>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

मरणोपरान्त १२ जनालाई देवकोटा शताब्दी महासम्मान

काठमाडौं,माघ १३ गते
महाकवि देवकोटा शताब्दी महोत्सवले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनमा अत्यन्तै महत्वपूर्ण, सार्थक र ऐतिहासिक सहयोग पु¥याउने बाह« जना महानुभावहरूलाई मरणोपरान्त ‘महाकवि देवकोटा शताब्दी महासम्मान’ समर्पण गरेको छ ।
महासम्मानबाट सम्मानित हुनेहरु प्रा.डा.ईश्वर बराल, गणेशमान सिंह, महेन्द्रवीरविक्रम शाह, मृगेन्द्रशमशेर जबरा, ब्रम्हशमशेर जबरा, महापण्डित राहुल साङ्कृत्यायन (भारत), डा.यडगार आर. मिलर (बेलायत), डा.ल्यूदमिला आगानीना (रूस), डा.वर्कले हिल (अमेरिका), डा.शिवमङ्गल सिंह सुमन (भारत), सूर्यविक्रम ज्ञावाली र डा. क्षितीशचन्द्र चक्रवर्ती हुनुहुन्छ ।
महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा. मोदनाथ प्रश्रितको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।