>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

चिन्ता

डा. रविन्द्र समिर

–रूघाले सताउँदा उसले घडेरी किन्यो ।
–खोकी लाग्दा उसले घर बनाउन थाल्यो ।
–ज्वरो आउँदा उसले महलमा मार्बल बिछ्यायो ।
–छाती दुख्दा उसले नयाँ मोडेलको कार किन्यो ।
–खकारमा रगत आउँदा उसले स्वीमिङ पुल र स्वप्नील बगैँचा बनायो ।
–रगतको वान्ता हुँदा उसले छोराछोरीलाई विदेश पठायो ।

र अहिले,
उसको मृत शरीरबाट औँठी, सिक्री, पैसा, कपडाहरू निकालेर उसलाई एउटा कात्रो ओढाइ चितामा सुताइएको छ ।

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Friday, January 1, 2010, 12:30 pm

यस्तै प्रकारका अन्य रचनाहरु

  1. बन्द
  2. मोहभङ्
  3. कविता गाँउ
  4. सबथोक राम्रो
  5. अर्ति