>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गजल

भूपेन्द्र नीराजन

फगत शंका गर्न थाल्यौ, चित्त दुख्यो ।
नसोधी डेरा सर्न थाल्यौ, चित्त दुख्यो ॥

थुम्कामा पर्खाएर दिनभर मलाई ।
आफू वेशी झर्न थाल्यौ, चित्त दुख्यो ॥

दिलै खोलेर देखाएँ मैले पत्याईनौ ।
अरुकै भर पर्न थाल्यौ, चित्त दुख्यो ॥

सधैँ हात समाती तर्ने खोला अचेल ।
डुङ्गा चढेर तर्न थाल्यौ, चित्त दुख्यो ॥


बुढानिलकण्ठ, काठमाडौँ

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Saturday, March 13, 2010, 8:54 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. गजल
  2. गजल
  3. गजल
  4. गजल
  5. गजल