>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

‘राजधानी छिरेपछि’ लोर्कापित

पर्यटन तथा नागरिक उड्यन मन्त्री शरद सिंह भण्डारीले शनिवार आयोजित कार्यक्रममा ‘राजधानी छिरेपछि’ कविता संग्रहको लोकार्पण कार्यक्रममा राजनीति व्यत्तिभन्दा साहित्यकारहरु बढि विश्वासिला हुुने भएकोले साहित्यकारहरुले अबको नेपालमा व्यंग्यमात्र नगरी सत्यकुरा प्रष्टसंग समाजमा राख्नु पर्ने विचार व्यक्त गर्नू भयो ।
विशिष्ठ अतिथि डा.बेन्जु शर्माले मणिराज सिंहको उक्त तेस्रो कृतिको लोकार्पण गर्नूहुँदै कृति स्तरीय, परिपक्क हुनुको साथै समयको छाप नै भएको धारणा व्यक्त गर्नू भयो । डा.कृष्णहरी वरालले ‘राजधानी छिरेपछि’ कविता संग्रह समय सापेक्ष विचार बोकेको नेपाली साहित्यको स्तरीय र हृदयस्पर्सी कृति हो भन्नुभयो ।
समारोहमा विजय चालिसेले ज्योति साहित्य प्रतिष्ठानको तेश्रो वार्षिकोत्सवको शुभकामना सहित सिहलाई बधाई दिनुभयो । डा.बमबहादुर जितालीले कृतिको समिक्षा गर्दे नेपाली साहित्यमा मणिराज सिँह एक शसक्त्त हस्ताक्षरको रुपमा अघि वढेको र समयको पाइला पच्छ्रयाउँदै समाजलाई डो¥याउन सक्ने व्यक्तित्वका रुपमा स्थापित हुन भएको विचार पोख्नु भएको थियो ।
डा.कुमार कोइरालाले सिंहको कृति विचार भाव र शैलीको दृष्टिले उत्कृष्ठ रहेको बताउँनु भयो । सूर्य बस्नेतको सभापतित्वमा भएको उक्त समारोहमा डा.सुष्मा आचार्य, चन्द्रकला नेवार, डा.गार्गी शर्मा, ज्ञानुवाकर पौडेल, रामभरोस कापडि ‘भ्रमर’, विजयध्वज थापा, मुकुन्द अर्याल र हरिप्रसाद पाण्डेयले सिहका कविता वाचन गर्नू भएको थियो । कमला रिसालद्धारा संचालन भएको कार्यक्रम नेपाल पर्यटन वोर्डको सभाहलमा समापन भएको थियो ।