>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गजल

सबिन सिंह

भावना बग्दैन, छैन कि सरिता ।
लेखिन्न गजल, फुर्दैन कविता ।।

अक्षर मातिए, शब्द यी नर्तकी ।
श्रृजना शून्य भै, हेर्दै छु रमिता ।।

विचारको अभावमा मर्दैछ यो मन ।
साँस यो चल्दैछ, तयार छ चिता ।।

भागदौड् जीवन, फुर्सद् छ कसलाई?
सुस्ताई सुन्छन् की, वचन् यी विनिता ।।

गन्तव्य नपुग्दै, अडिएँ अनि हराएँ म ।
सुस्त म बटुवा, सबै छन् छरिता ।।

विरूप यो खोलभित्र चियाई त हेर ।
सजिएकी देख्नेछौ, हृदय ललिता ।।

तगारो तेर्सिए नि, रोकिन्न यो सफर ।
विद्रोही यो मन, कठोर संहिता ।।

कपिलवस्तु

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Saturday, March 13, 2010, 8:17 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. गजल
  2. गजल
  3. गजल
  4. गजल
  5. गजल