17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अपूर्व हिमाली मुस्कान

नियात्रा ज्ञानेन्द्र विवश March 14, 2024, 5:31 pm

ज्ञानेन्द्र विवश ‘नेपाली सर, हजुरले हिमाली मुस्कान देख्नुभयो त ?’ भारी बिसाएर बसेका भरिया भाइले मलाई देखेर प्रश्न गरे ।
‘मज्जाले देखियो भाइ ! भाइले भनेको हो रहेछ । आजदेखि हिमाल राम्रै देख्न पाइयो । बादलले नछोपेको हुँदा अमादब्लम त आँखै सामुन्ने देखिँदोरहेछ । सगरमाथा श्रृङ्खलालाई पनि हेर्न पाइयो ।’ मैले उनलाई यत्ति भनेँ र आफ्नो बाटो लागेँ


अमृतबेला

लघुकथा नन्दलाल आचार्य March 14, 2024, 5:21 pm

नन्दलाल आचार्य “कसैको बाउको करेसाबारी फाडेको थिइनँ; किन यस्तो वेदनाको पगरी भिराइस् ?” उषाको लाली छरिन अत्तोपत्तो नै नभएको क्षणमा मन्दिरबाट मान्छेको यस्तो आवाज आयो । र; थपिँदै गयो–
– आज म एकएक हिसाब चुक्ता गरेर छाड्छु ।
– तँ बैरी हुन्छस् भने म तेरा विरूद्ध खनिँदा पाप लाग्दैन ।
– मैले जीवनभर तेरो गुलामी गरेँ, अहिले ७९ नाघेपछि आँसु पिएर जिउन वाध्य पारिस् ?
– तँ धोकेवाज होस्, तँ कृतघ्न होस्, तँ विश्वासघाती र अधर्मी होस्


चियाउने ट्रेनिङ डिप्लोमा

लघुकथा नगिता राई लेप्चा March 14, 2024, 5:19 pm

नगिता राई लेप्चा हिजोआज विभिन्न विषयमा डिप्लोमा ट्रेनिङको चलन चलेको छ। कम्प्यूटरदेखि पार्लर, ब्यूटिशियन, सफ्ट वेयर, हार्डवेयर डिप्लोमा, कुकिङ डिप्लोमा आदि आदि। ती डिप्लोमाको आरिस गरेर मैले पनि भर्खरै चियाउने ट्रेनिङ डिप्लोमा शुरु गरेको छु। चियाउनुको अर्थ कुनै पनि गोप्य कुरा वा आफूलाई गुप्ति चालले वा छलेर विशेष दृष्टि लगाउनु चियो गर्नु वा चेक गर्नु हो


‘भारतीय नेपाली गीत सञ्चयन’ बारे

कृति/समीक्षा नवीन पौड्याल March 12, 2024, 1:09 am

नवीन पौड्याल नेपाली साहित्यमा कमल रेग्मी एक प्रखर गीतकारका रूपमा चर्चित छन्। हालसम्म उनका पाँचवटा गीतसङ्ग्रह- ‘काँडाफूल’ (२००७), ‘हिउँको आगो’ (२०१२), ‘घामपानी’ (२०१८), ‘कन्फ्लुन्स’ (उनका गीतको श्रद्धामणि प्रधानद्वारा अङ्ग्रेजी अनुवाद, २०१८) र ‘बालुवामा’ (२०२३) प्रकाशित भइसकेका छन्। उनी गीतमा समर्पित सर्जक व्यक्तित्व बनेका छन्


कस्तो मन...?

लघुकथा रन्जु 'मार्ग ' March 12, 2024, 12:58 am

रन्जु 'मार्ग ' दिन भरी छोरा आउने बाटो हेरेर बसेका थिए बाबु । बुहारी ले बेला बेलामा आएर ‘किन यसरी बाहिर एक्लै बस्नु भएको ‘भनेर पनि सोध्थी ।
#
साझँपख छोरा अफिसबाट घर आयो । छोरा बाबुलाई देखेर पनि नदेखे जस्तो गरी आफ्नो कोठा भित्र छिर्यो । बाबुले सोचे बिचरा दिन भरी काम गर्नु पर्छ, थाक्यो होला ! ‘आउनेबित्तिकै के कुरा गर्नु ? आ ‘ बेलुका खाना खाने बेलामा भन्नु पर्ला ‘ भनेर बेलुका भन्ने निर्णय गरे


शोधमूलक गद्यकाव्यजस्तै : 'उमिहोतारू'

कृति/समीक्षा प्रा.डा. नारायण चालिसे March 5, 2024, 4:50 pm

प्रा.डा. नारायण चालिसे कृष्ण बजगाईं नेपाली साहित्यमा प्रतिभासम्पन्न स्रष्टाका रूपमा देखा परेका छन् । युरेशियाको स्पर्श, भायासाक्रा, दाइबुचु, कमरेड भाउजू, हिउँको तन्ना, कुमारी रात, मौनप्रणय, यन्त्रवत्, रोडम्याप, संवैधानिक पत्नी, आगो ओकल्ने पहाड, कागजको मन्त्री लगायतका दर्जन कृति नेपाली साहित्यलाई दिइसकेका बजगाई यसर्थ होनहार स्रष्टा हुन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित