>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गजल

मुरारीराज मिश्र

सोझो भएर जिन्दगीमा केहि हुन्न रहेछ अचेल
उन्नतिको एउटा सूत्र थाहा पाएकोछु अचेल ।

ईमान्दारी अङ्गालेर धेरै बर्ष खेर फालें
टेवुलमुनिबाट “दस्तुर” लिन थालेको छु अचेल ।

योग्यताको भरमा प्रमोशन नपाईने रहेछ यहाँ
हाकिमको घर–घरमा धाउन थालेको छु अचेल ।

कसिङ्गर थिएँ पहिले सहकर्मीहरुको आँखामा म
परिवर्तनपछि सवैको प्यारो बन्न थालेको छु अचेल ।

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Friday, March 12, 2010, 7:44 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. गजल
  2. गजल
  3. गजल
  4. गजल
  5. गजल