समवेदना

- बिनोद खड्का

बाहिर एकनासले पानी परिरहेको थियो । बाउलाई अस्पतालमा भर्ना गरेर निक्लेको थियो उ । अस्पतालले तुरुन्तै अप्रेशन गर्नु पर्छ भनेको छ । उसको बाउ एउटा सामान्य जागिरे हुन । उ जागिरे बाउको भविष्यको संरक्षक तर हाललाई देशका थुप्रै अरु युवाहरु जस्तै एउटा शिक्षित बेरोजगार ।

छोरो पानीले चुटिएर आएको थियो । बुढी आमा छोराको मुखबाट लोग्नेको शुभ समाचारको प्रतिक्षामा उसकै छेउ उभिएकी छिन । छोराको चेहराले छोरासंग राम्रो समाचार छैन भन्ने अडकल तिनले गरिसकेकि थिईन । तैपनि समस्या के हो जान्ने तीनको चाहना छ । उसले कपडा फेर्यो । आमाले खाना तयार भएको बताईन । खाना के रुच्थयो र तैपनि उसले खाएजस्तो गर्यो । आमाको मन चसक्क गर्यो छोराको हाल देखेर । खाना खाएपछि उसले बाउको अप्रेशन गर्नुपर्ने र त्यसको लागी निकै ठूलो रकम जुटाउनु पर्ने बतायो । आमालाई पीर नगर्न पनि सुझाव दियो र उसले उसका बाबुका साथीहरुबाट श्रृणका रुपमा चाहिएको पैशा जुट्न सक्ने पनि बतायो ।

आमाले भनिन “ठूला घरे काजी उहाँको असाध्य मिल्ने साथी हुन । असाध्यै माया पनि गर्थे ।” उसले पनि सम्झयो पुराना दिन साच्चै ठूला घरे काजी उसका बाउ नभए विदेशी ह्वीस्की पिएको मज्जा नै आउदैन भन्थे । उसले अड्कल काट्यो बाउको मुटु रोगका कारण कतै त्यही विदेशी ह्वीस्की त होईन । उसलाई रात कटाउन सजिलो भएन । निन्द्रा आउने त सवाल नै थिएन । यसैको फाईदा उठाएर उसले भोली बिहान बाउको को को साथीहरुको मा श्रृण सहयोग माग्न जाने पुरा योजना बनायो ।

बिहानी भयो । एक कप चिया पनि नपिई उ मूख्य काममा निक्ली हाल्यो । पहिले त उ ठूला घरे काजीको घरतिर नै लाग्यो । काजीलाई परैबाट उनको झयालको कुनामा देखेपछि उ ढुक्क भयो । ढोकामा पुग्ने बित्तिकै कजिनीले भनिन “बुबालाई कस्तो छ बाबु कस्तो सिधा मान्छेलाई कत्रो ठूलो रोग लागेछ हत्तेरी । काजी भेट्न जान पाईन भनेर खिन्न हुँदै हुनुहुन्थयो तर के गर्नु बिहानै जरुरी कामले पोखरा जानु पर्यो उहालाई ।”

आधा दिन ढल्कदा उ अस्पतालतिर लाग्दा उसको बगलीमा हिजो आमाले दिएको चार सयभन्दा बढी एक पैशा पनि थिएन ।








प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 29 माघ, 2065

लेखकका अन्य रचनाहरु