घ् यही मेरो प्यारो देश हो। यही मेरो प्यारो मातृभूमि हो। यही मेरो सर्वश्रेष्ठ देश हो। र यसैको दर्शनको लागि मेरा चाहनाहरू लालयित थिए र यही धर्तीको पवित्र धुलोको कण बन्ने पनि प्रवल अभिलाषा थियो।

म विशेष प्रकारको आनन्दमा निमग्न थिएँ। मैले आफ्नो पुरानो कोट र पतलुन निकालेर फ्याँकी दिएँ र गंगाजीको काखमा झ्वाम्म हाम फाले। जसरी सिधासाधा बालक दिनभरी कुनै निर्दयी मानिसको साथमा रहेर साँझपख आफ्नो आमाको काखमा दौडिदै गएर छातीमा टाँसिन्छ। हो त्यस्तै म पनि। म अब आफ्नो देशमा छु। यो मेरो प्यारो मातृभूमि हो। यी मानिसहरू मेरा दाजुभाई हुन्। गंगा मेरी माता हुन्। मैले पनि ठीक गंगाको किनारमा एउटा सानो सानो बुकुरो बनाएँ। अब मलाई केबल रामनाम जप्ने बाहेक अरू कुनै काम नै थिएन म नित्य प्रायः साँझकाल गंगा स्नान गर्दछु। र मेरो प्रबल इच्छा छ कि यही स्थानमा मेरो प्राण पखेरू उड्न र मेरो मृत शरीर गंगामाताको लहरहरूमा समाहित होस्।

मेरी पत्नि र मेरा पुत्रहरूले बारम्बार बोलाई रहन्छन्। तर अब म गंगामाताको किनार र प्यारो देश छाडेर कहीं पनि जान सक्दिन मेरो मृत शरीरलाई गंगाजीलाई सुम्पनेछु। अब संसारको कुनै पनि आकांक्षाले मलाई यस स्थानबाट हटाउन सक्ने छैन। यही नै मेरो प्यारो देश हो र यही नै प्यारो मातृभूमि पनि हो बस यही मेरो अन्तिम अभिलाषा पनि कि म आफ्नो प्यारो मातृभूमि मै आफ्नो प्राणको त्याग गरूँ।

अनु–नारायण योगी

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 भाद्र, 2066

लेखकका अन्य रचनाहरु