गजललाई अरबी मूलबाट फारसी,उर्दू,हिन्दी हुँदै नेपाली भाषामा भित्रिएको आगन्तुक विधा मानिछ ;जसले आज नेपालीयता बोकेर नेपाली साहित्यिक फाँटमा आफ्नो छुट्टै दरिलो अस्तित्व स्थापित गरेको छ र यो एउटा नेपाली साहित्यको लोकप्रिय विधा भएर अघि बढ़िरहेको छ।
गजलमा “बहर”-को मुख्य भूमिका रहेको हुन्छ
के छ बा हालचाल ? केही लेख्तै हुनुहुन्छ जस्तो छ नि ? मैले सोधें जुँगे खैरे बूढालाई । कैलेकाहीं म उनका साथ जिस्कन्छु । उनी बढो रउसे मान्छे छन् । उनलाई पैसाको कमी छैन, उनी पुराना जमिन्दार हुन् । उनको जमिनदारी अझै पनि कायमै छ । उनको जमिनमा काम गर्नेहरू अहिले पनि उनले जे भन्यो त्यही गर्न सक्छन्
दार्जिलिङ निवासी नाटककार, गीतकार र भाषा संग्रामी सीके श्रेष्ठसँग शरद प्रधानले गर्नु भएको साहित्यिक कुराकानी ।
शरद प्रधानः दाजुलाई म एउटा पहिलो सोध्न खोजेको प्रश्न चाहिँ के हो भन्दा, १९९० मा सिक्किममा ठूलो एउटा भाषाको कार्यक्रम भएको थियो। भाषा सम्मेलन कि भाषा गोष्ठी भएको थियो। र त्यसको सुत्रधार मध्येमा दाजु पनि एउटा हुनुहुन्थ्यो
घरमा पाइँदैन भन्ने सोचमा खोज्दै-खोज्दै हिँडेको एकजना व्यक्तिले शिखर पुगेर मात्र थाहा पाउँछ कि उसले खोजेको वस्तु घरमा नै छोडिराखेको थिएछ। त्यतिबेला उसको एक मनले अनुताप दिन्छ भने अर्को मनले एकप्रकारको सन्तुष्टि। हुन पनि खोज्नअघि नै पाएको भए उसले त्यस्तो खोजको यात्रा गर्ने थिएन। त्यति धेरै परिश्रम र अनुभवहरू गर्ने थिएन
साहुजीले निद्राको ओखती खाए । दिनभरिको तनाव, छट्पटिँदै सुते । छ घण्टापछि निद्रा खुल्यो । उठेर हातमुख धोए । ईश्वरको नाम जप्तै आजको तानाबाना बुन्न लागे । उनी आफ्नो कमाइमा सन्तुष्ट थिएनन् ।
श्रमिकले एक बोतल ठर्रा पियो । दिनभरिको थकान, मस्त निद्रामा पर्यो । नौघण्टा निदायो । अबेर उठ्यो
“मेरो लौरो त छोडिएन ?” नारायणी पुल तरेर गैँडाकोट पुग्न लाग्दा बा बोल्नुभयो । बाको बोलीले एम्बुलेन्सको तिव्र गतिलाई पनि उछिन्दा एक मन त हर्षित थिएँ म ।
पाइरैमा हावाले बटारेर समात्ने हत्ता जस्तो बनेको कटबाँसको लौरो बाको प्रिय थियो । भित्र बाहिर गर्न वा गाउँघरतिर हिँडडुल गर्न बाको साहस वा सहारा भएको थियो यो लौरो