>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

संझनाका तरेली बिमोचित

गत ३१ तारिख आईतवारका दिन बेल्जियमको अन्त्वेर्पेन शाहरमा एक भब्य समारोहका माझ कवि तथा गीतकार बिमल गिरीद्वारा लिखित संझनाका तरेली गीती संग्रह्को बिमोचन भएको छ ।

नेपालका भूतपूर्व उपप्रधानमन्त्री के.पी शर्मा ओलिले उक्त कृतिको बिमोचन गर्दै डायोस्पोरा साहित्यको योगदानको चर्चा गर्नु भएको थियो । ओलिद्वारा विमोचित उक्त समारोहमा नेपाली दूतावास बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमाल, एन.आर.एन बेल्जियमका आई.सि.सि,एन.सि.सि प्रतीनिधिका साथै बेल्जियम स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रवासमा बसेर नेपाली भाषा,साहित्य उत्थानको क्षेत्रमा योगदान गर्दै आऊनु भएका गिरी हाल अन्तराष्ट्रीय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको उपाध्यक्ष पदमा रही काम गर्दै आऊनु भएको छ । कवि गिरीको 'साल्पा'प्रकाशोन्मुख कविता संग्रह हो भने 'उपसना'संयुक्त गीती सि डि हो ।