>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गीत

श्रवणकुमार ढुंगाना

तिम्रो शहरमा बस्दा आफ्नो नजरमा गिर्ने
आफ्नो नजरमा उठ्दा तिमीबाट टाढा हुने
नियतिको खेल हो या नियतै छ तिम्रो पिर्ने?
तिम्रो शहरमा बस्दा..............

तिम्रो बजारमा बिक्ने छैन म सँग केही
तिमी जे जे बेच्ने गर्छौ मेरो भन्नु बाँकी त्यही
कसरी शिखर चढूँ म आफन्तलाई धकेली?
तिम्रो शहरमा बस्दा................

काखमा लिएर रेट्ने निर्दयी छ तिम्रो खेल
जानिन मैले कस्तो, सम्बन्ध हुँदा’नि फेल
भएछु नबुझ्ने जस्तो तिम्रो त्यो जाल झेल ।
तिम्रो शहरमा बस्दा...............

आफू अगाडि बढ्दा अरुलाई पिर नपार्ने
हिडौं त्यस्तो बाटो कुनै झूटको हावा नचल्ने
आनन्दी जिन्दगानी शंका कोही नगर्ने ।

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Tuesday, March 9, 2010, 7:42 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. गीत
  2. गीत
  3. गीत
  4. गीत
  5. गीत