18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गणतन्त्रमा लतारिएको ‘सेते दमाईं’

कथा विमल लामिछाने March 25, 2025, 9:20 am

विमल लामिछाने पाखा गाउँका दमाईं अन्तरेको माइलो छोरो हुन् सेते । ‘सेते माइलो’ भनेपछि गाउँमा नचिन्ने कोहि थिएन । गाउँका युवामध्ये सबैभन्दा हक्की र बलिया थिए सेते दमाई । एसएलसी पास गरे पनि पढाइलाई बिचैमा छाडेर माओवादीले सञ्चालन गरेको क्रान्तिमा होमिएका थिए । क्रान्तिमा छिरेकै दिन सेतेको नाम फेरिएर सित्तल भयो


सकारात्मक सोच के हो त ?

विचार डा. टीकाराम पोखरेल March 25, 2025, 12:58 am

डा. टीकाराम पोखरेल सन्तुलित दिमाग जस्तो कुनै सादगी छैन,
सन्तोष जस्तो कुनै सुख छैन,
लोभ जस्तो कुनै बिराम छैन,
दया जस्तो कुनै पुण्य छैन ।
–चाणक्य

मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ


लापता कलाकार

लघुकथा ईगम खालिङ March 22, 2025, 5:19 pm

ईगम खालिङ बिहानको दस बजिसकेको छ। सधैँ त यतिबेलासम्म अफिसका निम्ति निस्किसकेको हुन्थ्यो। तर मोबाइल फोन आफूदेखि परको एउटा टेबलमा राखेर ऊ गुमसुम बसिरहेको छ। आज बिहानदेखि उसले कसैको फोनकल उठाएकै छैन।
केही बेरपछि उसको मोबाइल फोनको रिङटोन बज्न थाल्छ। फोनको छेउमा आएर उसले कलगर्नेको नाम हेर्छ—श्याम ब्रदर्स छापाखानाको अफिसबाट रहेछ


खोलाघरेको “स्थापित/विस्थापित” कथासङ्ग्रहमा लीलालेखनको प्रभाव

कृति/समीक्षा बालकृष्ण लामिछाने March 21, 2025, 7:05 pm

बालकृष्ण लामिछाने विक्रम सम्वत् २०१३ सालमा पौवा पाँचथरमा जन्मिएका गङ्गाप्रसाद अधिकारी साहित्यमा खोलाघरे साहिँलो नामले सुपरिचित छन् । “ आज एउटा जुलुस निस्कँदैछ ” २०५७ कविता सङ्ग्रह प्रकाशनमा ल्याएर देखापरेका उनका हालसम्म जिजीविष - रिक्त रिक्त , मनचरीको मनपरी दुईवटा गजल सङ्ग्रह प्रकाशनमा आइसकेका छन्


सियन टावर

कथा विश्वराज अधिकारी March 19, 2025, 3:23 pm

विश्वराज अधिकारी अमेरिकाको ओक्लहोमा सिटीमा बस्नु हुने रमेश काकाको दिमागलाई मान्नै पर्छ। पेशाले चिकित्कस…. तर हेरेक क्षेत्रको जानकारी उहाँसङ्ग छ। राजनीति, विज्ञान, साहित्य, कला, सबै क्षेत्रको जानकारीहरू बाट उहाँ पूर्ण हुनु हुन्छ। भन्ने हो भने रमेश काका ज्ञानको एक ठूलो भण्डार नै हो। एक सामान्य घटनालाई पनि रोचक कथा बनाएर सुनाउने उहाँको शैली त झनै तारिफ योग्य नै छ


नयाँ पार्टी गठनबारे प्रस्तावना

हास्यव्यङ्ग्य होम सुवेदी March 19, 2025, 3:17 pm

होम सुवेदी भैरव अर्यालले खोलिदिएका नयाँ नयाँ पार्टीमा समेत भित्रिन नसकेपछि आजभोलि मैले पनि एउटा पार्टी नबनाई नहुने निधो गरेको छु । त्यो नयाँ पार्टीका बारेमा म केही गन्थनमन्थन गर्न लागिरहेको छु । कति जनाको केन्द्रे कमेटी, कति जनाको माधिवेसन प्रतिनिधि, कति जनाको पोलिटबुरो बनाउने जस्तासम्मका कुरा पनि म बबुरोलाई अहिले थाहा छैन

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित