आज धेरै दिनको अन्तरालमा बेलुकाको घाम डुब्नै लागेको वेला थियो । भीमा पटाहामा बसेर बेलुकाको खाना बनाउने सोचमा थिइन् । घरको अगाडी अटो आएर अडियो । एउटी बूढी महिला अटोबाट ओर्लिइन र हातमा सानो पोको समाउँदै भीमाको घरतिर बढिन् । भीमाका आँखा त्यतैतिर गए । पहिला त को हो को हो बूढा नजरले ठम्याउन गाह्रै लाग्यो
विषयप्रवेश
कारा भनेको कारावास वा बन्दीगृह हो। पूर्व प्रधान न्यायाधीश सुशीला कार्की (सन् १९५२) को पहिलो उपन्यास कारा (२०७६) २०४७ पूर्वको नेपालको राजनीतिक र सामाजिक समस्या निरूपणमा केन्द्रित छ । पञ्चायत व्यवस्थाका विरुद्ध विद्रोहमा लागेका र विभिन्न सामाजिक अपराधका कारण जेलमा परेका पात्रहरूको कार्यकलाप यसमा रहेको छ
नेपालीमा लघुकथा लेख्ने र छाप्ने वा सङ्ग्रहका रूपमा प्रकाशन गर्ने लहर नै आए पनि आकर्षक शैलीमा चखिलो व्यञ्जनाले साँधेर पाठकलाई चित्त बुझ्दो भाव छोड्न सक्ने लघुकथाकारहरू मध्येका कृष्ण बजगाईं एक कुशल लघुकथाकार हुन् । नेपाली भाषामा ६ ओटा लघुकथा संग्रह प्रकाशन गरेका उनको पछिल्लो कृति हो, ‘नग्न स्वप्न’
कैसी महफिल है वह जिसमें सरीक हम नहीं,
वह भी कैसी शाइरी जिसमें ताशीर-ए-दम नहीं ।
( सुशील गौतम , अश्क-ए-चिराग , पृ.७१ )
" हुस्न गमजा की कशाकश से छुटा मेरे बाद,
बारे आराम से हैं अहले जफा मेरे बाद ।" -गालिब
नेपाली साहित्यमा लोकप्रियताको शिखरमा रहेको गजलको आफ्नै स्वरूप , सिद्धान्त र पहिचान छ
पैदल हिँडेका ठाउँ र सवारीबाट पार गरेका ठाउँका आधारमा नेपालका यति जिल्ला र उति जिल्ला घुमेको छु भनेर गुड्डी हाक्ने घुमक्कड हाम्रा वरपर प्रशस्त भेटिन्छन् । औँलामा गनेका सबै जिल्लाको समग्र भ्रमण सम्भव नभएपनि त्यहाँका केही ठाउँ, बस्ति, सहर पुगेका आधारमा उक्त जिल्लाका बारे केही जानकारी भएको कुरा कसैले गर्यो भने सुन्नेले पनि पत्याउने खालको हुनजान्छ
“दाइ, मलाई मनी माइन्डेड भन्नु भए पनि हुन्छ। मेरो जीवनको उद्देश्य नै पैसा कमाउनु हो। म क्यानाडाबाट धेरै पैसा कमाउन भनेर नै अमेरिका आएको हुँ। यदि अलिकति परिश्रम गर्न जानेको छ भने यो पूँजीवादी देशमा पैसा कमाउन सजिलो छ। सामाजवादी हुन खोज्ने देश क्यानाडामा त्यस्तो सहज छैन।”
म गम्भीर भएर अमनको कुरा सुन्दै छु