>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गाईजात्राकी मेरी बूढी(व्यङ्ग्य कविता)

पिँडालु पण्डित

बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती
काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।।
जनताको सुशासनी राष्ट्रसेवी जस्ती
पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती ।।१।।

बूढी मेरी मितव्ययी हाकिम् खाली जस्ती
झ्वाट्ट हेर्दा हो कि जस्ती भित्रभित्र मस्ती ।।
आपूmभन्दा ठूलो भेटे दर्शनकी खानी
कोसेलीको पोको पाए राख्छे जानीजानी ।।२।।

बूढी मेरी क्रान्तिकारी झिँगा पाए मार्छे
गह«ौँ खल्ती देख्नै हुत्र लुटलाट पार्छे ।।
कुरा जति सबै सोझो बाङ्गो व्यवहार
खल्तीभित्र छुरा बोक्छे पुग्छे दरबार ।।३।।

बूढी मेरी नमुना छ व्यापारी नै जस्ती
विज्ञापन मात्रै गर्ने विद्यालय जस्ती ।।
दिन–रात देश भज्छे अरु छैन जस्ती
मौका मिले स्वात्त निल्ने राष्ट्रबादी जस्ती ।।४।।

बूढी मेरी कस्ती कस्ती पार्टीहरु जस्ती
छिन्मै मिल्छे छिन्मै टुट्छे केही गर्ली जस्ती ।।
सिको कोही गर्छौ भने उँभो लाग्न सक्छौ
गोप्य कुरा भनिदिएँ गुरु मात्र सक्छौ ।।५।।

काठमाडौँ

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Monday, February 22, 2010, 8:14 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. डायरीको पानाबाट (ब्यङ्ग्य कविता)
  2. पत्याउँदा पत्याउँदै(ब्यङ्ग्य कविता)
  3. जुवाडे (ब्यङ्ग्य कविता)
  4. झोली महिमा
  5. बजियाज्यूले बजाउनुभो