परिचय:
यो कवितासङ्ग्रकी कवयित्री हुन् शोभा खनाल कोइराला । उनी सत्यनारायण खनाल र गौरी खनालकी द्वितीय सन्तती हुन् । उनी गैडाकोट–१४ नवलपरासीमा जन्मिन, स्नात्कोतरसम्म अध्ययन गरिन, ३० वर्षसम्म शिक्षण पेशा अपनाइन् र हाल साहित्य र समाजसेवामा लागिरहेकी छन् । उनका हालसम्मका प्रकाशित कृतिहरू ,संयुक्त गजलसङ्ग्रह (संयुक्त२०७७, चैत), संयुक्त कविता सङ्ग्रह २०७८), मनको बाँसुरी (कवितासङ्ग्रह , २०८१) को साथै विद्यालय, विभिन्न स्थानीय संघस्ंस्था, पत्रपत्रिकाहरूमा फुटकर कविता, र गजल, प्रकाशित भएका छन्
नेपाली साहित्यको विस्तारमा सक्रिय भूमिका लिँदै आएका एक प्रतिष्ठित नाम हो बाबुराम श्रेष्ठ ‘वर्षा’। बाबुराम श्रेष्ठ ‘वर्षा’ वि.सं. २०१० मा ताप्लेजुङ जिल्लाको खेवाङ गाउँमा जन्मनुभएको हो। माता विष्णुमाया श्रेष्ठ र पिता हरि नारायण श्रेष्ठका साहिँला पुत्ररत्नका रूपमा जन्म ग्रहण गर्नुभएको हो
वि.सं. २०२१ साल फागुन २३ गतेको शुभ मुहूर्तमा पिता ईश्वरीप्रसाद दाहाल र माता कलादेवी दाहालका पुत्ररत्नका रूपमा ऐतिहासिक जिल्ला गोरखाको तान्द्राङ-३ , मझिन्थोकमा चिरञ्जीवी दाहालको जन्म भएको हो। हाल कालिका नगरपालिका- ६, चितवनलाई स्थायी बसोबासमा रूपान्तरित गरी जीवनका उर्वर समय जागिरमा खर्चेर सेवा निवृत्त भएउपरान्त उमेरले नेटो काट्न लागेको अवस्थामा बैँसेजोश र उत्साहका साथ साहित्यको अध्ययन, सिर्जन र उन्नयनमा लाग्नु र दिनोत्तर सफलता हासिल गर्दै जानु नव- सर्जकहरूका निम्ति प्रेरणा -प्रसङ्ग र साहित्य अम्मलीहरूका लागि हर्षदायी प्रसङ्ग बन्नसक्दछ
कामकाजी व्यस्त महिलाको सूचीमा म आफूलाई पनि राख्न रुचाउँछु । कामैकामको बोझले थिचेको बेला मलाई झन् गर्वको महसुस हुन्छ । फुर्सदको एकाध घण्टा पनि निकै पट्यारिंदो लाग्छ मलाई । अति व्यस्त दिनचर्याका बीच अप्रत्यासित कामकाज आइपर्छन् राजधानीतिर जानुपर्ने । जिन्दगीमा अपेक्षा गरेका कुराहरू मात्र कहाँ आइलाग्छन् र ! अपत्यारिला तथा झन्झटिला लाग्ने कामसँग पनि त जम्काभेट हुन्छ नि ! मेरा जीवनमा आएका संघर्षका ज्वारभाटाहरु सानोतिनो मेहनतले रोकिदैनन्
१. विषय प्रवेश –
नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू छन्। उनी एक आदर्श शिक्षिका, एक कुशल प्रशासक र एक चिन्तक हुन्। उनको जन्म २७ मार्च, सन् १९३४ मा कलकत्तामा भएको हो
घुमक्कडीले प्रथम अध्याय जनकपुर भए पनि म धेरैपटक जनकपुर गएको हुँ । जलेश्वर पनि पुगेको हुँ र यहाँका अञ्चलाधीश तथा ठुला पन्चहरूको चकचकी सुनेको हुँ । वास्तवमा, म कता जान्छु भन्ने टुङ्गो गरेको थिइनँ, तर बस–बिसौनीमा गई बस वारे कुराहरू बुझ्दा यहाँबाट रात्रीबस निकै ठाउँमा जाँदा रहेछन्, तीमध्ये नेपालगन्ज पनि एक रहेछ