>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

गजल

संगम सापकोटा

माया लुटि बैगुनीले दिल पारी खाली आज
सपनाको रुख चढाई फेदैबाट ढाली आज

रहरहरु फुलाएथें उद्दानका पुष्पसरी
काट्नुपर्ने छाँट्नुपर्ने कता गइ माली आज

रमिते हो दुनिया यो सबैको उपहास भएं
आँशु झर्दा नयनबाट बजाए ती ताली आज

लाज पचेकी त्यो बैगुनीलाई के भनौं र खै
उसले दे'को आशिष पनि लाग्न थाल्यो गाली आज

बाटो मोडे रुन्छु भन्थी छोडे एक्लै हुन्छु
चोखो माया कुल्चिएर अन्तै पाईला चाली आज

दोष आफ्नो लुकाएर मन मेरो दुखाएर
अवशेष गरिमा त्यो नक्कलीले फाली आज

साँढे सातको दशा हो की खै केको नशा हो
आवश्यक भन्दा बढी अभिलाषा पाली आज

पानीमाथि आगो बाल्दै बालुवामा पानी हाल्दै
लुटाउँदैछे प्रतिशोधमा पवित्र दिलको थाली आज

दमौली एफ.एम.,तनहुँ

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Wednesday, February 3, 2010, 11:01 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. गजल
  2. गजल
  3. गजल
  4. गजल
  5. गजल