काव्य प्रयोजनका बारेमा संस्कृत , नेपाली , हिन्दी , अङ्ग्रेजी वा अन्य भाषासाहित्यका काव्य-मनीषीहरूमा उस्तो मतैक्यता नपाइए पनि वस्तुत: यसको प्रयोजन आनन्दानुभूति गर्नुमात्र नभई लोककल्याणसँग जोडिन पुगेको हुन्छ जसलाई शिवत्त्व भन्ने गरिन्छ ।भित्री तहमा चेतनाको उद्दीप्ति र बाह्य प्रकृति तहमा 'सत्यं शिवं र सुन्दरम्' को दिव्य आलोक फैलिनुपर्ने हुन्छ
फ्याक्ट्री अगाडिको आँगनमा गेट मिटिङ चलिरहेको थियो। गाउँका एक सचेत युवा छिरिङले भाषण गरिरहेको थियो। "चिया बगानमा काम गर्ने कमारा होइन, मेहनती र स्वाभिमानी मजदुर हुन् जसलाई देशको संविधानले सुरक्षा प्रदान गरेको छ। देशको कानुनले मजदुरको हक र हित सुनिश्चित गरेको छ तर हाम्रो अवस्था हेर्दा यहाँ न त देशको संविधान न त कानुन लागु छ
एकदिन कक्षामा पढाउँदै थिएँ । नेपालका जातजाति र धर्म-संस्कृतिका विषयमा विद्यार्थीहरूलाई बुझाउने प्रयत्न गर्दै थिएँ । देवप्रसाद आचार्य नामक एक खसआर्य विद्यार्थीले सोध्यो, "सर हजुर लिम्बू हुनुहुन्छ । लिम्बू भाषामा लुङ भनेको के हो सर ? मैले लुङ जोडेका शब्दहरू धेरै नै सुन्दै आएको छु ।"
"स्याबास देव, तिम्रो प्रश्न हाम्रो विषयवस्तुसम्बन्धी नै आयो
विषय प्रवेश:
भद्राञ्जली भद्रकुमारी घलेको बारेमा लेखिएको खण्ड काव्य हो । यस काव्यका सिर्जनाकार हुन् इन्द्रराज पौडेल । भद्रकुमारी घले साहित्यकार, समाजसुधारक, समाजसेवी र एक राजनीतिज्ञको रुपमा चिनिएकी बहुप्रतिभाकी धनी व्यक्तित्व हुन् । काव्यकारले यस काव्यमा भद्रकुमारी घलेको विविध पक्षलाई समेट्नु भएको छ
१. विषय प्रवेश
नेपाली साहित्यमा विधापरक समालोचना निकै फस्टाएको छ। कविता, कथा, उपन्यास नाटक निबन्ध आदि एकेक विधामा दुई चारजना आधिकारिक विद्वान् र समालोचक हुन्छन्। ती सम्बन्धित विधाका सम्बन्धित विद्वानको मत, मान्यता र अड़ानलाई आधिकारिक मानिन्छ। नेपालीका यस्ता विधापरक समालोचकहरूले विधाको अध्ययनको फाँटको निकै विस्तार गरेका छन्
पाखा गाउँका दमाईं अन्तरेको माइलो छोरो हुन् सेते । ‘सेते माइलो’ भनेपछि गाउँमा नचिन्ने कोहि थिएन । गाउँका युवामध्ये सबैभन्दा हक्की र बलिया थिए सेते दमाई । एसएलसी पास गरे पनि पढाइलाई बिचैमा छाडेर माओवादीले सञ्चालन गरेको क्रान्तिमा होमिएका थिए । क्रान्तिमा छिरेकै दिन सेतेको नाम फेरिएर सित्तल भयो