>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गजल

आयुष चौधरी सम्मोहन

शान्त समुन्द्रको जस्तो स्थिर रै'छ जीवन
नयन रुँदाको आँशु पिर रै'छ जीवन ।।

उज्यालो पन्छाउन नसके पनि दीपले
उज्यालो दिने प्रकाशको तिर रै'छ जीवन ।।

भयानक डँढेलोको जस्तो उग्रता पनि छ
एकोहोरो यात्रा बिचको भिर रै'छ जीवन ।।

मैन पनि बल्दै जाँदा पग्लिदै पो जान्छ
पग्ले सबै अवशेषमा जन्जिर रै'छ जीवन ।।


रझेना ५,कृष्णनगर, बाँके
हाल: रेडियो जनआवाज ९७.३, नेपालगंज

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Thursday, February 4, 2010, 9:32 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. गजल
  2. गजल
  3. गजल
  4. गजल
  5. गजल