>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गीत

दलवीरसिंह बराइली "घायल"

सपनीमा आज फेरि, तिमी किन भेट्न आयौ
चोटै–चोटमाथि अझै, करौंतीले रेट्न आयौ

चोट सही बाँच्नु नै छ, आँसु पिई हाँस्नु नै छ
लाश सरी जिन्दगानी मृत्युलाई साँच्नु नै छ

भावीको त्यो लेखोट पनि तिमी किन मेट्न आयौ
चोटै–चोट माथि अझै करौंतीले रेट्न आयौ

चर्की दुख्छ छातीभित्र आँखा भरी बासी निन्द्रा
कैले होला उदाउने दिनमा घाम राति चन्द्र

हिजो दिल टुटाएर आज किन जोड्न आयौ
चोटै–चोटमाथि अझै करौंतीले रेट्न आयौ

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Monday, March 8, 2010, 8:58 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. गीत
  2. गीत
  3. गीत
  4. गीत
  5. गीत