साहित्यका नवरत्न

- जे. एल्. श्रीवास्तव

त्यसो त मानिसहरू धेरै किसिमका हुन्छन् तर अहिलेको जमानामा मानवताको बोझ बोक्ने काम नेतापछि साहित्यकारले गर्दछ । साहित्यकार भनेको त्यो बुझक्कडहरूमध्ये पर्दछन्, जो विद्यार्थीकालमा लगौँटी र कुश्तीहरूबाट टाढा रही कागत र कलमसँगै टाँसिएर रहने गर्दछन् । जब यिनीहरू जवान हुन थाल्छन्, हरेक पुराना चीजहरू गलत हो भन्ने गर्छन् र हरेक जवान युवतीहरूले बोल्यो कि आफूलाई प्रेम गरेको भन्ने सोच्दछन् । यिनीहरू सुरुसुरुमा बडो हल्लाखल्लाका साथ संसारलाई परिवर्तन गर्ने अनि भोक, शोषण र अन्यायलाई संसारबाट हटाइदिने कुरा सोच्दछन् र बोल्दै हिँड्छन् तर पछि यिनीहरू आफ्ना सारा आक्रोश आलोचकहरू, पाठकहरू र विरोधीहरूलाई मर्ूख प्रमाणित गर्नमै खर्च गर्दछन् । साहित्यकारहरूको नयाँ फसल कलेज या युनिभर्सिटीका कमनरुमहरू, क्यान्टिनहरू र होस्टेलहरूमा बडो शान्दारका साथ उब्जनी हुन्छ । ठीक त्यसरी नै जसरी वषर्ाद्मा जामुनको रुखमुनि जामुनका स-साना बोटहरू उब्जन्छन् तर केही दिनअघि नै यीमध्ये ज्यादाजसो फसल नून, तेल, ग्यासको चिन्ताको तापसित अथवा राम्रो जागिरको सपनाको मृगमरिचिकासँगै मर्दछन् । जो पनि बच्दछन् तीनका पनि सङ्ख्या कम हुँदैनन् । तीनै पछि गएर साहित्यकार हुन्छन् । यी साहित्यकारहरू थरिथरिका हुने गर्दछन् तर तीनमा नौवटा प्रमुख हुन्छन् । अब म ती नै नौ किसिमका प्रमुख साहित्यकारहरूको वर्ण्र्ााउनीहरूको लक्षणका साथ गर्दछु । यसो गर्दा पाठकहरूका लागि उनीहरूलाई चिन्नमा सजिलो हुनेछ ।
पुँजीपति साहित्यकार-जो साहित्यकारहरू पहिले कहिल्यै लेख्ने गर्दथे तर अब खुब स्थुलकाय भइसकेका छन् र कुनै पत्रपत्रिकाको सम्पादक भइसकेका छन्, उनीहरू "पुँजीपति, साहित्यकार" भनिन्छन् । तिनीहरूमा पनि श्रेष्ठ त ती हुन्, जो सम्पादकको रूपमा नाम त आफ्नो छपाउँछन् तर काम कुनै बेनामी सहकर्मीले गर्दछ ।प्रकाशक साहित्यकार- कुनै साहित्यकार यस्ता हुन्छन् जसका कुनै प्रारम्भिक पुस्तक जनतामाझ लोकप्रिय भइदिन्छन् । त्यसो त प्रायः यस लोकप्रियताको कारण कुनै सामयिक आन्दोलनसँग रचना मेल खानु या सेक्सलाई उजागर गरेको हुनाले नै हुने गर्दछ तर ती साहित्यकारहरूमा यो भ्रम हुन थाल्छ कि अब त खुब महान् साहित्यकार भइयो र उनीहरूका पुस्तकहरू छापीछापी अरू प्रकाशक लखपति हुँदै जान थालेका छन् । अतः यस्ता साहित्यकारहरू स्वयं लखपति बन्ने चाहनामा आफ्ना रचनाहरू स्वयं छाप्दै-बेच्दै गर्ने काम सुरु गर्न थाल्दछन् । त्यसको फलस्वरूप यिनका लेख्ने काम चाहिँ बन्दजस्तै हुनथाल्दछ । यस्ता साहित्यकार नै "प्रकाशक साहित्यकार" हुन् ।सम्मेलनी साहित्यकार-त्यसो त यस कोटीमा ज्यादाजसो कवि नै आउँदछन् तर उनीहरूको देखादेखी अब कथा र लेख-निबन्ध लेख्ने साहित्यकार पनि केही हदसम्म "सम्मेलनी साहित्यकार" बन्दै जान थालेका छन् । जुन कविका कविताहरू प्रायः अस्वीकृत भएर फिर्ता आउँछन् तिनीहरू कवि-सम्मेलनको आयोजक बन्दछन् र जुन लेखकका कथा तथा लेखहरू फिर्ता हुन्छन् ती विचार गोष्ठी र साहित्य गोष्ठीको आयोजक बन्दछन् । यस्ता साहित्यकारलाई "सम्मेलनी साहित्यकार" भन्दछन् । भाडाको साहित्यकार-जुन साहित्यकारहरूमा अरूका रचनाहरू बुझ्ने र धेरै लेख्ने क्षमता हुन्छ, उनीहरू ठूल्ठूला प्रकाशकहरूकहाँ ठेक्कामा गाइड र सहायक पुस्तकहरू लेख्ने काम गर्छन् । यिनीहरूलाई पारिश्रमिक पनि प्रतिपृष्ठको हिसाबमा मिल्दछ, त्यसकारण उनीहरू हर दिन ज्यादाभन्दा ज्यादा पृष्ठ लेख्ने चक्करमा हुन्छन् । अतः यी "भाडाको साहित्यकार" भनिन्छन् । गुप्त साहित्यकार-केही त्यस्तै कलाकार किसिमका साहित्यकार हुन्छन्, जसको साँठगाँठ केही त्यस्तै भलाकार -उपयोगी) प्रकाशकहरूसँग हुने गर्दछ । यी कलाकार साहित्यकारहरू नारीजीवन तथा नारी शरीरका उन्मुक्त र यथार्थवादी चित्रण गरेर साहित्य सिर्जना गर्दछन् र आफ्ना यस्ता रचनाहरूलाई आफ्ना निपुण भलाकार -उपयोगी) प्रकाशकहरूद्वारा प्रकाशित गरेर धन आर्जन गर्दछन् तर यिनीहरूलाई आफ्ना रचनाहरू र्सार्थक र्-अर्थ प्रदायिनी) बनाउनेबाहेक अतिरिक्त यशको कुनै लोभ हुँदैन । त्यसकारण यिनीहरू या त आफ्ना किताबहरूमा लेखकको नामै दिँदैनन् या फरकफरक किताबहरूमा फरक फरक छन्द नाम दिने गर्दछन् । यसप्रकार यी सदा गुप्त नै रहन्छन् । यसकारण यिनीहरूलाई "गुप्त साहित्यकार" भनिन्छ ।लुप्त साहित्यकार-जुन साहित्यकारका दर्ुइ/चार रचनाहरू कतै मामुली पत्रिकाका कुनाकाप्चामा कहिल्यै छापिएका हुन्छन् र अब कुनै कारण वश कतै छापिँदैनन्, साथै उनीहरू यति जुम्से र लाटा हुन्छन् कि आफ्नो सहरमा पनि प्रचार गर्न सक्दैनन् -र सम्मेलनी साहित्यकार पनि बन्न सक्दैनन्) उनीहरूलाई "लुप्त साहित्यकार" भन्दछन् ।सुप्त साहित्यकार-विद्यार्थीकालमा लुकीलुकी प्रेमगीत र प्रेमकथाहरू लेख्ने त्यो प्राणी जो अब आफ्नी बूढी या बूढाको कर्कश, बालबच्चाको आवारागर्दी, मामूली जागिर अनि आर्थिक अभावजस्ता कुनै बहानाले गर्दा अहिले केही लेख्दैनन् तापनि सधैँ आफूलाई साहित्यकार नै भनेर सोच्दछन् । अनि भविष्यमा मास्टरपीस रचना लेख्ने कुरा बक्दै हिँड्छन्, उनीहरूलाई "सुप्त साहित्यकार" भनिन्छ । किनभने उनीहरूको हाडमासुको शरीरमा सधैँ एक साहित्यकार सुत्ने गर्दछ जो कहिल्यै ब्यूँझने गर्दैन । क्रान्तिदर्शी साहित्यकार-पहिले यस कोटिका साहित्यकार मार्क्स, लेनिन, ट्राटस्की इत्यादि नाम घाँटीमा झुण्ड्याउँथे तर अब यी नाम पुराना हुँदै गए अनि आजकल क्रान्तिदर्शी साहित्यकारहरू मार्क्स र लेनिनको बुटी कम्मर या पाखुरामा बाँध्छन् र माओत्सेतुङ्ग तथा मुक्तिसेनाको नामको माला घाँटीमा झुण्ड्याउँछन् । यदि यिनीहरूलाई यो माला देखेर पाठकहरू भाग्लान् भन्ने डर भयो भने यिनीहरू रामराम लेखिएको ओढ्ने औढेझैँ भोक, शोषण, भ्रष्टाचार, कुण्ठा, पर्ूवाग्रह इत्यादि शब्दहरू छापिएको ओढ्ने ओढ्दछन् । यस्ता साहित्यकारहरू कम लेख्छन्, बढी बोल्छन्, कम खान्छन्, बढी पिउँछन् । अनि कम बस्छन् बढी हिँड्छन् ।नयाँ साहित्यकार-यी ती साहित्यकारहरू हुन्, जो अरूले पटक्कै नबुझ्ने भाषा लेख्दछन् । यिनीहरूलाई आफ्नो देशका विद्वान्हरू, विचारकहरू या आलोचकहरूको नाम उल्लेख गर्न लाज लाग्छ र अमेरिकी, अङ्ग्रेजी, प|mान्सेली कवि, लेखकहरूको नाम महान् लेखक कविको रूपमा उद्धृत गरेर गौरवको अनुभव गर्दछन् । यिनीहरूलाई अरूको पैसाबाट चिया खानु, चिया पसलमा बसेर आफ्नो प्रशंसा र अरूको निन्दा गर्नु अनि कुण्ठा र पर्ूवाग्रह शब्दको पटकपटक प्रयोग गर्नु ज्यादै मन लाग्छ । यिनीहरूलाई "नयाँ साहित्यकार" भनिन्छ र यिनीहरू चिर युवा हुन्छन् । यिनीहरूको शारीरिक उमेर १८ देखि ७८ वर्षम्म चाहे कुनै पनि होस्, बौद्धिक उमेरचाहिँ हरहमेशा नयाँ अर्थात् १८ वर्षनै रहने गर्दछ ।

अनु : किशोर पहाडी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु