18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कृष्णचन्द्रसिंह प्रधान र नेपाली उपन्यास समालोचना

कृति/समीक्षा नवीन पौड्याल March 1, 2025, 4:17 pm

नवीन पौड्याल १. विषयप्रवेश-
नेपाली साहित्यमा केही व्यक्ति अमर बनेका छन् जो आफ्नो सृष्टि र दृष्टिले उल्लेखनीय कृतिहरू दिएर गएका छन्। आफ्नो जीवनलाई नै साहित्यको साधनामा बिताउनेहरू छन्। साहित्यिक कृतिभित्रहरू सिर्जना गरेर धेरैलाई लाभान्वित तुल्याएका छन्। आफ्नो व्यक्तिगत कुराहरूमा भन्दा सामूहिकतामा बल गर्ने, अध्ययन लेखन चिन्तनमा अधिक समय व्यतीत गर्ने, साहित्यले समाज परिवर्तन गर्ने गर्न सक्छ भन्ने विश्वास राखेर त्यसलाई महत्त्व दिने केही थोरै व्यक्ति हुन्छन्


मेरो दायित्व

कथा सदानन्द अभागी February 28, 2025, 12:38 am

सदानन्द अभागी सन्ते र जयन्तीको विवाह भएको आज करिव ७ वर्ष भयो । यिनीहरूको एक छोरा जन्मेको छ । छोरा अहिले ५ वर्षको भयो । विश्व निकेतनमा नर्शरीमा अध्ययन गर्छ । बालक चतुर छ । सज्जन छ । दिन बित्तै जान्छन् । सन्ते र जयन्तीको दिन राम्रोसँग चलिरहेको छ । दुबैले एक अर्कालाई माया गर्दछन् । आज पाठशालाको नतिजा प्रकाशनको दिन थियो , सन्ते र जयन्ती पनि छोराको नतिजा सुन्न विश्व निकेतन पुगे


भोटे चिया

निबन्ध प्रमाण अधिकारी February 28, 2025, 12:34 am

प्रमाण अधिकारी चियाको तलतल नभएको नेपाली समाजमा सायदै कोही होला । अल्छी लागे, दिक्क लागे, थकाइ लागे, चिसो लागे, भोक लागे, झर्को लागे चिया खाने कुरा यी सबै कुराको समाधानका रूपमा दिमागमा झुल्किहाल्छ । साथीभाइ भेट्दा, छुट्ने बेला, कसैलाई भेट्न पर्दा, दिमागमा केही फुराउन पर्दा पनि चिया बसिबियाँलो र उत्प्रेरकको भूमिकामा आइहाल्छ


मेरो सुदूर विस्मृतिका बिम्बमा 'रागे बिजुवा'

संस्मरण/स्‍मृति विमल गिरी February 28, 2025, 12:32 am

विमल गिरी हाम्रो मानसपटलमा कहिल्यै नमेटिने ढुङ्गाका अक्षरजस्ता अमिट रहन्छन् अविष्मरणिय हुन्छन । तिनै अविष्मरणिय व्यक्तिमध्ये मेरो स्मृति विम्बमा सधैँ रहिरहने व्यक्ति हुनुहुन्छ प्रतिभाका धनी, "तान्त्रिक रागे बिजुवा" । जब सम्झन्छु ती दिन,मेरा आँखा भरिन्छन । मलाई मेरो
जीवनको स्मृतिमा आइरहने यस्ता थुप्रै घटनाहरू छन्


सुन्दरीजलभित्र लुकेको प्राकृतिक सुन्दरता

नियात्रा डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ February 24, 2025, 1:51 pm

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ सुन्दरीजल चावहिलको उत्तरी तथा शिवपुरी राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा रहेको प्राकृतिक विविधताले भरिपूर्ण एक सुन्दर तथा मनोरम क्षेत्र भन्ने सुनेको थिएँ । त्यसैले, यो स्थान हेर्ने र मनलाई आल्हादित पार्ने रहरको हुटहुटी जागेको पनि धेरै वर्ष नै भइसकेको थियो । तर जाने साइत जुरेको थिएन


जुँगे बाको लठ्यौरोलाई कन्या चाहियो

हास्यव्यङ्ग्य होम सुवेदी February 24, 2025, 1:43 pm

होम सुवेदी केही वर्षदेखि यता नेपालबाट विदेशतिर जाने लहर नै चलेको छ । सके अमेरिकै जाने र नसके खाडीका मुलुकमा समेत जानै पर्ने मान्यताको विकास भएको छ । गाउँका युवा जति सबै विदेशमा पुगेर गाउँहरु बुढाबुढीहरु मात्र भएका खबर सुन्न पाइन्छ । मेरै गाउँबाट पनि ३०० भन्दा बढी युवाहरु अहिले विदेशमा छन् । कार्की बुढाको निधनमा हामी बुढाहरु मात्र मलामी थियौं

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित