वि अल विल गो होम वन डे
डोन्ट यु वरी एण्ड डोन्ट एवः फिल लोन्ली, ओ मनिप्लान्ट। एकदिन सबै राष्टफरियनहरू अफ्रिका फर्किनेछन एण्ड वि अल विल गो होम वन डे।
लगभग एक महिनाअघिको कुरा हो। सूर्यले मधुर कान्ति फिँजाइनसकेको एक चिसो बिहान यस मनुवाको मस्तिष्कमा एउटा मध्यमवर्गीय, अभिजातवर्गको आँखामा मिडियोकर (औसत, सामान्य) विचार फुर्दाे भयो
१: बीज (Seed) – ऐतिहासिक जड
रात गहिरिँदै गएको थियो । तराईको त्यो गाउँमा अँध्यारो कहिल्यै पूर्ण हुँदैनथ्यो —किनभने अँध्यारोभन्दा पनि गाढा केही त्यहाँ सदियौंदेखि बसिरहेको थियो । त्यो थियो—अन्याय ।
भुइँमा टाँसिएको जस्तो एउटा टहरा । छानोबाट चुहिने पानीका थोपा अझै सुकिसकेका थिएनन् । त्यही टहराभित्र वृद्ध दलित किसान रामु बसिरहेको थियो
“नमस्कार हजुर ! म स्कुलबाट रमा मिस बोलेकी । आज अरुन्धती किन स्कुल आइनन् भनेर सोध्न फोन गरेकी मैले !”
“नमस्कार मिस ! हो र ? ऊ त स्कुल जान्छु भनेर सधैँको समयमा हिँडेकी त । आज शैक्षिक भ्रमणमा लाने रे भन्दै स्कुल ड्रेस नलगाई गएकी थिई त मिस । आइन र ? ”
अरुन्धती स्कुल नआएको तीन दिन भइसकेको थियो
१. विषय प्रवेश
सञ्जीव पौडेल समकालीन नेपाली निबन्धकार हुन्, जसले समाजका विकृति, पाखण्ड र नैतिक पतनका विषयमा तीक्ष्ण लेखन गर्छन्। उनका लेखहरूमा सामाजिक यथार्थको स्पष्ट चित्रण, व्यंग्यात्मक शैली र नैतिक चेतना पाइन्छ। विशेषतः “नेपाली समाजमा ढोंग, पाखण्ड र आडम्बर” जस्ता निबन्धमार्फत उनले देखावटी संस्कार, सामाजिक आडम्बर र राजनीतिक तथा धार्मिक पाखण्डको आलोचना गरेका छन्
“रेन्बो ट्राभल्स, लेकसाइटमा गएर एउटा किताब लिनु न ! मैले काठमाडौंबाट पठाइसकेको छु ।” नियात्राकार राजेन्द्रमान डङ्गोलले फोन गर्नुभयो ।
“म आज नवलपुर जाँदैछु, फर्कनासाथ लिन्छु । कुन पुस्तक होला ?” मेरो उत्सुकता चौगुना बढ्यो । उहाँले यसअघि पनि कैलाश कोरा, बादलडाँडा लगायतका आफ्ना पुस्तकहरू यसरी नै पठाउनुभएको थियो
बिहान घामको टकसँगै धुलोका कणहरु उडिरहेका थिए । सडक किनारका पोथ्राहरु डाँठ र पात पुरै छोपिनेगरी धुलोको भारी बोकेर सुक्खा र थकित देखिन्थे । अनिदो बसेको आँखा झैँ बोझिला र उराठिला थिए सहरका गल्लीहरु ।
रंग बदल्दै चौँबिस घण्टादेखि बलिरहेका थकित ट्राफिक लाइटहरू अघिल्लो रातको निद्राले झुलेझैँ धिपधिपाइरहेका, खल्तीमा बौरिएको थकान, आँखाको डिलमा अडिएका अधुरो स्वप्नका धर्सा र मनभरिको भार लिएर त्यही सडकको बायाँ किनारमा हिँडिरहेका थिए तान्छुहाङ